एनआरएनए जापानको कोषाध्यक्षमा दिपक सुनार निर्वाचित
पाेखरा | साउन १५, २०८०
पोखरा: एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन् ।
गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औं अधिवेशनमा निउरे अध्यक्षमा निर्वाचित भएका छन् ।
एनआरएनए जापानको उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भए । यस्तै महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी निर्वाचित भएकी छिन् ।
११ अधिवेशनबाट महासचिवमा टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा निर्वाचित भए । महिला सचिवमा भने चन्द्र कुमारी केसी निर्विरोध चयन भएकी थिइन ।
यस्तै कोषाध्यक्षमा भने दिपक सुनार निर्वाति भएका छन् । उनी कार्यसमितिको निवर्तमान सह–कोषाध्यक्ष हुन् । यस्तै सह–कोषाध्यक्षमा राम बहादुर थापा चयन भएका छन । महिला सह कोषाध्यक्षमा अन्जुभण्डारी यस अघिनै निर्विरोध चयन भएकी थिइन ।
यस्तै महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् ।
सदस्यमा दिनेश लोहनी,कृष्ण प्रसाद कँडेल,नेत्र प्रसाद पाण्डे, धुव्र गौतम,रामु कँडेल,बिनय गुरुङ,ज्योति केसी र दिलिप शर्मा चयन भएका छन् ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

