१४ बुदे प्रतिबद्धतासहित प्रजापति नेतृत्व प्यानल पोउवाको चुनावी मैदानमा

पाेखरा | भदौ ६, २०७९

१४ बुदे प्रतिबद्धतासहित प्रजापति नेतृत्व प्यानल पोउवाको चुनावी मैदानमा

 

पोखरा ।  पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते महाधिवेशनको मिति घोषणा भएसँगै अध्यक्षका उम्मेदवार पवन कुमार प्रजापतिले १४ बुदे प्रतिवद्धतासँगै  पदाधिकारी प्यानल घोषणा गरेका छन् । 

 

अध्यक्षका उम्मेद्वार प्रजापतिको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग बरिष्ठ उपाध्यक्षमा हिरामणी पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेका छन्  । यस्तै महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । 

 

अध्यक्षका उम्मेदवार प्रजापतिले व्यवसायीहरु माझ व्यावसायिक वातावरण निर्माण र उद्योगी व्यवसायीहरुको सम्मान अभिवृद्धि पहिलो प्राथमिकता रहेको बताए । 

 

उनले व्यावसायिक डाटा बैंक तथा प्रवर्धन केन्द्र स्थापना गर्ने, रुग्न उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलब्ध गराईने र नवप्रवर्तन तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवर्धनमा सघाउने प्रतिवद्धता पत्रका उल्लेख गरेका छन् ।  

 

सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य राख्दै राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईको रुपमा भन्दा पृथक किसिमले गर्नका लागि आवश्यक छलफल र सुझावको आधारमा अघि बढ्ने बताए । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिईने पत्रकार सम्मेलनमा बताए । 

 

संघको सचिवालयलाई प्रविधिमैत्री बनाउँदै सदस्य महानुुभावलाई घरमै आवश्यक सूचना र सहयोग पुर्याउने र संघलाई साना, मझौला र ठुला व्यवसायी सहित महिला उद्यमीको साझा संस्था बनाउने प्रतिवद्धता सहित प्रजापतिले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । 

 

संघमा अध्यक्षको रुपमा सर्वसम्मत बनाउने बैठक भएपनि यो सम्भव नभएर उम्मेदवारी घोषणा भएको हो भन्ने पत्रकारको प्रश्नमा प्रजापतिले उम्मेदवारी घोषणामा कुनै अन्यथा मान्नुपर्ने केही नभएको बताए । 

 

उनले भने,‘ कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव लिएको छु । आफु संघमा अनुभवले बटुल्दै आएकाले कुनैपनि चुनौती सामना गर्न तयार हुनैपर्छ भन्ने पाठ सिकेको छु। यसमा अन्यथा मान्नुपर्ने केहि छैन ।

 

म र मेरो टिमको उम्मेदवारी न्यायोचित र स्वाभाविक हो । प्रजापतिले भने, मेरो समुहमा खारिएका अनुभवि साथीहरु हुनुहुन्छ । पोखराको विकासको साझेदार संस्था संघको भूमिका समयअनुसार बदलिएकोले उद्योगी, व्यवसायीको हत, हित रक्षाका लागि हामी प्रतिवद्ध छौं ।

 

यसअगाडी पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा अर्जुन पोखरेलले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्