पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

महोत्तरी:  आफ्नो रितिथिति र परम्परा झल्कने संग्रहालय आफ्नै क्षेत्रमा बन्ने कुराले महोत्तरीका आदिवासी थारु समुदाय अहिले दङ्ग छन् । आइतबार जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघरोल पुगेका संघीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले सो ठाउँमा थारु संग्रहालय बनाउने घोषणा गरेपछि उक्त समुदायमा खुसी छाएको हो । ‘अब हाम्रो आफ्नै ठाउँमा थारु जातिका भेषभूषा, रितिथिति, खाद्य परिकार र रहनसहनसमेत झल्कने संग्रहालय बन्ने घोषणा भएको छ’, स्थानीय नेकपा (एमाले) भङ्गाहा नगर कमिटी अध्यक्ष चन्द्रनारायण सिंह थारुले भने, ‘संग्रहालय बनेपछि थारु संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्नेछ ।’ उक्त नगरपालिका थारु बाहुल्य भएको क्षेत्र मानिन्छ । जम्मा नौ वडा रहेको नगरपालिकाका सबै वडामा थारुको बसोबास छ । सबै वडामा थारुको बसोबास भए पनि भङ्गाहा, धर्मपुर, थारुटोल बनरा, बखरी, मदनपट्टी, पर्सा, करुणा, मझौलिया, मेघरोल, गोरहन्ना, रामनगर र भीमगढ थारु बसोबासका मुख्य बस्ती मानिन्छन् । साविकका भङ्गाहा, धर्मपुर, सिङ्ग्याही, हतिसर्वा, मेघनाथ गोरहन्ना र हरिहरपुर हरिनमरी गाविस क्षेत्र समेटेर भङ्गाहा नगरपालिका घोषणा गरिएको हो । जिल्लामा भङ्गाहाका अतिरिक्त गौशाला नगरपालिका क्षेत्रका रजखोर बिर्ता, निगौल र बिसरपुरसहित बस्तीमा थारु जातिको बसोबास रहँदै आएको छ । यी ठाउँका आदिवासी भएर पनि स्थानीय जाति र समुदायको उत्थान तथा पहिचानका लागि खासै काम हुन नसकेका बेला हालै महोत्तरी–२ कै प्रतिनिधिसभा सदस्य शरत्सिंह भण्डारीसहित मेघरोल पुगेका मन्त्री चौधरीले संग्रहालय निर्माणको काम तत्काल थालिने बताएपछि आफूहरु हौसिएको भङ्गाहा–६ मदनपट्टी निवासी राजनारायण राय थारुले बताए । संग्रहालय निर्माणका लागि प्रथम चरणमा गुरुयोजनाको काम थालिने र गुरुयोजना सम्पन्न भए पछि संग्रहालय निर्माणको काम थालिने जनाइएको छ । आठ बिघा क्षेत्रफलमा पोखरी, मनोरम बाटिकासहित निर्माण हुने संग्रहालयमा थारु संस्कृति र परम्पराका आधारभूत सबै कुरा राखिनेछन् । यसले थारु समुदायको मात्र नभई जिल्लाकै शाख वृद्धिमा योगदान दिने नगरपालिकाकी उपप्रमुख शान्तिसिंह थारुको भनाइ थियो । आमरुपमा सरल व्यवहारका अत्यन्त मिलनसार मानिने थारु जाति इमान्दार र मेहनेती हुन्छन् । आफ्नै समुन्नत कला, संस्कृति र परम्पराको संग्रहालय बन्ने कुराले थारु जातिको इतिहास जगेर्ना हुने नगरप्रमुख सञ्जिवकुमार साहले बताए । ‘संग्रहालय हामी सबैका लागि गौरवको कुरा बन्नेछ’ उनले भने । यसअघि मदनपट्टी वेलफेयर सोसाइटीका अध्यक्ष सुदीपकुमार चौधरी थारुले संग्रहालय निर्माणका लागि मन्त्री चौधरीलाई स्मरणपत्र बुझाएको थियो । संग्रहालयमा थारु संस्कृति झल्किने सामग्रीको प्रदर्शनीसँगै थारु खानाका परिकार उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल पनि निर्माण गरिने बताइएको छ । विभिन्न पर्व र उत्सव पनि मनाउने योजना रहेको उक्त संग्रहालय निर्माण भएपछि सो क्षेत्र नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्यसमेत बन्ने महोत्तरीवासीको अपेक्षा छ । संग्रहालय निर्माणका लागि अनुमानित रु ६ करोड खर्च हुने बताइएको छ ।

