पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

प्रेस चौतारी नेपालले आज राष्ट्रिय समाचार समिति (रासस) व्यवस्थापनलाई विभिन्न विषयमा सङ्गठनको तर्फबाट ध्यानाकर्षण गराएको छ ।     चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोलीले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग प्रमुख प्रतिपक्षी दललगायतका समाचारलाई प्राथमिकता दिन आग्रह गर्दै समितिभित्रका स्थायी तथा ज्यालादारी कर्मचारीको नियुक्ति र सरुवा गर्दा आपसी सहकार्य, संवाद र सहअस्तित्वका आधारमा गर्न ध्यानाकर्षण गराएको छ ।   सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले व्यवस्थापनका क्रममा केही सरुवा भए पनि कुनै पूर्वाग्रह नराखिएको र रासस विनियमावली एवं आर्थिक स्रोतले भ्याएसम्म काममा सक्रिय कुनै पनि अस्थायी पत्रकार र कर्मचारीलाई सेवाबाट नहटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    अध्यक्ष झाले राससले समाचार प्रवाहमा प्रतिपक्ष दलका समाचारलाई पनि महत्व दिँदै आएको भन्दै समाचार सामग्रीमा कुनै सुधारका विषय भएमा तथ्य र विश्लेषणका आधारमा लेखाजोखा गरिदिन आग्रह गर्नुभयो ।   सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक एकराज पाठक, प्रशासन प्रमुख शीतल महतो, चौतारीका प्रतिष्ठान इञ्चार्ज मोहन बाँस्तोलालगायतको उपस्थिति थियो ।

पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको रु दुई करोडभन्दा बढी लगानीमा सुविधा सम्पन्न छात्रवास निर्माण गरिएको छ । छात्रवास निर्माणपछि विद्यार्थीलाई सहज भएको छ ।    धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो । दसैँपछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिनुभयो । चौबीस कोठे तीन तले सो भवन  ८० विद्यार्थी राख्न सकिने क्षमताको छ । “विद्यार्थीको हेरचाह र खानपानको व्यवस्था मिलाउन तीन कर्मचारीको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।    चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रमअन्तर्गत छनोट भएपछि छात्रावास निर्माण थालिएको हो । भवन निर्माणपछि विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा दिएको छ । विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भिर, पहरो, जङ्गल र खोलाको बाटो छिचोल्दै दैनिक तीन–चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई अब सहज भएको छ । “अभिभावकसमेत खुसी भएका छन्”, प्रधानाध्यापक केसीले भन्नुभयो ।    छात्रवासको सुविधा भएपछि बीचमा नै पढाइ छोड्ने क्रम घट्ने केसी बताउनुहुन्छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य विद्यार्थी लाभान्वित हुने छन् । यसअघि  जीर्ण छात्रावासमा निकै असुविधा थियो । आवासीय सुविधा प्रदान गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि विद्यालयमा नमूना आवासीय विद्यालय कार्यक्रम लागू गरेको थियो । विद्यालय नजिकको झिनडाडाँमा भवन निर्माण गरिएको हो । गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीका अनुसार छात्रवास व्यवस्थापनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरेको छ ।  

