काठमाडौं:   निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दल...

गण्डकीः     बागलुङको ताराखोला गाउँपालिकाले सहिद सप्ताहको अवसर पारेर जनयुद्धका सहिद र बेपत्ताजनका २७ परिवारलाई जीवन निर्वाह भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु. एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु. आठ हजार प्रदान गर्नुभएको हो । सहिद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो । सहिद सप्ताहकै अवसरमा जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ । मन्त्री चुमानले उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै मन्त्री चुमानले राजनीतिक परिवर्तनमा ताराखोलाका बासिन्दाले अग्रगामी भूमिका खेलेको बताउनुभयो ।  उहाँले गाउँपालिकाले जनमुखी योजना र कार्यक्रममार्फत समृद्धि ताराखोलाको लक्ष्य पछ्याएकामा खुसी व्यक्त गर्नुभयो । मन्त्री चुमानले गाउँपालिकाको केन्द्र जोड्ने सहिद मार्गको कालोपत्रका लागि प्रदेश सरकारबाट सक्दो बजेटको प्रबन्ध गरिने प्रतिबद्धता जनाउनुभयो । जनयुद्धमा जीवन गुमाउने सहिद र बेपत्ताजनको सम्मानका लागि मासिक भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताउनुभयो । “रकम थोरै भएपनि सहिदको योगदानको कदर गर्न खोजिएको छ, यो सुरुआत मात्र हो, पछि भत्ता रकम वृद्धि पनि हुँदै जाला”, उहाँले भन्नुभयो । गाउँ सभाले बनाएको कार्यविधि अनुसार सहिद र बेपत्ताजनका परिवारलाई भासिक भत्ता दिन थालिएको हो । ताराखोला जनयुद्धबाट बढी प्रभावित क्षेत्र हो । युद्धमा परी त्यहाँका २६ जनाले ज्यान गुमाएका छन् भने दुई जना बेपत्ता छन् । यस्तै गोली नै लागेर गम्भीर घाइते भई अपाङ्गता भएकाको संख्या १३ र सामान्य घाइतेको संख्या २२ रहेको जनाइएको छ । गाउँपालिकाको चालु आवको नीति तथा कार्यक्रममा पनि जनयुद्धबाट प्रभावित परिवार र तिनका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउने उल्लेख थियो । गाउँपालिकाले सहिद, बेपत्ता तजा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गरेको छ । सहिद सप्ताहमा सम्मानसहित नृत्य प्रतियोगिता, निःशुल्क स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिनुभयो ।   

स्याङ्जा:   स्याङ्जाको हरिनास गाँउपालिकामा महिला सशक्तिकरणको लागि उद्घोषण तथा भाषण तालिम सुरु भएको छ । एक समारोहका बीच हरिनास गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले तालिमको उद्घाटन गरे ।    हरिनास गाँउपालिकाका महिला जनप्रतिनिधीहरुको क्षमता र व्यक्तित्व विकासका लागि तालिमको आयोजना गरिएको उपाध्यक्ष इन्द्र कुमारी थापा रानाले जानकारी दिईन । उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष ओम प्रकास सिग्देल, स्वकीय सचिव पर्शुराम सिग्देल लगायतकाको उपस्थिति रहेको थियो । पाँच दिन सम्म चल्ने तालिममा सञ्चार कर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गर्नेछन् । तालिममा कुल २० जनाको सहभागीता रहेको छ । आजदेखि सुरु भएको  तालिम फागुन २० गतेसम्म चल्नेछ ।   

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ । मंगलबार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।   प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्नुहुँदै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो । प्रधानमन्त्रीले सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताउनुभयो ।   प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ । आउने दिनमा यो क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुनेकुरा र सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने कुरा हो । यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेभन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’’ च्यासल रङ्गशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।  

काठमाडौं:  मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन ३.८१ अंकले घटेको बजार २०१९.७३ बिन्दुमा आएर रोकिएको हो ।   बजार दिनभर जसो नै उतारचढावपूर्ण भने रह्यो । मंगलबार २६२ धितोपत्रको २८ हजार ६८४ वटा कारोबारबाट ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार जलविद्युत, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र ट्रेडिङबाहेक सबै उपसूचकमा गिरावट आयो । सबैभन्दा धेरै लघुवित्त उपसूचकमा ०.८० प्रतिशतको गिरावट आएको छ ।   यसका बावजुत मंगलबार सबैभन्दा धेरै बढ्नेमा लघुवित्त कम्पनी नै छन् । यस दिन आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । सिद्धार्थ इन्स्योरेन्स र सर्पोट माइक्रोफाइन्सको समेत मूल्य बढेको छ ।   मंगलबार सबैभन्दा गुमाउने कम्पनीमा प्रिमियर इन्स्योरेन्स रहेको छ । यसको मूल्य ३.८५ प्रतिशतले घट्यो । युनिभर्सल पावर कम्पनी, शिवम् सिमेन्ट, सानिमा माइहाइड्रोपावर लगायतको सबैभन्दा धेरै कारोबार भएको छ ।  

काठमाडौं :जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले  तत्काल सरकार नछोड्ने बताएका छन्। मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले अरु पार्टीको विभिन्न कारण रहेपनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थिति नबनेको स्पष्ट पारे।   उनले अहिले  पनि माओवादीकै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको बताए। उनले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताए।   सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने,सरकारले पठाएका विधेयकलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अबको राष्ट्रपतिले काम गर्नुपर्ने उनको भनाइ छ।   यसअघि नागरिकताजस्ता दुवै सदनबाट पारित भइसकेका विधेयकहरू राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौं युवाहरु नागरिकताबिहीन हुनपुगेको उनको भनाइ छ ।    राउतले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुँदा निरंकुशता जन्माउने आधारहरू रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए।

