भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान

काठमाडाैं | माघ १२, २०७९

भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान

काठमाडौं:   नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । बिहीबार चेम्बरले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक डा। मैनालीलाई सम्मान गरेको हो ।


काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मान गर्नुभयो  । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।


अर्थमन्त्रालयमा लामो समय काम गर्नुभएका मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा हुनुहुन्थ्यो । अर्थमन्त्रालयले भ्याट प्रणाली लागू गर्दा उहाँले पनि योगदान पुर्‍याउनुभएको थियो ।


सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रबर्द्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताउनुभयो । भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने उहाँको भनाइ छ ।


भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाइ छ । कार्यक्रममा अध्यक्ष मल्लले बिलबिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिनुभयो । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो ।


सरकारी नीति एकद्वारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका भन्दै उहाँले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा अध्यक्ष जोड दिनुभयो ।


सम्मान कार्यक्रममा अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मूल्यलाई कायम गर्न समस्या नरहेको बताउनुभयो । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भइसकेको अवस्थामा सोही अनुसारको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई कायम गर्नुपर्ने रायको धारणा छ । भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको रायको भनाइ छ ।


भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भइरहेको बताउनुभयो । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढको भनाइ छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

चितवन: चितवनमा पौडी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका– ७ दाहाखानीस्थित दाहाखानी भ्यू र...

थप पढ्नुहोस्

काठमाडौं:  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहे...

थप पढ्नुहोस्

काठमाडौं:  राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे चार घण्टा बन्द हुने भएको छ। निर्माण कार्यका लागि सडक बन्द गर्न लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिरा...

थप पढ्नुहोस्