पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

काठमाडौं:   सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन गर्ने बताएको हो । फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले उचालेको थियो । 

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका प्रवक्ता बोधराज रेग्मीले अबको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुक्ने छुट नभएको बताएका छन् । पोखरामा संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।  उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएपनि वा प्रतिपक्षमा बसेपनि संसद पुगेका २० जना माननीयहरुले जनमतको कदर गर्दै देश र जनताका पक्षमा काम गर्नुहुनेछ । हामी देश र जनताकै निम्ति राजनीतिमा होमिएका हौँ ।हामीलाई चुक्ने छुट छैन ।’ गण्डकी प्रदेशबाट प्रत्यक्षमा सिट प्राप्त नगरेपनि समानुपातिक बाट २ सिट पाएको र उहाँहरू गण्डकी प्रदेश केन्द्रीत रहने उनको भनाइ थियो । आगामी दिनमा गण्डकी प्रदेश समितिले छिटै नै गण्डकी प्रदेशका ११ वटै जिल्लामा वडा तहसम्म तहगत समिति निर्माण गर्ने , जनताका गुनासा हरेक पार्टी कार्यालयमा टिपाउन सकिने, सरकारी कार्यालयहरुमा नियमित रुपमा अनुगमन हुने,  जनताका स–साना मुद्दालाई समेत समाधान गर्ने लगायतका कामहरू गरिने  प्रवक्ता रेग्मीले जानकारी दिए ।

झापाः    झापा बिर्तामोडका योगश मगरलाई भ्वाइस अफ नेपाल सिजन ४ को विजेता बनाउन उनका साथीहरु एकजुट भएका छन् ।  भ्वाइस अफ नेपाल सिजन ४ को टप ८ मा पर्न सफल झापा बिर्तामोडका  मगरलाई जिताउन उनका साथीहरु एकजुट भएका हुन् ।  झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै स्थानीय युवाहरुले समिति बनाएरै अभियान सञ्चालन गरिरहेको छन् । बिर्तामोडमा योगेश मगरको सांगीतिक समूह हो, पन्छी एण्ड द सन ब्रस्ट ब्याण्ड । उनी त्यस ब्याण्डका गायक हुन्, यसै कारण पनि योगेश मगरलाई ‘पन्छी’को उपनामले पनि चिनिन्छ । उनकै ब्याण्डका सदस्यहरु मिलेर अहिले योगेश मगर जिताउ अभियानमा लागेका छन् । १७ सदस्यीय अभियानको संयोजकमा राहुल राई रहेका छन् । समितिको सदस्यमा प्रकाश तामाङ, जितेन पाँचकोटी, हिलिहाङ इजम, अपेक्षा राई, आर्यन बराइली, आशा गुरुङ, आदर्श खाती, नाम्ग्येल तामाङ, नसिब मगर, सेवासी मगर, प्रभाष मगर, किरण गुरुङ, खुम खड्का, रमेश शेर्पा, योगेश लिम्बू र योगेन्द्र थापा रहेका छन् । योगेशले टप १० मा आशिष रायामाझीलाई इलिमिनेट गरेका थिए ।  कोच प्रमोद खरेलको समूहमा रहेका योगेशले ब्लाइन्ड अडिसनमा सुरुको १ मिनेटभित्रै चारै जना कोचको कुर्सी घुमाएर थिए । भ्वाइस अफ नेपाल सिजन ४ का सम्भावित विजेता योगेशको पूख्र्यौली घर कुम्मायक गाउँपालिकाको यासोक पाँचथर हो भने हाल बिर्तामोडमा बस्दै आएका छन् । भ्वाइस अफ नेपालका प्रतियोगीमध्ये कम उमेरका योगेशलाई जिताउन झापाका विभिन्न स्थानमा अभियानले कार्यक्रम गर्दै आएको छ ।  भर्सटाइल गायक योगेश मगर फ्यान फलोइङ बढेर अहिले नै सेलिब्रेटी बनिसकेका छन् । उनलाई भोट गर्नका लागि खल्ती एप डाउनलोड गरी प्रमोद खरेललाई सेलेक्ट गर्नुपर्छ । उनको भोटिङ कोड १२ रहेको छ । बिर्तामोडका युवा जुटेर यसअघि नेपाल आइडलमा राम लिम्बूलाई जिताएका थिए भने अर्को सिजनमा नाम्ग्येल तामाङ रनरअप भएका थिए । अभियानका अगुवा प्रकाश लिङदेनले बिर्तामोडका युवाले अभिभावकत्व भूमिका निर्वाह गर्दै आएको सुनाए ।  

