पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

कैलालीको भजनीमा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन् । भजनी नगरपालिका–२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन् ।   सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले रु पाँच लाख ५० हजार विनियोजन गरेको थियो । महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट रु तीन लाख एक हजारमात्रै भुक्तानी पाएका छन् । बाटो बनाउँदा खर्च भएको रु एक लाख १५ हजार तिर्न बाँकी रहेपछि उनीहरु यतिखेर समस्यामा छन् ।   उपभोक्ता समितिमा स्थानीय ११ महिला छन् । महिलाले बाटो बनाउँदा टिपरलाई मात्र रु तीन लाख ९० हजार र जेसिबीलाई रु १२ हजार तिर्न बाँकी छ । अन्य काम गर्दाको खर्चको हिसाब छैन । सुरुआतमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरुले बताएका छन् । प्राविधिकले बनाएको स्टिमेटअनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताउनुहुन्छ । “हामीले भनेअनुसार काम गर्‍यौँ”, उहाँले भन्नुभयो, “पहिला त्यही नापेको थियो, ठीक छ यति ग्राभेल गर्नु भनियो, पछि रकम भुक्तानी दिँदा कम काम भयोे, रकम घट्छ भनेर थोरै दिए । प्राविधिकले नापेर बनाउन भने जति बाटो बनाएका हौँ ।”   पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ । पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन् । महिलालाई रकम तिर्न ताकेता गर्दै टिपर मालिकले कागज गराएर गाई भैँसी उठाउने भनेपछि उनीहरु अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेको धामी बताउनुहुन्छ । “टिपरलाई रु ९० हजार तिर्न बाँकी छ । हामीसँग ४५ दिनको कागज गरिएको छ । आज ४५ दिन पुग्दैछ”, उहाँले पीडा सुनाउनुभयो, “अब कहाँबाट ल्याएर तिर्नेरु, बाटो बनाउँदा ऋणमा डुब्यौँ ।”   महिलाले टिपर मालिकलगायतलाई गरी अझै रु एक लाख १५ हजार तिर्न बाँकी छ । उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने वाध्यता आइलागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निकै समस्यामा छौँ । बाख्रा पाल्नेले त्यही बेचेर तिर्ने सोच बनाएका छौँ ।” महिलाले छ सय २० मिटर ग्राभेल गरेको स्थानीय बताउँछन् । पालिकाले हिसाब गरेर चार सय ८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताउनुभयो । सो क्रममा उनीहरुले श्रमदानसमेत गरेका थिए । “माग सम्बोधन नगरे महिला अब विकासका काममा हात हाल्न डराउने छन्”, उहाँले भन्नुभयो ।    टिपर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्न ४५ दिनअघि कागज गरेको थियो । उक्त म्याद आज सकिँदैछ । रु ९० हजार तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताउनुहुन्छ । “मेरै घरमा कागज गरियो, कागजमा के लेखिएको छ हामीले हेर्न पाएनौँ”, उहाँले भन्नुभयो, “उपभोक्ता समितिलाई ऋणी बनाइएको छ । मलाई साक्षी राखिएको छ ।”   स्टिमेटअनुसार छ सय २० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर चार सय ८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका सबइञ्जीनियर भावना विष्टले कामअनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताउनुभयो । “उहाँहरुले काम गरेअनुसार भुक्तानी दिइएको छ । रकम नपुगेको बारे मलाई थाहा छैन”, उहाँले भन्नुभयो, “हामीले नापेर भुक्तानी दिने हो । त्यहीअनुसार दिएका छौँ ।” 

सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून बजेट र सीमित कर्मचारीका भरमा चलिरहेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले फिल्डमा पुगेर काम गर्न कठिनाइ भोग्दै आएको छ ।   कार्यालयमा कर्मचारी कम र कार्यक्षेत्र ठूलो रहेको सूचना अधिकारी भीमप्रसाद अर्यालले बताउनुभयो । कार्यालयले सबै जिल्लामा काम गरे पनि चाहेअनुसारको जलाधारीय स्रोत संरक्षण, व्यवस्थापन र विकासका कार्य गर्न सकिरहेको छैन । समयमा टाढाका कार्यक्षेत्रमा पुग्न नसकेका कारण उपभोक्ता व्यवस्थापनमा ढिलाइ भएको अर्यालले बताउनुभयो ।   यस कार्यालयको जिम्मेवारीमा पर्वतसहित मुस्ताङ, म्याग्दी, बागलुङ, र स्याङ्जा पर्छन् । पहिलो वर्ष जनशक्ति र बजेट पर्याप्त थियो । समय घर्किँदै गयो । कर्मचारी र बजेट पनि कटौती हुँदै जान थाल्यो । कार्यालयका अनुसार एक उपसचिवसहित १७ कर्मचारीको दरबन्दी कायम गरिए पनि हाल ११ मात्रै कार्यरत छन् ।   वरिष्ठ जलाधार अधिकृत दिवाकर पौडेलका अनुसार हाल कार्यालयमा एक–एक पशु तथा बाली अधिकृत, वन अधिकृत (सातौँ तह), रेन्जर, सबइञ्जीनियर र हलुका सवारी चालकको दरबन्दी रिक्त छ । पर्वतस्थित जलाधार कार्यालयले ती जिल्लाभित्र कुवापोखरी, विद्युतीय आयोजना, स्थानीयसँगको समन्वय, आकस्मिक पहिरो, नदी–किनार, सडकसँग भू-संरक्षणलगायतमा काम गर्नुपर्ने जिम्मेवारी छ । विनियोजित बजेटले प्राकृतिक विपद्मा परेका बस्तीमा दुई–चार थान जाली वितरण गर्नसमेत बजेट नपुग्ने कर्मचारी बताउँछन् ।    कार्यालयका अनुसार पहिलो वर्ष रु २२ करोड बजेट विनियोजन गरेको प्रदेशले दोस्रो वर्ष रु १२ करोडमात्रै बजेट छुट्टयाएको थियो । अघिल्लो वर्ष रु सात करोड बजेट विनियोजन भएको थियो । यस वर्ष रु सात करोड मात्रै विनियोजन गरिएको छ । बजेटसँगै खुम्चिएको जनशक्तिका कारण पनि कार्यालयलाई काम गर्न समस्या परेको पौडेलले बताउनुभयो । पर्वतको भू-तथा जलाधार कार्यालयको जस्तो समस्या बागलुङमा रहेका कार्यालयमा पनि छ । बागलुङ र पर्वत हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा एक प्रमुख, दुई इञ्जीनियर र अन्य केही प्राविधिकमात्रै छन् ।   वर्षमा एक सय बढी योजना हेर्नुपर्ने र भौगोलिकरूपमा पनि टाढा हुँदा प्राविधिक हैरानीमा पर्छन् ।  बागलुङमै रहेको सडक डिभिजन, सिँचाइ डिभिजन, भेटेरेनरी अस्पताल, आयुर्वेदिक औषधालयलगायत कार्यालयले पनि दुईदेखि चार जिल्ला हेर्नुपर्छ । काम प्रभावकारी नभएको कर्मचारीबाटै गुनासो आउने गरेको छ ।

  पोखरा महानगरपालिका १ बगर भिमकाली पाटनकी नितिमा श्रेत्रीले आफ्नो पहिलो बसन्त पुरा गरेको अवसरमा पोखरा १४ छिनेडाँडास्थित वात्स्यायन वृद्धाश्रममा जन्मोत्सव मनाएकी छिन् ।   माता प्रतिमा लिम्बु र पिता निर्मल श्रेत्रीको सुपुत्री नितिमाले आफ्नो पहिलो जन्मोत्सव वृद्धाश्रममा रहेका आमाबुवाहरुसँग केक काटेर मनाएकी हुन् । नितिमाले सो अवसरमा वृद्धाश्रममा आश्रित २० जनालाई जनही ५ सयसहित फलफुल र खाद्यान्नका समाग्रीसमेत सहयोग गरेकी थिइन् ।   