पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

पोखरा:    सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको संस्थाका जेष्ठ सदस्य खगेन्द्रमान ताम्राकारले उद्घाटन गर्नुभयो ।  उद्घाटन समारोहमा बोल्दै खगेन्द्रमान ताम्राकारले संस्थाकै जेष्ठ सदस्यलाई प्रमुख अतिथि बनाएर सहकारीका सेयर सदस्यहरुलाई उत्साह थप्ने काम गरेको वताउदै सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्म अनुसार काम गर्दै सहकारीलाई उत्कृष्ट बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुुभयो । त्यस्तै संस्थाका सल्लाहकार टुव राज बास्तोलाले सहकारीको सिद्धान्त अनुसार सहकारी अगाडि वढ्दै उत्पादनशील क्षेत्र संगै ब्यवशायी क्षेत्रमा सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।  सो अवसरमा स्नातक र  स्नाकोत्तर उतीर्ण भएका  सहकारीमा आवद्ध शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शेयर सदस्यहरु विश्व हरि जोशी र अनिता जोशीका सुपुत्री एलिना जोशी (ब्याचलर अफ साइन्स एण्ड नर्सिङ) विशिष्ट श्रेणीमा उतीर्ण, नविन नापित र कमला नापितका सुपुत्र र सुपुत्री सृष्टी नापित (बीडिएस) प्रथम श्रेणीमा उतीर्ण र अभिषेक नापित (ब्याचर अफ साइन्स) द्धितिय श्रेणीमा उतीर्णलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट बचत गर्ने शेयर सदस्यहरु जुनाकुमारी पोख्रेल पन्त, राजु श्रेष्ठ, आरती गुरुङ, रामकुमारी गुरुङ, पवन श्रेष्ठ र मोहनमान जोशीलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण बास्तोला, सचिव सचिव चिन्तामणी बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना र लेखा समिति संयोजक राजु श्रेष्ठले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदनमाथी सभाले अनुमोदन गरेको थियो । कार्यक्रमाम स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सरिता ताम्राकारले गर्नुभएको थियोभने सहकारीको सात सिद्धान्तको बाचन अध्यक्ष चिन्तामणी बास्तोलाले गर्नुभएको थियो । ६ सय ४३ शेयर सदस्य रहेको सहकारीमा ५ करोड १६ लाख ६ सय शेयर पुंजी रहेको छ ।   

पोखरा:   रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसिय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरामा क्रियाशिल झण्डै दुई दर्जन पत्रकार सहित आयोजक रेवान पोखराको टोली सहभागि थिए । टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन वेस क्याम्पहुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे । अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक वर्ष पुष १३ देखि १७ गते सम्म पर्यटकिय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गर्दै आएको छ । यसैको २४ आंै संस्करणको प्रवद्र्धनका लागि टोलीले हाइकिङ कार्यक्रम गरिएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । कोभिडका कारण पछिल्ला दुई संस्करणहरु पाँच दिन सम्म सञ्चालन गर्न नसकिएपनि अब भने पर्यटन उत्थानका लागि पुनःपाँच दिनकै महोत्सव आयोजना गर्न लागिएको भट्टराईको भनाई छ । लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा हुने यो महोत्सव देशकै पृथक महोत्सव हो । झण्डै ५ लाख जति आन्तरि तथा वाह्य पर्यटकले यो महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । ‘फुड, म्युजिक, कल्चर’ नारा सहित आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय व्याण्डहरुको लाइभ प्रस्तुती, अन्र्र्तराष्ट्रिय खानाका परिकार, देशका विभिन्न स्थानमा ख्याति कमाएका साँस्कृतीक कार्यक्रम, लोकदोहोरी, भैरव नृत्य तथा डुङ्गा दौड, वेटर रेस, टग अफ वार लगायतका कार्यक्रमहरु आकर्षणका रुपमा रहने भट्टराईले जनाए । महोत्सवको पूर्वाद्र्धमा खहरेबाट विभिन्न समुहको साँस्कृतीक झाँकि निस्कने छ ।  

