पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

  पोखरा । पोखराबाट सञ्चालनमा रहेको सिटीवान टेलिभिजनले तीजलाई मध्यनजर गर्दै तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।    आगामी भदौ १० गते  “तीजको बेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीजगीत प्रतियोगिता–२०७९” आयोजना गर्ने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् ।   उनले साँस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गर्न लागेको बताइन् । ‘सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनुपर्छ, उनले भनिन् ‘हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ पहिलो पटक मेला सञ्चालन गर्न लागेका हौं ।’   उनका अनुसार करिब ५० समुहको सहभागिता रहने सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागुपदार्थ दुब्र्यसनी जस्ता सामाजिक विषयलाई सहभागिहरुले गीत प्रस्तुत गर्नेछन् ।   पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सो प्रतियोगिताको विजेता समुहले नगद रु ५० हजार, उपविजेता समुहले ३० हजार, सान्त्वना स्थान हाँसिल गर्ने समुहले क्रमश २० हजार र १० हजार प्राप्त गर्नेछन् ।    यसैगरि उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा र उत्कृष्ट शब्द चयन गर्ने समुहलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सोही कार्यक्रमकै अवसरमा दिर्घायू अस्पतालको सहकार्यमा ‘वृहत हेल्थ क्याम्प’ संचालन गरिने समेत बताइएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन्।   मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका छन्।   मेयर राईले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन्।   उनले खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका छन्।   नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ। चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ। छ लाख विरुवा रोपें। सरसफाइमा देखिने सुधार ल्याएँ,’ राईले कामका विवरण सार्वजनिक गर्दै उल्लेख गरेका छन्।   यस्तै उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन्। ‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें। बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ। योजनाहरुका लागि बजेटको जोहो गराएँ,’ उनले भनेका छन्।   साथै पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ। राई स्वतन्त्र उम्मेदवारी दिई धरानको मेयर निर्वाचित भएका थिए।

स्वास्थ्यकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।   राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) को आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयमा भएको सो तालिममा महानगरभित्रका विभिन्न १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ३२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।   कार्यक्रममा गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रबिराज तिमिल्सिना, मनोविद विनय पाण्डे, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका फोकल पर्सन दीपेन्द्र सुनार र कोशिशकी अभियन्ता तथा पैरवी अधिकृत बसन्ती खत्रीले सहजीकरण गरेका थिए ।   मनोचिकित्सक डा. तिमिल्सिनाले आत्महानी र आत्महत्याका बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या सम्बन्धित धारण र वास्तविकताको बारेमा स्पष्ट पारेका थिए ।    अर्का मनोविद पाण्डेले मानसिक स्वास्थय र आत्महत्को बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या न्यूनिकरण गर्न सकिने भएकाले त्यसको प्रभावकारी पहल हुनु जरुरी रहेको बताए । उनले गेट किपर तालिम पश्चात स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा गएर काम गर्न सहज हुने बताए ।    कोशिशकी पैरवी अधिकृत खत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीलाइ आग्रह गरे ।   यसैबीच, बुधबार नै सुरक्षाकर्मीहरुलाई आत्महत्या रोकथाम सम्बन्धि १ दिने प्रशिक्षण प्रदान गरिएको कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईँ, आयोगका वरिष्ठ अधिकृत खिमलाल सुवेदी, डा. रविराज तिमिल्सिना र रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले सहजीकरण गरेका थिए । 

सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो । साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए ।    रामपुर नगरपालिका-७ का गौतमले सुरुमा करिब तीन क्विन्टल साइलेज खरिद गर्नुभयो । बाख्रालाई पोषिलो आहार अति उत्तम ठानेपछि पुनः दोस्रो पटक दोब्बर खरिद गर्नुभयो । अहिले उहाँले नियमितरुपमा आफ्ना फार्ममा रहेका ७० बाख्रालाई साइलेज खुवाउनुुहुन्छ ।    “गत वर्षदेखि नियमितरुपमा बाख्रालाई साइलेज खुवाउने गरेको छु, बाख्राको तौल बढ्दै गएको छ, पोषिलो साइलेज पशुआहारका लागि अत्यन्तै राम्रो छ, यसको सेवनले पशुपालन गरेका कृषकले राम्रो फाइदा लिँदैछन्”, उहाँले भन्नुभयो ।   रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशु आहार आपूर्तिका लागि सहज भएको र यसप्रति सथानीयले उद्योगमा पुगेर जानकारी लिने गरेको अगुवा भैँसीपालक कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ । अर्यालले यसअघि प्रतिकिलो रु १५ का दरले भारतको पञ्जाबबाट साइलेज खरिद गरेर पशुुलाई खुवाउने गर्नुहुन्थ्यो । अहिले गाउँमै गुणस्तरीय साइलेज खरिद गर्न पाउँदा आर्थिक भार कम परेको उहाँको भनाइ छ ।       यहाँ उद्योग सञ्चालन भएपछि स्थानीयले काम गर्ने अवसर पाएका छन् । उद्योग चलेको अवस्थामा दैनिक १५ देखि २० कामदारले काम गर्ने गरेका छन् । विष्णुमाया पौडेल गाउँमै रहेको उद्योगमा काम गर्ने अवसर पाउँदा खुसी हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारमा हुनुहुन्छ । उद्योगमा काम गरेपछि छोराछोरी र घरखर्च चलाउन समस्या नभएको उहाँ बताउनुहुन्छ । उहाँले यहाँको उद्योगमा बिहानदेखि साँझसम्म काम गर्नुहुन्छ ।        पौडेलले मकै, नेपिएर घाँस काट्ने, बोक्नेलगायतका काम गरेबापत एक घण्टाको रु ७५ ज्याला बुझ्नुहुन्छ । उहाँ उद्योगमा काम चलेका बखत दैनिक १२ देखि १५ घण्टा काम गर्नुहुन्छ । “ उद्योगले रोजगार दिएको छ, दुई चार पैसा कमाउने माध्यम बनेको छ, यहाँ काम गर्न थालेपछि अरुसँग आश्रित हुनुपरेको छैन, आफूले जति धेरै समय काम गर्न सकियो त्यति नै धेरै पैसा कमाइन्छ”, उहाँले भन्नुभयो ।         फूलमाया कुमाल पनि घरायसी काम सकाएर श्रीमान्सँगै यस उद्योगमा खटिनुहुन्छ । उहाँले साइलेज उत्पादन नभएका समय भने भवन निर्माण सम्बन्धि काम गर्नुहुन्छ । समयको सदुपयोगका साथै आयआर्जन गर्न सकिएको कुमाल बताउनुहुन्छ ।          उद्योग सञ्चालन भएपछि मकै काट्ने, बोक्ने, मेसिनमा राख्ने, उत्पादित साइलेज भण्डारण गर्नेलगायत काम पाएपछि स्थानीय उत्साहित छन् । स्थानीयलाई रोजगार दिन सदरमुकामदेखि टाढाको रामपुरमा जिल्लामै ठूलो साइलेज उद्योग सञ्चालन गरेको सञ्चालक रामप्रसाद पोखरेल बताउनुहुन्छ ।          “पशुआहारका लागि साइलेज अति राम्रो छ,  बजारका ठूला फार्मबाट माग आउने गरेको छ, ढुवानी गर्न भने समस्या छ, पेट्रोलियम पदार्थको महँगीले अघिल्ला वर्षमा जस्तो बजार पाउन सकेको छैन”, उहाँले भन्नुभयो । उद्योग चलाउन रामपुरका विभिन्न स्थानमा गरी करिब चार सय ८० रोपनी जग्गा भाडामा लिएर मकै र नेपिएर घाँस लगाइएको छ । सदरमुकाम तानसेन, रुपन्देही, पोखरा, स्याङ्जा, तनहुँ, काठमाडौँ, चितवन, पर्सा, नवलपरासी, वीरगञ्जलगायत सहरमा साइलेज खपत हुने गरेको छ । मकैको प्रतिकिलो रु १४ र नेपिएर घाँसको रु ११ मा साइलेज उद्योगबाटै बिक्री हुन्छ ।         चार वर्ष अघि लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको  रु २५ लाखको लागतमा साइलेज उत्पादन थालिएको हो । उद्योगमा हालसम्म करिब रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सञ्चालकको भनाइ छ ।           