मादी ६ मा संस्कृति जोगाउन बाजा सहयोग
पाेखरा | साउन ७, २०८०
पोखरा: मादी गाउँपालिका वडा ६ को कार्यालयले संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने उद्देश्यसहित वाद्यवादनका समाग्री सहयोग गरेको छ ।
वडाध्यक्ष दिल बहादुर क्षेत्रीको अगुवाईमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको सहयोगमा मादी–६ बाजा समूहलाई एक सेट नौमती बाजा सहयोग गरेको हो ।
यस्तै दुई भजन समूहलाई पनि वडाको तर्फबाट २ सेट वाद्यवादन समाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

उनले सो समूह बाहेक आमासमुहलाई लक्षित गरी एक टोल एक मादल वितरण गरिएको बताए ।
‘हामीले हाम्रो वडामा रहेको मौलिक कला संस्कृतिको संरक्षण र उजागर गर्ने हेतुले वाद्यवादनको समाग्री सहयोग गरेका हौं,’ वडाध्यक्ष क्षेत्रीले भने ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

