पोखरामा नेपाल बन्दको आंशिक प्रभाव

पाेखरा | भदौ ७, २०७९

पोखरामा नेपाल बन्दको आंशिक प्रभाव

 

पोखरा:  पोखरामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ४ पार्टीले आह्वान गरेको नपाल बन्दको आंशिक प्रभाव परेको छ । 

 

बन्दका कारण सार्वजनिक सवारी साधन नचलेपछी  नागरिकले सास्ती खेप्नु परेको हो । 

 

पोखराका निजी सवारीसाधन मात्रै छिट्फुट चलेका छन । भने अत्यावश्यक पर्ने एम्बुलेन्स, खानेपानी बोक्ने सवारी साधन तथा सुरक्षा निकायको सवारीसाधन मात्रै गुडिरहेका छन । यसैगरी अत्यावश्यक पर्ने पसलहरु बाहेक अन्य पसलहरु पनि बन्द देखिएका छन् ।

 

बन्दको प्रभाव परेपनी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन । संभावित घटना रोक्नको लागि मुख्य चोकहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोली तैनाथ छन् । नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरुलाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि खारेजीको माग गर्दै संयुक्त रुपमा ४ पार्टीले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

 

हेरौँ  केहि तस्बिरहरु :

 

 

 

 

 

पोखरा:   दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ ।  सुरुमा ब्याटिङ गरेको जनकपुर...

थप पढ्नुहोस्

पोखरा:  मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ ।  आदिवासी ...

थप पढ्नुहोस्

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

थप पढ्नुहोस्