काठमाडौं:  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।   उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताउनु भयो । निर्देशक घिसिङले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत बढी हुने उल्लेख गर्नुभयो ।   कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘अहिले २५ सय ४४ मेगावाट उत्पादन क्षमता भएको छ । यसमा सोलार ७० मेगावाट छ । प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको ७ हजार मेगावाट विद्युत उत्पादन गर्ने अनुमान छ । विद्युत उत्पादन र विद्युत खपतको लागि पनि लगानी गर्नुपर्ने अवस्था छ । त्यसमा निर्यात र स्वदेशमा नै खपत गर्नका लागि पनि ट्रान्समिसन लाइन बनाउनुपर्छ ।’’   कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा आठ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावाट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको जानकारी दिनुभयो ।   निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताउनुभयो । पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको उहाँको भनाइ छ । उहाँले ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका भन्दै करिब सात हजार मेगावाटको पीपीए भइसकेको बताउनुभयो ।   कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुख्खा याममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छौँ । नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युतको माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ । त्यो समयसम्म जलविद्युतमा आत्मनिर्भर भएर २५ सय मेगावाट विद्युत बढी हुने देखिन्छ ।’’   उहाँले थप्दै भन्नुभयो, ‘‘ऊर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । करिब सात हजार मेगावाटको पीपीए भइसकेको छ । यसमा आठ सय मेगावाट विद्युत उत्पादन भएर आइसकेको छ । पाँच हजारको हाराहारीमा पीपीए भएर वित्तीय लगानी भएर अगाडि बढेका र तीन हजार जति वित्तीय लगानीका लागि प्रतीक्षामा रहेका छन् । यसको पनि निजी क्षेत्रबाट लगानी जुटाउनुपर्ने अवस्था छ ।’’   त्यस्तै, निर्देशक घिसिङले जलविद्युत उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउनुभयो । उहाँले एजीम बैङ्कबाट सात सय मिलियन, जाइकाले १४० मिलियन, विश्व बैङ्क र एडिबीले दुई मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गर्नुभयो । उहाँले जलविद्युत उत्पादनको लागि नयाँ नयाँ प्रयोजनाहरु बनाउनका लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताउनुभयो ।   उहाँले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताउनुभयो । निर्देशक घिसिङले प्राधिकरण जलविद्युत उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिनुभयो ।

काठमाडौं: नेकपा एमालेका मन्त्रीले राजीनामा दिएसँगै थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मामा आएको छ।    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी हुन्।   सोमबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो।   एमालेले अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालय लिएकोमा मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको थियो। उक्त मन्त्रालयको जिम्मा अहिले प्रधानमन्त्री प्रचण्डलाई आएको हो।    यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सरकारबाट बाहिरिने निर्णय गरेको थियो। राप्रपाले ऊर्जा, सहरी विकास र कानून मन्त्रालय लिएकोमा मन्त्रीहरू फिर्ता भइसकेका छन्।   रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ। लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिदिएको थियो। त्यसपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए।   प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पनि मन्त्री फिर्ता बोलाएको थियो।   रास्वपाले सरकारलाई दिएको समर्थन भने अझै कायमै राखेको छ।   प्रधानमन्त्री प्रचण्डले गत माघ ३ गते मन्त्रिपरिषद विस्तार गर्दा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेका थिए। जनता समाजवादी पार्टीलाई दिन भन्दै उक्त मन्त्रालय खालि राखिए पनि जसपा सरकारमा सहभागी नै भएको थिएन।   गत शुक्रबार राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई सहयोग गर्ने ८ दलबीच सहमति बनेको थियो। गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा राष्ट्रपति एमालेलाई दिने समझदारी बनेको थियो। तर प्रचण्ड उक्त सहमतिबाट पछि हटेको भन्दै आज एमालेले सरकार छाडेको हो।   राष्ट्रपति चुनावका लागि बनेको गठबन्धनमा रहेका दलहरूलाई समेटेर अब प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना छ। गत पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएकामध्ये एमाले र राप्रपाले सरकार छाडेका छन्। अब एक महिनाभित्र प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।   उनले विश्वासको मत लिएर वा नलिईकन नै सरकारमा कांग्रेसलगायत दललाई मन्त्री बनाउने सम्भावना पनि छ। प्रधानमन्त्रीको सचिवालयले भने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने बताएका छन्।    

काठमाडौं: निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् ।   ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने बिदा लिनु परेको उनको गुनासो थियो ।   यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै घनिभूत ढंगले गरेँ । सम्बन्धित पक्षहरुसँग बस्ने, अन्तर्क्रिया गर्ने, कहाँ के समस्या छन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले धेरै भन्दा धेरै समय खर्च गरेँ भन्ने लाग्छ’ स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रमाम उनले भने, ‘अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट विदा लिनुपर्ने अवस्था बन्यो ।’   उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरु छन भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत टिप्पणी गरे । निवर्तमानमन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको बताए । त्यसका लागि बीमितलाई दिने सेवाको रकम १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्‍याउनुपर्ने उनको सुझाव छ ।   उनले स्वास्थ्य सामग्रीहरुको दुरुपयोग हुन नदिने, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीहरुको अभिलेखीकरण गर्ने, सबै प्रदेशमा विशिष्टीकृत खालको स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाएको पनि बताए ।

काठमाडौं:  नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।   सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गर्नुभएको पत्र सोमबार पठाउनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।   यही फागुन १३ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको थियो । यसैगरी, नेकपा (एमाले)का तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ ।