मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

कञ्चनपुर:  कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियारसहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो ।  पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । “शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उहाँले भन्नुभयो, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।”   पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक भाषण कम गर्ने बताएका हुन् । ‘मैले यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन’ उनले भने, ‘काम धेरै भाषण कम गर्ने पक्षमा छु ।’ उनले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्ने प्रतिवद्धता गरेको पनि बताए । सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए । उनले करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्नसबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् ।

धनगढी:  नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन हुनुभएको छ। शनिबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। रावल कञ्चनपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।  एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका रावल तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरका (२०५४)उपसभापति समेत हुनुहुन्छ। यसैगरी, उपनेतामा सन्तोष शर्मा थापा (छाया)  चयन हुनुभएको छ। उहाँ कैलालीबाट समानुपातिक प्रदेश सभा सदस्य छानिनुभएको हो। थापा नेकपा (एमाले)को केन्द्रीय सदस्य हुनुहुन्छ। एमालले स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थितिमा उहाँकै निवास अत्तरियामा भएको बैठकले प्रमुख सचेतक र सचेतकपछि तोक्ने निर्णय गरेको सो पार्टीका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो।  प्रदेश सभामा नेकपा (एमाले) का १० प्रदेश सभा सदस्य छन्। नेकपा (माओवादी केन्द्र) ले पनि आजै दलको नेता चयन गर्ने बताइएको छ। सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन्। यसअघि नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन्। प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि  दलको नेता छान्ने बताइएको छ। प्रतिनिधि सभाका सदस्य बलायर काठमाडौंमा हुनुहुन्छ।

पोखरा: तमु ल्होसारको अवसरमा पोखरा २४ पामेमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पामे बचत तथा ऋण सहकारी संस्था र फेवा क्लबको आयोजनामा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।   रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराको साथ भएको थियो । रक्तदान कार्यक्रमको गण्डकी प्रदेशका सभासद् प्रकाश बरालले उद्घाटन गरे । उनले ग्रामिण क्षेत्रमा भएको रक्तदान कार्यक्रमले रक्तदानको महत्व बुझाउन सहयोगी हुने बताए ।     पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, फेवा क्लब पामेका अध्यक्ष लक्ष्मण तिमिल्सिना, पामे बचत तथा ऋण सहकारीका व्यवस्थापक सुर्यमोहन पराजुली लगाएतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए । 

पोखरा: पोखरा महानगरपालिका वडा नं. ९ वडा कार्यालयले आमा समूह र टोल विकास संस्थालाई सरसफाई सामाग्री वितरण गरेको छ । पोखरा– ९, शान्तिबन वाटिका टोलविकास संस्था र शान्तिघाट आमा समूहको संयुक्त आयोजनामा विहिबार आयोजित कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सरसफाई सामाग्री हस्तान्तरण गरेका थिए । वडा अध्यक्ष मर्सानीले टोलविकास संस्थाका अध्यक्ष शेषनारायण पौडेललाई सामाग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल र बाटो तथा पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेकोले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार वनाउन सरसफाई सामाग्री वितरण गरेको वताए । सो अवसरमा वडा सदस्यहरु लक्ष्मी पहारी र गीता नेपालीले सरसफाई सामाग्रीको संरक्षण गर्दै साप्ताहिक रुपमा टोल सरसफाई गर्दै जनचेतनामूलक कार्य गर्न टोलवासीलाई आग्रह गरेका थिए । शान्तिबन वाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शान्तिघाट आमा समुहकी उपाध्यक्ष साबित्री पहारीले स्वागत र कार्यक्रम संचालन अध्यक्ष सरस्वती श्रेष्ठले गरेका थिए । 

तौलिहवा:   कपिलवस्तु नगरपालिका –६ बेलासपुरदेखि थूम्हवा चौरहासम्म जोड्ने सडकको कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै सम्पन्न नहुँदैएको छ । निर्माण भएको वर्ष दिन नबित्दै कालोपत्रे भत्किन थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडक निर्माणको जिम्मा सन्तोषी निर्माण सेवाले पाएको थियो ।  त्यस्तै, थुम्हवा गाउँमा झन्डै चार वर्ष पहिला खाडल खनेर शुरू गरिएको निर्माण कार्य ठेकेदार कम्पनीको लापरवाहीले अलपत्र परेपछि स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् । स्थानीय जुबेर अहमद खाँका अनुसार कमसल निर्माण सामग्री भएकाले कालोपत्रे सडक वर्ष नबित्दै भत्किएको बताउनुभयो ।    ‘सडक कालोपत्रे हुँदा खुसी भएका थियौं, तर काम राम्रो भएन, यति चाँडै भत्किएपछि यसको गुणस्तरमाथि अहिले प्रश्न उठिरहेको छ’ उहाँले भन्नुभयो, ‘कालोपत्रे त केही दिन देखाउनलाई मात्रै गरेको रहेछ, एक वर्ष पनि राम्ररी टिकेन ।’   निर्माण सेवाले सेमरी गाउँमा अहिले दुई–तीन लेबर मिस्त्रीले काम गरे पनि त्यो काम कहिले पूरा हुने चिन्ता व्यक्त गरेका छन् । तिलौराकोट–जगदीशपुर, निगालिकोट–सेमरी,  सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवामा एकैचोटी ७५ करोड रुपियाँको लागतमा १८ किलोमिटर पक्की बाटो तथा नाली  निर्माणका लागि सन्तोषी निर्माण सेवाले ठेक्का लिएको थियो ।   सो निर्माण सेवाले सङ्घीय कार्ययोजना कार्यान्वयन एकाइ भवन तथा शहरी कार्यालय रुपन्देहीबाट २०७४ कात्तिकमा सो सम्झौता गरेको थियो । २०७८ वैशाखसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भाका रहे पनि निर्माण कम्पनिले सम्झौताअनुसार काम सम्पन्न गरेको छैन । 