जन्मोत्सवमा खर्च गर्नुको सट्टा वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई सहयोग गरेर मनाउँदा शान्ति मिल्ने बताउदै नितिमाको बुवाले छोरीको जन्मोत्सव मनाउन वृद्धाश्रम पुगेको बताए । ‘यो छोरीको पहिलो वर्थ डे हो । खासमा भोज गरेर खर्च गर्नुभन्दा वृद्धाश्रममा केही सहयोग गरौं भन्ने सोचेर यहाँ आएका हौं, उनले भने, ‘धेरै सहयोग गर्न नसकेपछि हामीलाई शान्ति मिल्ने गरि सहयोग गरेका छौं । आगामी दिनमा पनि सहयोग लिएर आउनेछौं ।’   यसैगरि नितिमाकी आमा प्रतिमा लिम्बुले कसैलाई मागेर नभई दिएर खुशी मिल्ने बताइन् । ‘जिन्दगीमा जति दुख गरेपनि अन्त्यमा खोजी खुशीकै हुन्छ, उनले भनिन्, ‘त्यसैले छोरीको जन्मोत्सवमा वृद्धाश्रममा रहनुभएको बुवा आमहरुबाट आशिर्वाद लिन भनेर आएका हौं । धेरै दिन नसकेपनि हामीले मनबाटै सहयोग गरेका छौं ।’ नितिमाकी आमा प्रतिमा लिम्बु र बुवा निर्मल क्षेत्रीले यसअघि पनि विभिन्न अवसरमा असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।  

  लामो र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ ।   बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल रु सात करोड लागतमा निर्माण हुन जनाइएको छ ।   दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडाँैसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाढि बढाइएको छ । बागलुङ–१ रामरेखाबाट पर्वतको कुश्मा –१ अदुवाबारी जोड्ने पाँच सरय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ ।   बागलुङको गौरीधामबाट पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो । बागलुङ –४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार– व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले पुल निर्माणका लागि बागलुङतर्फ निःशुल्क जग्गा दिने जग्गादातालाई धन्यवाद दिनुभयो ।    “जलजलाका नागरिक प्रशासनिक कामका लागि सदरमुकाम कुश्मा गए पनि व्यापारिक कामका लागि बागलुङ आउने गर्दछन्, पुल बनाएपछि एक-डेढ घण्टाको बाटो छोट्टियो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “पुल निर्माणसँगै बागलुङ र पर्वत जिल्लाको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।” पुल निर्माणका लागि विसं २०७९ जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।    पुल निर्माणका लागि बागलुङतर्फको झण्डै छ आना जग्गा निःशुल्क दिएका जग्गादाता राजेन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । “विकासका लागि बाधक बन्नु हुँदैन भन्ने लाग्यो मैले आफ्नो जग्गाबाट पुल बनाउन दिएँ”, पुल निर्माणपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने उहाँले भन्नुभयो, “आफूले व्यावसायिक केराखेती मासेर पुल बनाउन जग्गा दिएको छु, पुल निर्माणपछि बागलुङको व्यवसाय थप फस्टाउनेछ ।”

छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय सार्वजनिक गरिएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा एक कार्यक्रम आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो ।  पोखरा स्पोर्टस् अवार्ड २०७८ मा कुल २२ लाख ९ हजार १ सय ६३ रुपैयाँ आम्दानी भएको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्ती मगरले जानकारी दिईन् । १८ लाख ३४ हजार २ सय ८७ रुपैयाँ खर्च भएर कुल ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ बचत भएको उनले बताइन् । अझै विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यक्तिबाट २ लाख ३९ हजार रुपैयाँ संकलन हुने क्रममा रहेको तथा सो मध्ये १ लाख ३ हजार  १ सय २३ रुपैयाँ भुक्तानि गर्न बाँकी रहेका उनले खुलाइन् । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार एकराज गिरी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यबहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशी कुमार पौडेल र कोषाध्यक्ष कविता घर्तीमगरले बोलेका थिए ।  मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोर्टस् अवार्ड कार्यक्रम गर्दै आएको छ । छैटौं सस्करणको अवार्ड कार्यक्रममा वर्ष पुरुष/महिला खेलाडी घोषित भर्ई प्रदिप खड्का र अरुणा शाहीले एक-एक थान ईलेक्ट्रिक स्कुटर प्राप्त गरेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको थियो ।  यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मीले दीपक परियारले प्राप्त गरेका  थिए ।   अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, पोखरा रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा परिवारजनको सहयोग, पोखरेली मञ्च युके, निसीखोला गाउँपालिका बाग्लुङ, चिःिलबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, पोखरा पर्यटन परिषद्, पोखरा यूनाइटेड क्लव, हिमालयन क्लव लामाचौर, नवआर्दश सामुदायिक विकास समाज, लामाचौर, एन्फा कास्की, व्याडमिन्टन संघ कास्की, सिर्जना विकास केन्द्र, मनकामना पेट्रोलपम्प, सितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, कास्की जिल्ला टेनिस संघ, नेपाल मुवाथाई केन्द्रिय उपाध्यक्ष दीपक गोदार, नेपाल क्यूकोसिन कान कराते संघ, नेपाल हवाई खेलकुद संस्था (ना), सुनगाभा न्युज, सिटीवान टेलिभिजन, परिचय एड्भर्टाइजिङ, सिटीजन फर्निचर, साइमन पार्टी प्यालेस, वल्डलिंक, स्टेशन गैह्रापाटन, गण्डकी एण्ड धौलागिरी सप्लायर्स प्रालि, वल्र्ड लिंक, होटल पौवा लेकसाइड, लगायतले सहयोग गरेको मञ्चले जनाएको छ ।    कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न तन, मन र धनसहित विभिन्न तवरले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति मञ्चले आभार व्यक्त गरेको छ । मञ्च समग्र खेल क्षेत्रको प्रर्वद्धन, खेलाडीहरुलाई हौसला तथा खेलकुद पत्रकारहरु एकीकृत भई अघि बढ्ने ध्ययेका साथ आजभन्दा झण्डै २२ वर्षअघि स्थापना भएको थियो ।

  पोखरा महानगर पालिका वडा नं–६ बैदाम स्थित ताल बाराही मन्दिरको गुठी ब्यवस्थापन समितिको अध्यक्षमा हिकमत बहादुर कुवँर निर्वाचित भएका छन ।    सोमबार भएको मन्दिरको २६ साधारण सभा तथा १३ अधिबेशनले कुवँर लाई एघारौ पटकका लागि पुन अध्यक्षमा सर्वम्मत चयन गरेको हो । १४ सदस्यीय समितिको कार्यकाल आगामि ३ बर्षका लागि रहने छ ।    समितिको महिला उपाध्यक्षतामा जुना अधिकारी, पुरुष उपाध्यक्षमा प्रशुराम शर्मा पहारी सचिबमा धुव्र बराल र कोषाअध्यक्षमा निर्मल खत्री, सह-सचिब पुरुष महेश्वर पहारी र महिलामा मिना ढकाल चयन भएका निर्वाचन मण्डलका अध्यक्ष जगत बहादुर पहारीले जानकारी दिए ।   तेसै गरि सदस्यहरुमा क्षितिज पहारी, अनिल पहारी, ओमनाथ पहारी, कलावति सापकोटा, पार्वति बोगटी, लक्ष्मी खाती र धन विक्रम ढकाल चयन भएका छन । जगत बहादुर पहारी, चुडामणि पहारी, हरिकृष्ण पहारी, प्राध्यापक चन्द्रनाथ अधिकारी र निर्मल पहारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचित पदाधिकारीहरु लाई सपथ ग्रहण गराई निर्वाचन सम्पन्न गरेको थियो ।    