नेपाली कला र संस्कृति अमर रहने छन् : केपी ओली

काठमाडाैं | माघ ८, २०७९

नेपाली कला र संस्कृति अमर रहने छन् : केपी ओली

काठमाडौं:  नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ । भक्तपुरमा आयोजित चौथो एपीक नेपाल म्युजिक अवार्ड प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 


नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । नेपाली कला र संस्कृतिलाई मन पराउने नेपाली धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताउनुभयो । 


अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्धन र प्रवर्धन गर्ने काममा कलाकारहरु लागेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘पीर गर्नु पर्दैन, कला संस्कृति मर्दैन । किनभने नेपाली जनता छन्, आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण, सुरक्षा गर्ने नेपाली जनता छन् ।’ हामीले नेपाली संस्कृतिलाई विभिन्न ढङ्गले संरक्षण गर्दै जानुपर्ने उहाँको भनाइ छ । नेपाली जनजीवनका बोली कलामा उतार्ने, ‘खाँदिन कुवाको पानी’ मामुलीजस्तो सुनिन्छ तर हाम्रो संस्कृति भनेको अहिले भर्खर मात्रै धारा आए पनि पहिला त कुवाको पानी हो अध्यक्ष ओलीले भन्नुभयो । 


‘गीतले हाम्रो कला, संस्कृतिलाई अमर राखेको छ । कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने कार्यमा कलाकारहरु लाग्नुभएको छ’ उहाँले भन्नुभयो ।


अध्यक्ष ओलीले कलाकारलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाउनुभएको थियो । उहाँले आफूले माटोका भाँडा बनाएर प्रजापती र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताउनुभयो ।

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।  यससँगै उपभोक्ताले एक तोला...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्