पोखरा:  रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो सिग्नेचर प्रोजेक्टको रूपमा रहेको पुस्तकालय व्यवस्थापन कार्यक्रम श्री चण्डी मावि पोखरा ३३ मा सम्पन्न गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल महिलाहरूको मात्रै क्लव भएर पनि सामाजिक रूपमा यति अग्रसर भएको र विद्यालयमा पुस्तकालय व्यवस्थापनको कार्यक्रम गरेर अन्य सबै संस्थाहरुले सिक्नुपर्ने सन्देश दिएको बताएका छन् ।  कार्यक्रममा वरिष्ठ समाजसेवी शिवप्रसाद चालिसेले आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गरी रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले जुन हिसाबले सन् २०१२ देखि यो पुस्तकालय व्यवस्थापन कार्यक्रम गर्नुभएको छ सो बाट प्रभावित भएर आफु र आफ्नो छोरा अशोक चालिसेले आफ्नो जन्मदिनमा यसरी पुस्तक दान गरी कार्यक्रममा सहभागी हुँदा गर्व महसुस गरेको बताउनुभयो ।  कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर विश्व दर्शन पराजुलि ले विद्यार्थीहरुले समयअनुसार परिमार्जित पुस्तकबाट ज्ञान हासिल गरेर आगामी दिनमा यसैगरी सामाजिक सेवामा लाग्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं रोट्याक्ट क्लव अफ पोखरा फिस्टेल पूर्वअध्यक्ष बिमला भण्डारीले छोरीहरुलाई पनि नेतृत्व स्थापित गर्नलाई र समाजलाई योगदान दिनलाई आफूहरुले यस क्लबलाई स्थापना गरेको आजको दिनमा सामाजिक काम सँगसँगै हरेक क्षेत्रमा रोट्रयाक्ट फिस्टेलका महिलाहरु नेतृत्वमा पुगेकोमा आफूलाई खुशी लागेको कुरा बताइन् ।  विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले यस क्लवले आफ्नो विद्यालयमा सहयोग गरेकोमा आफूलाई खुसी लागेको र युवाहरु विद्यार्थी भाइबहिनीहरु को पढाई प्रति चिन्तित भएर गरेको सहयोग आगामी दिनमा पनि यसैगरी अघि बढ्ने आशा व्यक्त गरेका थिए।  रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलकी अध्यक्ष रोट्र्याक्ट डिम्पल क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा आफूहरु महिलामात्रै रहेको क्लबले सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय व्यवस्थापन महिलामैत्री शौचालय व्यवस्थापन विभिन्न सामाजिक कार्यहरु महिला स–शक्तिकरणका कार्यक्रमहरु गर्दै महिलाहरु शक्ति हुन् भन्ने कुरा समाजमा स्थापित गर्ने हेतुका साथ अघि बढिरहेको र यस वर्ष पनि यस श्री चण्डी मावि मा पुस्तकालयमा आवश्यक थप केही पुस्तकहरु, टेबल, कुर्ची, कार्पेट लगायतको सामग्री प्रदान गरेर पुस्तकालय व्यवस्थापन गर्न पाउँदा आफूलाई खुसी लागेको कुरा व्यक्त गरिन आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गर्नु भएकोमा अग्रज बुवा शिवप्रसाद चालिसे लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको संयोजन एवं कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक रोट्रयाक्टर शिला मल्लले गरेकी थिइन् 

काठमाडौं:   राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।  

काठमाण्डौं:  चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो चार महिनामा नेपालीले वैदेशिक शिक्षाको नाममा साढे २२ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म वैदेशिक शिक्षाका लागि नेपालबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक शिक्षाका लागि जम्मा १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको खुद सेवा आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च भने १ सय ३७ प्रतिशतले बढेको छ । साउनदेखि कात्तिकसम्म नेपालमा सेवा आयबापत १७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा सेवा आय जम्मा सात अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । यस्तै भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च पनि ६४ प्रतिशतले बढेको छ । चार महिनामा नेपालीले विदेशमा ३३ अर्ब छ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको चार महिनामा २० अर्ब १९ करोड रुपैयाँ खर्च भएको थियो ।

काठमाडौं:  सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.५४ अंक (१.४६ प्रतिशत) ले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ । सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशतले गिरावट भएको छ । धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । आइतबार नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार र नबिल बैंकको ५ करोड ४१ लाख १३ हजारको कारोबार भएको छ । नेप्सेमा आइतबार बुल २१० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये इस्टन हाड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा धौलागिरि लघुवित्तको सेयर मूल्य ८.२० प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६।११ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.३५ प्रतिशतले वृद्धि भएको छ । रिडी र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा अपेक्षाकृत लाभांश नआएको महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.३१ प्रतिशत र गत आर्थिक वर्षको मुनाफबाट लाभांश नदिने घोषणा गरेको मञ्जुश्री फइनान्सको सेयर मूल्य ७.१३ प्रतिशतले गिरावट भएको छ ।

तनहुँ:   तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ । बिहान १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक  भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १ः२५ बजेदेखि सडक सुचारु भएको छ । भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्‍चालनमा आएको प्रहरी कार्यालय तनहुँले बताए ।  यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ । सडक अवरुद्ध हुँदा अलपत्र परेका सयौँ सवारी साधन अहिल गन्तव्यतर्फ लागेका छन् ।

काठमाडौं:  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । सत्तासमीकरण, संसदीय दलको नेता र भावी रणनीति तय गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । नयाँ सरकार गठनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको हो । शनिबार प्रचण्डले बालुवाटार पुगेर आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका थिए । सत्तासमीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा माओवादी केन्द्रका दोस्रो तहका नेताहरु रहेको समयमा अध्यक्ष प्रचण्डले देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन्।  निर्वाचन अगाडिको एक भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछिको प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए। निर्वाचनपछि तेस्रो दलमा खुम्चिए पनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन्।  प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग शनिबार बिहान आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए । 

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका तल्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने,कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालकसहित ७ जनाविरुद्ध आइतबार भ्रष्टाचार मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डाले जानकारी दिएका छन्। प्रवक्ता भण्डारीका अनुसार उनीहरुले व्यवसायीसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेकाले सातैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको  छ।