पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरेका अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो अभियान सुरु गरेका छन् । उम्मेद्वारहरु सहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट अपिल गरेका थिए । उनीहरुले व्यवसायीका समस्या बुझ्दै आफ्नो समूहले चुनाव जिते सबै समस्या समाधान गर्न लागि पर्ने बताए । ‘व्यवसायीका हक हित र अधिकारकै लागि यो समूह बनेको हो । समूहले चुनाव जितेपछि उद्योगी व्यवसायीका यावत् समस्या समाधान गर्ने छौं,’ अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले भने, ‘उद्योग वाणिज्य संघको विरासत कायम गर्दै थप परिस्कृत गर्नका लागि हाम्रो समूह आएको छ ।’ उनले आफ्नो समूहमा लामो समय विभिन्न संघ संस्था र उद्योग वाणिज्य संघमा समेत काम गरिसकेका उम्मेद्वार भएकाले उद्योगीका समस्यासँग नजिक रहेको बताए । ‘समस्या धेरै छन् । सरकारसँग पहल गर्नुपर्नेदेखि हामी भित्रै सम्बोधन गर्नुपर्ने विषय पनि छन्,’ उनी भन्छन्, ‘संघलाई सम्मानित बनाउने र व्यवसायीलाई समुन्नत बनाउन दिनरात खट्ने छौं ।’ पदाधिकारी र सदस्य सहितको उपस्थितिमा भएको घरदैलोका क्रममा उद्योगी व्यवसायीहरुले पोखरेलको समूह सक्रिय युवाहरु सम्मिलित भएकोले भरोसा बढेको प्रतिक्रिया दिए । ‘पहिले पनि सक्रिय युवाहरुलाई हामीले सहयोग गरेका हौं । अहिले पनि युवाहरुको समूहलाई भोट दिन्छौं,’ खसीबजारमा ब्यवसाय गर्दै आएका विष्णुहरी न्यौपानेले भने, ‘अबको पालो युवाको हो । परिवर्तन युवाले नै गर्न सक्छन् । हामी युवाको साथमा छौं ।’ मत माग्न जाने क्रममा उम्मेद्वारसँग मतदाताहरुले आफ्ना समस्या सुनाएका थिए । बैंकले ब्याज बढाएको देखि सरकारले बढी कर लिएकोसम्म उनीहरुको गुनासो छ । उम्मेद्वारहरुले कर कम गर्नका लागि अहिले देखि नै पहल भैरहेको र बैंकको ब्याज बढाएको बारेमा समेत ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले वर्षेनी बढ्ने ब्याजलाई निरुत्साहित गर्न सरोकारवालासँग पहल भैरहेको बताए । पोखरेलको प्यानलले उद्योग वाणिज्य संघलाई बहुतले बनाएर किसान बजार चलाउने देखि भवनबाट आम्दानी गर्ने योजना ल्याएको छ । अन्तराष्ट्रिय संघ संस्था र नेपाल मै खुलेका उद्योग र व्यवसायसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने, पोखरामा लगानीमैत्री वातावरण सिर्जना गर्ने, सरकार र नागरिकबीचको पुलका रुपमा काम गर्ने लगायत प्रतिबद्धता पोखरेल समूहको छ । उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिसकेका छन् । शनिबार चाउथे सहित काहुँखोला, मियाँपाटन, गौंडाको मुख क्षेत्रमा घरदैलो गरिएको महासचिव उम्मेद्वार केशवबहादुर खत्रीले जानकारी दिए ।
पाेखरा: देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए । प्रनाउ रिमाललले भन्नुभयो,“प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो ।” दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारीलाई बागलुङ भएर सञ्चालन गरिएको थियो । हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो । बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिलालाई चोट लागेर घाइते हुनुभएको थियो । पहिराले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्याएको छ । यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिए पनि शुक्रबार ठूलो ढिस्को खसेर सडकमा थुप्रिएको छ । हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ । खोलाले बगाएर बेपत्ता म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिनुभयो । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ ।
आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । यस खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि यो खेलको संरक्षण हुने आशा पलाएको छ । तारा खेल खासगरी मगर, छन्त्याल र थकालीलगायतका आदिवासी जनजाति समुदायका युवा बढी आकर्षित छन् । निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन् । बागलुङको ढोरपाटन नगरपालिका सहित तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकामा खेल अझ बढी प्रचलित छ । अहिले तारा हान्ने खेल प्रतियोगिता विभिन्न मेला तथा पर्वमा समेत आयोजना गरिँदै आइएको छ । यसले युवापुस्तालाई थप आकर्षित गरेको छ । रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीदेखि वाणको सहायताले तारालाई बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो । तारा खेल अङ्कका आधारमा खेलिने खेलाडीले बताएका छन् । नेपालको दुर्लभ खेलमध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवद्र्धन हुन थालेको बडिगाड गाउँपालिका–८ का ७७ वर्षीय मोतीप्रसाद पुनले बताउनुभयो । करिब ४० वर्षको अवधिसम्म लोप भएको यो खेल पुनः खेलिन थालेको उहाँको भनाइ छ । अहिलेको युवापुस्ताले यो खेलप्रति बढी रुचि देखाएको हुँदा चर्चामा आएको उहाँको भनाइ छ । “आजभन्दा ४० वर्ष अगाडि यो खेल हामी निकै खेल्ने गरिन्थ्यो, माघेसङ्क्रान्ति आयो कि साथीभाइ जम्मा भएर तारा खेल्न सुरु हुन्थ्यो, हामीभन्दा पछिका पुस्ताले यो खेलप्रति खासै चासो दिएनन्, त्यसले गर्दा लोप भएको थियो, अब यो खेल देख्न पाइँदैन जस्तो लागेको थियो, अहिलेका युवाहरू खुब चासो दिएर लागेका छन्”, स्थानीयवासी पुनले भन्नुभयो, “अब संरक्षण होला भन्ने आश लागेको छ, स–साना बालबालिकालाई पनि यो खेल खेल्न प्रेरित गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ ।” उहाँले ताराखेल जनजातिको पहिचानसँग जोडिएको हुँदा यसको संरक्षणमा युवापुस्ताले नै बढी जोड दिनुपर्ने बताउनुभयो ।वुढापाकाका अनुसार यो खेल सिकार खेलसँग सम्बन्धित रहेको छ । पुर्खाहरूले जङ्गलमा वन्यजन्तुलाई निशाना बनाएर सिकार गरेर मासु खाने गरेको र पछि गएर त्यसबाटै तारा खेलको विकास भएको बताइएको छ । “हाम्रा पुर्खाहरू धेरै वर्ष अगाडि जङ्गलमा बस्ने सिकार गर्ने गर्थे, उनीहरुले जनावरलाई निशाना बनाएर वाण हान्थे, सिकार गरेर ज्यान पाल्थे, सिकार गर्ने प्रचलनपछि गएर हरायो र तारा खेलको विकास भयो, त्यसले गर्दा यो खेल जनजातिको पहिचान र अस्तित्वसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “हामी त बूढो भइयो अब सकिँदैन, जानेको कुरा सिकाउने हो, युवाले नयाँ पिँढीलाई सिकाउनुपर्छ, हाम्रो संस्कार, संस्कृति जोगाउनु पर्छ ।” परम्परागत तारा हान्ने खेल अझै पूर्णरूपमा संरक्षण हुन नसकेको खेलप्रेमी बताउँछन् । तारा खेलाडी दिप्सन छन्त्यालले लामो समय ओझलेका परेको यो खेलको तीव्र प्रचार र समय–समयमा खेलिराख्नुपर्ने बताउनुभयो । उहाँको यसको प्रवद्र्धन गर्न सकेमा बाह्य पर्यटक तान्न सक्ने भनाइ छ । “लामो समय ओझेलमा परेको खेल फेरि खेल्न थालिएको छ, यसको अझै पूर्णरूपमा संरक्षण भएको छैन, यो खेल निकै कलात्मक र रचनात्मक हुन्छ, खेल्ने र हेर्ने सबैलाई यसले आनन्दित बनाउँछ, यसले आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत भित्र्याउने सम्भावना छ, पछिल्लो समय अलिअलि चर्चामा आइरहेको छ, यसभन्दा अगाडि त यो लोप भइसकेको थियो”, खेलाडी छन्त्यालले भन्नुभयो, “हामी पनि लागिपरेका छौँ, नयाँ पुस्तालाई पनि सिकाउन जरुरी छ ।” तारा हान्ने खेल मुस्ताङ, म्याग्दी र बागलुङलगायत कास्की, काठमाडौँमा समेत प्रचलित भए पनि प्रचारप्रसारको अभावमा फेरि लोप हुनसक्ने खेलाडी सोनाम थकाली बताउनुहन्छ । “यो खेलको व्यापकरूपमा प्रचार गर्नुपर्छ, हरेक मेला, महोत्सव र चाडपर्वमा आयोजना गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ, नत्र पहिलेको जस्तो लोप हुने अवस्थामा पुग्न सक्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यो खेलको विकासका लागि बजेट छुट्याउने, समय–समयमा कार्यक्रम गरिदिने हो भने वर्षौँ वर्षसम्म यो खेल संरक्षित भइरहने छ ।” तारा खेल जनजातिहरू खासगरी माघेसङ्क्रान्तिमा मात्रै खेल्ने गर्थे तर अहिले आएर दशै तिहार जस्ता ठूला पर्व र अन्य मेला महोत्सवमा समेत खेल्ने गरेका छन् । युवापुस्तामा निकै आकर्षण रहेको तारा हान्ने खेल प्रवद्र्धनका लागि पालिकाले समेत जोड दिनुपर्ने खेलाडीको भनाइ छ । उनीहरूले नयाँ खेलाडी उत्पादन गर्नका लागि समय–समयमा प्रशिक्षण दिनुपर्ने र प्रशिक्षणको व्यवस्था स्थानीय तहले गर्न सके यो खेल लोप नहुने बताउँछन् । साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन नगरपालिका वडा नं ६ का मिलन छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“ यो खेल विदेशमा पनि चर्चित रहेको हुँदा नयाँ खेलाडी उत्पादन गर्नुपर्छ । आफ्नै गाउँठाउँमा ठूलो प्रतियोगिता आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।” पाँच जनाको ‘समूह’ खेलिने यस खेलमा सहभागी टिममध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई विजेता टिम घोषणा गरिन्छ । वाण र तीर यस खेलका लागि आवश्यक सामग्री हुन् । कतिपय प्रतियोगितामा आलमोनियमको बार प्रयोग गर्छन् भने कतिपयमा काठको नै प्रयोग गर्ने गरेका छन् । –––
पोखरा । पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ । बिशाल बचत तथा ऋण सहकारी सस्थाँको स्वास्थ्य उप समिति सयोजनमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै बिशाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुवन नेम्कुलले सहकारीले विभिन्न समयमा सामाजिक उतर दाहित्वका कामहरु गरिरहेको बताउदै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरीएको बताए। सहकारीका उपाध्यक्ष शिव शर्माले सामाजिक उतरदायित्व अन्तरगत सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा सहकारीका स्वास्थ्य उप समिति सयोजक बुद्धी पौडेल सहकारीकी सचिव तारा पराजुली पौडेल लगाएतले रक्तदान कार्यक्रमको बारेमा बोलेका थिए । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । उक्त अवसरमा सहकारी सस्थाको २३ औँ स्थापना दिवसको अवसरमा केक समेत काटिएको थियो । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विशेष सयोग गरेको थियो ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा तेक्वान्दो खेलको छनोट सम्पन्न भएको छ । नवौंका लागि ग्योरोगी र पुम्सेतर्फ गरी कुल १६ जना खेलाडी प्रदेशस्तरिय प्रतिष्पर्धाका लागि छनोट भएका हुन् । कास्की जिल्ला तेक्वान्दो संघले विभिन्न तौल समुहमा खेलाडी छनोट गरिएको अध्यक्ष कुमार गुरुङले जनाएका छन् । छनोट भएका खेलाडी ग्योरोगीतर्फ पुरुष ५४ केजीमा अनुगमन विक, ५८ केजीमा अमृत गुरुङ, ६३ केजीमा राजकुमार चौधरी, ६८ केजीमा हेमन्त गुरुङ, ७४ केजी मुनी तौलमा आविष्कार बस्ताकोटी, ८० केजीमा सकिल लामगाडे र ८७ केजी मुनीतौलमा दपर्ण हमाल ठकुरी तथा ८७ केजी भन्दा माथीको तौलमा निरोज बहादुर नेपाली छनोट हुन सफल भएका छन् । त्यसै गरी महिला ग्योरोगीतर्फ ४६ केजी मुनी तौलमा स्विकृती केसी, ४९ केजी मुनीमा अनिषा परियार, ५३ केजी मुनीमा मोनालिशा मल्ल, ५७ केजी मुनीको तौलमा सन्जु घर्ती, ६२ केजी मुनीमा पार्वती श्रेष्ठ छनोट भएका छन् । पुम्सेतर्फ आयुष गुरुङ, अपर्णा अधिकारी र मिरा गुरुङ छनोट हुन सफल भएको अध्यक्ष गुरुङले जनाए । छनोट हुन सफल भएका खेलाडीहरुले यहि भदौ १६ देखि १८ गते सम्म पोखरामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट खेलमा सहभागिता जनाउने छन् ।
पोखरा । पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाई उभोक्ता महासंघले धौलागिरीलाई शुुक्रवार उक्त सम्मान प्रदान गरेको हो । खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए । खानेपानी तथा सरसफाई प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी बिराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका धौलागिरीकी छोरी आकाँक्षा शर्माले काठमाडौंमा उक्त सम्मान ग्रहण गरेकी थिईन् । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नगद पाँच हजार सहित सम्मान पत्र शर्मालाई हस्तान्तरण गरेका थिए । ५० को दशकदेखि फोटो मार्फत पत्रकारिता शुरु गरेका धौलागिरी पोखराको आदर्श समाज माईक्रो न्युज, माछापुछ«े एफएम, अन्नपूर्ण एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । यसका अलावा उनले स्वतन्त्र लेखन पनि गरिरहेका छन् । पछिल्लो समय उनी खानेपानी तथा सरसफाई सम्बन्धि सामग्रि दिने वासखबर डट कमका सल्लाहकार सम्पादकको भुमिकामा छन् । छापा, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यममा कार्यरत चार जना पत्रकारलाई उक्त सम्मान हरेक वर्ष प्रदान गरिने अध्यक्ष अर्यालले बताए । धौलागिरीलाई अनलाईन तर्फबाट सम्मानित गरिएको हो । हरेक वर्षको साउनदेखि अर्को वर्षको असार सम्म खानेपानी तथा सरसफाईसँग सम्बन्धित रहेर प्रकाशित तथा प्रशारित सामग्रीको सँख्याको आधारमा उक्त सम्मान प्रदान गरिने अर्यालको भनाई छ ।
लेखनाथ। पोखरा–१५ मा रहेको वेलनन एकेडेमीका कक्षा–११ म नवआगन्तु विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. १५ का बड़ा अध्यक्ष तोरण कुमार वानियाले विद्यार्थीहरुको जिवनको बाटो देखाउने माध्यम शिक्षा रहेको र यस सँगै बानि, व्यवहार आचरण पनि सकारात्मक रहनुपर्ने विचार राखेका थिए । विद्यालयका संस्थापक निर्देशक शान्तवहादुर गुरुङ्गले विद्यार्थीहरूको उज्वल भविष्यको निम्ती असल र सहि मार्ग निर्देशक भनेको नै शिक्षा रहेको र विद्यार्थीललो असल र व्यवहारिक बन सुभाव दिइका थिए । विद्यालयका प्राचार्य आनन्दराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अधिकारीले जिवनमा सफलता प्राप्त गर्नको निम्ती विधार्थीहरु व्यवहारिक बन्नु पर्नेमा जोड दिएका थिए । कक्षा–१२ का विद्यार्थी मन्दिप गिरीले स्वागत मन्तब्य राख्यको कार्यक्रमको संचालन विद्यालयका संस्थापक सह प्राचाच श्री शिवहरी सुवेदी ले गरेको शिक्षक सुनिल सुबेदीले जानकारी दिएका छन् ।