धनुषा:  मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले शुक्रबार प्रदेशसभामा शपथ लिनु भएको छ । प्रदेशसभा सचिवालय मधेश प्रदेशले प्रदेशसभाको हलमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोबिन्दबहादुर न्यौपानेले उहाँहरुलाई शपथ ग्रहण गराउनु भयो । १०७ सदस्यीय रहेको मधेश प्रदेशसभा मा १०४ जना सदस्यले आज शपथ ग्रहण गरेको प्रदेशसभा सचिवालयका निमित सचिव रंजित यादवले जानकारी दिनुभयो । १०४ जनामध्ये ४९ जना सदस्यले आफनो मातृभाषामा र ५५ जना सदस्यले नेपाली भाषामा शपथ ग्रहण गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । मैथली, भोजपुरी, थारु, उर्दुसहितको मातृभाषामा सांसदहरुले शपथ लिनुभयो ।  नेकपा ९माओवादी केन्द्र० का दुई जना प्रदेशसभा सदस्य माला कर्ण र रैजी हैदरको विषयमा  अदालतमा मुद्दा दायर गरिएकाले शपथ ग्रहण कार्यक्रममा सहभागी नगराइएको यादवले जानकारी दिनुभयो ।  शपथग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै सांसदहरुले अबको पाँच वर्षमा संविधान र संघीयताको सफल कार्यान्वयन र जनताको समस्या सम्बोधनमा ध्यान दिने बताउनुभयो । प्रदेशसभाको पहिलो वैठक पुष १८ गते १ वजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

पोखरा:   नेपाल लोकतान्त्रिक तमु संघले तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार(हि ल्हो)–२०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान, नवनिर्वाचित सांसदहरुलाई बधाई एवम चियापान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष किरण गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुदै ल्होछार पर्व साँस्कृतिक एवम राष्ट्रिय पहिचानको पर्व भएको बताउनुभयो। उहाँले तमुवान गण्डकी सभ्यताको साँस्कृतिक एवम ऐतिहासिक सभ्यतालाई राज्यले आत्मसाथ गर्नुपर्दछ भन्नुहुदै तमु ल्होछारको शुभकामना व्यक्त गर्नुभयो। यसरी नै नेकपा एमालेका केन्द्रिय सदस्य एवम कास्की क्षेत्र नं.२ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित बिद्या भट्टराईले शुभकामना व्यक्त गर्नुहुदै तमु ल्होछार समानता एवम साँस्कृतिक चाड भएको बताउनु भयो। नेकपा एमाले केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भिम कार्कीले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै ल्होछार राष्ट्रियता, सँस्कृति र सभ्यताको चाड रहेको बताउनुभयो। कार्यक्रममा मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपाबाट निर्वाचित सांसदहरु एमाले स्थायी कमिटी सदस्य एवम संगठन विभाग प्रमुख खगराज अधिकारी, मनबहादुर गुरुङ,विद्या भट्टराई, दामोदर बैरागी, बेदबहादुर गुरुङ श्याम, भिम कार्की, गणेशमान गुरुङ, देवका पहारी, राजकुमारी भुजेल, नन्दकला नेपालीलाई बधाईका साथै फेटा, भाङग्रा, खादा, धलेकसहित सम्मानपत्रले सम्मान गरिएको थियो। नेपाल लोकतान्त्रिक तमु संघका अध्यक्ष बेदबहादुर गुरुङ श्यामको अध्यक्षता र महासचिव हुमबहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष सर्मिला गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

पोखरा:  पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित  मेलमिलापकर्ता सम्बन्धी आधारभुत तालिम बिहिबार सम्पन्न भएको छ ।  आठ दिनसम्म सञ्चालन भएको तालिमको उच्च अदालत पोखराका मुख्यन्यायधिश डिल्लिराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । तालिम समापन कार्यक्रममा बोल्दै उहाँले मेलमिलाप विवाद समाधानको उत्तम उपाय भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले असर र पारर्दशी रुपमा काम गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘न्यायधिशले दिने न्याय प्रयोगात्मक हुन्छ । मेलमिलापकर्ताले दिने व्यवहारीक हुन्छ ।’ उहाँले डिग्रीको सिक्र्रीले नभई व्यवहार र अनुभवको आधारमा मेलमिलापकर्ताले व्यवहार गर्नुपर्छ भन्नुभयो । मुख्य न्यायधिश आचार्यले तालिम लिएका मेलमितापकर्ताहरुले असर कार्य गर्ने विश्वास ब्यक्त गर्नुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो । पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले न्यायिक समितिको अगका रुपमा मेलमिलापकर्ता रहने भएकाले विवाद समाधानमा महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले विवाद समाधानमा तालिमबाट सिकेको विषयवस्तुलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा महानगर न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठले न्यायिक समितिको बारेमा बोल्नुभएको थियो ।तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । आठ दिनसम्म सञ्चालन भएको तालिममा महानगरका ३३ वटा वडाका ७० जनाको सहभागीता रहेको थियो  ।वडा तहका विवादलाई समाधान गर्ने उद्देश्यले मेलमिलापकर्ताका लागि तालिम सञ्चालन गरिएको महानगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । तालिम प्राप्त मेलमिलापकर्ता नभएका र पाँच जना भन्दा कम भएका वडाबाट नाम माग गरेर तालिम सञ्चालन गरिएको हो ।