पोखरा । तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी पोखरामा आयोजित दुईदिने तालिम सम्पन्न भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा अन्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा पोखरा नँयाबजारस्थित चारभञ्ज्याङ तमु समाज आयोजित तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले नेतृत्व तहमा नपुग्दासम्म अधिकार नपाईने बताउनुभयो। उहाले राजनीतिक चेतनाका साथै नेतृत्व विकास जरुरी छ भन्नुहुदै तमु समुदायले अहिलेसम्म पनि राज्यबाट पाउने सेवा सुविधाका बारेमा समेत अज्ञानताका कारण पछि पर्नुपरेको बताउनुभयो। आफ्नो अधिकारका बारेमा सचेत, प्राप्त अधिकारको उपयोग, समुदायको मौलिकता एवम पहिचानलाई संरक्षणका लागि तमुहरु जागरुक रहन आग्रह गर्नुहुदै उपप्रमुख गुरुङले पोखरामा तमु भेषभुषाको संरक्षण भए पनि तमु भाषा लोप हुदै गएकाले तमु संघ संस्था समाजहरुको ध्यान जानुपर्ने बताउनुभयो। आदिवासी जनजाति तमुहरुको छुट्टै पहिचान, मौलिकता संरक्षण गर्न तमु समाजहरु गठन भई क्रियाशिल रहनु अति नै सह्रानिय भएको बताउनुभयो। तमु जातिको परापुर्वको ज्ञान सिप पुस्ता हस्तान्तरणको आवाश्यकतालाई दुईदिने कार्यक्रमले झकझकाएको र सहभागीहरुले प्राप्त ज्ञानको विस्तारमा जोड दिनुपर्ने उहाँको भनाई थियो। आगामी दिनमा यस्ता महत्वका कार्यक्रमहरुका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने बताउनुहुदै उहाँले पोखरा महानगरपालिकाले शैक्षिक सहजता कार्यक्रम, कानुनी सचेतना कार्यक्रम, महिलाका अधिकार संरक्षणका कार्यक्रमहरु समेत रहेको जानकारी दिनुभयो। कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु जातिको परम्परागत मौलिक ज्ञान सिप पुस्तालाई हस्तान्तरण कार्यक्रमले नयाँ सन्देश दिएको बताउनुभयो। उहाँले समुदायका मौलिक पहिचानलाई संरक्षण गर्न युवा पुस्ताले सोंच बताउनुपर्ने भन्नुहुदै तालिममा प्राप्त ज्ञानलाई घर परिवार, साथीहरु बिचमा सन्देसको रुपमा पुर्याउन आग्रह गर्नुभयो। कार्यक्रमको संचालन कार्यक्रमको संयोजक बिन्ती गुरुङले गर्नुभएको थियो भने राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका गण्डकी प्रदेश संयोजक माया गुरुङले व्यवस्थापन गर्नुभएको थियो। समापन कार्यक्रम अघि तालिममा सहभागीहरुले तमु धिं नेपाल र तमु धिं नेपालमा हालै शुरु गरिएको गुरुङ संग्रहालयको अवलोकन गरेका थिए भने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं नेपालको स्थापना, उद्धेश्य, गरिरहेको गतिविधी, गुरुङ संग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो। तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम आयोजना गरिएकोमा कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, पर्वत लगायतको जिल्लाबाट तमु किशोरीहरुको तालिममा सहभागिता रहेको थियो।
पोखरा । संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार गर्नका लागि सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु पोखरामा भेला भएका छन् । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक व्यवस्थामा आधारित समाजवाद स्थापना हामी सबैको साझा लक्ष्य हो भन्दै यसलाई संस्थागत गर्नका लागि प्रदेश सरकारहरुले थप मेहनत जरुरी रहेको बताए । संविधान र कानुनले दिएका अधिकार प्रयोग गर्न समेत संघ सरकारले वाधा गरेको बताए । उनले भने, कानुनले संविधानले दिएका व्यवस्था पनि हामीले उपभोग गर्न पाइएन । वन क्षेत्र र शिक्षाको अधिकारमा केन्द्र उदार देखिएको छैन । प्रहरी समायोजनदेखि निजामती कर्मचारी ऐन ल्याउनका लागि समेत संघ सरकार नै वाधक बनेको उनले बताए । संघ सरकारको भन्दा खर्च गर्ने क्षमता बढी रहेको भन्दै उनले भने, कम्तीमा ५० प्रतिशत बजेट दिनुस् हामी खर्च गरेर देखाइदिन्छौं । अधिकार दिन किन हिचकिचाएको । मुख्यमन्त्री पोखरेलले संघमा नेतृत्व गर्नेहरुले अघिकार पोको पारेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलसँग प्रदेश नम्बर १, मधेश, वागमती र लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं सुदूर पश्चिममका सदस्यले अलगअलग रुपमा भेट समेत गरेका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले नेपाल सरकारका मन्त्रीहरु आफ्नो कामभन्दा पनि अरुमा बढी ध्यान केन्द्रित गर्दा समस्या भएको बताए । उनले भने, मन्त्रीहरु योजना कार्यान्वयनभन्दा पनि नीति निर्माणमा बढी क्रियाशील भएको पाइएको छ । अहिले विभिन्न संस्था खडा गरेर योजना आयोगलाई कमजोर बनाउन थालिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । ६० वर्षदेखि गठनादेशबाट चल्दै आएको आयोगलाई ऐनद्वारा निर्देशित गरिनुपर्ने भनाइ राखे । फरक प्रसंगमा मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गए पनि डराइहाल्ने अवस्था नरहेको बताए । रेमिट्यान्स, पर्यटन र जलविद्युतबाट हाम्रो अर्थतन्त्रलाई बचाउन सहयोग गर्ने उनको भनाइ थियो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले संघ र प्रदेशमा उस्तै समस्या दोहोरिएको पाइएको भन्दै समस्या समाधान नगरेकै कारण किन दोहोरिएर आयो यसतर्फ सोच्ने बेला आएको बताए । साढे ४ वर्षको अवधिमा प्रदेश सरकारहरुले गरेका कार्यक्रमका बारेमा सामूहिक रुपमा सार्वजनिकीकरण गर्नुपर्ने उनको भनाइ थियो । उनले राष्ट्रिय योजना आयोगलाई कमजोर बनाउँदै जान खोजिएको भन्दै तथ्यांक विभागलाई आयोगमातहतबाट बाहिर लैजानु राम्रो पक्ष नभएको बताए । उक्त अवसरमा राष्ट्रिय योजना आयोगका सदस्यहरु डा. दीलबहादुर गुरुङ, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले संघीयता कार्यान्वयनका सिलसिलामा आयोगले निर्वाह गरेका भूमिकाका बारेमा जानकारी गराएका थिए । लुम्बिनीमा भएको सातै प्रदेशका योजना आयोगका अनुभव आदानप्रदान कार्यक्रम र वागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा संस्थागत क्षमता विकासका लागि साझा दस्तावेज तयार पार्ने जिम्मा गण्डकीलाई परे अनुसार पोखरामा कार्यक्रम गरिएको गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले जानकारी गराए । गण्डकी प्रदेशका प्रमुख सचिव रवीलाल पन्थले आयोजना बैंक स्थापनाका बारेमा सबै सहभागीले प्रसंग उठाएको भन्दै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कर्मचारीकै कारण प्रदेशमा काम प्रभाव हुने अवस्था नरहेको भनाइ राखे । गण्डकी प्रदेश सरकारले स्थापनाकालदेखि नै प्रभावकारी र नागरिकको हितका लागि काम गर्दै आएको उनले बताए । २ दिनसम्म चल्ने कार्यक्रममा प्रदेशको वस्तुस्थिति, अनुभव, नवीनतम कार्यहरु तथा भावी सोच, प्रदेश नीति तथा योजना आयोगको ऐनको मस्यौदामाथि छलफल गरिने गण्डकीका योजना आयोगका सदस्य डा. सुवास अधिकारीले बताए । यसैगरी प्रदेश नीति तथा योजना आयोगको प्रस्तावित सांगठनिक ढाँचामा छलफल गरिएको छ । यसैगरी अनुगमन तथा मूल्यांकन ऐन बनाउने बारेमा, तथ्यांक व्यवस्थापन गर्ने ऐनका बारेमा समेत भेलामा छलफल गरिएको सदस्य डा. अधिकारीले बताए । आयोजना बैंक नहुँदा खल्तीका योजना आउने र दीगोपना नदेखिएकाले यसका बारेमा समेत छलफल गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीको सामना गर्दै संघ सरकारलाई अझै झकझक्याउन यस्ता बैठकहरु उपलब्धिमूलक हुने सहभागीको अपेक्षा छ । टुक्रे आयोजनालाई कम गर्नुपर्ने, राष्ट्रिय योजना आयोगले वित्तीय हस्तान्तरणमा रकम बढाउनुपर्नेमा सशर्त योजना आउने गरेकोप्रति सहभागी उपाध्यक्षहरुले गुनासो पोखेका छन् । कार्यक्रममा प्रदेश १ का उपाध्यक्ष डा. पूर्णकुमार लोक्सोम, मधेश प्रदेशका भोगेन्द्र झा, वागमतीका डा. कृष्णराज पन्त, लुम्बिनीका वामदेव क्षेत्री, गण्डकीका सदस्य माया तिम्सिना, सुदूरपश्चिमका सदस्य मोहनदेव बिस्टले प्रस्तुति राखेका थिए । प्रदेशमा देखिएका समस्या, समाधानका उपाय र आगामी कार्यदिशाका बारेमा उनीहरुले प्रस्तुति केन्द्रित गरे । सोमबार साझा अवधारणा बनाएर भेला समापन गरिने प्रदेश नीति तथा योजना आयोगका निमित्त सचिव डिल्लीराम सिग्देलले जानकारी गराए ।
कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिनुभयो । कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन ? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उहाँले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काउनुभयो । सोको एक घण्टापछि आचार्यलाई काठमाडौँका एक साथीले मैले पठाइदिएको रु २५ हजार पाउनुभयो भनेर भन्नासाथ उहाँ झसङ्ग हुनुभयो । यसबीचमा आचार्यले कसैसँग पनि पैसा माग्नुभएको थिएन । साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उहाँ आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुग्नुभयो । मोबाइलमा आएको कोड पठाएलगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मोबाइलमा आएको लिङ्कको कोड दिएलगत्तै मेरो फेसबुक अकाउण्ट ह्याक गरी धेरै जनासँग पैसा मागिएको रहेछ । पछि साथीहरूले फोन गरेर पैसा पठाइदिएको छु भनेपछि मात्र ठगी गरिएको थाहा पाएँ ।” आफन्त तथा चिनजानका व्यक्ति तीन जनाबाट रु ६५ हजार ठगी भएको उजुरी लिएर आचार्य आइतबार जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो । उहाँ मात्र होइन, शनिबार मात्र पोखरामा एकैदिन छ जना बढी व्यक्ति फेसबुक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुग्नुभएको थियो । पोखरा–१८ सराङकोटका सुजन भण्डारीको अवस्था पनि उस्तै थियो । आफ्नो काका नाता पर्ने चेतनाथ भण्डारीको फेसबुक आइडीबाट शनिबार राति ११ बजेतिर इसेवाको पासवर्ड पठाउन भनेपछि उहाँले आफ्नै काकाले भनेपछि विश्वास गरेर दिनुभयो तर काकाको फेसबुक आइडी ह्याक गरिएको उहाँले भोलिपल्ट बिहान मात्र थाहा पाउनुभयो । भण्डारीले इसेवाको पासवर्ड दिएपछि उहाँको नम्बरमा विभिन्न व्यक्तिबाट रु एक लाख जम्मा भएको र लगत्तै सो रकम अन्यत्र पठाइएको पाइएको छ । आफन्त, चिनेजानेका व्यक्तिबाट फेसबुक म्यासेन्जरमा अनुरोध भएका आधारमा विश्वासमा परेर रकम पठाउने ठगिने क्रम पोखरामा बढेको हो । यसरी ठगिनेमा सर्वसाधारणमात्र होइन, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मीलगायत समाजका शिक्षित भनिएका व्यक्तिसमेत परेका छन् । विश्वासका आधारमा बुझ्दै नबुझी पैसा दिँदा ठगिने क्रम बढ्दो छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले साइबर अपराधका घटना सचेतनाको अभावमा बढ्दै गएको बताउनुभयो । प्रविधि र सुविधाको विकाससँगै आर्थिक प्रलोभन र सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेकाले उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फेसबुक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइर्भट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ । कसैलाई पैसा पठाउनुभन्दा अघि एकपटक फोन गरेर निश्चित हुनुपर्दछ । फेसबुक, भाइबर, म्यासेन्जरमा आग्रह गरेका आधारमा पैसा दिएका ठगिनुभएको छ ।” साइबर अपराधका घटनाबाट जोगिन व्यक्ति आफैँ सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । प्रनाउ तिवारीले भन्नुभयो “आफ्ना व्यक्तिगत विवरण, बैंक वित्तीय संस्था र डिजिटल माध्यमका अकाउण्ट र पिन, कोडलगायत विवरण सुरक्षित राख्नुपर्छ ।” ठगी गर्नेले निरक्षर र ज्यालामजदुरी गर्ने व्यक्तिका विवरणका आधारमा नक्कली बैंक खाता र इसेवालगायतका आइडी खोल्ने र जो त्यस्ता घटनामा संलग्न हुन सक्दैनन् उनीहरूका खातामा पैसा गएको देखिने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा साइबर अपराधका दुई सय ९७ उजुरी परेका थिए । यसमा पुरुष एक सय २७ र महिला एक सय ७० ठगिएको उजुरी छ । त्यसैगरी गत साउन महिनामा मात्र २९ उजुरी परेका छन् । अनलाइनबाट ठगीका ३३, गाली बेइज्जत र अश्लिल कुराका ३८, फेक आइडी ९६ र सामाजिक सञ्जाल ह्याक गरेर ठगी गरिएका एक सय २६ उजुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ । सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् । यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उहाँले जानकारी दिनुभयो ।
तनहुँको व्यास नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्टिका लागि आदिकवि भानुभक्त क्याम्पससँग सम्झौता गरेको छ । नगरपालिकाले १४ वटै वडामा दर्ता भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबसीको तथ्याङ्क प्रविष्टिका लागि व्यास–१ भादगाउँस्थित उक्त क्याम्पससँग द्विपक्षीय सम्झौता गरेको हो । नगरपालिकासँग जनशक्ति कम भएको र तथ्याङ्क प्रविष्टिका लागि धेरै समय लाग्ने भएकाले प्रविधिमैत्री जनशक्तिको प्रयोग गरी तथ्याङ्क प्रविष्टिका लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । नगरपालिकाले सबै वडामा निवेदन सङ्कलन गरेकामा व्यास १, २ र ३ निवेदन दर्ताको निस्सा वितरण भइसकेको छ । बाँकी वडाका करिब पाँच हजार पाँच सय तथ्याङ्क प्रविष्ट गर्न बाँकी रहेको छ । तथ्याङ्क प्रविष्टि गर्ने सङ्ख्या धेरै भएको र नगरपालिकासँग त्यसका लागि तीन जना मात्रै जनशक्ति भएकाले छिटो गर्नका लागि द्विपक्षीय सम्झौता गरी काम अगाडी बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । “अहिलेको जनशक्तिले प्रति व्यक्ति दिनमा २०÷२५ वटा मात्रै प्रविष्टि हुने रहेछ, त्यसरी काम गर्दा कम्तीमा एक वर्ष लाग्ने देखियो”, उहाँले भन्नुभयो, “काम समयमा नसक्ने भएकाले छिटो प्रविष्टिको काम सक्न सम्झौता गरेर आदिकविको जनशक्ति प्रयोग गर्न लागिएको हो ।” आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीलाई प्रयोग गरी तथ्याङ्क प्रविष्टिको काम गर्ने भएको छ । एउटा फाइल प्रविष्टि गरेको नगरपालिकाले रु ४० दिने गरी सम्झौता भएको छ । “आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि पनि सहयोग पुग्ने देखियो”, प्रशासकीय अधिकृत नागिलाले भन्नुभयो, “एक जना विद्यार्थीले दैनिक ३०/३५ वटा अपलोड गर्न सक्छन् भन्ने छ ।” एक महिनाभित्र तथ्याङ्क प्रविष्टिको काम सम्पन्न गरी निस्सा वितरणपश्चात् छिटोभन्दा छिटो लालपुर्जा दिने उद्देश्य राखिएको नागिलाले जानकारी दिनुभयो । दुई पालिकामा भूमिहीनका लागि पुनः निवेदन दिन खुला तनहुँका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि पुनः निवेदन खुला गरिएको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि ३५ दिने सूचना जारी गरेको हो । शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरिएको हो । आयोगले सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ । शुक्लागण्डकी र आँबुखैरेनीले विभिन्न कारण देखाइ लगत सङ्कलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेको थियो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यसअघि निवेदन दिन छुट भएकालाई लक्षित गरी पुनः निवेदन सङ्कलन गर्न लागिएको जानकारी दिनुभयो । दुई पालिकामा भदौ २ देखि ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका स्थानमा खटिएका लगत सङ्कलकमार्फत पेश गर्न आग्रह गरिएको छ । यसअघि निवेदन परिसकेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले पुनः निवेदन दिनु नपर्ने तर निस्सा लिन सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसअघि जिल्लाका दशवटै पालिकामा लगत सङ्कलन गरिसकिएको थियो । शुक्लागण्डकी र देवघाटका एक÷एक वडामा जग्गा नापीको कामसमेत सुरु भइसकेको छ । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिका–७ र देवघाट गाउँपालिका–५ मा जग्गा नापजाँचको काम जारी छ । हालसम्म बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका-१ र २, देवघाट गाउँपालिका-५, भानु नगरपालिका-१, व्यास नगरपालिका १, २, ३ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ । जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ को निवेदन दर्ता भएको छ ।
पोखरा : नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा कृष्ण बुढा मगर चयन भएका छन् । नेपाल मगर विद्यार्थी संघ पृृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनमा कृष्ण बुढा मगर (क)को अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा आनोक पुलामी मगर, सचिवमा देवी राना मगर, सहसचिवमा कृष्ण बुढा मगर (ख) र कोषाध्यक्षमा राधा थापा मगर चयन भएका छन् । समितिको सदस्यहरुमा राज थापा मगर, रितेश थापा मगर, किरण थापा मगर, जयन्ती थापा मगर, दिप्लव थापा मगर, दिपेश घर्ति मगर, ममता फगामी मगर, खमसरा घर्ति मगर, इन्द्र थापा मगर र एलिसा थापा मगर निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए ।
पोखरा । हिन्दु नारीहरुको चार्ड हरितालिका तीजको अवसरमा दीप युनाइटेडले खुल्ला रक्तदान आयोजना गर्ने भएको छ । ‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नारासहित आगामी भदौ ११ गते (शनिबार) पोखरा १६ स्थित सुन्दरफिडमा १० औं संस्करणको खुल्ला रक्तदान आयोजना गर्ने कार्यक्रम संयोजक तारा बहादुर थापामगरले जानकारी दिए । उनका अनुसार रक्तदान बिहान ७ बजेदेखि सुरु हुनेछ । क्लबले खेलकुदको क्षेत्रमा मात्रै नभइ सामाजिक क्रियाकलापमा समेत विगत लामोसमयदेखि सक्रिय रुपमा भुमिका खेल्दै आएको छ। गत वर्ष आयोजना गरेको रक्तदानमा १ सय बढि युनिट संकलन भएको थियो ।