धनगढी:   ‘मानवताका लागि सङ्गीत’ नारासहित देश भ्रमणमा रहेको नेपथ्यले आइतबार धनगढीमा छैटौँ कन्सर्ट गरेको छ । ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा कन्सर्ट गरेको हो । द्वन्द्वकालमा बाहिरका मानिस आउन सङ्कोच मान्दा पनि बारम्बार यस भेगमा आइ गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनि आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौँ दर्शकहरूको उत्साह मिश्रित आवाजले पर–परसम्म प्रभाव फैलिरहेको देखिन्थ्यो । सुरुमा दुई वटा म्युजिक भिडियो देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि’ बाट धनगढीमा आफूलाई प्रारम्भ गर्‍यो । दोस्रो गीत थियो ‘भेडाको ऊनजस्तो’ । यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकहरुबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्यान्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो । ब्यान्डले सर्वकालिक हिट गीत प्रस्तुत गर्दा धनगढीले व्यापक स्वागत गरेको थियो ।  त्यसपछि श्रोता दर्शकहरूलाई स्वागत गर्दै गायक अमृत गुरुङले ‘लाम्पाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो । ‘नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ’, अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु ।’ यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयार पारेको अर्कै लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए । कन्सर्टको अन्त्य नेपथ्यले ‘गाउँ गाउँबाट उठ’ गीतबाट गरेको थियो । कन्सर्टमा गायक गुरुङलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । 

बागलुङ:  बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवर्द्धन  गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाखमा बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवर्द्धन  गर्न थालिएको छ ।       वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा रु ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवर्द्धन का लागि रु १० लाख खर्च गरिनेछ ।       “तित्याङमा यस वर्ष रु १० लाखको सुन्तला प्रवर्द्धन  र रु १० लाखकै तरकारी खेती प्रवर्द्धन का लागि काम गरिनेछ”, उहाँले भन्नुभयो, “यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तलाको नर्सरी स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरेका छौँ ।”      पछिल्लो समय नगरपालिकाले उन्नत जातको मकै खेती प्रवर्द्धन  गरिरहेको छ । यस वर्ष मकैको बीउदेखि उपकरणलगायत कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरेको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवर्द्धन  कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको तित्याङका वडाध्यक्ष राजु थापाले बताउनुभयो ।       “तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन सकेको छैन”, उहाँले भन्नुभयो । पछिल्लो समय तित्याङमा  सुन्तला खेतीमा विस्तार भइरहेको छ । तित्याङमा तरकारी खेतीका लागि चार हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यस वर्ष रु १० लाख खर्च गरिनेछ ।       सङ्घीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवर्द्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ ।  

झापा:  ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ।  इलाम जिल्ला रोङ गाउँपालिका– ६ की २३ वर्षीया उषा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१३ मा आइतबार राती साढे ८ बजे ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार राई गम्भीर घाइते भएकी थिइन्।  घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक पाँचथर मिक्लाजुङका सुन्दरराज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।

