पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ ।      फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा फापरको फूल फुल्ने समय कात्तिकदेखि मङ्सिरमा अनुकूल मौसम भएका कारण फापर उत्पादन बढेको किसानले बताएका छन् । म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङका अधिकांश बारी र सिँचाइ नहुने तथा सुक्खा टारी खेतमा लगाइएको मिठे, तितेलगायत स्थानीय जातका फापर बालीमा दाना राम्रैसँग लागेपछि किसान खुसी भएका छन् ।      अन्य अन्नबालीको तुलनामा फापरका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झटसमेत नहुने भएकाले धान र गहुँको तुलनामा फापरखेती गर्नका लागि किसानले सजिलो मान्दै आएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । ग्रामीण भेगमा किसानले फापरको रोटी र ढिँडोजस्ता परिकार खाने गरेका छन् । पछिल्लो समयमा सहर बजार क्षेत्रमा समेत ठूला होटलमा फापरको ढिँडो र रोटी बढी प्रचलनमा छ । “फापरको माग बजारमा बढ्दै गएको छ”, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का शैलेन्द्र शेरचनले भन्नुभयो । फापरको पिठो मानव स्वास्थ्यका लागि उपयोगी हुनेमात्र होइन फापरको छवाली घाँस घर पालुवा गाई भैँसीका लागि पौष्टिक मानिने र फापरको भुस पनि खेर नजाने भएकाले खेतीमा किसानले जोड दिएको उहाँको भनाइ छ ।        फापरको पिठो गहुँ, मकै, कोदो र चामलको पिठोमा मिसाएर रोटी–ढिँडोलगायतका परिकार बनाएर खाने गरिन्छ । फापरको पिठो प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुँदै आएको छ । फापरको पिठो विभिन्न खालका औषधिमा समेत प्रयोग गरिन थालेको छ । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा फापरखेती हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।

 काठमाडौं:  फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औं संस्करणको फाइनल खेल आज राति हुँदैछ । एक महिना चलेको महाकुम्भमा ६३ खेलपछि आज लुसेस आइकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच फाइनल भिडन्त हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । फाइनल खेलअघि भने समापन समारोह आयोजना गरिनेछ । जहाँ विभिन्न सांगितिक प्रस्तुति दिइनेछ । ८८ हजार दर्शक क्षमता रहेको लुसेल स्टेडियममा समापन समारोह १५ मिनेटको हुने पिफाले जनाएको छ । ‘अ नाइट टु रिमेम्बर’ अर्थात यादगार रात नाम दिइएको समापन समारोहमा भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका नोरा फतेहीको प्रस्तुति रहनेछ । मोरक्न नागरिक फतेही भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका हुन् । नोरासँगै बाल्किस, रहमा रियाद र मानालको ‘लाइट दी स्काई’ लाइनअपले प्रस्तुति दिनेछन् । यस्तै डेभिडो र आइशाले (हाया हाया) सँगै गाउनेछन् भने ओजुना र गिम्सले पनि गाउनेछन् । प्रतियोगिताको विभिन्न क्षणहरु समेटर तयार पारिएको अफिसियल साउण्ड ट्रयाकको मसुप पनि प्रस्तुत गरिने फिफाले जनाएको छ ।

गण्डकी: पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन्  ।  पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइटदेखि माउन्टेन फ्लाइटसम्मका विभिन्न गतिविधिले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । स्वदेशी एवं विदेशी पर्यटकका साथै उच्चपदस्थ अधिकारी, चर्चित अभिनेता तथा कलाकारको पनि पोखरामा साहसिक पर्यटनका गतिविधिले आकर्षित गर्ने गरेको छ । हालै नेपालको भ्रमणमा रहनुभएका बलिउड अभिनेता विवेक ओबरायले पोखरामा साहसिक पर्यटनका जिपलाइन, स्वीङ आदिमा रमाएका तस्वीर यतिखेर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका छन् । पोखराको यही साहसिक पर्यटन प्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटन क्षेत्रका लगानीकर्ता पनि यसतर्फको लगानीमा हौसिएको देखिन्छ । पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटिभी राइडिङ सञ्चालनमा ल्याएको छ । कम्पनीले सुरु गरेको एटिभी राइडिङमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको कम्पनीका निर्देशक दिनश महर्जनले बताउनुभयो । “पछिल्ला समयमा पोखरामा आउने पर्यटक यहाँ सञ्चालित जिपलाइन, स्वीङ, बञ्जी आदिमा आकर्षित बन्दै गएका छन्”, उहाँले भन्नुभयो, “हालै नेपाल भ्रमणका क्रममा पोखरामा बलिउड अभिनेता बिबेक ओभरायले जिपलाइन, स्वीङ लगायतका साहसिक पर्यटनका गतिविधि गर्दा त्यसले पोखराको साहसिक पर्यटनलाई थप चर्चामा ल्याएको छ ।” पोखराको साहसिक पर्यटनको बढ्दो आकर्षणलाई देखेर हाइग्राएनड एडभेन्चर प्रालिले पोखरामा नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँका अनुसार एटिभी राइडिङमा फोर ह्वीलर चक्का कच्ची रोडमा सहजै गुड्ने गरी बनाइएको हुन्छ । कम्पनीका कर्मचारी राजेश लम्साल मोटरसाइकल चलाउनेले यो सजिलै चलाउन सक्ने बताउनुहुन्छ । फेवातालको किनारमा चलाउने गरी व्यवस्था गरेको कम्पनीले आउने पर्यटकलाई प्रारम्भमा सेदीस्थित कार्यालयमा प्राविधिकबाट यसका विधि र प्रत्रियाबारे जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो । “नयाँका लागि हामीले कार्यालय परिसरमा नै टेस्टड्राइभ गराउँछौँ”, निर्देशक महर्जनले भन्नुभयो, “टेस्ट ड्राइभका लागि टेस्ट ट्रेल निर्माण गरेका छौँ ।” अनुभवीका लागि सेदी–भकुण्डे–सेदीको आठ किलोमिटर दूरीको मार्ग निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । उक्त सडक भकुण्डेसम्म एक किलोमिटर पक्की छ भने सात किलोमिटर कच्ची रहेको छ ।  यस मार्ग पार गर्न करिब दुई घण्टा समय लाग्ने र उक्त मार्गमा फेवाताल, जङ्गल, खोलानाला आदिको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।   कम्पनीमा हाल एटिभी गाडी आठवटा रहेको बताउँदै उहाँले बढ्दो आकर्षणलाई दृष्टिगत गरी आठवटा थप्न लागिएको बताउनुभयो । नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालन गरिएको उल्लेख गर्दै महर्जनले यसले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने विश्वास लिइएको बताउनुभयो।

