पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेलकुद संघहरु संग एक मंगलबार वृहद छलफलसहितको  अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।   विभिन्न ३० भन्दा वढि खेल संघरुहको सहभागिता रहेको सो कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेलसंघहरु संगको विभिन्न समस्याहरुका बारेमा खुलेर छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।   सम्पन्न कार्यक्रम बारे जानकारी दिंदै सदस्य सचिव शर्माले परिषदद्वारा अघि सारिएका कार्यक्रमहरु सफल बनाउने संगै खेल संघहरुलाई व्यवस्थित गर्ने लगायतका विषयमा निर्णय गरिएको बताए । “हामीले आज भएको अन्तक्रियामा खुलेर छलफल गरेका छौं । खेल संघहरुमा रहेका समस्या र चुनौतीहरुका विच पनि खेलकुदको समग्र विकासलाई कसरी अघि बढ्ने बारे गम्भिर रुपमा वहस भएको छ”, उनले भने–“यसले आगामी दिनमा हुने योजनाहरु कार्यान्वयनमा सहजता संगै निकासका लागि बाटो खुल्ला गरेको छ ।”   छलफल कार्यक्रममा सहभागिहरुले प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार तदर्थ समिति गठन गर्न निकै कठिनाई उत्पन्न भएको बताउँदै तत्कालै सो विषयमा भइरहेको समस्या समाधानका लागि परिषदलाई पहल गर्न आग्रह गरेका थिए ।   प्रदेश खेलकुद संघ गठन भइसकेका संघहरुको अद्यावधिक साधारणसभा सहित प्रदेश खेलकुद परिषदमा दर्ता वा नविकरण गर्र्न तथा दर्ता हुन बाँकी खेल संघहरुले तदर्थ समिति दर्ता र परिषदले संघहरु संग आवश्यक समन्वय गरी सहजिकरण गर्न सहभागि खेल संघका प्रतिनिधीहरुले आग्रह गरेका थिए ।   त्यस्तै हालै परिषदले सूचिकृतका लागि आह्वान गरेका रेफ्रि, जज, एम्पयार, खेल प्राविधिक, प्रशिक्षक र खेल प्रशिक्षण केन्द्रहरुको सूचिकरण गर्न खेल संघहरुले सहयोगको प्रतिवद्धता व्यक्त गर्दै गण्डकी प्रदेशमा स्थापना हुने खेलाडी कल्याणकारी कोषमा रकम वृद्धिका लागि समेत प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै सहभागिहरुले जिल्लास्थित खेल संघहरुको अनुगमन, खेलकुदको विकास, विस्तारका लागि समन्वय गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरेको परिषदले जनाएको छ ।   त्यस्तै सो अन्तक्रिया कार्यक्रममा आ।व २०७९÷०८० मा सम्पन्न विभिन्न खेलकुद प्रतियोगिता लगायत कार्यक्रमहरुको समेत गम्भिर समिक्षा गर्दै भएका कमजोरीहरुको समेत सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।   सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले आजको अन्तक्रिया कार्यक्रमले परिषद र खेल संघहरु विच सम्वन्धलाई थप सुमधुर बनाउन भूमिका खेल्ने बताए । उनले खेल संघहरुलाई खेल विकासको गतिका लागि प्रमुख रुपमा रहेको बताउँदै संघहरु बलियो संगै सुशासनयुक्त भएमा मात्रै खेल विकासले गति लिने बताए ।    

काठमाडौं:    बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर गैरहाजिरी हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । गैरहाजिरी रहेका एक जना हवल्दार, पाँच जना सहायक हवल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो । निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।      

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ ।   गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो ।     आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताउनुभयो ।   जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उहाँले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताउनुभयो । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।”      नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताउनुभयो । “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”, उहाँले भन्नुभयो ।    प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताउनुभयो । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उहाँले भन्नुभयो । 

काठमाडौं:    एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।  नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ ।  ब्लूमफिल्ड टोलीमा श्रीलंकाबाट खेलिसकेका खेलाडी पनि छन् । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ मा मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौं १८ मा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

पोखरा:   गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका गण्डकी प्रदेशका ४९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् ।  आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलबार विज्ञिप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाच्न खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको जानकारी दिएका छन् ।  यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १हजार ३७ र प्रदेश सभातर्फका १ हजार३ सय ९८ गरेर जम्मा २ हजार ४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।  निर्वाचन आयोगका अनुसार गण्डकी प्रदेशमा प्रदेशसभातर्फ उमेदवार भएका  स्वतन्त्र उम्मेदवार ११ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १० जना, जनता समाजवादी पार्टी नेपालका ५ जना, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का ४ जना, नेकपा एमालेका ४ जना, हाम्रो नेपाली पार्टी ४ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका नगरेका हुन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीका ३ जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २ जना, जनमत पार्टी, जनसहभागिता पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी )माओवादी समाजवादी), नेपाल सुशासन पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका १/१ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश नगरेको आयोगले जनाएको छ ।  प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ कति उम्मेदवारले निर्वाचन खर्च वितरण बुझाएन हेर्नुहोस्: 

