मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:   नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । बिहीबार चेम्बरले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक डा। मैनालीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मान गर्नुभयो  । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताउनुभयो । अर्थमन्त्रालयमा लामो समय काम गर्नुभएका मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा हुनुहुन्थ्यो । अर्थमन्त्रालयले भ्याट प्रणाली लागू गर्दा उहाँले पनि योगदान पुर्‍याउनुभएको थियो । सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रबर्द्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताउनुभयो । भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने उहाँको भनाइ छ । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाइ छ । कार्यक्रममा अध्यक्ष मल्लले बिलबिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिनुभयो । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । सरकारी नीति एकद्वारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका भन्दै उहाँले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा अध्यक्ष जोड दिनुभयो । सम्मान कार्यक्रममा अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मूल्यलाई कायम गर्न समस्या नरहेको बताउनुभयो । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भइसकेको अवस्थामा सोही अनुसारको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई कायम गर्नुपर्ने रायको धारणा छ । भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको रायको भनाइ छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भइरहेको बताउनुभयो । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढको भनाइ छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

काठमाडौं:  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्नुहुँदै आयुक्त थपलियाले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको हो । बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनि प्रश्न समेत गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन् । यिनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन ? त्यो अर्को पाटो हो । तर, यसलाई पनि अब समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको  व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ ।’’ उहाँले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्र्रह गर्नुभयो । त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उहाँको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिनुभयो ।

 काठमाडौं:  काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी (साइन बोर्ड) हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो ।  गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो । तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्ते लेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने महानगरले जनाएको छ । महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका परिचय पाटीको प्रतिवर्ग फुट १ हजार रुपैयाँ थपशुल्क तिर्नुपर्छ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । प्रेस संयोजक शर्माका अनुसार भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुँदैछ ।

पोखरा: अनेरास्ववियु पृथ्वीनाराण क्याम्पस कमिटिले क्याम्पसको विभिन्न संकायका भवनहरुमा सुझाव पेटिका राखेको छ ।   क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको गुनासो, सुझाव र समस्यालाई सहजै संकलन गर्नको लागि सुझाव पेटिका राखिएको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले बताए ।  ‘विद्यार्थीको समस्यालाई सहजै प्राप्त गर्नको लागि यो एउटा उदाहरणीय कार्य बन्ने छ, पोखरेलले भने, ‘अब कही कतैबाट डराउनु पर्ने, कसैले समस्या नसुन्दिने जस्ता विविध समस्याहरुको समाधान हुनेछ , तपाइहरुको समस्या हाम्रो समस्या हो ।’ पोखरेलले सुझाव पेटिकाले छिटो छरितोरुपमा विद्यार्थी र अनेरास्ववियुबिच सञ्चारको कार्य गर्ने धारणा राखे ।  अनेरास्ववियुले क्याम्पसको शिक्षा संकाय, मानविकी संकाय, विज्ञान संकाय, कानुन संकाय र व्यवस्थापन संकायको भवनमा पाँच वटा सुझाव पेटिका राखेको हो ।                    

म्याग्दीः    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि  स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर विक बताउनुहुन्छ ।  “गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिएँ,” उहाँ भन्नुहुन्छ, “यसपालि हुर्किएका १० हजार बिरुवाले पनि बजार नपाएपछि उखेलेर टनेल हालेर गोलभेँडा लगाउने तयारी गरेको छु ।” सोही स्थानकी डिलकुमारीले पुन पनि बिक्री हुन छाडेपछि सुन्तलाका बिरुवा उत्पादन गर्न छोड्नुभएको छ ।  करिब पाँच रोपनी जमिनमा सुन्तलाको नर्सरी बनाउनुभएकी उहाँ  छिमेकीलाई जग्गा भाडामा दिएर तातोपानी बजारमा झर्नुभएको छ । दुई वर्ष उमेरका सुन्तलाका बिरुवा रोप्न योग्य हुन्छन् । दुई वर्ष नाघेका बिरुवा बिक्री नभएपछि उखेलेर फाल्नुको विकल्प नभएको अर्का कृषक नारायण पुर्जा गुनासो गर्नुहुन्छ ।  “त्यसै लैजाओभन्दा पनि कोही आएनन्,” उहाँ भन्नुहुन्छ “सस्तो भनेर बाहिरबाट रोगी बिरुवा ल्याएर कृषकलाई बाड्दा रोग फैलिएको छ । जिल्ला भित्रै उत्पादन भएको स्वस्थ र हावापानी अनुकुलका बिरुवा नबिकेर फाल्नुपर्ने अवस्था आयो ।” पुर्जासँग ११ हजार सुन्तलाका बिरुवा छन्् ।   बजार बिस्तार हुन नसकेका कारण बिरुवा नबिकेको स्थानीय कृषक दुर्गादत्त सुवेदीको भनाइ छ । वडासदस्य समेत रहनुभएका उहाँका अनुसार फगाममा उत्पादन भएका मध्ये करिब एक लाख सुन्तलाका बिरुवा बिक्री भएका छैनन् । केही वर्षअघिसम्म सुन्तलाको बिरुवाको माग अत्याधिक थियो ।  नयाँ नर्सरी बढेपनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो । मेहनत गरेर नर्सरीमा हुर्काइएका बिरुवा बिक्री गर्न नसक्दा कृषक तनावमा छन् । नौ र १० नम्बर वडाका ४ वटा फार्ममा टिमुरका ५० हजार र वडा नम्बर ३ मा दुई लाख तीस हजार रोप्नका लागि योग्य सुन्तलाका बिरुवाले बजार नपाएको प्रशंसा बहुउद्देश्यीय नर्सरीका सञ्चालक सागर बानिया बताउनुहुन्छ ।  “जिल्लामा उत्पादन भएका बिरुवाले गण्डकी प्रदेशलाई पुग्न सक्छ,” उहाँ  भन्नुहुन्छ “स्थानीय तहले जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने कृषकमुखी नीति बनाउन नसके कृषक पलायन हुने अवस्था आउँछ ।” जिल्लाका स्थानीय तहहरुले गत वर्ष करिब पचास हजार सुन्तलाका बिरुवा बितरण गरेका थिए ।  बाहिरी जिल्लाबाट ल्याइने बिरुवा सस्तो भएपनि हावापानी नमिलेर मर्ने र रोगकिरा भित्रने गरेको कृषकहरु बताउँछन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयका कृषि अधिकृत बिक्रम बस्याल कृषकहरुलाई सङ्गठित बनाएर बजारको खोजी गर्नुपर्ने देखिएको उल्लेख गर्नुहुन्छ 

काठमाडौंः    मन्त्रिपरिषद बैठकले असारसम्ममा कर तिर्ने शर्तमा क्रसर उद्योग खुल्ला गर्ने निर्णय गरेको छ । सरकारले कर तिर्न बाँकी रहेका क्रसर उद्योगहरुलाई आउँदो असार मसान्तमसम्म तिर्ने शर्तमा खुल्ला गर्ने भएको छ ।  तर दर्ता नभइ संचालन भैरहेका क्रसर उद्योग भने बन्द गर्ने निर्णय भएको छ । क्रसर उद्योग बन्द हुँदा विकास निर्माणका काम नै ठप्प भएको भन्दै निर्माण व्यवसायीहरुले दबाब दिएपछि सरकारले कर तिर्न बाँकीलाई तिर्ने शर्तमा खुल्ला गर्ने निर्णय गरेको हो । यस्तै बैठकले क्रसर उद्योगसँग सम्बन्धित कानुन बनाउने गरी तयारी गर्ने निर्णय पनि गरेको छ । गृह मन्त्रालयले देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गराउन पुस तेस्रो हप्ता सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । गृह मन्त्रालयको निर्देशनपछि देशका सबैजसो प्रशासन कार्यालयले अवैध क्रसर बन्द गराएका छन् । सरकारले अवैध क्रसर बन्द गराउँदा वैधरुपमा संचालित क्रसरले पनि उत्पादन बन्द गरेपछि निर्माण सामग्रीको अभाव भएको निर्माण व्यवसायीहरुको गुनासो छ । 

जुम्ला:  हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए । आज जुम्लामा मौसम सफा छ । तर, धावन मार्गमा हिउँ जमेकाले आज पनि हाज अवतरण हुन नसकेको श्रेष्ठले बताए । आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए । धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ । नेपाली सेना २४ नम्बर बाहीनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् । अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि विमानस्थलमा पुगेका छन् । तीन दिनदेखि हिउँपरेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् । करिब चार वटा जहाँजका यात्रुहरू अहिले नेपालगञ्जमा जुम्ला आउन कुरिरहेका छन् ।

म्याग्दी:  भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।    बिहीबार बिहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वर धाम मन्दिरमा पूजापाठ,भजनकृत र विभिन्न जातजातिका झाँकी सहित दुई थान शिला जनकपुरधाम स्थित जानकारी मन्दिरका लागि पठाइएको हो ।    गलेश्वर देखि बेनी बजार सम्म शिला सहित शोभा यात्रा गरिएको छ । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामकरण गरिएको दुई थान शिलालाई दुई छुटाछुटै ट्रकमा राखिएको छ ।    शिलालाई पोखरा,देवघाट,जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । काली गण्डकीको शिला अयोध्यामा लगेर राम र सीताको मूर्ति बनाउनुले कालिगण्डकी र गलेश्वर क्षेत्रको धार्मिक पर्यटनलाई समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिला लिन अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज सहित  आउनुभएको छ ।     काली गण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा धार्मिक र संस्कृति महोत्सव बढ्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।