पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

काठमाडौँ:   वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको छ।   विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’उक्त पुस्तकको पेज नम्बर १४३ मा केटी ९महिला०हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ।   पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक कुरा सोधिएको हो।   त्यसपछि जवाफको अप्सनमा राखिएको छ।     उक्त प्रश्नलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। उक्त कितावको विवादित प्रश्नोत्तर सार्वजनिक भएपछि विद्या विकास पब्लिकेसन्सका सञ्चालक बाबुराम आचार्य तनावमा छन्।   कलंकीमा रहेको आफ्नो प्रेसबाट पुस्तक छापेपछि उनले कार्यालयको फोन नम्बर पनि राखेका थिए। उक्त प्रश्नलाई लिएर आचार्यले अहिले जवाफ दिएर भ्याइ नभ्याइ भएको छ।   ‘लेखकले लेखेर ल्याएपछि हामीले किताब छापिदिएको हो। हामीलाई भित्रको कन्टेन्ट के हुन्छ थाहा हुँदैन’, उनले भने, ‘लोकसेवाका लागि पुस्तक लेखिरहने सरले ल्याएपछि सबै हेरिरहने कुरा पनि भएन। सरले ल्याएपछि हामीले प्रकाशित गरिदिएका हौँ।’   उनले उक्त पुस्तकमा भएको विवादित कन्टेन्टलाई लिएर फोन आइरहेको बताए।   ‘हामीलाई फोन आएको आयै छ। उता हामीले सरसँग सम्पर्क गरिरहेका छौँ। उहाँले अहिले बैठकमा व्यस्त छु भन्नु भएको छ’, उनले भने, ‘उहाँसँग कुरा भएपछि बजार पठाइएका सबै पुस्तक फिर्ता गर्ने वा कन्टेन्ट सच्याएर फेरि छाप्ने कुराबारे निर्णय लिन्छौँ।’

पोखरा:  मादी गाउँपालिका वडा ६ को कार्यालयले संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने उद्देश्यसहित वाद्यवादनका समाग्री सहयोग गरेको छ ।   वडाध्यक्ष दिल बहादुर क्षेत्रीको अगुवाईमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको सहयोगमा मादी–६ बाजा समूहलाई एक सेट नौमती बाजा सहयोग गरेको हो ।    यस्तै  दुई भजन समूहलाई पनि वडाको तर्फबाट २ सेट वाद्यवादन समाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।      उनले सो समूह बाहेक आमासमुहलाई लक्षित गरी एक टोल एक मादल वितरण गरिएको बताए ।    ‘हामीले हाम्रो वडामा रहेको मौलिक कला संस्कृतिको संरक्षण र उजागर गर्ने हेतुले वाद्यवादनको समाग्री सहयोग गरेका हौं,’ वडाध्यक्ष क्षेत्रीले भने ।  

अब भारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन्।    राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८० र ८१ को लागि मौदिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।   नीतिमा उल्लेख छ, भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सयसम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ।   हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो।  

पोखरा:    पोखरा ७ बुलौदीस्थित (शनिबार) बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका दुईजनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।   ग १९ प ६०६८ नम्बरको बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा दुवैजना गम्भीर घाइते भएका थिए ।    उपचारको क्रममा मेट्रोसिटी लगिएको उनीहरुको मेडिकल रिपोर्टले मादक पदार्थ सेवन गरेको पुष्टि गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद जोशीले बताए ।     डिएसपी जोशीका अनुसार दुवैजना खतरामुक्त छन् ।   ‘चालक कुलदेव र संगम थापा दुइटै मापसे देखिएको छ, सुनगाभा न्यूजँग उनले भने, ‘कुलदेवलाई ८ वटा टाँका लगाएर वार्डमा सारिसकेको छ भने संगम थापाको नाकबाट रगत बगेको कारण आइसियुमै राखेर उपचार भइरहेको छ । तर दुवैजना खतरामुक्त छन् ।’   शनिबार बिहान करिब ५ः४५ बजे बुलौदीस्थित सडक किनारमा रहेको बिजुलीको पोलमा बुलेट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।   सोही स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी सचेतनासम्बन्धि बोर्ड राखेपनि दुर्घटना भइरहन्छ ।  