काठमाडौं:  ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालक कारबाहीमा परेका छन्।  यातायात व्यवस्था विभागबाट नियमित अनुगमनको क्रममा ती चालकलाई कारबाही गरिएको हो। यसरी कारबाही गर्ने क्रममा नियम उल्लंघन गरे बापत सवारी चालक अनुमति पत्र एक सय १ वटा तथा सवारी दर्ता किताब र इजापत पत्र तीन सय ५५ वटा नियन्त्रणमा लिई कारबाही गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता इश्वर दत्त पनेरुले जानकारी दिए।  उनीहरूबाट तीन लाख ४८ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ।

 काठमाडौं:  देशभर चिसो बढेको छ। चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ।  विभागले देशका केही भूभागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो।  अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ।  वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ।

पोखरा:  पहिलो पाइला नेपाल पोखरा शाखाको आयोजना र धौलागिरि सम्पर्क समाज पोखरा विश्वविद्यालय सहयोगि संस्थाको भुमिकामा रहेर आयोजना भएको ‘चिया पिउँदै समाजसेवा’अभियान बिहिबार पोखरा विश्वविद्यालयमा संपन्न भएको छ।  पहिलो पाइला नेपालका कार्य समिति सदस्य साथसाथै धौलागिरि सम्पर्क समाजका सचिव विकास जंग कुवरले कार्यक्रममा पोखरा विश्वविद्यालय विद्यार्थीहरुको भव्य उपस्थिति रहेको जनाउदैँ  कार्यक्रमलाइ सफलताका साथ सम्पन्न गर्न साथ दिने सम्पूर्णलाइ आभार व्यक्त गरे।  कार्य्रक्रममै कुवरले अभियानबाट पहिलो पाइलाका संयोजक समियुन निशालाई उठेको कुल रकम २३,८४० हस्तान्तरण गरेका थिए ।  ‘यस अभियान बाट उठेको  रकम गरिब तथा विपन्न वर्गका बालबालिकालाइ जाडोमा न्यानो कपडा वितरणमा,बालबालिकालाई र क्यान्सर पीडित हिमा कुमारी आलेलाई सहयोग गरिने’ निशाले बताइन ।

काठमाडौं:   काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

काठमाडौं:  महिला राष्ट्रिय टिमका ३ जना फुटबलर आई लिग खेल्न भारत प्रस्थान गरेका छन् । राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी साम्बा र डिफेन्डर गिता राना भारतीय लिग (आई लिग) खेल्न बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । सावित्रो गोकुलम केरेला एफसीमा अनुबन्ध छिन् भने एन्जिला र गिताले सेथु एफसीबाट खेल्नेछन् । आइ लिग माघ १ गतेदेखि फागुन ३ गतेसम्म भारतको केरेलामा हुनेछ । गोकुलमबाट सावित्राले दोस्रो पटक पनि मौका पाएकी हुन् । गत वर्ष भने उनी घुँडाको चोटका कारण फुटबलबाट टाढा रहेकी थिइन् । दुई वर्षअघि गोलकुलम आई लिग च्याम्पियन बन्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यसअघि उनी आबद्ध सेथु पनि आई लिग च्याम्पियन बनेको थियो । एन्जिला र गिताले भने पहिलो पटक भारतीय लिगमा खेल्न लागेका हुन् ।

काठमाडौं:  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् । मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुगेका मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकता अनुरुपको विकास हुने उनले बताए । “हामीले यो तीन दिनसम्म मुगुका ४५ वडाअध्यक्षलाई राखेर सुशासनसम्बन्धी कार्यक्रम गरेका छौँ”, मुख्यमन्त्री शाहीले भने, “त्यसमा प्रदेश सरकारले गरेका विशेष कार्यक्रमका विषयमा पनि आवश्यक छलफल भएको छ ।” स्थानीय सरकारलाई साथमै लिएर मात्र प्रदेश सरकारका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनले बताए । उनका अनुसार नेपालकै आकर्षक पर्यटकीय गन्तव्यस्थल राराको साइकल ट्रेलको अनुगमन भएको र तत्काल काम अगाडि बढाउने निर्देशन दिइएको छ । त्यस्तै, प्रदेश सरकार अन्तर्गत सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको निरीक्षण गरिएको बताउँदै उनले कार्यालय प्रमुखलाई बेलैमा योजना सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिइएको बताए ।