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरुमा चुनावी माहोल बढेको छ ।    भदौ २४ र २५ गते पोखरामा हुुने ३४ औँ महाधिवेशनका लागि अर्जुुन पोखरेलले बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल घोषणा गरेका हुुन् ।    पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट उम्मेदवारी दिने अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले बताए  ।    यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी उम्मेदवारी घोषणा गरेका हुन् ।   पोखरेल प्यानलले पत्रकार सम्मेलन मार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यस अघि नै अहिलेका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीमा गत आर्थिक वर्ष २०७८/०७९ मा साइबर अपराध तथा ठगी कसुरमा ३ सय ८९ वटा मुुद्धा दर्ता भएका छन् ।  कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार विभिन्न शिर्षकमा गत १ वर्षमा साइबर अपराध अन्तर्गत ३ सय ८९ मुद्धा दर्ता भएका हुन् ।   सो तथ्याङ्क अनुुसार ठगीनेमा पुुरुष भन्दा महिलाको संख्या बढी छ । तिवारीले उक्त मुद्धा अन्र्तगत  २ सय १० जना महिला र १ सय ७९ जना पुरुषले उजुरी दिएको बताए ।    उनले २५ देखि ३५ उमेर समूहका व्यक्तिहरु बढी ठगीमा पर्ने गरेको बताए । ‘भिक्टिमहरु प्राय २५ देखि ३५ वर्ष उमेर समुहको हुनुहुन्छ । यतिमात्रै नभएर टिनयजर्स पनि भिक्टिम छन्, तिवारीले भने, त्यसैले साइबर अपराधको बारेमा बुझ्न र जान्न आवश्यक छ ।’   पछिल्लो समय प्रविधिको विकाससँगै विभिन्न व्यक्तिहरु ठगीमा पर्न थालेका छन् । कास्की प्रहरीले जारी गरेको तथ्याङ्क अनुसार सामाजिक सञ्जालमध्ये सबैभन्दा बढी प्रयोग हुुने फेसबुक हो । कास्की प्रहरीका अनुसार ८४ प्रतिशत नेपालीहरु फेसबुक प्रयोग गर्दै आएका छन्  ।   ‘सामाजिक सञ्जाल’ ठगी गिरोहको अखडा   गत वर्ष कास्की प्रहरीमा दर्ता भएका ३ सय ८९ मुद्धा मध्ये नक्कली फेसबुक अकाउण्ट (फेक) बनाएर ठगी गर्नेहरुको संख्या ९६ रहेको तिवारीले जानकारी दिए ।   उनका अनुसार विभिन्न व्यक्तिहरुको (हाइ तथा लो प्राफाइल भएका व्यक्तिहरुको) फेसबुक अकाउण्ट ह्याक गरेर ठगी गर्नेको संख्या १ सय २६ रहेको छ ।    यसैगरि  ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर, इमोजस्ता सामाजिक सञ्जालमा विभिन्न अवसरमा चिठ्ठा तथा उपहार परेको भन्दै ठगी गर्ने १ सय २९ जना विरुद्ध ठगी मुुद्धा दर्ता भएको थियो ।  भने नग्न तस्बिरको प्रयोग गरेर व्ल्याकमेल तथा स्क्याण्डल गर्ने र विभिन्न व्यक्तिलाई गाली बेइज्जत गर्ने सम्बन्धी ३८ वटा मुुद्धा दर्ता भएको थियो ।    ठगिन्छन् १५ देखि ५५ उमेर समूह   उमेर समूहको आधारमा १५ वर्षदेखि ५५ उमेर समूहका नागरिकहरु विभिन्न माध्यमबाट ठगीमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्कले देखाएको छ ।    उमेरसमुुहको आधारमा कास्की प्रहरीमा दर्ता भएका मुद्धा अन्तर्गत १५ उमेर समूहका ८ वटा, १५ देखि २५ उमेर समूहका १ सय ३० वटा, २५ देखि ३५ उमेर समूहका १ सय ४०, ३५ देखि ४५ उमेर समूहका ८५ वटा , ४५ देखि ५५ उमेर समूहका २७  र ५५ भन्दामाथि उमेर समूहका विरुद्ध ५ वटा मुुद्धा दर्ता भएको डिएसपी तिवारीले जानकारी दिए ।    उमेर समूहको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले तयार गरेको तथ्याङ्कको आधारमा ठगीमा पर्ने समूहमा महिलाको संख्या बढी रहेको पाइएको छ ।    कास्की प्रहरीको ‘एक्सन र सिक्स मिसन’   जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ६ आपराधिक क्रियाकलापलाई आफ्नो मिसन बनाएको छ ।    शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कर्तव्यसँगै कास्की प्रहरीले लागुऔषध ओसारपोसार, साइबर अपराध, बैँकिङ कसुुर, सवारी दुुर्घटना, आत्महत्या र महिला तथा बालबालिका विरुद्धका अपराधलाई मिसन बनाएको कास्की प्रहरी प्रवक्ता तिवारीले बताए । ‘शान्ति सुव्यवस्था र अमनचयन गर्ने हाम्रो नियमित कर्तव्य नै हो, उनले भने, ‘त्योसँगै मिसनका रुपमा पहिलो प्राथमिकतामा ६ वटा क्षेत्र तय गरेका छौं । हाम्रो एक्सन सिक्स मिसनमा केन्द्रीत रहेको छ । ’   उनले यी ६ क्षेत्रलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरेको बताउदै सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।    जिल्ला प्रहरी कार्यालय कास्कीले अपराधिक गतिविधिलाई नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी अन्र्तगत कास्कीको विभिन्न विद्यालय तथा समुदायमा सचेतनामुलुुक कार्यक्रम समेत सञ्चालन गर्दे आएको छ ।    डिएसपी तिवारी भन्छन्– ‘सोसल साइटमा प्राइभेट डेटा पब्लिक नगरौं’   पछिल्लो समय साइबर अपराध बारे सचेतनामुलक कार्यक्रममा व्यस्त रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले समाजिक सञ्जालमा व्यक्तिगत जानकारी (प्राइभेट डेटा) सार्वजनिक नगर्न आग्रह गरेका छन् ।    निजी विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्दा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सघाउ पुग्ने भन्दै सार्वजनिक गर्न नहुने स्पष्ट पारे ।   डिएसपी तिवारीले प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप मौलाएको बताउदै नागरिक सचेत हुनुपर्ने बताए । ‘साइबर अपराध जटिल समस्या बनेको छ । तर नागरिक भने सचेत हुनैपर्छ, उनले भने, ‘अपरिचित व्यक्तिले तपाइको आधिकारिक कागजपत्र, फोटो वा कुनै सोसल साइटको ओटिपी (वान टाइम पासवर्ड) माग्छ भने डबल भेरिफिकेसन गर्नुपर्छ ।’   उनले नागरिकहरु प्रलोभनमा परेर ठगीमा पर्ने गरेको उनले बताए ।  ‘ठगी गर्ने गिरोहका लागि विभिन्न सामाजिक सञ्जालहरु छन् । ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर, इमो आदि । यस्ता एपको प्रयोग गर्दै ठगी गिरोहहरु मौका खोज्छन्, उनले भने, ‘कहिले २५ लाखको छिठ्ठा पर्याे भन्छन्, कसैले गिफ्ट पठाउने बहाना बनाउछन्, उनले भने, ‘त्यस्तो प्रलोभनमा परेर व्यक्तिगत जानकारी दिइहाल्नु हुदैन । टु वे भेरिफिकेसन गर्नुपर्छ ।’   डिएसपी तिवारीले सबै एपमा एउटै पासवर्ड प्रयोग गर्न नहुने बताए । ‘नेपालीहरु बिर्सिन्छ भनेर प्राय सबै एपमा एउटै पासवर्ड प्रयोग गरेको पाइन्छ । त्यो एकदमै गलत हो, उनले भने, ‘यतीमात्र नभएर सोसल साइटमा प्राइभेट डेटा राखेको पाइन्छ त्यस्तो सबै पब्लिक गर्नुहुदैन । सुरक्षाको दृष्टिकोणबाट हेर्दा आपराधिक क्रियाकलाप गर्नेलाई सहज हुन्छ ।’  

