बिहिबारदेखि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता, ३ हजार २ सय २३ जनाको सहभागिता
कुन जिल्लाबाट कति खेलाडी ?
पाेखरा | भदौ १५, २०७९

कास्की: ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता भोली (बिहिबार) देखि सुरु हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै छनोट चरणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले पोखरामा १६ देखि १८ गतेसम्म गण्डकी प्रदेशको छनोट चरणको प्रतियोगिता हुने बताए । उनका अनुसार सो प्रतियोगितामा गण्डकी प्रदेशको ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउनेछन् ।
तर नवौं राष्ट्रिय खेलकुदका लागि भने गण्डकी प्रदेशबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ७ सय ९ खेलाडी छनोट हुनेछन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत अन्य स्थानमा हुने प्रतियोगितामा ४ सय ४ इभेन्टमा ४ सय ११ पुरुष र २ सय ९८ महिला गरि ६ सय ९ जना खेलाडीले गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने सदस्य सचिव गुरुङले बताए ।
उनले उक्त गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने बताउदै हरेक जिल्लाले प्राप्त गरेको पदकका आधारमा प्रथम, द्वित्तिय र तृतीय घोषणा गरि च्याम्पियन ट्रफी प्रदान गरिने जानकारी दिए ।
कुन जिल्लाबाट कति खेलाडी ?
गण्डकी प्रदेशस्तरीय छनोट चरणको प्रतियोगितामा ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउदैछन् ।
सो मध्ये सबैभन्दा बढी कास्कीबाट सहभागिता जनाउने प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले जनाएको छ ।
परिषदको तथ्याङ्क अनुसार कास्कीबाट ३५ खेलका लागि ६ सय ७३ जना, नवलपुरबाट २३ खेलमा ३ सय ७८ जना, त्यसैगरि स्याङ्जाबाट २३ खेलमा ३ सय ४७ जना, बागलुङमा १९ खेलमा ३ सय ६१, तनहुँबबट १७ खेलमा ३ सय ३ जना, गोरखाबाट १६ खेलमा २ सय ३० जना, म्याग्दीबाट १५ खेलमा २ सय ८३ जना, पर्वतबाट १४ खेलमा २ सय २३ जना, मुस्ताङबाट १३ खेलमा १ सय ६६ जना, लम्जुङबाट १२ खेलमा २ सय १३ जना र मनाङबाट ५ खेलमा ४६ जना गरि कुल ३ हजार २ सय २३ जनाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । ...
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...
पोखरा: पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका व...