कास्की । नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा हरितालिका तीजको अवसरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमार्फत इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ १२ देखि १४ गते सम्म महोत्सव हुने जानकारी दिइएको हो । सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीका अनुसार महोत्सवको मुख्य आकर्षणको रुपमा लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिनेछ । उक्त प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिने क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिलो पटक हुने पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने छन् । महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ । तीजगीत प्रतियोगितामा प्रथमले ५० हजार १११, दोस्रोले ३० हजार १११, तेस्रोले २० हजार १११ र सान्त्वनाले १० हजार १११ पाउने छन् । अन्तरमावि लोक नृत्यतर्फ प्रथमले ४० हजार १११, दोस्रोले २५ हजार १११, तेस्रोले १५ हजार १११ र सान्त्वना तीन टिम र उत्कृष्ट भेषभुषालाई ५ हजार १११ दिइने २०५४ सालमा स्थापित संस्थाको रजत वर्ष पनि भएकोले कोरोनापछि महोत्सव भव्य बनाउन संस्थाका अध्यक्षताको मुल संयोजकत्वमा २६ वटा उपसमिति गठन गरिएको सचिव थिरबहादुर थापाले बताए । भदौ १२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्नेछन् भने समापनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आउने छन् । भदौ १३ मा संस्थाले निर्माण गरेको ब्याडमिन्टन कोर्टसहित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सदस्य राजीव गुरुङले गर्ने आयोजकले जनाएको छ । यसैगरी, शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् । भलिबल प्रतियोगिताअन्तर्गत उद्घाटनका खेल अघिल्लो दिन भदौ ११ देखि नै हुने छन् । महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ । सामाजिक कार्यमा समेत क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि डेढ लाख थप गर्ने लक्ष्य लिएको जनाएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर हो । देशविदेशमा गरी विभिन्न प्रायोजकले हालसम्म ४८ लाख रुपैयाँ सहयोगको बोलकबोल गरिसकेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए ।
पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशको अध्यक्षमा निर्मल दियाली चयन भएका छन् । हिजो (शनिबार) पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय प्रथम सम्मेलनबाट मुक्ति समाज गण्डकीको अध्यक्षमा दियाली चयन भएका हुन् । साथै सम्पन्न सम्मेलनबाट दियालीको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो समितिको प्रथम उपाध्यक्षमा डिना गोतामे,दास्रो उपध्याक्षमा होमबहादुर बिक, सचिवमा वमवहादुर बिक, प्रथम उपस–चिवमा बावुराम बिक, दास्रो उप–सचिवमा रुपा बिक र कोषाध्यक्षमा कमला सुनार रहेका छन् । त्यसैगरि सदस्यहरुमा बलबहादुर विक, खुमबहादुर किसान, खिममाया पटेल, विष्णृ बिक, रामकृष्ण रसाइली, बिरु बस्याल, विनोद कुमार बिक, रिता नेपाली, नरबहादुर बिक, अन्जन परियार, सन्त कुमारी नेपाली, भाइकाजी माइवुल, ठाकुर मगराती, आदिप नेपाली, विमला रोका, धनकुमारी सुनार लगायत ७६ जनाको सदस्यता रहेको छ । ‘१२१ जना सम्मको कार्यसमिति गठन गरिनुपर्ने भएत पनि यस प्रथम सम्मेलनबाट हामिले ८५ जनाको कार्यसमिति गठन गरका छौं, दियालीले भने ‘थप कार्यसमिति कहाँबाट कसरी राख्ने त्यो हामी भुगोल हेरी निर्धारण गर्ने छौँ । दियालीले आफ्नो कार्यकालमा आफ्नो क्षमताले भ्याएसम्म ११ वटै जिल्लाका उत्पीडित जनसमुदायलाई उनीहरुको आधारभुत अधिकारको पक्षमा सधै लडिरहने समेत प्रतिबद्वता जनाएका थिए ।