  समाजवादी प्रेस सङ्गठन नेपालको गण्डकी प्रदेश भेला भदौ १० गते पोखरामा हुुने भएको छ । प्रदेशअन्तर्गत जिल्ला अधिवशेनको मिति पनि सोही भेलाले तय गर्ने छ ।    भदौ मसान्तभित्र देशभरका सबै जिल्लाका सङ्गठनको अधिवशेन सम्पन्न गरिने योजना छ । प्रेस चौतारीबाट अलग भएको सङ्गठनले प्रगतिशील विचार समूहका पत्रकारलाई एकताबद्ध गरी व्यावसायिक पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हकहित तथा अधिकार संरक्षण, साना लगानीका सञ्चार गृहको संरक्षण र पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा सरकारलाई दबाब दिँदै आएको छ ।   गतवर्ष भदौ १० गते स्थापना भएको उक्त सङ्गठनले करिब ५० जिल्लामा सञ्जाल विस्तार गर्नाका साथै गत  कात्तिक २७ गते पदाधिकारी तथा संस्थापक सदस्य घोषणा र गत  चैत १२ -१३ मा केन्द्रीय कमिटीको विस्तारित भेला सम्पन्न गरेको छ । प्रथम राष्ट्रिय अधिवेशनको तयारीमा रहेको सङ्गठनले मधेश प्रदेशको अधिवेशन पनि  हालै सम्पन्न गरेको छ । प्रदेशको भेला सम्पन्न गर्ने र प्रतिनिधि चयनको प्रक्रियामा छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको सुरक्षा तथा सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउनाका  साथै व्यवस्थित बनाउन आग्रह गर्दै मुलुकको राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्र, सुशासन तथा पेसागत व्यवसायिकतामा जिम्मेवार भई क्रियाशील हुन आग्रह गर्नुभयो ।  यसैबीच उहाँले सङ्गठनको पहिलो स्थापना दिवसका अबसरमा देश विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई शुभकामना पनि व्यक्त गर्नुुभएको छ । 

उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डिएनए परीक्षण माग गर्दै आउनुभएको थियो ।   जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गर्नुभएको हो । गत माघ २४ गते जिल्ला अदालतको न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो ।   सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मीरा ढुङ्गाना, वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, शान्ति काफ्ले र रिङ्कुकुमारी यादवले बहस गरेका थिए । प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट श्याम मिश्रले बहस गर्नुभएको थियो ।       निहारिकाको नामबाट २०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवनरक्षा गरी पाउ’ र सोही वर्ष फागुन ११ गते ‘हकअधिकार दिलाइ पाउँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो । निवेदनमा जाहेरीवाला र प्रतिवादी श्रीमान् श्रीमती भनी उल्लेख थियो । सोही आधारमा जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते जबर्जस्ती करणी नभएको फैसला सुनाएको थियो ।   जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले २०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै निहारिकाले काठमाडौँमा दोस्रोपटक आमरण अनशन सुरु गर्नुभएको थियो ।   अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्र्याकमा अघि बढेको थियो । प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको थियो । हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ ।  

  पृथ्वी राजमार्ग बस संचालक समितिको अध्यक्षमा योगेन्द्रबहादुर केसी दोहोरिएका छन् ।    अध्यक्षका प्रत्यासी ऐनकुमार साईलाई ४ सय ७२ मतले पराजित गर्दै केसी दोस्रो कार्यकालका लागि पुनः पृथ्वी राजमार्ग बस संचालक समितिको अध्यक्षमा निर्वाचित हुदैँ दोहोरिएका हुन् ।    अध्यक्षमा निर्वाचित केसीले ७ सय ६२ मत प्राप्त गरेका छन्  । प्रतिस्पर्धी ऐनकुमार साईले २ सय ९० मत प्राप्त गर्दा धर्मराज अर्यालले ५६ मत प्राप्त गरेका छन् । सञ्चालकहरुमा जयप्रसाद शर्मा (६२९) बाबुराम दवाडी (६२५), अशोक कुमार चौधरी (५९९), जसबहादुर गुरुङ (५९९), काशीशर्मा न्यौपाने (रामु) (५७८), मेखराज त्रिपाठी (५६२), ज्ञानबहादुर केसी )५१७), भरतकुमार मल्ल (५०४), कृष्णबहादुर बल्छौडी (४९४), रमेश कुमार श्रेष्ठ (३९९) मत ल्याएर विजयी भएका छन् ।

 मिटरब्याजी आरोपितविरुद्ध कास्कीमा २१ जना विरुद्ध पीडितले उजुरी दिएका छन् ।  जिल्ला प्रशासन कार्यालय कास्कीले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा २१ जना पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् । सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका २१ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।  सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन आग्रह गरेपनि मिटरब्याजी विरुद्ध आगामी दिनमासमेत उजुरी दिन सकिने प्रशासकीय अधिकृत रेग्मीले स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालय कास्कीका सुुचना अधिकारी शिवप्रसाद रिजालले आउनुपर्ने उजुरी अझै आउन नसकेको बताए ।  ‘जिल्लामा जुन किसिमको उजुरी आउनुुपर्ने हो त्यो आएन, सुनगाभा न्यूजसँग सुचना अधिकारी रिजालले भने, ‘पीडितहरु उजुरी दिन अलमल परे कि खै के भो । कि सुचना उनीहरुमाझ पुग्न नसकेर हो वा  अलमलमा परेर हो उजुरी कम आएको छ ।’   ‘कतिपयले रिसिइवीका कारण आफै चेक बाउन्स गरेर पनि प्रशासनमा उजुरी दर्ता गरेका छन्, उनले भने, ‘जति पनि उजरी दर्ता भएका छन् । उनीहरुलाई राखेर हामीले छानबिन गछौँ ।’   जिल्लामा उजुरी दर्ता भएका मिटरब्याजी आरोपीहरुको बारेमा  प्रशासकीय अधिकृतले नाम खुलाउन भने चाहेनन् । मिटरब्याजी पिडितहरुलाई उजुरी दिन प्रशासनले साउन २८ गते सुचना प्रकाशन गरेको थियो ।  

  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो ।    नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।” झण्डै छ/सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।”