पोखरा:  पोखरामा गण्डकी प्रदेशस्तरिय यू–१६ फुटबल छनौट प्रतियोगिता सुरु भएको छ ।    गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशाला आज (आइतबार) बाट सुरु भएको हो ।   एन्फा गण्डकीका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट अन्तिम नामावली भोलि (सोमबार) सार्वजनिक हुनेछ । ‘यति जना भन्ने छैन जे होस् राम्रो खेलाडीहरु छानिएर माथि जान्छन्,’ गुरुङले भने ।   एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष एवं छनौट प्रतियोगिताका संयोजक मिलन गुरुङले छनौट प्रतियोगितामा मनाङ, पर्वत, तनहुँ, स्याङजा, म्याग्दी, गोरखा, नवलपुर, बाग्लुङ र लम्जुङका गरी करिब २ सय खेलाडीहरुको सहभागिता रहेको बताए ।   ‘लगभग सबै जिल्लाको खेलाडीहरुको सहभागिता छ, भोलि पनि गेम हुन्छ त्यसपछि अन्तिम नामावली सार्वजनिक गर्छाै, उनले भने, ‘फाइनल सेलेक्सन काठमाडौंमै हुन्छ ।’   उनका अनुसार छनौट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङको सिफारिसमा खेलाडी छनौट हुनेछन् ।   प्रदेशबाट छनौट भएका खेलाडी काठमाडौंमा साउन १६ देखि २० गतेसम्म हुने अन्तिम छनौटमा सहभागि हुनेछन् ।  

पाेखरा:    वडा प्रहरी कार्यालय बैदामले शनिबार राती लेकसाइडबाट एक चिनियाँ र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ ।    उनीहरुले नेपाली युवतीलाई टिकटकमा लाइभ बसेर नाच्न लगाएको आरोपमा पक्राउ गरेको बैदाम प्रहरीले बताएको छ । मुख्यत: चिनियाँ नागरिकले युवतीहरुलाई टिकटक लाइभमा राख्ने र नाच्न लगाउने गर्दै आएका थिए ।    लाइभमा नाच्नेक्रममा चिनियाँले युवतीहरुलाई बिस्तारै नाँगिन लगाउथे । स्रोतका अनुसार करिब ८ जना युवती लाइभमा बस्ने र उनीहरुलाई चिनियाँहहरुले नै हेर्ने गर्दथे । त्यस्तै, चिनियाँले उसकै भाषामासमेत लाइभबारे बेलिबिस्तार लगाउँथे ।    यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिकले ‘जानकारी नभएको’ बताएका छन् । यद्यपि, बैदाम प्रहरी प्रमुख वेद जोशीले भने यसको पुष्टि गरे ।   ‘हामीले २ जनालाई पक्राउ गरेका छौं’ डिएसपी जोशीले भने ‘जसमध्ये एक चिनियाँ र अर्का नेपाली छन् ।’ टिकटक लाइभमा बस्ने ७ युवतीलाई भने आज प्रहरी कार्यालय बोलाइएको उनले जनाए ।    युवतिहरु माध्यममात्र भएको र उनीहरु टिकटक लाइभमा बस्दा के, कसरी कार्वाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेको जोशी बताउँछन् । ‘युवतिहरुले सांस्कृतिक नृत्य देखाउने र भ्युअर्सकाआधारमा चिनियाँले पैसा दिने गरेको पाइएको छ’ जोशीले भने ।   यता, हाम्रो स्रोतका अनुसार युवतिहरुले नेपाली नृत्य नभई नग्न नृत्य देखाउने गरेका थिए । युवतीहरुले टिकटकमा पाएको गिफ्ट अनुसार चिनियाँले पैसा दिन्थे ।   त्यस्तै, प्रहरीले पैसा बरामद गरे/नगरेको प्रष्ट नपारेपनि करिब ९ लाख रुपैयाँसहित २ लाई पक्राउ गरिएको स्रोत बताउँछ । पक्राउ परेका नेपाली लेकसाइडमै होटल सञ्चालन गर्छन्, जहाँबाट टिकटक लाइभ हुने गरेको थियो ।    जानकारका अनुसार पोखरामा चिनियाँले नेपाली युवतीलाई टिकटकमा लाइभ बस्न लगाएर नाँच्न लगाउने गिरोह नै सक्रिय छ । यस्ता टिकटक लाइभका भ्युअर्स चिनियाँ नागरिक नै छन् ।   

पोखरा:   फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।   कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर रहेका छन् ।   उनी अन्य तीन जना साथीहरुसँग पौडी खेल्न खोला पुगेका थिए । तर डुबेर बेपत्ता भएपछि बैदान प्रहरीलाई खबर पुगेको थियो ।   त्यसपछि वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली र सशस्त्र प्रहरी बल २४ नं. गणको गोताखोरसहितको टोलीले पानीभित्र खोँचमा डुबेको अवस्थामा करिब ६ बजे बेलुकी फेला पारेकोे थियो ।    हाल पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यसअघि गत बैशाख १६ गते शनिबारकै दिन पौडी खेल्ने क्रममा सोही खोलामा डुबेर पोखरा १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको ज्यान गएको थियो ।  

पोखरा: पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।   सघंको उपाध्यक्षमा टोप बहादुर खत्री, सचिवमा भाष्करध्वज श्रेष्ठ, कोषाध्यक्षमा शान्तरत्न बज्राचार्य र सह–सचिवमा विनोद वानियाँ चयन भए । यसैगरी सदस्यमा ईन्द्र बहादुर गुरुङ, आनन्दराज बज्राचार्य, अमित गुरुङ र रोहनजंग कार्की छानिए । थप रिक्त दूई सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।   वरिष्ठ संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो । समितिको सदस्यमा संस्थाका सल्लाकार शेरबहादुर गुरुङ र ज्ञानबहादुर थापा रहेका थिए ।   यसअगाडि संघको १४ औं साधारण सभा तथा सातौं अधिवेशनमा बोल्दै गीतकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखराका गीतकार, संगीतकार तथा गायकलाई एकसाथ देख्ने रहर आफ्नो रहेको बताए ।  ‘गीतको लागि आवश्यक पर्ने तीन तत्व एकसाथ देख्ने रहर छ सबै टीमको तालमेल नभएर गीत राम्रो भएन’ उनले भने ।   सांगीतिक क्षेत्र अव्यवस्थित भएकोले संगठित हुनुपर्नेमा गीतकार समेतर रहेका श्रेष्ठले जोड दिए । कलाकारको आम्दानीको श्रोत पहिला भन्दा घटेको र हुने गरेका स्टेज कार्यक्रमा समेत केही व्यक्तिको मात्र पहुँच पुग्दासमस्या भएको औल्याए । केही राम्रा कार्यक्रम ल्याएर पोखराको सांगीतिक क्षेत्रमा नयाँ भाइब्स ल्याउनुपर्नेमा उनको जोड थियो । संस्थागत रुपमा संवाद र संगत गर्दै अगाडि बढेमा लक्ष्यमा पुग्न सकिने भनाई समेत उनले राखे ।   संघका सल्लाहकार शेरबहादुर गुरुङले गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानमा पोखरा सांगीतिक कलाकार संघमा आवद्ध संगीतकर्मी पुग्न नसक्नु दुःखद भएको बताए । आगामी दिनमा ती प्रतिष्ठानहरुमा संघको प्रतिनिधित्व हुने हिसाबले अगाडि बढ्न समेत उनले नयाँ कार्यसमितिलाई सुझाब दिए । अर्का सल्लाहकार ज्ञान बहादुर थापाले कलाकार राज्यको सम्पत्ति भएपनि राज्यले हेर्ने दृष्टिकोण कलाकारमैत्री नभएको गुनासो गरे ।     पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्क बहादुर थापा क्षेत्री (सुनिल थापा) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हर्कराज गुरुङले गरेका थिए । राजेन्द्र अधिकारीले पेश गरेको सचिवको प्रतिवेदन र  शान्तरत्न बज्राचार्यले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र अधिकारीले गरेका थिए ।   आजभन्दा झण्डै १८ वर्ष अगाडि स्थापना भएको संघमा हाल पोखराका ३८ जना संगीतकर्मी सदस्य रहेका छन् । हालसम्म संघको नेतृत्व दीपक भट्टराई, श्यामशुङ तामाङ र हर्क बहादुर थापा क्षेत्रीले कुशलतापूर्वक पुरा गरेका छन् । सबैको साथ सहयोगमा संघलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष हर्कराज गुरुङले गरेका छन् ।  

