बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक: मुख्यमन्त्री रावल
काठमाडाैं | माघ १२, २०७९

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताउनुभएको छ।
विद्यार्थीको सबैभन्दा ठूलो पर्व वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा बिहीबार विद्यार्थी, शिक्षकसहित सबैलाई शुभकामना दिनुहुँदै उहाँले शैक्षिक सुधारको आवश्यकता औँल्याउनु भएको हो। प्राध्यापक तथा शिक्षकको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीति निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासका लागि सबै एकजुट हुन जरुरी रहेको मुख्यमन्त्रीको ठहर छ।
उहाँले सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु रहेको औँल्याउनु भएको छ। विद्याले व्यक्तिको क्षमता अभिवृद्धि गर्ने गरेको मुख्यमन्त्री रावलको भनाइ छ। ‘त्यसैले आजको दिन बालबालिकालाई अक्षरारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने विश्वास छ’, उहाँले भन्नुभएको छ।
वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन मानेर विद्याकी देवीका रूपमा पूजा आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको मुख्यमन्त्रीको भनाइ छ। ज्ञानको भण्डार मानिने पुस्तकसहित सङ्गीत, वाद्ययन्त्र तथा रङ्ग, कलाका साधनालाई सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा रहेको उहाँको भनाइ छ।
‘वसन्त पञ्चमीले एकातिर ज्ञान अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानव जातिलाई असल र खराब छुट्याइ असल कुरालाई ग्रहण गर्न उत्प्रेरित गर्छ’, मुख्यमन्त्रीले सन्देशमा उल्लेख गर्नु भएको छ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता...
पोखरा: दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिक...
नेपालगन्ज: पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको न...