साइलेज उत्पादन थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गाको सदुपयोग हुन थालेको छ । यहाँ उत्पादन भएको साइलेज लुम्बिनी प्रदेशभर खपत गर्ने लक्ष्यअनुरुप उत्पादन भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउनुहुन्छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशुआहारका लागि राम्रो मानिने साइलेज रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो ।          साइलेज पशुलाई खुवाएमा दूध उत्पादनमा वृद्धि हुने र पशुको नश्ल सुधार हुने बताइन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशुआहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सहज भएको छ । दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।         दुई महिनासम्म प्लाष्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी, नेपिएर नामक घाँसबाट पनि बनाउने गरिन्छ ।          साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा ठूला पशुफार्मले अनिवार्यजसो नै प्रयोग गरिरहेको सञ्चालकको भनाइ छ । आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैँसीहरुलाई  समेत खुवाउने गरिन्छ । 

कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको  व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको छ ।    विधयेकमा पाँच सय बढी बन्दी रहने प्रत्येक कारागारामा तोकिए बमोजिम शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि संशोधन गर्दै कारागारभित्रका सबै बन्दीलाई चिकित्सकद्वारा कम्तीमा दुई महिनामा एक–पटक नियमित र आवश्यकता अनुसार निःशुल्क स्वास्थ्यपरीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने छ ।    यस्तै बन्दीले नियमितरुपमा सेवन गर्ने औषधि कारागार कार्यालयले उपलब्ध गराउनुपर्ने, कारागार प्रशासकले बन्दीको प्रजनन् अधिकार संरक्षण गर्ने प्रयोजनको लागि तोकिए बमोजिम गराउनुपर्ने, एउटै कारागारका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्ने चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनुपर्ने र विवाह दर्ता गर्न अनुमति दिनुपर्ने उल्लेख छ ।    यस्तै विधेयकमा कारागार प्रशासकले तोकिएकोभन्दा बढी बन्दी रहेमा आवश्यकता अनुसार आधारभूत, माध्यमिक, खुला वा दूर शिक्षाको लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने, निरक्षरलाई प्रौढ, अनौपचारिक शिक्षा वा त्यस्तै अन्य प्रकृतिको पठनपाठनको लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने उल्लेख छ ।    विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल भइरहेको छ । आज समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा भएको छलफलमा विभिन्न संशोधनका बुँदा समिति सदस्यले राख्नुभएको समितिका उपसचिव नुमराज खनालले जानकारी दिनुभयो । भोलि पनि विधेयकमा दफावार छलफल हुनेछ । 

स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष यहाँका दुई युवा स्रष्टालाई प्रदान गरिने भएको छ । मङ्गलबार बसेको प्रकाशनको बैठकले विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र विसं २०७९ को सम्मान जिल्लाको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको हो ।   गत वर्ष कोभिड-१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गर्न लागिएको हो । यही भदौ ११ गते मोती जयन्तीका अवसरमा आयोजना हुने समारोहमा सम्मान प्रदान गरिने प्रकाशनका अध्यक्ष काजी रोशने जानकारी दिनुभयो ।   साहित्यको उत्थानमा पुर्‍याएको योगदानवापत स्रष्टाद्वयलाई सम्मानित गर्न लागिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुनुहुन्छ । प्रकाशनले हरेक वर्ष मोती जयन्तीका अवसर पारेर साहित्य सिर्जनामा सक्रिय युवालाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।   सोही समारोहमा सार्थक प्रकाशनका तर्फबाट ‘सार्थक मोती सम्मान’, धवल कला मन्दिरका तर्फबाट ‘धवल मोती सम्मान’ प्रदान गर्ने कार्यक्रम तय भएको जनाइएको छ । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।

