पोखरा:  सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड...

बाजुरा​:   बाजुराको बूढीगंगा नगरपालिकाको मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।   मतदान गर्न १०र१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अनलाइनखबरसँग भने, ‘विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको हो, अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।’ उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२ः३५ देखि पुनः सुरु भएको छ ।   गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ । अहिले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वको टोली परिचालन गरिएको छ ।

काठमाण्डौँ:    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ५०० थियो ।   त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ ।

पोखरा:    गण्डकी प्रदेशसभाको बिहीबारको बैठक स्थगित भएको छ ।   अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०७९ प्रस्तुत गरेका थिए । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।   सांसदहरूले विधेयक अध्ययन गर्न समय मागेपछि बिहीबारको संसद बैठक स्थगित गरिएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।   स्थगित बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । शुक्रबार बस्ने बैठकमा विनियोजन विधेयक २०७९ माथि छलफल हुनेछ ।

खोटाङ:   यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब रु चार करोड मूल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्याङ्कनुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो ।   लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको मकैका बोट हावाहुरीले नष्ट गर्दा करिब ३३६ दशमलव २५ मेट्रिकटन मकैको दाना क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । “हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमा ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “मकैबालीमा भएको क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छौँ ।”   रातको समयमा चलेको हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले लगाएको मकैबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सात वडा रहेको उक्त दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तीन हजार ५०० रोपनी क्षेत्रफल जमिनमा लगाइएको मकैबालीमा क्षति भएको हो ।    यस्तै दोस्रो ठूलो क्षति केपिलासगढी गाउँपालिकामा दुई हजार ५००, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३००, हलेसी तुवाचुङ नगरपालिकामा २५० र खोटेहाङ गाउँपालिकामा ६० रोपनी जमिनमा लगाइएको मकैबालीमा क्षति भएको जनाइएको छ । जिल्लाका अन्य पाँच स्थानीय तहमा हावाहुरीको असर सामान्य मात्र रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो ।    जिल्लाको प्रमुख बाली मकैमा हावाहुरीले ठूलो क्षति गरेपछि भोकमरी हुनेमा किसान चिन्तित भएका छन् । मकैबालीमा सुरुको चरणमा फौजी कीराको प्रकोप देखिएको र फल्ने बेलामा हावाहुरीले क्षति गरेपछि किसान चिन्तित बनेका हुन् ।    सुक्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष खडेरी र यस वर्ष हावाहुरीले मकैबाली नष्ट गरेको स्थानीयवासी एवं नेकपा ९माओवादी केन्द्र०का युवानेता तामन राईले जानकारी दिनुभयो । मकैबाहेक अन्य बाली कम उत्पादन हुने हलेसी तुवाचुङ नगरपालिकाका बासिन्दालाई गत वर्ष नगरपालिकाले रु एक करोड ४० लाख बराबरको खाद्यान्न खरिद गरेर वितरण गरेको थियो ।   हावाहुरीले जिल्लामा मकैबालीसँगै विभिन्न प्रजातिका फलफूलमा समेत ठूलो क्षति गरेको किसानले बताएका छन् । फलफूलमा हावाहुरीबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३९ हजार ८४५ हेक्टर जमिनमा किसानले मकैखेती गर्दै आएका छन् । जिल्लाको कूल ७५ हजार ६५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ५७ हजार ४१७ हेक्टर जमिनमा विभिन्न बालीको खेती गर्ने गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो ।    समयमा वर्षा भएकाले विगतको तुलनामा यस वर्ष मकैबाली उत्पादनमा वृद्धि हुने किसानले अनुमान गरेका भए पनि विभिन्न प्रकोपका कारण मकैबाली भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि किसान चिन्तित बनेका छन् । 

रुकुमपूर्व:    जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ ।    कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृृष्ण खत्रीले  विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताउनुभयो  । 

बागलुङ:    असार तेस्रो सातासम्ममा यहाँ ६० प्रतिशत रोपाइँ सकिएको छ । वर्षा भइरहे यसै महिनाभित्रमा अधिकांश भेगमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “छ हजार हेक्टरमा धानखेती हुने गरेकामा अहिलेसम्म तीन हजार ६०० हेक्टरमा रोपाइँ भइसकेको छ”, केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “ किसान रोपाइँको चटारोमा छन्, मनसुनले पनि साथ दिएको छ ।”   मकैबाली लगाइने खेतमा भने रोपाइँ केही ढिलो हुने गरेको उहाँको भनाइ छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटको मजुवाफाँट, चिसापानी, ब्राहमुरी, आँगाखेतलगायतका ठाउँमा जेठमै रोपाइँ सकिएको थियो ।   ती ठाउँमा बाह्रैमास सिँचाइ सुविधा पुगेको र खोला आसपासमा खेत भएका कारण रोपाइँ छिटो गरिएको हो । त्यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् । केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, ग्वालीचौर, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।   यहाँको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैतेधान लगाइन्छ । “यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, उहाँले भन्नुभयो, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ ।” परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जातकै धान रोज्ने गरेको उहाँको भनाइ छ ।   उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बीउ वितरण, बिज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने प्रमुख भट्टराईले बताउनुभयो । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धानखेती हुँदै आएको छ । यहाँका किसानले स्थानीय जातका साथै उन्नततर्फ माछापुछ्रे , छुन्दुङ, हिमाली, सावित्री, जेठोबुढो, सुक्खा–१, २, ३ लगायत उन्नत धानको खेती गर्दै आएका छन् ।

  काठमाण्डौँ:   अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट  स्पष्ट पारेका छन् ।  संसद बैठकमा राजीनामा दिएको घोषणापछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् । उनले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ती नगरेको दोहोर्याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए ।     उनले स्थापित मूल्य, मान्यता, विधि,पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे ।  उनले भने,‘ मैले केही गल्ती गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु । छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु जनतासमक्ष आउँछ । सत्यतथ्य जनतासमक्ष आउँछ । मैले गरेको आत्मविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ ।   छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न, सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो । मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ती गरेको छैन । स्थापित मूल्य, विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ ।’   अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिन पछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे । प्रतिनिधिसभामा सम्बोधन गर्दै शर्माले बुधबार राजीनामाको घोषणा गरेका थिए ।

  काठमाण्डौँ:   कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा  सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् ।   विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई , भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।

  बागलुङ:  यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै मेडिकलनै सञ्चालन गरेर अबैध रुपमा निरोगीताको प्रमाणपत्र वितरण गरिरहेका नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगीताको प्रमाणपत्र वितरण गर्ने उनीहरु आज दिउँसो पक्राउ परेका हुन् ।   धादिङ जिल्लाको धादिङबेशी नगरपालिका–५ का २७ बर्षिय राम अर्याल र नवलपुर जिल्लाको कावासोती नगरपालिका–९ बस्ने २१ बर्षिय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । अवैध व्यक्तिले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा पोलिक्लिनिकमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।   उनीहरुले सम्बन्धित चिकित्सकको अनुपस्थिती मै स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन संकाय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । पोलिक्लिनिक बाट कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारेको उनले बताए । बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद थपगरी अनुसन्धान भैरहेको रानाले बताए ।