काठमाडौं:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका लागि सबै चीज दाउमा कहिल्यै नलगाएको बताएका छन् । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गर्नका लागि माओवादी केन्द्र संवादमा रहेको चर्चा चलिरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् । नयाँ सरकार गठनका लागि शीर्ष नेताहरुबीच छलफल चलिरहेका प्रचण्ड चितवन पुगेका छन् । चितवनमा पत्रकाहरुसँग कुरा गर्दै प्रचण्डले सत्ता गठबन्धनकै बीचमा छलफल चलिरहेको र सत्ता गठबन्धनबाटै सरकार बन्ने विश्वास व्यक्त गरे । एमाले नेताहरुसँग संवाद भइरहेको स्वीकारेका प्रचण्डले एमालेसहितका दलहरुसँग चुनावी परिणामपछि भएको भेट र संवादलाई स्वभाविक रुपमा लिन आग्रह गरे । चर्चा गरिए जस्तो एमालेसँग गठबन्धन गर्ने विषयमा छलफल केन्द्रित नभएको उनको दाबी छ । चितवनमा पत्रकारहरुसँग प्रचण्डले गरेको कुराकानीको सम्पादित अंश:  सत्ता गठबन्धनबाट प्रधानमन्त्री को हो ? यो विषयमा राजनीतिक दलहरुका बीचमा छलफल चलिराखेको छ । ७ दिनको समय राष्ट्रपतिबाट प्राप्त भएको छ । हामी गठबन्धन बस्छौं रगठबन्धनबाट सजिलै निर्णय हुन्छ । अहिले टुंगो लागेको छैन् । प्रधानमन्त्रीका लागि तपाईंले दाबी गर्नु भएको कुरा आएको सुनिएको छ नि ? मैले देशको नेतृत्व गर्ने अवसर पाएँ भने जिम्मेवारी लिने कुरा त गरेको छु । तर, तपाईंहरुले सुने जस्तो गठबन्धनभित्र औपचारिक दाबी भएको छैन । मिलेसम्म गठबन्धन, नभए एमालेसँग मिलेर भए पनि तपाईं प्रधानमन्त्री बन्ने भन्ने हो ? यो कुरा जसरी जसरी बाहिर प्रचार भएको छ । त्यस्तो स्थिति होइन । स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलहरुको बीचमा, नेताहरुको बीचमा छलफल चलेको छ । नयाँ आएका पार्टीहरुसँग पनि छलफल चलेको छ । तर, मैले सँधै भन्ने गरेको छु – प्रधानमन्त्रीका लागि सबै चीज दाउमा लगाउने काम मैले कहिल्यै पनि गरेको छैन् । गठबन्धनको निम्ति, संविधानको निम्ति वा निर्वाचनको निम्ति मैले धेरै नेताहरुलाई प्रधानमन्त्री प्रस्ताव चाहीँ गरेको छु । आफैँ प्रधानमन्त्री भनेको होइन । जिम्मेवारी आयो भने जिम्मेवारी लिने हो । एमालेसँग सहकार्यबारे? एमालेसँग कुराकानी सबैको भइराखेको छ । गठबन्धनका सबै दलहरुको कुराकानी भइराखेको छ । कांग्रेस र एमालेको पनि कुरा भएको छ । अरु पार्टीहरुसँग पनि कुरा भइराखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि कुरा भइराखेको छ । यहाँलाई पाँच वर्ष प्रधानमन्त्री दिएर पार्टी एकतासम्मको कुरा बाहिर आएको छ नि ? बाहिर जसरी आएको छ, त्यसरी हाम्रो औपचारिक र आधिकारिक रुपमा कुरा भएको छैन् । सरकार गठन हुनु अगाडि नै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा आएको छ । यो कुरा कसरी आयो ? यो कुरा बास्तवमा कतिपय व्यक्तिहरुले, खासगरि बुद्धिजिवीहरुबाट त्यस्तो कुनै व्यक्तित्व भयो भने राष्ट्रपति बनाउँदा ठिक हुन्छ भन्ने सुझाव आएको हो । हामीले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो बिषयमा चर्चा भएको पनि होइन । र, त्यो अहिले सम्भव पनि छैन । ‘पावर सेयरिङ’ कसरी गर्दै हुनुहुन्छ ? पावर सेयरिङ मिलाउने कुरामा चाहिँ खासगरि राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामु र उपसभामुख तत्काल टुंग्याउनुपर्ने यसमा छ। हामीले गठबन्धनभित्र यी सबैलाई ‘प्याकेज’मै टुंगो लगाउने समझदारी बनाएका छौं । राष्ट्रपतिले सात दिनको समय दिनु भएको छ, त्यो समयभित्रै यी सबै टुंगिन्छ ? त्यो ७ दिनभित्र नै यो कुरा हुन्छ । ७ दिनमा तपाईंको बटमलाइन म प्रधानमन्त्री बन्छु भन्ने हो ? माओवादी केन्द्रले बटमलाइन भनेर केही पनि कुरा भनेको छैन । सहमति र सझदारीबाट गर्ने कुरा गरेको छ । समझदारीबाट जिम्मेवारी आयो भने लने हुन्छ । अरु नै भयो भने अरु नै हुन सक्छ । निर्वाचनमा जानुअघि यो प्रधानमन्त्री बन्ने भनेर केही सहमति भएको थियो ? त्यो पनि लिखित, औपचारिक केही पनि भएको थिएन । छलफल पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो । त्यो सहमति भएको हो ? त्यो करिब करिब भएको समझदारी हो । अहिले पनि छ । नागरिक उन्मुक्ति पार्टीहरु खोज्दै हिड्ने तर, राष्ट्रिय स्वतन्त्र पार्टीलाई वास्तै गर्नु भएको छैन् भन्ने छ नि ? यो कुरा गलत हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग यो बीचमा मेरो दुईरतीन पटक कुराकानी भैसक्या छ । छलफल चलिराख्या छ । सिके राउतको पार्टीसँग पनि कुरा भइराखया छ । रवि लामिछानेसँग पनि कुरा भइराखेकै छ । अझ मैले त अझ डिलीबजार कारागारमै गएर रेशम चौधरीलाई पनि भेटेको हो । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पनि आफैंले राख्न खोज्यो भन्ने आइरहेको छ । यसबारे तपाईंको भनाइ के छ ? बाहिर आएको कुरा सत्य होइन । राष्ट्रपति र प्रधानमन्त्री दुवै भनेर कांग्रेसले भनेको पनि मलाई थाहा छैन । प्रधानमन्त्रीजीसँग पनि लगातार भेट भइरहेको छ । यदि त्यो परिस्थिति आयो भने के हुन्छ ? त्यस्तो हुँदैन मेरो विचारमा । गठबन्धनभित्र सहमति हुन्छ । हिजो नेपाली कांग्रेसको तर्फबाट तपाईंहरुले थाहा पाउनु भएकै छ, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने भनेर उहाँहरुले निर्णय गर्नु भएको छ। औपचारिकरुपमा भनेको त्यति मात्रै छ । तर, उहाँहरुले त्यसरी भन्दै गर्दा गठबन्धनभित्र सहमति गर्नुपर्छ पनि भन्नु भएको छ। अध्यादेशको कुरामा तपाईंको पनि सहमति हो ? त्यसको बारेमा कुरा के हो भने नेपाल सरकारले विगतमा मधेश केन्द्रित दलहरुसँग पनि, विप्लव नेतृत्वको पार्टीसँग पनि, अरु दलहरुसँग पनि, थारु कल्याणकारिणीसँग पनि सहमति गरेको छ । ती सबै सहमतिलाई सम्बोधन गर्ने गरि सरकारले अध्यादेश ल्याएको हो । त्यो सामान्य प्रक्रिया हो ।

