भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान

काठमाडाैं | माघ १२, २०७९

भन्सार विभागका निर्देशक मैनालीलाई चेम्बरको सम्मान

काठमाडौं:   नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । बिहीबार चेम्बरले ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक डा। मैनालीलाई सम्मान गरेको हो ।


काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मान गर्नुभयो  । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।


अर्थमन्त्रालयमा लामो समय काम गर्नुभएका मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा हुनुहुन्थ्यो । अर्थमन्त्रालयले भ्याट प्रणाली लागू गर्दा उहाँले पनि योगदान पुर्‍याउनुभएको थियो ।


सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रबर्द्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताउनुभयो । भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने उहाँको भनाइ छ ।


भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाइ छ । कार्यक्रममा अध्यक्ष मल्लले बिलबिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिनुभयो । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो ।


सरकारी नीति एकद्वारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका भन्दै उहाँले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा अध्यक्ष जोड दिनुभयो ।


सम्मान कार्यक्रममा अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मूल्यलाई कायम गर्न समस्या नरहेको बताउनुभयो । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भइसकेको अवस्थामा सोही अनुसारको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई कायम गर्नुपर्ने रायको धारणा छ । भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको रायको भनाइ छ ।


भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भइरहेको बताउनुभयो । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढको भनाइ छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्