पोखरा: पूर्व स्वास्थ्य मन्त्री तथा माननीय गगन थापाले रोगको उपचारात्मक उपायहरूभन्दा निवारक उपायहरूको आवश्यकतालाई प्राथमिकतामा राखी लगानी गर्नु जरुरी रहेको बताए ।  नेपाली युथ फिट्नेस ऐकेडेमीले आभ्या क्लवसँगको सहकार्यमा सञ्चालित १० हप्ताको पर्सनल ट्रेनिङ कोर्स समापन समारोहमा माननीय थापाले पाँचौ व्याजका उत्तीर्ण १८ जना सहभागीलाई प्रमाणपत्र विरतरण गर्दै भने, डाक्टरले भन्दा व्यायाम विज्ञान पढेका योग्य र दक्ष प्रशिक्षकमार्फत् व्यायामका सुझाव र निर्देशनहरू पालना गर्नु उचित हुन्छ । नेपालमै पहिलो पटक सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा फिटनेट क्लिनिक सञ्चालन गर्न एनवाइएफए संस्थासँग साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता माननीय थापाले गरे ।  थापाकै नेतृत्वमा काठमाडौं महानगरपालिकामा स्थापना भएको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० मा भने नियमित स्वास्थ्य सेवासँगै ३० प्रतिशत कम मूल्यमा फार्मेसी सेवा, मनोचिकित्सकीय सेवा प्रदान गरिएको छ ।  एनवाइएफएका संस्थापक अध्यक्ष सुकदेव कार्कीले शारीरिक व्यायाम क्षेत्रमा अध्ययनको महत्वलाई जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न र रोजगारका अवसर सिर्जना गर्नका लागि क्लवसँग विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको जानकारी दिए ।  कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद माननीय प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, आभ्या क्लवका संस्थापक किरण केसी, पोखरा महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष किरण बराल, वडा नं. २६ का वडा अध्यक्ष नरेन थापा,  कास्की जिल्ला शारीरिक सुगठन सङ्घका अध्यक्ष वैभव पौडेल,  कास्की जिल्ला पावर लिफ्टििङ सङघ अध्यक्ष हस्सन गुरुङ,  अभ्या क्लवका प्रबन्ध निर्देशक निरोज लामा, अन्तर्राष्ट्रिय शारीरिक सुगठटन खेलाडी कमल भण्डारी, पोषिलो फुड्सका प्रबन्ध निर्देशक पृथ्वीकल्याण पराजुलीले पाँचौ व्याजका उत्तीर्ण प्रशिक्षार्थीलाई हार्दिक बधाईसहित उज्जव भविष्यको शुभकामना दिएका थिए ।  पोखरामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने लक्ष्यसहित २० रोपनी जग्गामा आभ्या क्लव स्थापना भएको हो । १५ करोडको लगानीमा सन् २०१८ देखि सर्वाङ्गिण स्वास्थ्य तन्दुरुस्ती तथा लोकहितलाई ध्यान दिएर क्लवले सेवा दिइरहेको छ ।  शारीरिक तन्दुरस्तीसँगै मानवमन, आत्मा र शरीरको समग्र हित शुद्धीकरण र सवलीकरणमा जोड दिएको छ ।    पाँचौ व्याजका २१ जना मध्ये ७ जना ए ग्रेड, ११ जना बि ग्रेडमा उत्तीर्ण भएका छन भने ३ जनाले छैटौँ व्याजका विद्यार्थीसँग पुन परीक्षा दिनु पर्ने छ । नेपालगञ्जबाट अध्ययनका लागि आएका प्रकाश कठायतले सर्वोकृष्ट स्थान हासिल गरेका छन् । एनवाइएफएका अध्यक्ष सुकदेव कार्कीको सभापतित्वमा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।