पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

काठमाडौं:   नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ ।   संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगर, मुस्लिम लगायत विभिन्न समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको हो ।   पाण्डेलाई पक्राउ गर्न आनाकानी गरे दबाब दिन जिल्ला प्रहरी परिसर काठमाडौंमात्रै नभएर देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने संघ अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।   उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले देशको विविधता र संविधानअनुसार अभिव्यक्ति दिनुपर्ने उल्लेख गरे ।    पुनमगरले साउन ९ गते अधिवक्ता भगवती पाण्डेविरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी गरे पनि उनलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरिरहेको आरोप लगाए ।   यस्तै नेपाल तामाङ घेदुङले पनि पत्रकार सम्मेलनको आयोजना गरी तत्काल पाण्डेलाई पक्राउ गर्न आग्रह गरेको छ । यद्यपी तामाङ घेदुङले पनि देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।   अधिवक्ता पाण्डेले एक टेलिभिजनको टक शोमा जातिय सद्भाव भड्किने खालको अभिव्यक्ती दिएकी थिइन् । त्यसपछि उनी आलोचित हुदै आएकी थिइन् ।   चौतर्फी दबाबपछि पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर अहिलेसम्म उनलाई पक्राउ गरिएको छैन । 

पोखरा:  गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले मुलुकको विकासका लागि तीनै  वटै तहको सरकार एउटै बाटोमा हिड्नु पर्ने बताएका छन् ।     भिमाद नगरपालिकाको नीति, बजेट कार्यक्रमको सार्वजनिक गर्दै आज (सोमबार) मन्त्री आलेमगरले यस्तो अभिव्यक्ति दिएका हुन् ।   उनले मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।    उनले तीन वटै तहको सरकार तीन तिर फर्केको प्रति गुनासो गरे । ‘मुलुकको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकार समन्वय गरेर संगै हिड्नु जुरूरी छ, उनले भने, त्यसका लागि आर्थिक मामिला मन्त्री हैसियतले समन्वय गर्ने प्रयास गरिरहेको छु ।’   उनले एक आपसको सहकार्यले मात्र देशको दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउदै एउटै लयमा हिड्नेपर्ने बताए । ‘तीन वटै सरकार तीन तिर हिडेर मुलुकको हित कहिल्यै हुदैन । अब तीन तहकै सरकार एउटै बाटोमा हिड्नु विकल्प छैन,’ उनले भने ।   जनप्रतिनिधिहरू आर्थिक शुसानमा बस्नुपर्ने मन्त्री आले मगरले बताएका थिए । मन्त्री आलेमगरले घिरिङ १ पुट्टार उत्तर बाहिनी क्षेत्रमा संचालित पुरूषोत्तम महायज्ञको समापनसमेत गरेका थिए ।