पोखरा:  यू–१६ राष्ट्रिय फुटबल टोलीका लागि गण्डकी प्रदेशबाट ४५ जना छनौट भएका छन् ।   एन्फा गण्डकी प्रदेशका महासचिव विनोद गुरुङका अनुसार प्रतियोगिताबाट मनाङ र पर्वतबाट २÷२ जना, गोरखाबाट ८, कास्कीबाट ९, नवलपुरबाट १० जना, स्याङ्जाबाट ४, लम्जुङबाट ४, बागलुङबाट १ र तनहुँबाट ५ जना गरी कुल ४५ जना छनौट भएका हुन् ।   एन्फा गण्डकीले आइतबार र सोमबार गरी दुई दिन सञ्चालन गरेको छनौट प्रतियोगिताबाट कुल ४५ जना छनौट गरिएको गुरुङले बताए ।    छनौट प्रतियोगिताको निर्णायकमा नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठको नेतृत्वमा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङ रहेका थिए ।   एन्फा गण्डकी वरिष्ठ उपाध्यक्ष एवं छनौट कार्यक्रमका संयोजक मिलन गुरुङका अनुसार छनौट प्रतियोगिताका लागि ९ जिल्लाबाट २ सय १८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।   गण्डकीबाट छनौट भएका खेलाडीहरुले यहि साउन १६ देखि २० सम्म काठमाण्डौमा हुने अन्तिम छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।  

पोखरा:   नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री पूरै फेल भएको बताएका छन् ।    प्रेस चौतारी कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमालेका महासचिव ज्ञवालीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पूरै फेल भएको बताएका हुन् ।    उनले त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा गृहमन्त्रालय अन्र्तगतका मातहतको कर्मचारी हुँदा हुँदै राजश्वका विभागले सुन तस्करलाई नियन्त्रणमा लिनुले गृहमन्त्री पूरै फेल भएको प्रष्ट भएको दाबी गरे ।       ‘त्रिभुवन विमानस्थलमा गृहमन्त्रालय मातहतका अध्यागन, भित्री र बाहिरी घेराको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत अनुसन्धानको टोली हुन्छ’, ज्ञवालीले भने, ‘गृहमन्त्रालय अन्र्तगतका सुरक्षा घेराबाट भन्सार पास भएर पनि राजश्व विभागले सुन समात्नु भनेको गृह प्रशासन पूरै फेल हो ।’    उनले त्यही ढंगका सामान २१÷२२ पटक सम्म यसरी सामान पास भएको भन्दै यसको छानबिन गर्न माग गरे ।    उनले नेकपा माओवादीलाई कटाक्ष गर्दै टेबुल सफा गर्नु अगाडि पहिला आफ्नो हात सफा गरेर भष्ट्रचारका फाइल खोल्न समेत आग्रह गरे ।   ‘अहिलेको सरकार लडाकु घोटोला शिविर काण्डको फाइल खोल्न चाहँदै, पहिला आफुमा लागेको दाग मेटाएर आउनुहोला’, उनले भने, ‘लडाकु शिविरको फाइल खोलेर आउनुहोला, वाइडबडी, ललिता निवास लगायतको फाइलमा सहयोग गर्न हामी तयार छौं ।’   उनले अहिलेको सुन तस्करी प्रकरणमा सरकारले सत्ता निकट नेतालाई बचाउन खोजिएको आरोप समेत लगाए ।    सुन तस्करी प्रकरण पूर्वसभामुख र उनका छोरालाई सरकारले अनुसन्धानको दायरामा ल्याउनु नसक्न  सत्ता निकटका नेतालाई बचाउन खोजिएको आरोप पुष्टि भएको उनको आरोप छ ।   एमाले उपमहासचिव ज्ञवालीले सरकारले अहिलेको परिस्थितिमा नीजि क्षेत्रका व्यवसायीहरुलाई हतोत्साहित बनाएको आरोप लगाए ।    ‘बजारमा सटर खाली भाडामा भन्ने लेखिएको पोस्टर बजार भरी छ, ठेकेदार निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन सकेको छैन’, उनले भने ।   

पाेखरा:  देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् ।   जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ ।   पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि उत्तिकै बढेको छ ।   पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आँफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।   “जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्”, उनले भने, “हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको छ ।” समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो ।   निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले जानकारी दिए । पछिल्ला समयमा देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने उनको विश्वास थियो ।   पछिल्लो समयमा पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताए ।   “विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्,”, उनले भने, “पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ ।” पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।   पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो ।   निर्माण अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिए ।