बैदाम तामाङ समाजद्वारा अपांगमैत्री समाजलाई सहयोग
पाेखरा | माघ ८, २०७९
पोखरा: सोनाम लोसारका अवसरमा बैदाम तामाङ सेवा समाजले अपांगमैत्री समाज कास्कीका दृष्टिविहिनहरूलाई खाद्यान्न सहयोग गरेको छ ।
समाजले शनिबार एक कार्यक्रमक बिच लेखनाथको भण्डारढीमा रहेको समाजको कार्यालयमा पुगी १५ हजार बराबरको खाद्यन्न सहयोग गरेको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
समाजका अध्यक्ष तामाङ र सचिव निमा तामाङले अपांगमैत्री समाजका अध्यक्ष दण्डपाणी ढकाललाई सो सहयोग हस्तान्तरण गरेका हुन् । विगतका बर्षहरुदेखि बैदाम तामाङ समाजले ,समाजका दृष्टिविहिनहरूलाई सहयोग गदै आएको समाजका अध्यक्ष तामाङले बताए ।
सो अवसरमा मिस तामाङ पोखरा–२०२३ की विजेता रोश्मा तामाङले ५ हजार रुपैया प्रदान गरिन् । उनले मिस तामाङ को बिजेता हुदा सोधिएको प्रश्नमा समाजसेवा गर्ने आफ्नो चाहाना स्वरुप सहयोग गरेको बताइन् ।
तामाङ समुदायले आइतबार धुमधामका साथ लोसार मनाउँदै छन् । लोसारका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

