तनहुँ कारागार चार वर्षदेखि स्वास्थ्यकर्मी विहीन
तनहुँ | भदौ १४, २०७९
तस्बिर साभार
तनहुँ : करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उहाँले बताउनुभयो । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो।, “बाहिरबाट सवारी मगाएर कैदीबन्दीलाई अस्पतालसम्म पुर्याउनुपर्छ । यो कार्य जोखिम छ ।”
सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था छन् । रिक्त रहेको अहेबको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो । अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उहाँले बताउनुभयो ।
तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सि’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन् । एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

