राष्ट्रिय सभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा
काठमाडाैं | माघ १०, २०७९

काठमाडौं: राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मङ्गलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने औंल्याउनुभयो । गुणस्तरहिन औषधिलाई विक्री वितरण रोक्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘अहिले बजारमा गुणस्तरहिन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्नेकुरा सुन्नमा आइरहेको छ । यो खालको गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सम्बन्धित निकायले औषधिको चेकजाँच गर्ने, यस्ता खालका औषधिलाई बिक्री वितरणमा रोक लगाउनतर्फ आवश्यक पहलको लागि ध्यानाकर्षण गर्न चाहान्छु ।’’
राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरुमाथि नराम्रो व्यवहारका घटनाहरु घटिराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताउनुभयो । उहाँले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘महिला र बालकालिकामाथि नराम्रो व्यवहार भएको घटनाहरु घटिराखेको छ । सुरक्षाको जोखिम बढीराखेको हो कि भन्ने देखिइराखेको छ । शान्ति सुरक्षाको व्यवस्था कायम गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’
राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले बञ्चरेडाँडाँमा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले समन्वय गरेर बञ्चरे डाँडामा जुन फोहोरको व्यवस्थापन गरेको थियो । यो समस्या फेरी बल्झिने समस्या आइरहेको छ । त्यसकारण बेलैमा यसतर्फ सोचियोस् र हिजोजस्तो जनता र सुरक्षाकर्मीका बीचमा झडप नहोस् ।’’
राष्ट्रिय सभा सदस्य भवगती न्यौपानेले सरकारी अस्पतालको स्तरन्नोती गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आम नागरिकले सरकारी अस्पतालमा बेड पाउन समेत नसक्ने भन्दै यसलाई सहज गराउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘सरकारी अस्पतालमा बेड पाउन सकिएन । प्राइभेट अस्पतालमा उपचार गर्ने आर्थिक हैसियत छैन । भन्ने समस्या छ । सरकारी अस्पतालमा वर्षौंदेखिको स्तरोन्नति हुन सकेको छैन । बेड उपलब्ध हुन सक्दैन । सस्तो सुलभ सहज रुपले देशले उपचार गर्नसक्छ भनेर एउटा गरिबले महशुस कहिले गर्ने ? राज्यले यस विषयमा सोच्नु जरुरी छ । राज्यको ध्यान जाओस् ।’’
राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रश्तुत भएका विधेयकहरु निस्क्रिय हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले नदिने गरेको भन्दै यसको जवाफ दिन मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘यहाँका विधेयकहरु निस्क्रिय हुन्छन् । जिरोमा जान्छन् । यसको मान्यता कमजोर छ । राष्ट्रिय सभामा उठाएका जवाफहरु मन्त्रीहरुले दिनुपर्दैन । जनतासँग यसको सरोकार रहँदैन । यसको कुरा के हो मन्त्रीहरुले जवाफ दिनुपर्छ ।’’
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले देशभर शितलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र जेष्ठ नागरिकलाई न्यानो कपडा राहतको रुपमा दिन सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले देशैभर शितलहर चलिरहेको छ । यस जाडोमा गरिब, निमुखा, ज्येष्ठ नागरिक, बालबच्चाहरु अत्यन्तै पीडित छन् । तिनीहरुलाई खाना, न्यानो लुगा कपडाको राहत दिन अध्यक्षज्युमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’
राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘त्रिभुवन विमानस्थलमा भर्खरै कर्मचारीले आठ लाख र केही रक्सीका बोतलहरुसहित पक्राउ परेको कुराहरु समाचारमा आइराखेको छ । यस्ता भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’
राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल भइरहेको छ ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...