काठमाडौंँ:   कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् । आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले  बताए ।  सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ । विश्वकप फुटबल अन्तर्गत आइतबार राति अर्जेन्टिना र फ्रान्सको बिचमा फाइनल खेल हुँदै छ । अपराध अनुसन्धान कार्यालयले यसअघि सट्टेबाजी धन्दामा संलग्न पाल्पाका रुद्र प्रसाद पोखरेल र भारतीय नागरिक पवन कुमार शर्मा सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

 तनहुँ:  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा सडक अवरुद्ध भएको छ ।   पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।   आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ। आइतबार बिहान करिब १० बजेदेखि अवरुद्ध उक्त सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने अनुमान गरिएको प्रहरी कार्यालयले बताएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता समेत हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मन बहादुर गुरुङले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको छ ।’ –उनले भने । स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकार तथा कोदोको परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लवका अध्यक्ष गुरुङले बताए ।   महोत्सवको मुख्य आकर्षण फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद ३५ हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।   पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।   सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।

पोखरा:   नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत टोली चितवन पुगेर विभिन्न गतिविधि गरी पोखरा फर्केको छ ।    पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीहरु चितवन पुगेका थिए । सो कार्यक्रम शुक्रबार शनिबार भएको थियो ।  कार्यक्रम अन्र्तगत शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको २ दिनसम्म हुने नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए । उक्त फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीहरुसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका छौं,’ उनले भने, ‘हामीसँग नाट्टाको प्रदेश अध्यक्षहरुसहित विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीहरु सहभागी हुनुहुन्छ ।’  कार्यक्रमको दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको थियो । नाट्टा छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।  संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए । यस कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताए ।  कार्यक्रममा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीहरु बिच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमीहरु भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए । ‘हामी उद्यमीहरु कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामी हामी बिच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सह्रानीय छ ।’  टोलीमा संस्थाका सदस्य, विभिन्न व्यावसायमा आवद्ध उद्यमीसहित ३० जनाको सहभागिता थियो । नाट्टाले पोखरा र नेपालको पर्यटन प्रवद्र्धनलाई मूर्त रुप दिन सन् २००८ देखि प्रमोशनल टुर पनि गर्दै आएको छ ।   

