बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक: मुख्यमन्त्री रावल
काठमाडाैं | माघ १२, २०७९
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताउनुभएको छ।
विद्यार्थीको सबैभन्दा ठूलो पर्व वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा बिहीबार विद्यार्थी, शिक्षकसहित सबैलाई शुभकामना दिनुहुँदै उहाँले शैक्षिक सुधारको आवश्यकता औँल्याउनु भएको हो। प्राध्यापक तथा शिक्षकको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीति निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासका लागि सबै एकजुट हुन जरुरी रहेको मुख्यमन्त्रीको ठहर छ।
उहाँले सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु रहेको औँल्याउनु भएको छ। विद्याले व्यक्तिको क्षमता अभिवृद्धि गर्ने गरेको मुख्यमन्त्री रावलको भनाइ छ। ‘त्यसैले आजको दिन बालबालिकालाई अक्षरारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने विश्वास छ’, उहाँले भन्नुभएको छ।
वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन मानेर विद्याकी देवीका रूपमा पूजा आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको मुख्यमन्त्रीको भनाइ छ। ज्ञानको भण्डार मानिने पुस्तकसहित सङ्गीत, वाद्ययन्त्र तथा रङ्ग, कलाका साधनालाई सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा रहेको उहाँको भनाइ छ।
‘वसन्त पञ्चमीले एकातिर ज्ञान अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानव जातिलाई असल र खराब छुट्याइ असल कुरालाई ग्रहण गर्न उत्प्रेरित गर्छ’, मुख्यमन्त्रीले सन्देशमा उल्लेख गर्नु भएको छ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

