प्रधानमन्त्रीलाई मिटरब्याज पीडितले भने- माग सम्बोधन नभएसम्म घर फर्कदैनौं

काठमाडाैं | चैत १८, २०७९

प्रधानमन्त्रीलाई मिटरब्याज पीडितले भने- माग सम्बोधन नभएसम्म घर फर्कदैनौं

मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफूहरुको माग राखेका छन्।

 

शनिबार बिहान बालुवाटार पुगेर मिटरब्याज पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।

 

पीडितहरुले पटकपटक काठमाडौं आउँदै सरकारी वार्ता टोलीसँग सहमति गरिएको भएपनि कार्यान्वयन नभएको बताए। 

 

यसपालि प्रधानमन्त्रीकै मुखबाट पीडितहरुको समस्या समाधानको प्रतिबद्धता सुन्न चाहेको पीडितहरुले बताएका थिए । 

 

उनीहरुले मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने माग राखेका छन्। 

 

आयोगलाई मिटरब्याज वा तमसुकको आधारमा अदालतमा चलेका चलाइएका मुद्दाहरु समेत फर्छ्यौट गर्ने अधिकार प्रदान गरिनुपर्ने पीडितहरुको माग छ। 

 

त्यस्तै मिटरब्याजलाई आर्थिक अपराधको रुपमा कानुनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संसोधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग राखेका छन्। 

 

तमसुकका आधारमा चलाइएका मुद्दाहरु स्थगन गर्न, जारी पक्राउ पुर्जी स्थगन गर्न, जेल चलान गरिएका मुद्दाहरुमा समेृत सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालयबाट कार्यान्वयनका लागि सहमति पत्र पेस गर्न प्रधानमन्त्रीसमक्ष माग राखेका छन्। 

 

पीडितहरुलाई राज्यले क्षतिपूर्ति प्रदान गर्ने आधारहरु प्रस्तुत गर्नुपर्ने पनि उनीहरुको माग छ।

 

मिटरब्याजी साहु महाजनबाट पीडित महिलाहरु बलात्कृत भएको बताउँदै उनीहरूले पीडितको किटानी जाहेरी दर्ता गरी तत्काल पक्राउ गर्न माग राखेका छन्।

 

आफूहरुको माग पूरा हुने वातावरण नभएसम्म यसपालि काठमाडौंबाट  घर नफर्किने पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष बताएका छन्। 

 

प्रधानमन्त्री प्रचण्डले पीडितहरूकाे मागप्रति आफू सकारात्मक रहेको र सरकारले चाँडै न्याय दिने ढंगले अगाडि बढेको बताए। 

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्