स्याङ्जा–पर्वत खण्डमा मोटरेबल पुल निर्माण
स्याङ्जा | चैत १८, २०७९

स्याङ्जा: कालीगण्डकी कोरिडोरअन्तर्गत स्याङ्जा–पर्वत खण्डमा दुईवटा मोटरेबल पुल निर्माण भएका छन् । योसँगै कोरिडोर निर्माणले तीव्रता पाएको छ ।
कोरिडोरभित्र पर्ने स्याङ्जा खण्डको १० किलोमिटरमा कालीगडण्डी गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने गरी आँधीखोलामा एउटा तथा गल्याङ नगरपालिका–५ र पर्वतको बिहादी जोड्ने गरी सेतीखोलामा अर्को पुल निर्माण गरिएको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।
आँधीखोला पुल रायमाझी/राजेश्वरी/पीटीआर अधिकारी जेभीले साढे दुई वर्षमा सक्ने गरी २०७७ असार ३० गते सम्झौता गरेको थियो । ५० मिटर लम्बाइको यो पुल नौ करोड ६२ लाख ७९ हजार ९३ रुपियाँ २९ पैसामा निर्माण भएको हो । यस्तै सेतीबेनीखोला ट्रस्ट ब्रिज मुक्तिनाथ/सुयान जेभीले निर्माण थालेको पाँच वर्षमा सम्पन्न गरेको आचार्यले बताउनुभयो । निर्माण कम्पनीले पाँच करोड ८६ लाख ८२ हजार ९८ रुपियाँ १६ पैसामा पुल निर्माण गरेको हो ।
यस्तै कोरिडोर पाल्पा–गुल्मी–बागलुङ खण्डले कालोपत्रे गरिरहँदा स्याङ्जा–पर्वत खण्डमा निर्माणले तीव्रता पाएको छ । स्याङ्जा–पर्वतको ५३ किमिमा स्याङ्जा खण्डमध्ये मिर्मी–सेतीबेनी सडकको सात किमि महादेव खिम्ती/आन्जना/पराजुली जेभी लमजुङले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।
निर्माण कम्पनीले सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी २०७७ भदौ १२ गते सझौता गरेको थियो । २१ करोड ९८ लाख छ हजार १९० रुपियाँ १९ पैसामा साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा ५० प्रतिशत मात्र काम भएको आचार्यले बताउनुभयो ।
विस्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएकाले एक वर्ष समय थपेर काम अगाडि बढाइएको आचार्यले बताउनुभयो । यस्तै मिर्मी–सेतीबेनी सडककै तीन किमि काष्ठमण्डप/कली/मनकामना जेभीले आठ करोड ८६ लाख ८७ हजार ७७१ रुपियाँ ६० पैसामा सम्झौता गरेको छ । २०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गरी ३० महिनामा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकोमा ६५ प्रतिशत काम सकेको छ ।
कोरिडोरले पर्वत खण्डको ४३ किमिमध्ये छ किमि कालोपत्रे हुँदा १७ किमि कालोपत्रेको अन्तिम तयारीमा रहेको छ । थप २० किमिको ठेक्का निकाल्ने तयारीमा रहेको आचार्यले बताउनुभयो । कोरिडोरको स्याङ्जा–पर्वत खण्डको मिर्मी, सेतीबेनी, रानीपानी, कुर्खा, फलेबास, अर्मादी खण्डको सडक निर्माणले यहाँका लाखौँ नागरिक लाभान्वित हुनेछन् । यसबाट बुटवल, पाल्पा, नारायणगढ जाने यात्रुलाई समेत सहज हुनेछ ।
पोखरा महानगरपालिका ८ बगालेटोलमा सञ्चालित हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाइनामिक एकेडेमीले हिमाल फुड फेष्ट–२०८२ को आयोजना गर्ने भएको छ । आगामी असार पहिलो हप्ता फुड फेष्टको आयोजना गर्ने त...
तनहुँ: तनहुँको बन्दिपुर–२ कामिडाडामा सोमबार चितुवाको आक्रमणबाट पाँच बर्षीय उत्सव गुरुङको मृत्यु भएको छ । करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँग...
काठमाडौं: वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ ग...