पर्यटन प्रवद्र्धनका लागि सरसफाइ
काठमाडाैं | भदौ १७, २०७९

काठमाडौं । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज वसन्तपुर डबली–असनचोक, ठैँटीचोक–ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनन्जय रेग्मीलगायत हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी हुनुभएको थियो । बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको ७३ बुँदे कार्ययोजनाअन्तर्गत वसन्तपुरदेखि ठमेलसम्म सरसफाइ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले देशभरका सबै सम्पदा क्षेत्रमा सरसफाइ गरिने उल्लेख गर्नुभयो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि यस्ता गतिविधिले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि परिषद्ले विभिन्न रचनात्मक काम गर्दै आएको बताउनुभयो । ठमेल सफा राख्ने अभियन्तालाई परिषद्ले पुरस्कृत गर्नेसमेत उहाँको भनाइ छ । कार्यक्रममा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...