फलोअप: 'ड्रिंक एण्ड ड्राइभ'पछि पोलमा ठोक्कियो

पाेखरा | साउन ७, २०८०

फलोअप: 'ड्रिंक एण्ड ड्राइभ'पछि पोलमा ठोक्कियो Photo: Nabin Baral

पोखरा:    पोखरा ७ बुलौदीस्थित (शनिबार) बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका दुईजनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

 

ग १९ प ६०६८ नम्बरको बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा दुवैजना गम्भीर घाइते भएका थिए । 

 

उपचारको क्रममा मेट्रोसिटी लगिएको उनीहरुको मेडिकल रिपोर्टले मादक पदार्थ सेवन गरेको पुष्टि गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद जोशीले बताए ।  
 

डिएसपी जोशीका अनुसार दुवैजना खतरामुक्त छन् ।

 

‘चालक कुलदेव र संगम थापा दुइटै मापसे देखिएको छ, सुनगाभा न्यूजँग उनले भने, ‘कुलदेवलाई ८ वटा टाँका लगाएर वार्डमा सारिसकेको छ भने संगम थापाको नाकबाट रगत बगेको कारण आइसियुमै राखेर उपचार भइरहेको छ । तर दुवैजना खतरामुक्त छन् ।’

 

शनिबार बिहान करिब ५ः४५ बजे बुलौदीस्थित सडक किनारमा रहेको बिजुलीको पोलमा बुलेट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

 

सोही स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी सचेतनासम्बन्धि बोर्ड राखेपनि दुर्घटना भइरहन्छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्