पोखरा:  गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।   प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुका बारेमा समेत समिक्षा गरिएको हो । आर्थिक वर्ष २०७९÷०८० को प्रगति विवरण संगै चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमका बारेमा छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।   परिषदले जिल्लामा आयोजना हुने खेलकुदको संभावना, चुनौती र अवसर, खेलहरुको विवरण र पूर्वाधारको अवस्था, जिल्ला खेलकुदहरुको आम्दानीका श्रोत तथा सम्भावनाहरु, जिल्लामा दर्ता गरिएका विभिन्न खेल संघहरुको विवरणलगायतका विषयहरुलाई केन्द्रविन्दुमा राखेर छलफल गरिएको सदस्य सचिव शर्माले बताए ।   “हामी अहिले जिल्ला खेलकुद विकास समितिमार्फत जिल्लामा रहेका खेल पूर्वाधारहरुको संरक्षण, खेल संघहरुको नविकरण, चालु आर्थिक वर्षको बजेटलाई खर्च गर्ने विषयमा गम्भिर रुपमा छलफल गरेका छौं,” सदस्य सचिव शर्माले भने–“हामीले प्रशिक्षक र खेलका निर्णायकहरुको सूचिकरणको प्रक्रियालाई समेत समयमा नै सक्नु पर्ने भएकोले आजको छलफलले दिशा निर्देश गरेको छ भने हामी अव कार्यविधि नै बनाएर सबै कुरालाई विधिवत रुपमा स्थापित गर्दैछौं ।”   जिल्ला खेलकुद संघहरु कमजोर हुँदा खेल विकासले गति लिन नसक्ने बताउँदै कार्यविधि निर्माण गरेर आर्थिक र प्रशासनिक सुशासन निर्माणका लागि परिषद अझै गम्भिर भएर अघि बढ्ने सदस्य सचिव शर्माले बताए । जिल्ला खेलकुद विकास समितिहरुमा कर्मचारीहरुको अभाव रहिरहेको बताउँदै कर्मचारीहरुको परिपुर्ती गर्न परिषदले आवश्यक निर्णय समेत गर्ने उनको भनाई थियो ।   जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, तनहुँका अध्यक्ष अनिल पाण्डे, गोर्खाका अध्यक्ष शान्तसिंह बस्नते, नवलपुरका अध्यक्ष सेत पुन, पर्वतका अध्यक्ष हर्कमान गुरुङ र म्याग्दीका अध्यक्ष दिनेश केसीलगायत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुले समेत जिल्लाको वस्तुस्थितीका बारेमा जानकारी गराएका थिए ।   छलफल कार्यक्रममा परिषदका कार्यकारी सदस्य द्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल लगायतले प्रगती विवरणको समिक्षाले आगामी दिनमा जिल्लाहरुमा खेलकुद गतिविधिहरु बढाउन र नयाँ योजनाहरु कार्यान्वयन गर्न सहयोग पुग्ने बताए ।

फेदिखोला: लालीगुराँस युवा क्लब, फेदीखोला–२, खहरे स्याङ्जाले एक कार्यक्रमको आयोजना गरि फोक्सोको क्यान्सर रोगबाट पीडित भई विगत एक वर्षदेखि भारतको नयाँ दिल्लीमा उपचाररत ३१ वर्षीया पूजा अधिकारी कार्कीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ।   क्लबका पदाधिकारी, सदस्य एवम् स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट संकलित ३ लाख २९ हजार सात सय २९ रुपैया क्लबका अध्यक्ष शंकर कार्की, ज्येष्ठ नागरिक समाजसेवी मान बहादुर कार्की र कोषाध्यक्ष समीर कार्कीले संयुक्त रुपमा पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीलाई हस्तान्तरण गरेका हुन्। अध्यक्ष शंकर कार्कीले यो अभियानमा क्लबसँग जोडिएर सहयोग गर्नुहुने महानुभावप्रति आभार व्यक्त गरे ।   सो अवसरमा समाजसेवी नरेन्द्रजंग कार्की, केशव कार्की, विजय कार्की, लाल कार्की अन्जान, मोति बहादुर कार्की र डिल बहादुर कार्कीले लालीगुराँस युवा क्लबले विभिन्न दुखसुख एवम् सामाजिक कार्यहरुमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै पूजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए भने पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीले क्लबप्रति आभार व्यक्त गर्दै क्लबले संचालन गर्न लागेको आकस्मिक कोषमा आफ्नो तर्फबाट केही सहयोग रकम प्रदान गरेका थिए।   सोही कोषमा नरेन्द्र जंग कार्की, केशव कार्की र लाल कार्की अन्जानले पनि रकम उपलब्ध गराएका थिए। क्लबका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव सुजन पौडेलले संचालन गरेका थिए भने कोषाध्यक्ष समीर कार्कीले आर्थिक सहयोग उपलब्ध गराउने महानुभावहरुको नामावली पढेर सुनाएका थिए।

पोखरा:    एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन् ।  गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औं अधिवेशनमा निउरे अध्यक्षमा निर्वाचित भएका छन् ।  एनआरएनए जापानको उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भए । यस्तै महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी निर्वाचित भएकी छिन् ।  ११ अधिवेशनबाट महासचिवमा  टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा निर्वाचित भए । महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध चयन भएकी थिइन । यस्तै कोषाध्यक्षमा भने दिपक सुनार निर्वाति भएका छन् । उनी कार्यसमितिको निवर्तमान सह–कोषाध्यक्ष हुन् । यस्तै सह–कोषाध्यक्षमा राम बहादुर थापा चयन भएका छन । महिला सह कोषाध्यक्षमा अन्जुभण्डारी यस अघिनै निर्विरोध चयन भएकी थिइन । यस्तै महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् । सदस्यमा दिनेश लोहनी,कृष्ण प्रसाद कँडेल,नेत्र प्रसाद पाण्डे, धुव्र गौतम,रामु कँडेल,बिनय गुरुङ,ज्योति केसी र दिलिप शर्मा चयन भएका छन् ।   

पोखरा: रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न रचनात्मक प्रस्तुति दिएका थिए ।   कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई अबिर, माला, खादासहित स्वागत गरेका हुन् । विद्यालयका प्राचार्य बाबुराम पन्तले आफ्नो देश बनाउन नसकेर विदेश जाने नभई देश निर्माणका लागि जिम्मेवारी वहन गर्न सक्ने जनशक्ति आजको आवश्यकता रहेको बताए ।   विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्माले स्वागत मन्तब्री राख्दै अहिलेसम्म विद्यालयले विभिन्न विषयमा अनुसन्धान तह पूरा गर्ने थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै नव आगन्तुक विद्यार्थीलाई तिनै दाइदिदीका पदचाप पछ्याएर अघि बढ्न अनुरोध गरेका थिए।   सो अवसरमा विद्यालय निर्देशक नन्दलाल त्रिपाठी, उपप्राचार्य पद्मराज ढकाल, विद्यालयका पूर्व संयोजक सहप्राध्यापक डाक्टर नगेन्द्र भण्डारीले मन्तव्य दिएका थिए ।   कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा व्यवस्थापन र विज्ञान समूहमा ४८० विद्यार्थी अध्ययनरत छन् । ‘सिक्न आउनुहोस्, सेवा गर्न जानुहोस्’ ९कम टु लर्न, गो टु सर्भ० को मूल नारामा अघि बढेको विद्यालयले क्रियाकलाप तथा परियोजनामा आधारित विधिमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको छ ।   विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

पोखरा : कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ ।   नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब भने ‘बुकिङ शो’ मार्फत मञ्चन हुने भएको छ । जसका लागि पोखराका विद्यालयबाट ‘शो बुक’ हुने क्रम सुरु भैसकेको पोखरा थिएटरले जनाएको छ ।   नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ ।    भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा नाटक तयार भएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागिएको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ  । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने ।   नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाएका छन् । यसैगरी पोष्टर तथा स्केचमा अमृत परियार र मनोज तामाङ्ग, डिजाइनमा दयाराज ढुंगाना, मञ्च व्यवस्थापकमा रोशनी रामदाम, बजार व्यवस्थापकमा प्रकाश पराजुली, मञ्च निर्माणमा धनकाजी श्रेष्ठ, रोहित पौडेल, अमृत परियार र मिलन श्रेष्ठ तथा बक्स अफिसमा रहेर शुभेक्छा शर्माले साथ दिएका छन् । 

पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्युटिशियन तालिम सम्पन्न भएको छ ।   पोखराको बुद्धचोकमा रहेको ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक ब्यवशायीक तालिमहरुलाई निरन्तरता दिने वताए । सो अवसरमा वोल्दै तालिमका संयोजक शान्ती कोइरालाले पोखरा १२ भित्र रहेका महिला दिदी वहिनीहरुलाई लक्षित गरी तीन महिने ब्युटिशियन तालिमको आयोजना गरेको जानकारी दिइन ।   त्यस्तै तालिमका प्रशिक्षक सिनियर ब्युटिशियन तथा ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरका सञ्चालक बविता केसी कार्कीले युवा महिलाहरुले भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागी आजको दिनमा विभिन्न किसिमका सिपहरु सिक्न आवश्यक रहेको वताउदै आफ्नो संस्थाबाट समेत युवाहरुलाई स्वरोजगार गराउने उद्देश्यले ब्युटिशियन सम्बन्धी विभिन्न तालिमहरु विशेष छुटमा सञ्चालन गरिरहेको वताइन ।   त्यस्तै प्रशिक्षार्थी लक्ष्मी कोइरालाले वडाले आयोजना गरेको तीन महिने तालिममा सिकेको कुरालाई ब्यवहारमा उतारेर स्वरोजगार बन्ने अवसर प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद ब्यक्त गरिन । समापन कार्यक्रमको सञ्चालन इन्दिरा भण्डारीले गरेकी थिइनभने प्रशिक्षार्थीको तर्फबाट गायली कुँबरले स्वागत मन्तब्य राखेकी थिइन ।  

पोखरा:  तीन दिन अगाडि पोखराको मौसम खासै खुलेको थिएन । वर्षातको समय भएकाले पोखरामा कति खेर पानी पर्छ पत्तै थिएन ।   त्यही पनि पोखराको पामे क्षेत्रको मौसम अझ कति खेर बदली हुन्छ थाहा नै हुँदैन ।    पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने सेडुअल ब्लाइन्ड रक्स (फरक क्षमताको समूह) टोलीको केही अगाडि नै तय भएको थियो । सोही कार्यक्रम अनुसार आज (सोमबार) ब्लाइन्ड रक्सको एक दर्जन सदस्यले केही समयका लागि जमिन छाडे । र पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिए ।   यो उनीहरुका लागि मात्रै नभएर पोखराकै पर्यटनका लागि पनि नौलो उडान थियो ।      सोही समूहकी सदस्य चादनी शर्माले ल्याण्ड हुनेबित्तिकै अनुभवलाई व्याख्या गर्ने शब्द नभेटेको सुनाइन् । ‘खै कसरी अनुभव सुनाउ कुनै शब्द नै भेटिन,’ शर्माले भनिन् ।   हिजोसम्म मौसम नखुलेकाले पनि आकाशमा उड्ने सपना तुहिने पनि पिरलो मनमा थियो । तर सपना मनबाट नभएर आत्माबाटै देखेकैकारण बादल छुने सपना पुरा भएको संस्थाकी संस्थापक अध्यक्ष सृष्टी केसीले बताइन् । ‘हामीले सपना आँखाले होइन, आत्मादेखि नै देख्नुपर्छ । एक दिन अवश्य पुरा हुन्छ,’ केसीले भनिन् ।   उनले दृष्टिबिहीनहरुलाई समाजले फरक नजरबाट हेर्ने भएकाले समान आत्मबल हुन्छ भन्ने सन्देश दिन प्याराग्लाइडिङ गरेको सुनाइन् । ‘दृष्टिबिहीनलाई राज्य र समाजले समान रुपमा हेर्न सकेको छैन, दृष्टिबिहीन नागरिकहरु पनि कमजोर हुँदैन भन्ने सन्देश समाजमा दिने उद्देश्यले जमिन छाडेका हौ’, उनले भनिन्, ‘सन्देश प्रवाह गर्नकै लागि हामीहरुले शाहसिक उडान भरेका हौं ।’   उनका अनुसार ब्याइन्ड रक्स समूहले यसअघि र्‍याफ्टिङ, रक क्लाइम्बिङ लगायतका शाहसिक खेलमा सहभागिता जनाइसकेका छन् । २ विदेशी नागरिकसहित १२ जनाको समूहले नेपाल हवाई खेलकुद संस्था(ना), पोखरा महानगरपालिका र लायन्स क्लबको सहयोगमा प्याराग्लाडिङ गरेका हुन् ।    पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनपछि पछिल्लो समय तोरीपानी क्षेत्रबाट उडान हुँदै आएको छ ।    तस्बिर: सुशान्त गाहामगर/सुनगाभा न्यूज