काठमाडौं:   नेपाल सुनचाँदी व्यवसायी महासंघ सातै प्रदेश को आयोजनामा गण्डकी प्रदेशको आतिथ्यमा सुनचाँदी व्यवसायमा समस्या र समाधान विषयक एक दिवसीय अन्तक्रिया कार्यक्रम मधेस प्रदेशका सभापति रामजी साहको सभापतित्व र गण्डकी प्रदेशका प्रमुख सल्लाहकार मोहन कुमार सुनारको प्रमुख अतिथि मा सम्पन्न भएको छ ।  अन्तक्रिया कार्यक्रम मा बागमती प्रदेशका सभापति ज्योति रत्न बज्राचार्यले बोल्दैँ, ‘हामीले प्रदेश मार्फत व्यवसायीहरू का समस्या समाधान गर्छौं,सुन प्रदेश मार्फत वितरण सिफारिस गर्छौ अधिकार दिनुहोस् भनेर धेरै पटक आवाज उठायौ तर हुन्छ हुन्छ भनि आस्वासन मात्रै पायौ केवल कार्यलय को भाडा तिर्ने र रङरोगन लाएर बस्नुपरेको छ भन्नुभयो।’  त्यसैगरी एक नम्बर प्रदेशका सभापति राजु धमलाले, ‘महासंघ हिजोका पाराले चल्दैन व्यवसायीका धेरै समस्याहरू छन समाधान गर्नका लागि प्रदेशको अवधारणा आएको हो यसलाई रद्दीको टोकरीमा फाल्ने प्रयास नगरौं भन्नुभयो।’  कर्णाली प्रदेशका सभापति जनक सुनारले, ‘यति लामो इतिहास बोकेको महासंघ चिर निद्रामा सुतेको झैं गरेर बस्नु दुखदायी हो अब हामी यसै बस्न हुदैन अधिकार त्यसै पाइदैन र काम कर्त्तव्य बिर्सनु हुदैन भन्नुभयो।’  सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले, ‘व्यवसायिका समस्या समाधान गर्छौ भन्दै गर्दा हामी आफैँ समस्या मा पर्दा महासंघ मुकदर्सक बन्न हुदैन। महासंघ को गरिमा घट्ने कार्यनगर्न आग्रह गर्नु भयो। लुम्बिनी प्रदेशका सभापति बुद्धि दियालीले कार्यक्रममा एजेण्डा प्रस्तुत गर्दै योजना बद्द ढंगले नलागेसम्म व्यवसायीका समस्या समाधान हुदैन। यी एजेण्डा हरुले महासंघ बलियो र व्यवसायीका समस्या समाधान गर्छ यसका लागि सबैको सहयोग चाहिन्छ भन्नुभयो।’  अतिथि निर्मल दियालीले, ‘हामी जिल्ला संघ देखि नै समस्या को पहिचान गरी समस्या को निराकरण तर्फ लाग्नपर्ने विचार राख्नु भयो।’ प्रमुख अतिथ मोहन कुमार सुनारले, ‘सुन वितरण का लागि सदस्यता र प्यान नं को आधर नै वैज्ञानिक आधार हो यस समानुपातिक वितरण प्रणालीको निर्णय भएपनि लागु नभएको मा दुख व्यक्त गर्दै अब लागु गर्नैपर्छ। व्यवसायीका धेरै समस्या  मापदण्ड निर्देशिका ले समाधान गर्छ हामी अन्तिम समयमा पुग्दा पनि बनाउन सकिएन अब फाइल खोल्नु पर्छ। प्रदेशले जिल्ला का समस्या समाधान गर्ने र महासंघ लाइ सुझाव सल्लाह सहयोग गर्ने हो महासंघ निति निर्माण र राज्य संग पहलकदमी मा लाग्ने हो तर त्यसो भएको छैन। समय सापेक्षित रुपमा चल्नुपर्ने बताउनु भयो।’  सभापति रामजी साहले, ‘यसोसियट सदस्यहरू लाइ व्यवस्थापन गर्नु पर्छ। सुन वितरण प्रणालीलाई पारदर्शी बनाउनु पर्छ। यसोसियट सदस्यहरू लाइ दिइने सुन जिल्ला संघहरू लाइ दिनुपर्छ। सुनका लागि यसोसियट सदस्य होइन भन्ने हो भने एसोसिएट होइन भने निवेदन आएका सबै लाइ सदस्यता दिनुपर्छ। भन्नुभयो।’  अन्तर्क्रिया मा १५जना प्रदेशका पदाधिकारीहरूले समस्या र समाधान का लगि सुझाव राख्नुभएको थियो। आथित्य प्रदेशका सभापति चन्द्र किशोर गौतमले स्वगत गर्दै एकै थलोमा सातै प्रदेशका सभापति उपसभापति सचिव हरु भेलाभई प्रतिनिधि मुलक उपस्थितिमा तमाम समस्या मा छलफल गर्न पाउनु महत्वपूर्ण हो।व्यवसायी एकतोला सुन किन्दा चार पाँच हजार बढी तिरेर भाउको भाउ बेच्न बाध्य छन्। देशभरि कालो बजारी मौलाउदै छ।व्यवसायी पलायन हुने अवस्थामा छन।बैंक ब्याज ले थिचिएका छन।सरकारी बक्र दूष्टि परि अनुगमन लगायतका समस्या मा छन। व्यवसायीका सुझाव विना गुणस्तर तथा नापतौल ऐन,सम्पत्ति शुद्धिकरण ऐन राजस्व समस्या मा छन। महासंघ र मातहतका संघहरु बेखबर छन के यसरी सम्मानित व्यवसायी बन्न सकिन्छ र कदापि सकिदैन। अब यि समस्या आउन दिनु हुदैन त्यसका लागि जस्तो संघर्ष गर्न पनि पछि नपर्ने बताउदै कार्यक्रम गर्ने अबसर दिनुभएको मा धन्यवाद दिनु भयो।  कार्यक्रम गण्डकी प्रदेशका सचिव रविन विश्वकर्मा ले संचालन गर्नु भएको थियो। ३५ जना प्रतिनिधि ले भाग लिएको कार्यक्रम को निर्णय जस्ताको तस्तै महासंघ लाइ बुझाउने करा सभापति रामजी साहले जानकारी दिनु भयो।

काठमाडौं:  नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।  महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।