काठमाडौं:  आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई निर्विरोध चयन भएका छन् । काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट १० सदस्यीय कार्यसमिति चुनिएको छ । चार जना उपाध्यक्षमा ‘डान्सिङ स्टार्स नेपाल’ फेम्ड अभिनेत्री छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी चुनिएका छन् । महासचिवमा होमकुमारी माझी चयन भएकी छन् । सचिवमा अर्बिन विश्वास राजवंशी र गणेश थामी, कोषाध्यक्षमा विपना भुजेल, सहकोषाध्यक्षमा सविता धिमाल सर्वसम्मत चुनिएका छन् ।

 काठमाडौं:   वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् ।  सन् २०२१र०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।  आर्थिक वर्ष २०२०र०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए । भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए । उक्त तथ्यांकलाई हेर्दा २०२०र०२१ को तुलनामा २०२१र०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।

काठमाडौं:   नेपाल सुनचाँदी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ कायम थियो । जुन, ६०० ले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य समेतस्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

पोखरा:   शितलादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाको पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले उद्घाटन गर्दै शितलादेवी बहुउद्देश्यीय सहकारीले वडा नम्बर ११ ले अगाडि सारेको फोहोरमैला ब्यवस्थापन र  अभियानमा सहकार्य गर्न आग्रह गर्नुभयो । त्यसैगरि पछिल्लो समय आर्थिक मन्दी वढिरहेको अवस्थामा सहकारीकै कारण आर्थिक चलायमानमा सहज भइरहेको वताउदै कर्माचार्यले आगामी दिनमा सहकारीले कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिदै त्यस्ता अभियानमा वडाले समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।  त्यसैगरी जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारीले मानिसकोे दैनिकी चलायमान गराउन ठूलो भुमिका रहेको भएतापनि सहकारीहरु सहकारीको मुल्य मान्यता विपरित सञ्चालन भइरहेकाले त्यसतर्फ सम्पूर्ण सहकारीहरुले ध्यान दिन आवश्यक रहेको वताइन । सयपत्री सहकारी संस्थाका अध्यक्ष टिका बहादुर कार्कीले अहिलेको विषम परिस्थितीमा सहकारीहरु बीच एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठले बहुद्देश्यीय सहकारीको भावना अनुसार यस संस्थाले फोहोरमैला ब्यवस्थापन, कृषि तथा पशुपालन र कौशी खेतीमा  विशेष जोड दिदै संस्थाले आफ्नो कार्य सम्पादन गर्ने जानकारी दिनुभयो ।  सो साधारण सभामा अध्यक्ष तीर्थलाल श्रेष्ठ, सचिव राजु श्रेष्ठ, कोषाध्यक्ष रोमनमान श्रेष्ठ र लेखा समिति संयोजक सुक्र कुमार प्रधानले प्रस्तुत गर्नुभएको प्रतिवेदन सभाले अनुमोदन गरेको थियो ।  कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तब्य राख्नुभएको थियोभने संस्थाका सल्लाहकारको तर्फबाट ज्ञान बहादुर कार्की, शेयर सदस्यहरुको तर्फबाट प्रमिला श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।  कार्यक्रममा सहकारीको सात सिद्धान्तको बाचन संस्थाका संचालक समितिका सदस्य जीवन श्रेष्ठले बाचन गर्नुभएको थियो । सहकारीमा २ सय ४३ जना शेयर सदस्य रहनुभएको छभने संस्थाको कुल पुंजी २ करोड ४० लाख रहेको छ ।