म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

काठमाडौं:  नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उपसभामुख मगरले आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ ग्रहण लिनुभएको हो । उहाँले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति भवनका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिनुभयो । शनिबार बसेको प्रतिनिधि सभा बैठकबाट उपसभामुख पदमा मगर निर्वाचित हुनुभएको हो । मत विभाजन गराउँदा मगरको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए ।   झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनियाँ बस्तीकी मगर समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो ।

काठमाडौं:  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । सोमबार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरूसँग कुरा गर्नुहुँदै सभामुख घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरू बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अप्ठ्याराहरू सिर्जना भएको गुनासो आएको भन्नुहुँदै ती कुरालाई सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले ऐन कानुनहरू ठिक समयमा ठिक ढङ्गले बन्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि कानुन अभावमा जनताको काममा अवरोध हुनु नहुने उहाँको भनाइ छ । सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्त्वपूर्ण भूमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको सुरुवात भएको बताउनुभयो । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्ने उहाँको भनाइ छ । सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरूसँग छलफल गर्दा आफूहरूलाई पनि समावेश गराउन आग्रह गर्नुभयो । उहाँले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रूपमा आफूहरूले हासिल गरेका अनुभवहरूले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पुर्‍याउने बताउनुभयो । संयोजक शाहीले सभामुखले संसद्को गरिमा र महत्त्वलाई स्थापित गराउने अपेक्षा आफूहरूले गरेको बताउनु भयो । संयोजक शाहीले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा बहस र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गर्नुभयो । ‘‘धेरै चुनौतीहरू छन् । यो जिम्मेवारीमा रहँदा खेरी तटस्थताको सन्दर्भमा पनि अलिअलि प्रश्नहरू आएकै छन् । यो संस्थाको गरिमा, महत्त्वलाई स्थापित गर्नमा सम्माननीय ज्यू त लामो अनुभवी, परिपक्व नेतृत्व भएका हुनाले त्यसमा धेरै मद्दत पुग्नेछ, बल पुग्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘सम्माननीय ज्युको नेतृत्वमा विधायीकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा पनि बहस, पैरवी गर्नु जरुरी छ । त्यो कामको नेतृत्व लिनुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।’’ त्यस्तै, बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरूले गरेका कामको समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा बन्न बाँकी रहेका कानुनहरू बनाउनका लागि सङ्घले पनि घुच्च्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘‘प्रदेशमा अझै पनि बन्न बाँकी कानुनहरू छ । बन्न बाँकी कानुनहरू सङ्घले कानुन नबनाएका कारण पनि भएको छ । त्यसकारण सङ्घले पनि प्रदेशका लागि कानुन बनाउनको निम्ति घुच्च्याउनुपर्ने र तल बनाउनुपर्ने । ती कुरा गर्नसक्यो भने राम्रो हुन्छ भन्ने लागेको छ ।’’ उहाँले आगामी दिनमा छलफलहरू गर्दा आफूहरूलाई पनि समावेश गराउन र अनुभवहरूको आदानप्रदान गर्न अनुरोध गर्नुभयो ।

पोखरा:   फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् । फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सहि र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर संचालनमा ल्याएको कार्यक्रममा जानकारी दिईएको छ । गाडी बिक्री पछिको आधुनिक सेवा तथा पार्टपूर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा संचालनमा ल्याएको अध्यक्ष थापाले बताए । फोर्स मोटर्सको चाउथेमा सोरुम पनि यसअघिबाटै संचालनमा रहेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा अत्याधुनिक सेवा सुविधाका साथ गाडीको मर्मत गर्ने र पार्टपूर्जा फेर्नका लागि अब कुनै कठिनाई नभएको थापाले जानकारी दिए । सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ । सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सेन्टर एउटै स्थानबाट छिटो छरितो आधुनिक सेवा दिईने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन के.शी ले जानकारी दिए । बितेका ८ वर्षदेखि आयम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल फोर्स ब्राण्डका गाडीहरु आयात र बिक्री बितरण गर्दै आएको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिपको बिक्री वितरण गर्दै आएको छ । यस्तै कम्पनीले पिकअप भ्यान, स्कुल बस, माईक्रो बस तथा उच्चस्तरको एम्बुलेन्स बिक्री गर्दै आएको छ । कम्पनीका काठमाडौंको गैरीधारा तथा इटहरीमा आफनै शाखा रहेका छन् । यसका देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सका गाडीहरु बिक्री र बिक्री पछिको सेवा दिईदै आएको सो अबसरमा जानकारी दिईयो । आयाम कन्टिनेन्टलले फोर्स मोटर्सका नयाँ मोडलका बस र जीपहरु छिटै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ । केहि समयअघि गुर्खा जिप नेपाली बजारमा ल्याईएको थियो । कार्यक्रममा नेपाल युवा यद्यमी मञ्चका अध्यक्ष शुयस मल्ल, स्थानय यातायातका प्रदेश संयोजक केदार पौडेल, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष मोहनबाबु खड्का, फोर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक, पश्चिमाञ्ल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाल श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्दै बिक्री मात्रै नभई बिक्री पछिको समयमा पति ग्राहकका लागि सबै सुविधा एकै ठाउँबाट दिनेगरी सर्भिस सेन्टर संचालनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताए । मिलन केशीले संचालन गरेको कार्यक्रमको अध्यक्षता नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रब बहादुर थापाले गरेका थिए ।

