गण्डकी:   पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५०...

काठमाडौं:    बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।      यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।  पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।  नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ । 

म्याग्दी:    बेनी– हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा–१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट– दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो । योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइनेछभने दूधेखोला–भकिम्ली खण्डमा तीन सय ९० मिटर  ढलान गरिने छ ।  चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि रु एक करोड ६० लाख बजेट विनियोजन भएको छ ।हाँडेभिर–बगरफाँट दुई किलोमिटर  कालोपत्र भइसकेको छ ।  सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ । उक्त सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताउनुभयो ।

बागलुङ:     राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन ।  आर्थिक वर्ष २०८०÷८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ ।  चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उहाँले बताउनुभयो । यो सडकका निम्ति रु ५ करोड विनियोजन भएको छ ।  गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आवमा नै स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो ।   

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।  प्रधानमन्त्रीको उपस्थितिमा प्रमुखआयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।  त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।  असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्नुहुँदै उहाँले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भएनभएको निक्र्योल गरी अराजकताले प्रश्रय पाउन नहुने बताउनुभयो ।  समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति हुनुहुन्थ्यो । मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले उहाँहरुलाई आयोगमा नियुक्त गरेको हो ।   

बागलुङ:    यस वर्षको पहिलो सिकार याममा १० नाउर र ५ झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र ८ झारलको सिकार गर्न ४ कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए ।    एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको  ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।  जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए ।  जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिनुभयो ।       यस्तै विदेशी सिकारीले ३ वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । ७ बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ ।   ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र ९फागुन–वैशाख० मा दोस्रो याम गरी २ चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ ।  ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न बिदेशीले रुचि नदेखाएको बताउनुभयो । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उहाँको भनाइ छ ।  उहाँका अनुसार पहिलो सिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो ।  सिकार आरक्ष क्षेत्रलाई ७ वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् ।       र्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।  यस वर्ष एउटै नाउरको अधिकतम रु १८ लाखसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा १ जना सिकारीले करिब रु २० लाखदेखि ३० लाख खर्च गर्ने गर्दछन् ।  विसं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।  

पर्वत:    दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।  एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक  निर्माण थालेको हो । निर्माणाधीन १५ किलोमिटरमध्ये नौ किलोमिटर सम्पन्न भइसकेको छभने बाँकी आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको तयारी भइरहेको छ ।  हुवास–भोर्ले कालोपत्र पूरा भएको छभने मङ्गलबारदेखि पाखापानीतर्फको काम प्रारम्भ भएको छ ।  महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म रु ३६ करोड ९६ लाख ९३ हजार ६ सय ८५ लागतमा सडक कालोपत्र हुने भएको हो ।  उक्त सडक कालोपत्र नहुँदा वर्षायाममा पैँयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता थियो ।   कुश्मा–फलेवास १६ दशमलव सात किमी सडक ५ वर्षअघि नै कालोपत्र गरिएको होभने लमायखोला–लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो ।  यो सडक खण्डको शेराबेँसी–गेडीखोलामा पक्की पुल निर्माण भएको छ ।

गलकोट:    यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ ।  नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए ।         एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको  ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ ।       जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए । जसमध्ये अमेरिकाका एक सिकारी राजश्व बुझाएर समेत नाउरको सिकार खेल्न ढोरपाटन नआएको तथा अर्का अमेरिकाकै सिकारीले नाउर मार्न असफल भएको सिकार आरक्ष कार्यालय बागलुङका सूचना अधिकारी पशुपती अधिकारीले जानकारी दिनुभयो ।       यस्तै विदेशी सिकारीले तीन वटा झारल सिकार गर्न असमर्थ भएको अधिकारीको भनाइ छ । सात बनेलको सिकार अनुमति पाएका सिकारीले सिकारनै नगरेको आरक्षको भनाइ छ ।        ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित सिकार ब्लकमा खटाइएको हुन्छ ।       ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बनेल सिकार गर्न बिदेशीले रुचि नदेखाएको बताउनुभयो । बनेलका लागि नेपाली सिकारीलाई समेत अनुमति खुला गरेपनि आवेदन नपरेको उहाँको भनाइ छ ।       उहाँका अनुसार पहिलो सिकार याममा ग्लोवल सफारिज नेपाल प्रालि, नेपाल ट्राभल एक्पेडिसन प्रालि, हिमालयन वाइल्डलाइफ आवटफिटर्स, स्युचाटार, काठमाडौँ र ओपन नेपाल वाइल्डलाइफ सफारिज ट्रेक प्रालिमार्फत सिकारीलाई अनुमति दिइएको थियो ।       सिकार आरक्ष क्षेत्रलाई सात वटा ब्लकमा विभाजन गरिएको छ । सेङ, बार्से, सुर्तिवाङ, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार गरिएको छ । पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् ।           र्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्ने गरेको सिकार आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको समूह अधिकतम १५ दिन जङ्गलमै समय बिताउने गर्दछन् ।       राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ ।  साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । यस वर्ष एउटै नाउरको अधिकतम रु १८ लाखसम्म राजश्व सङ्कलन भएको आरक्ष कार्यालयको भनाइ छ ।       नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब रु २० लाखदेखि ३० लाख खर्च गर्ने गर्दछन् ।  विसं २०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