भौगोलिक रुपले विकट मानिएको हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याएको छ । संघीय सरकारको गत आर्थिक वर्षमा (सिओएमसी)साईट स्थापना कार्यक्रम अन्तर्गत विनियोजित २५ लाख बजेट मार्फत जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताललाई आवश्यक उपकरण तथा सामाग्री उपलब्ध गराईपछि जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याईएको हो ।   संघीय सरकारले मुस्ताङ जिल्ला अस्पताललाई सिओएमसी साईट स्थापनाका लागि गत आर्थिक वर्षको अन्तिममा आवश्यक उपकरण तथा सामाग्री खरिद गर्न बजेट उपलब्ध गराएको थियो । यसपछि अस्पतालले अप्रेसन थिएटर(ओसी) कक्षको आवश्यक स्तरोन्नति र मर्मत गरी मुस्ताङ जिल्लामा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन विशाल तिवारीले अन्नपूर्णलाई जानकारी दिए ।‘   ३ महिना अघि प्रसूति शल्यक्रिया संम्वन्धि उपकरण हामीलाई प्राप्त भयो,दुई हप्तामा ओसी कक्षको स्तरोन्नति गर्‍यौं, निमित्त मेसु तिवारीले भने,‘ त्यसपछि दुई हप्तामा हामीले यसको सबै व्यवस्थापन मिलायौं ,अब सामान्य प्रसूति अप्रेसन गर्न पोखरा–काठमान्डौं धाउन पर्दैन ।’ मुस्ताङ जिल्ला अस्पतालमा सिओएमसी साईड स्थापनासंगै पहिलो पटक प्रसूति सेवा संञ्चालनमा आएपछि यसको सफल परीक्षण समेत भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन तिवारीले जानकारी दिए ।   मंगलबार सामान्य सुत्केरी व्याथाले चापेर प्रसूतिका लागि मुस्ताङ अस्पताल ल्याईएकी थासाङ–३ लेते कालोपानीकी २४ वर्षीय अनिता परियारको प्रसूति शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । उनी शल्यक्रिया मार्फत बच्चा जन्माउने पहिलो महिला बनेकी छिन् । उनको प्रसूति शल्यक्रियाका लागि अस्पतालका एमडिजिपी डाक्टर कुन्दन कर्णको नेतृत्वमा डा. विशाल तिवारी,डा. राजिव सापकोटा ,स्टाफ नर्स सुनिता श्रीमल, निता घर्ती र सहयोगी सनिलाल परियार समेतको टोली खटिएको थियो ।   उनीहरुले प्रसूति व्यथाले च्यापेकी महिलाको पेटबाट शल्यक्रिया गरेर २ केजी ८ सय ग्राम तौलको बच्चा बाहिर निकालेका थिए । अस्पतालले शल्यक्रिया मार्फत प्रसूति गराईएकी महिला र शिशुको अवस्था सामान्य रहेको जनाएको छ । यसअघि मुस्ताङ जिल्ला अस्पतालमा प्रसूति शल्यक्रिया संम्वन्धि सेवा नहुँदा महङगो खर्च गरेर पोखरा–काठमान्डौं लैजान पर्ने बाध्यता थियो । कतिपय डेलिभरी महिलाहरुले ब्याथाले समयमा प्रसूति सेवा तथा उपचार पाउँन नसक्दा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो ।   जिल्ला भित्र प्रसूति सेवाको माध्यमबाट सफल शल्यक्रिया गरी सहज डेलिभरी गराईएपछि डेलिभरी भएकी महिलाकी श्रीमान मनिस परीयार उत्साहित भएका छन् ।‘ मंगलबारदेखि श्रीमतीलाई ब्यथाले च्याप्यो, कता लैजाने अलमलमा थिए ,उनले भने,पोखरा लैजाउकी म्याग्दीको बेनी लैजाउ भन्ने सोचमा थिए , मुस्ताङ अस्पतालमै शल्यक्रिया सुविधा छ भन्ने सुने , यसैले श्रीमतीलाई यहाँ ल्याएको हुँ ।’ उनले मुस्ताङमा पहिलो पटक सुरु भएको यसप्रकारको सेवा सुविधाले मुस्ताङी डेलिभरी हुने महिलालाई ठुलो राहत पुर्‍याउने विश्वाश व्यक्त गरे ।   मुस्ताङमा पहिलो पटक महिलाको डेलिभरी सम्वन्धि सहज र सफल शल्यक्रिया सफल भएपछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी उत्साहित भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा आवश्यक श्रोत साधन नहुँदा बिरामीले विभिन्न कठिनाई झेल्नुपर्ने अवस्था रहेकोमा शल्यक्रिया सेवा संञ्चालनले राम्रो सन्देश प्रवाह गरेको अस्पतालले जनाएको छ ।

   पोखरा । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ । पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार वडा नं– ६ बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरि पहिलो पटक जेष्ठ नागरिक मञ्च गठन गरिएको हो ।      मञ्चको उपाध्यक्षतामा तारा देवी पहारी, सचिब गुरुदत्त पहारी र कोषाअध्यक्षमा गौमाया थापा मगर चयन भएकी छन । त्यसै गरि सदस्यहरुमा टेक बहादुर भण्डारी, कृष्णा बहादुर परियार, हरिशचन्द्र पहारी, चुडामणी अधिकारी, बाटुली पहारी, टिकाराम परियार, जमुना देवी पहारी, गंगा वहादुर भुजेल, कृष्ण कडेल, चाउरे जलारी, कृष्ण बहादुर खडका, लक्ष्मी भुजेल, हरिकला पहारी, नन्द कुमारी श्रेष्ठ, शिबराज आर्चाय र उमा देवी तिमिल्सीना चयन भएका छन ।       