राष्ट्रिय गुठी ब्यवस्थापन समितिको विधान अनुसार पोखरा महानगर पालिका वडा समितिको कार्यालय वडा नंं–६ र मालपोत कार्यालय कास्की पदेन सदस्य रहने गरि समाबेशि ब्यवस्थापन समिति बनाईएको उपाध्यक्ष प्रशुराम शर्मा पहारीले जानकारी दिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा वडा नं–६का कार्यवाहक अध्यक्ष बासु बरालले मन्दिर देवस्थल रास्ट्रका अमूल्य सम्पत्ति भएको बताउदै इनिहरुको रेखदेख र मर्मत सभ्भारमा रास्ट्रले उचित ब्यवस्थ्था गर्नु पर्ने बताए । बरालले ‘तालको बिच भागमा मन्दिर विश्वको कुनै पनि ठाउँमा विरलै देख्न पाइन्छ’ भन्दै पोखराको गहना रुपमा रहेको देवीकोे मन्दिरलाई संरक्षणमा का लागि हामी सवै लाग्नु पर्नेमा जोड दिए ।    अध्यक्ष हिकमत बहादुर कुवँरले गुठी ब्यवस्थापन समिति, वडा कार्यालय समिति वडा नंं. ६, मालपोत कार्यालय कास्की, डुङ्गा ब्यवसायी समिति र पुजारी सहित सारोकार वालाहरुको भेला गरि गुठी संस्थान र पुरातत्व विभागको इन्जिनियरहरुको सयुक्त रुपमा गरिएको सुपरिवेक्षण तथा निरिक्षणको क्रममा मन्दिर तिन इन्च उत्तर तर्फ ढल्लकेको प्रतिबेदन तयार पारेको बताउदै निकट भविष्यमा मन्दिरलाई पुरातत्व बिभाग द्धारा पुननिर्माण गर्ने जानकारी पाएको बताए । कुवँरले मन्दिरलाई मौलिक र कलात्मक ढाचामा बनाउन्न आफुले नेपाल सरकार अन्तरगत रहेको पुरातत्व बिभाग समक्ष आग्रह गरेको सुनाए । उनले अग्रजहरुको सल्लाह र सुझाबलाई मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।   अध्यक्ष हिकमत बहादुर कुवँरको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रशुराम शर्मा पहारी, सचिब धुर्व बराल, सल्लाहकार चुडामणि पहारी, सल्लाहकार बुद्धि बहादुर नेपाली र पुजारी निर्मल पहारीले लगाएतका वक्ताहरुले धार्मिक पर्यटकीय संस्कृति रहेको ताल बाराही भगवति मन्दिरको पुननिर्माण सहित सम्बर्द्धन गर्न छिटोभन्दा छिटो नेपाल सरकार र प्रदेश सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । सचिब धुव्र बराल र कोषाअध्यक्ष प्रेमराज पहारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको थियो ।   

पोखरा:  दानपेटिका चोरी गरेको आरोपमा प्रकाउ परेका जिम्मी दोर्जेलाई पाँच दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी मुद्धामा प्रकाउ परेका दोर्जेलाई थप अनुुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको हो ।    पोखरा महानगरपालिका २ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको नगद सहितको दानपेटिका चोरी गरेका दोर्जेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको थियो ।     मन्दिर परिसरमा राखिएको नगदसहितको दान पेटिका चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पोखरा २५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षिय जिम्मी दोर्जेलाई दान पेटिका सहित प्रकाउ गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।    ३५ सय जति थियो होलाः कार्यालय सचिव तिमिल्सिना विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यालय सचिव नवराज तिमिल्सिनाका अनुुसार कृष्ण जन्माष्टीको दिन दानपेटिका चोरी भएको थियो ।    ‘ कृष्ण जन्माष्टीका दिन चोरी भएको त्यो दानपेटिका मुख्य मन्दिरको अगाडी थियो । हामीले ३ बजेसम्मको दान संकलन गरिसकेका थियौँ, उनले भने ‘त्यसपछि बाँकी त्यस्तै ३ हजारदेखि ३५ सय  सम्म थियो होला । त्यो भन्दा बढी पक्कै पनि थिएन ।’   उनले दानपेटिका हराएको थाहा पाएपछि तत्काल  प्रहरीलाई खबर गरेको बताए ।

