सुदूरपश्चिम एमालेका संसदीय दलमा  रावल चयन

काठमाडाैं | पुस १६, २०७९

सुदूरपश्चिम एमालेका संसदीय दलमा  रावल चयन फाइल तस्बिर

धनगढी:  नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन हुनुभएको छ। शनिबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। रावल कञ्चनपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।


 एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका रावल तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरका (२०५४)उपसभापति समेत हुनुहुन्छ। यसैगरी, उपनेतामा सन्तोष शर्मा थापा (छाया)  चयन हुनुभएको छ। उहाँ कैलालीबाट समानुपातिक प्रदेश सभा सदस्य छानिनुभएको हो। थापा नेकपा (एमाले)को केन्द्रीय सदस्य हुनुहुन्छ।


एमालले स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थितिमा उहाँकै निवास अत्तरियामा भएको बैठकले प्रमुख सचेतक र सचेतकपछि तोक्ने निर्णय गरेको सो पार्टीका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो। 


प्रदेश सभामा नेकपा (एमाले) का १० प्रदेश सभा सदस्य छन्। नेकपा (माओवादी केन्द्र) ले पनि आजै दलको नेता चयन गर्ने बताइएको छ। सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन्।


यसअघि नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन्। प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि  दलको नेता छान्ने बताइएको छ। प्रतिनिधि सभाका सदस्य बलायर काठमाडौंमा हुनुहुन्छ।

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्