यस्तै गरि भेलाले वडा अध्यक्ष विष्णु बहादुर भट्टराईको अध्यक्षतामा वडा सदस्यहरु बासु बाराल, दिपेन्द्र पहारी, पबित्रा थापा, शोभाजालारी र वडा सचिब कुलराज पौडेल सहित पत्रकार गणेश पहारी, प्रशुराम पहारी, होमनाथ पहारी, सुर्यनाथ पहारी र लक्षण थापा रहेको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको पोखरा महानगर पालिका वडा नं– ६ वडा सदस्य बासु बरालले जानकारी दिए ।     कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं– ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले ‘जेष्ठ नागरिकहरु देशकै गहनाका रुपमा रहेकाले उनिहरुको मान सम्मान र हेरचाहमा सवै लाग्नु पर्ने बताए छन’ । वडा कार्यलय बाट पाउँनु पर्ने सेवा सुविधाहरुलाई जेष्ठ नागरिकहरुको घर दैलोमा पुुर्याउँनेमा आफु कटिबद्ध रहको बताउदै शौचालय सहित बाटो र पुटपाथहरुलाई जेष्ठ नागरिक मैत्रि बनाउने योजना रहेको सुनाए । जेष्ठ नागरिकहरुलाई गित संगितको माध्यमबाट मनोरञ्जनका दिने उद्ेश्यले डाक्टर द्धारा स्वास्थ्थ परिक्षण गर्नेका लागि आफुले एक लाख पचास हजार रुपैयाको बजेट विनियोजन गरेको उल्लेख गरे ।       पोखरा महानग पालिका वडा समितिको कार्यलयका वडा नं– ६ का  सचिब कुलराज पौडेलले ‘ वडा कार्यालय ६बैदाममा रहेका जेष्ठ नागरिक, आपाङ्घ, आदिबासी जनजाति र दलित गरि करिब १ हजार जति सदस्यहरुले वडा बाट सेवा सुविधा पाएको जानकारी गराए । सचिब पौडेलले सेवा सुविधा द्धारा लाभान्ति भएका जेष्ठ नागरिकहरुको हकहितका लागि वडा बाट पाउने सेवामा कुनै विभेत नगरेका सुनाए । उनले सवै जेष्ठ नागरिक हरुको घरघरमा प्रत्यक्षरुपमा जान नसकिने हुनाले जेष्ठ नागरिकहरुको पिरमर्का बुझने माध्यम बनाउनका लागि जेष्ठ नागरिक मञ्च गठन गरिको बताए ।       नव निर्वाचित अध्यक्ष गिरिराज अधिकारीले ‘जेष्ठ नागरिकाहरुको हकहितका लागि आफु सदैब प्रयत्नशिल भई लागि रहने बताए’ । जेष्ठ नागरिकले वडा कार्यलयबाट पाउँनु पर्ने सेवा सुविधाका लागि वडा कार्यलय सगँ समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।    

कास्कीका फेन्सिङ खेलाडी अभावमा सफलता खोज्दैछन् ।कार्यालय र प्रशिक्षण गर्ने ठाउँ नभएर समस्यामा परेका खेलाडीलाई उर्जा थप्न राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको सहयोग महत्वपूर्ण बनेको छ ।    एक महिना अगाडि पोखरा रंगशालामा रहेको मल्टिप्रपोज हलमा प्रशिक्षण हलमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका सदस्य गुरुङले मंगलबार प्रशिक्षण स्थलको निरिक्षण गरें ।   तहाँ पुग्दा आर्थिक अवस्था कमजोर हुँदा दैनिक रुपमा प्रशिक्षणमा आउन खेलाडीलाई समस्या पर्ने गरेको उनले थाहा पाए । अनि तत्कालै उनले ६ जना फेन्सिङ खेलाडीलाई नगद सहयोग गरें । सहयोग हस्तान्तरण  गर्दै उनले  ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न खेलाडीलाई सुझाए ।  गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत हुन् ।   आठांै खेलकुद प्रतियोगितामा टिम इभेन्टमा काँस्य पदक हात पारेका फेन्सिङ खेलाडी यसपाली अझ उच्च मनोबलका साथ प्रतिष्पर्धामा उत्रने जिल्ला फेन्सिङ संघ कास्की अध्यक्ष विजय शाहीले बताए । कास्की जिल्लामा झण्डै ६० जना फेन्सिङ खेलाडी रहेको भएपनि आफूहरुले अहिले जुनियरलाई फोकस गरेको शाहीले सुनाए । हुनत यहाँ सातौ देखि खेलेका खेलाडी पनि छन्’उनले भने । फेन्सिङका खेलाडीले पर्फमेन्सको आधारमा अवसर पाइरहेको उनले सुनाए । यसपाली महिला र पुरुष दुवै तर्फको टिम राम्रो रहेको उनको भनाई छ ।   ‘इकुप्मेन्ट नहुँदा समस्या परेको छ । आजसम्म एक थोपा पानी पनि सहयोग छैन, जेनतेन आइरहेका छन् ।  गुनासो खासै सुनुवाई भएको छैन ।  तरपनि राम्रो गर्ने कोशिस गरिरहेका छौँ’ अध्यक्ष शाहीले भने । राखेप सदस्य गुरुङले गरेको सहयोगले केही मलमपट्टी भने लागेको उनले सुनाए ।