म्याग्दी:  म्याग्दीको मंगला गाउँपालिका–२ काफलगौरमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  प्रहरी निरीक्षक राजन ढकालले मंगला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।  उनका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। मंगला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ।  ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो। जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए। 

काठमाडौं:  नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।   आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ । पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

काठमाडौं:   राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले सोमबार प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिंदैछन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए । श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

काठमाडौं:  उपसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग हुनुभएको छ  । सत्तारुढ दलको समर्थनमा शनिबार उपसभामुख पदमा निर्वाचित हुनुभएपछि मगर पार्टीबाट अलग हुनुभएको हो । सोमबार मगरले विज्ञप्ति जारी गर्नुहुँदै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभएको छ ।

कावासोती:   पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन।  गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।  वर्षायाममा खेतीबालीका लागि आकाशको पानीको भर पर्दछन् भने हिउँदमा खेतबारी बाँझै राख्ने गरेका छन्। गैँडाकोट हर्दीको एक सय बिघा र केलादीको ५० बिघा जमिन सिँचाइ अभावले बाँझो छ। गैँडाकोटका अधिकांश युवा विदेशबाट फर्किएर कृषि पेसामा आबद्ध भएका छन् तर सिँचाइ नहुँदा चाहेर पनि खेती गर्न नसकेको स्थानीय कृषक हरिबहादुर मिश्रले बताउनुभयो।  वैदेशिक रोजगारमा १५ वर्ष बिताएर स्वदेश फर्कनुभएका गैँडाकोट–३ निवासी मिश्रले कृषिमा राम्रो सम्भावना देखेर व्यावसायिक खेती सुरु गर्नुभयो तर सोचेअनुसारको हुन सकेन।  उहाले भन्नुभयो, “सिँचाइ छैन, अप्ठ्यारो छ। सिँचाइ भए यो खेतीयोग्य जमिन बाँझो हुने थिएन, विदेशबाट केही गर्न यहाँ आए भने निराशा मात्रै छ।” बर्खामा हुने अन्नले हिउँद टार्नुपर्ने बाध्यता छ। वर्षायाममा आकाशको भर पर्नुपर्ने हिउँदमा भने पूरै खेतीबारी बाँझै राख्नु पर्दा किसान चिन्तित छन्। १० रोपनी खेत भएर पनि मकै र कोदोबाहेकको अरू खेती गर्न नपाउँदा आफूहरू समस्यामा परेको अर्की स्थानीय कृषक सम्झना न्यौपानेको गुनासो छ। ६२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गैँडाकोटको हर्दी र केलादीमा सिँचाइ व्यवस्थाका लागि काम भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो। सिँचाइको समस्या समाधानका लागि लिफ्टिङ, सतही र बोरिङका लागि वडा कार्यालयबाट गत वर्ष २५ लाख रुपियाँमा काम सुरु गरिएको छ।  अहिले हर्दी र केलादीमा सिँचाइको ८० प्रतिशत काम भएको जानकारी दिनुभयो। सिँचाइको पहुँच पु(याउन सामान्य बजेटले नभ्याउँदा पनि समस्या भएको देखिन्छ।

कावासोती:   पूर्वी नवलपरासीमा यो वर्ष गत वर्षको तुलनामा तोरी उत्पादन बढेको छ।  यहाँको गैँडाकोट, देवचुली, मध्यबिन्दु, कावासोती नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा तोरी खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो। गत वर्ष जिल्लामा छ करोड बढीको तोरी उत्पादन भएकोमा यो वर्ष सात करोड बढीको तोरी उत्पादन भएको प्रारम्भिक तथ्याङ्क रहेको कृषि प्राविधिक राजेन्द्र गौडेलले बताउनुभयो। यो वर्ष तोरीमा दाना राम्रो फलेको, तोरीको बाक्लो ठूला बोटसमेत रहेकाले तोरी उत्पादन गत वर्षको तुलनामा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो।  कृषकहरू तोरीबाली नलगाउने, तेल किनेर खाने प्रचलन बढन् थालेपछि तोरी खेतीतर्फ कृषकलाई थप आकर्षित बनाउन कृषि ज्ञान केन्द्रले कृषकलाई समय समयमा तालिम दिने र यसको महत्वका बारेमा जानकारी दिने गरेको छ।  पूर्वीनवलपरासीको गैँडाकोटमा गत वर्षको तुलनामा यो वर्ष तोरी उत्पादन दोब्बर बढेको र तोरी खेती गर्दै आएका कृषक ओमनाथ तिवारीले बताउनुभयो। यो वर्ष तोरीको बोट राम्रोसँग बढेकाले दाना पनि फसल पनि राम्रो भएको कृषक तिवारीले बताउनुभयो।  जिल्लामा तोरी उत्पादन राम्रो भएकाले  किसानहरू खुसी भएको प्रगतिनगरका कृषक धर्मराज बस्यालले बताउनुभयो। गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउन र कृषि खेतीतर्फ जागरुक बनाउन पालिकाले योजना नै बनाएर अघि बढेको बताउनुभयो।