  पोखरा ।   पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग प्रतिस्पर्धाका लागि कोर्ट उत्रदैछन । बलियो प्रतिस्पर्धी मानिएका जेम्स एटिपीका उत्कृष्ट सय भित्रका खेलाडी हुन् ।   प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् ।   १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । टेनिस खेल्नका लागि १५ वर्षको कलिलो उमेरमै घर छाडेर विदेशिएका अभिषेकले यसअघि अमेरिकाको एक कलेजमा ९० प्रतिशत स्कलरशिप पाएका थिए । उनले यसअघि दुई वर्ष सम्म युनिर्भसिटी स्तरिय थुप्रै प्रतिस्पर्धाहरुमा सहभागिता जनाइसकेका छन् ।   आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी गण्डकीको टिमबाट कोर्ट उत्रने बताइएको छ । प्रदेशले पनि उनीबाट स्वर्ण पदकको आशा राखेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले बताए । अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि प्रायोजकको खाँचो रहेको बाँस्तोलाले बताएका छन् । ‘कोच, फिजियोसंगै लिएर हिंडन निकै खर्चिलो छ, पारिवारिक श्रोतले मात्रै यो खर्च धान्न गाह्रो छ’–बाँस्तोलले भने ।

  पोखरा:  देशका समसामयिक सबालमा बौद्धिक अन्तक्र्रिया, छलफल गरी नागरिकलाई यथार्थ बुझाउन सघाउने उद्देश्यले पोखरामा राजनीतिशास्त्र सोसाइटी नेपाल गठन भएको छ ।   शनिबार भएको पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टारमा अध्ययनरत विद्यार्थी प्राध्यापकहरुको भेलाले संस्था गठन गरेको हो । सुवास ढुंगानाको संयोजकत्वमा बनेको समितिमा सह–संयोजक फरेन्द्र थापामगर, सचिव मिलन आले, सहसचिव डा सञ्जय कोइराला र कामिल खान र कोषाध्यक्षमा दिलकुमारी पौडेल छन् ।   यस्तै सदस्यमा डा. सुधीररमण पराजुली, क्या. सन्तबहादुर लामिछाने, विष्णु पोखरेल, विष्णु गुरुङ (एकता), लक्ष्मण ढुंगाना, शिवराज रेग्मी र सुमन थापा छन् । भेलाले संस्थाको संरक्षक क्याम्पस प्रमुख सरोज कोइरालालाई बनाएको छ ।   सल्लाहकारमा लालबहादुर कुँवर, थानबहादुर क्षेत्री, डा. उमानाथ बराल, डा। गिरीधारी दाहाल, माधवराज बस्तोला, कमलराज पौडेल र कृष्णप्रसाद तिमिल्सिना छन् ।   बिधान मस्यौदा समितिमा संयोजक वरिष्ठ अधिवक्ता माधवराज बॅास्तोला र सदस्यमा कृष्ण प्रसाद तिमिल्सिना, माधव बॅास्तोला, सुभाष ढुंगाना र मिलन आले छन् ।   कार्यक्रममा क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले यस खालको बौद्धिक बहस गर्ने संस्था शैक्षिक संस्था जरुरी हुने बताए । उनले देशका समसामयिक सवालमा बहस गर्ने थालोको रुपमा संस्थालाई विकास गर्न उनले आग्रह गरे ।   कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको काँडेमा भएको हो । समितिले उद्देश्य अनुरुपका कार्यक्रमका साथै चाडै विधान तयार गरी अधिवेशन गर्ने संयोजक ढुंगानाले जानकारी दिए ।