पोखरा:     गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा १० दशमलव ०१ प्रतिशत वित्तीय र १२ दशमलव ६ प्रतिशत भौतिक प्रगति गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले आफू नेतृत्वको मन्त्रालयका एक सय दिनका उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो विषय जानकारी दिनुभएको हो । उहाँले आफू नेतृत्वको मन्त्रालयको एक सय दिनका विभिन्न एक सय उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गर्नुभएको छ । यस अवधिमा भएको वित्तीय तथा भौतिक प्रगति प्रदेश सरकार गठन भएयताकै हालसम्मको धेरै भएको उहाँले बताउनुुभयो । आर्थिक वर्षको अन्तिममा हतारहतार काम गर्ने प्रवृत्तिलाई निरूत्साहित गरिनुपर्ने बताउँदै उहाँले मातहतको कार्यालयका प्रमुखहरूलाई ढिलोमा पुस मसान्तसम्म ठेक्का प्रक्रियाको काम सक्न निर्देशन दिएको जानकारी गराउनुभयो । मन्त्री केसीका अनुसार मन्त्रालयको कूल विनियोजित बजेट रू १२ अर्ब ७० करोड १६ लाख छ सय ६० मध्ये यस अवधिमा रू एक अर्ब २७ करोड १९ लाख ५९ हजार मात्र खर्च भई करिब १० दशमवलव ०१ प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै १२ दशमलव ६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।  यस अवधिमा मन्त्रालयअन्तर्गतका कूल १९ वटा निकायबाट रू ७६ करोड ३९ लाख ३२ हजार तीन सय ७० राजस्व सङ्कलन भएको जानकारी दिँदै मन्त्री केसीले सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय, सवारी कास्कीबाट रू ४३ करोड ११ लाख ८१ हजार दुई सय ७७ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । सहरी विकासतर्फ महेन्द्र गुफा बृहत् विकास परियोजना सम्पन्न भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुसार यस अवधिमा एक हजार आठ सय ४६ योजनामध्ये ३८ वटा सम्पन्न भइसकेका छन् भने चार सय ८५ वटा निर्माणाधीन छन् । त्यस्तै दुई सय ६५ वटा मूल्याङ्कनको चरणमा, तीन सयवटाको बोलपत्र आह्वान भएको र चार सय ८८ वटा लागत अनुमान तयार भई स्वीकृतिको चरणमा रहेको जनाइएको छ । वार्षिक कार्यक्रममा समावेश भएका तर योजनाको नाम, ठेगाना संशोधन गर्नुपर्ने, दोहोरोपन, स्थानीय विवादलगायत विविध कारणले दुई सय ७१ वटा योजना कार्यान्वयन हुन बाँकी रहेकोमा ती योजनाको संशोधनको प्रक्रिया अघि बढाइएको मन्त्री केसीले जानकारी दिनुभयो ।  यसबीचमा १६ दशमलव ७ किलोमिटर प्रादेशिक सडकको कालोपत्रेरपक्की सडक निर्माण कार्य सम्पन्न भएको छ भने ११ दशमलव ९३५  किलोमिटर सडक चौडा बनाउने र ग्राभेलस्तरमा स्तरोन्नति गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै १९ किलोमिटर सडक पक्की ढलान गर्ने कार्य सम्पन्न भएको छ । चाडपर्वको पूर्वसन्ध्यामा राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सडक तत्काल मर्मत गरी सहज र सुरक्षित यात्रा हुने व्यवस्थालाई जोड दिँदै बागलुङ जिल्लाको मालढुङ्गा–गलुवा–पाक्जा सडकअन्तर्गतको दब्ल्याङ खण्ड एवं कास्की जिल्लाको नयाँपुल–घान्द्रुक सडकमा गएको पहिरोबाट अवरूद्ध सडकको पहिरो हटाएर आवश्यक मर्मतसम्भार गरी यातायात सुचारू गराइएको उहाँले जानकारी दिनुभयो । सेवा प्रवाह सहज होस् भन्ने हेतुले कास्की, तनहुँ, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित यातायात व्यवस्था कार्यालयमा टोकन सिस्टम प्रणाली लागू गरिएको बताउँदै उहाँले आफूले नेतृत्व गरेसँगै यातायात कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने निर्णयअनुसार पाँचवटै यातायात व्यवस्था कार्यालयमा हेल्प डेस्क स्थापना गरिएको जानकारी दिनुभयो । पोखराको बसपार्क क्षेत्रमा रहेको यातायात कार्यालयमा सेवाग्राहीको चापलाई दृष्टिगत गरी लेखनाथमा पनि यातायात कार्यालय स्थापना गर्ने मन्त्रालयले तयारी गरेको छ । त्यसका लागि  नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा यस मन्त्रालयले उपयोग गर्न स्वीकृति माग गर्ने निर्णय भएर प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । राइड सेयरिङलाई वैधानिकता दिन कार्यविधि तयार पार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।   

चितवन:    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीद्वारा आज यहाँ आयोजित खबरदारी सभामा उहाँले देशको राजनीति सोचेजस्तो सहज नभएको बताउनुभयो ।विश्वराजनीति परिस्थिति अनुसार नेपालको राजनीति परिस्थिति सहज हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले  विश्व परिस्थिति जसरी अगाडि बढ्दै छ । हाम्रो राष्ट्रिय एकता र स्वाधीनताको सुदृढीकरणमा नयाँ चुनौती देखापरेका छन् । हामी सबै सतर्क रहेर राष्ट्रिय एकतालाई सुदृढ गर्दै अघि बढ्नुपर्छ ।”  फरक प्रसङ्गमा अध्यक्ष दाहालले स्थानीय तहको उपनिर्वाचनले माओवादी केन्द्रलाई पहिलो शक्ति बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा भएको उपनिर्वाचनले २०८४ सालमा हुने निर्वाचनको झल्को दिएको छ । माओवादी सक्कियो भन्नेहरुलाई उपनिर्वाचन गतिलो पाठ बनेको छ ।” महानगर कमिटीका अध्यक्ष ईश्वर सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य घनश्याम दाहाल र निशा न्यौपानेले जनपरिचालन तथा पार्टी सुदृढीकरणका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।