पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

डडेल्धुरामा बुधबार रातिदेखि घरबाट निस्किएकी एक युवती मृत फेला परेकी छन्।   आलिताल गाउँपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।   उनका अनुसार युवती राति घरबाट निस्केकी र पहिरोमा हाम फालेको भन्ने अनुमान गरिएको छ। यद्यपी, प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी टोली खटाएको डिएसपी भट्टले बताए।   मृतक साउँद स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।   मृतकका परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन्।

पोखरा:   गएको ०७९ को बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा केही स्थानमा युवाहरुले स्वतन्त्रबाट नै नेपाली राजनीतिमा बाजी मारे ।    निर्वाचनमा विजयी हुन राजनीतिक दलहरुको दबदबालाई चिर्दै स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह (बालेन) उदाए र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई चुनिए ।   यससँगै स्वतन्त्रको लहर चलिरहेको समयमा गत वर्ष नै संसदीय निर्वाचनलाई लक्षित गर्दै संचारकर्मी रवि लामिछानेले युवाहरुलाई संगठित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी खोले ।   पार्टी खोलेको ६ महिनामा नै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राजनीतिमा चौथो शक्तिको रुपमा उदायो ।         नेपाली राजनीतिक दलहरुले युवाहरुलाई अवसर नदिएको भन्दै स्वतन्त्रको लहर झांगिदै गएको छ । अबको चुनावमा सक्षम नेतृत्वसँगै स्वतन्त्र उम्मेदवारको सँखया बढ्न सक्ने संकेत नेपाली राजनीतमा चुलिएको छ । उसो त स्थानीय निर्वाचन सम्पन्न भएको १ वर्ष बढी भइसकेको छ ।   १ वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिहरुले केकति काम गरे भनेर जनताले सामाजिक सञ्जालमा मुल्याङ्कन गरिसकेका छन् ।    पछिल्लो समय काठमाडौं, धरान र पोखरा महानगरपालिका चर्चाको केन्द्रमा छ । पोखराका मेयरलाई असफल मेयर धनराज आचार्यलाई खिसिट्यूरी गरिरहेका छन् भने बालेन्द्र शाह र हर्क साम्पाङ राईलाई वाहवाही गरिरहेका छन् । यद्यपी उनीहरुको पनि नकरात्मक पाटो भनएको भने होइन ।   पोखरा महानगरपालिका देशकै ठुलो महानगरपालिका पनि हो । त्यसैले यसको विकास केवल स्थानीयले मात्रै चाहेका छैनन् । सिंगो देशबासीलाई पोखराको चिन्ता छ ।    यहाँ गठबन्धनका साझा उमेदवार धनराज आचार्यले नेकपा एमालेका नेता कृष्ण थापालाई पराजित गर्दै पोखराको मेयर बने । तर मेयर आचार्यको पक्षमा प्रंशसा भन्दा बढी गुनासो र सुझाव आउन थालेका छन् ।    त्यही सुझाव दिनेहरुको भीडमा पोखरा महानगरपालिका ९ नयाँबजार घर भएका चर्चित र्‍यापर आशिष रानामगर ‘लाउरे’ पनि देखिए ।    र्‍यापर  लाहुरेले गत असार २७ गते पोखराका मेयर धनराज आचार्यलाई १९ बुँदे खुल्लापत्र लेख्दै जनमुखी काम गर्न सुझाए । उनले पोखरालाई स्वस्थ, पूर्ण प्राकृतिक र स्वर्गजस्तै देख्न चाहेको उल्लेख गर्दै आफुलेपनि सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।    र्‍यापर लाउरेले मेयर आचार्यलाई चिठ्ठी लेखेपछि सुनगाभा न्यूजकर्मी सुशान्त गाहामगरले उनलाई प्रश्न सोधेका छन्, ‘र्यापर लाहुरेलाई हामीले अब राजनीतिमा देख्न पाउँछौं ?’     लाउरे जवाफिए, ‘बच्चामा साइकल खेल्न मन लाग्ने, अलि ठुलो भएपछि फुटबल अनि उमेर बढ्दै गएपछि देशको लागि केही गरौं भन्ने भावना मनमा जागृत हुनेरहेछ, त्यहीबीच धरान र काठमाडौंको मेयरले जुन उदाहरण सेट गरेका छन् त्यो पोखरामा देखिएन, उनले थपे, ‘त्यसैले पोखराको मेयर र उहाँको टिमलाई फेसबुकमार्फत भक्भकाउन र तारिफयोग्य काम गर्नुपर्छ भनेर मनका लागेको कुरामध्ये ११ बुँदा सेयर गरेको हुँ ।’     र्‍यापर  लाहुरेले तत्कालै राजनीतिमा नजोडिएपनि निकट भविष्यमा जोडिन सक्ने स्पष्ट पारे ।  ‘अहिल्यै डाइरेक्ट राजनीतिमा जोडिने त सोच छैन तर भविष्यमा राम्रो एस्पर्टको टिम जम्मा गरेर राम्रो भिजन बन्यो भने डेफिनेट्ली आई वील गो टु पोलिटिक्स बट नट नाउ ।’ उनले भने ।   र्‍यापर लाउरेले आगामी ०८४ सालमा हुने स्थानीय निर्वाचनको तयारीमा नरहेपनि पोखरा महानगरको मेयरको उम्मेदवार बन्न सक्ने संकेत गरे । ‘पोखराको कमी कमजोरीको विश्लेषण गरेको छु । वीक्नेस, स्ट्रेन्थ, अपर्चुनिटी र थ्रेट’ के हो भन्ने कुराहरुलाई मध्यनजर गरेर त्यो क्षेत्रको एक्सपर्टहरु जम्मा गरेर अगाडी बढ्न सक्ने स्थिती बन्यो भने डेफिनेट्ली मेयरको क्याण्डिडेटमा उठ्छु म तर फरक कुराले मेरो लाइफमा डिस्टर्ब गर्न थाल्यो भने चाँही म्युजिक र कलाकारितालाई नै निरन्तरता दिन्छु र अहिले सोध्नुभयो भने आई ह्याब नो प्लान टु कमिङ पोलिटिक्स,’ लाउरे जवाफिए ।  

काठमाडौं:       नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन्। बिहीबार निर्वाचन आयोगलाई १५ हजार जरिवाना तिरेको जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका छन्।  गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले  २४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो।  थापाले खर्च विवरण सार्वजनिक गरेको जानकारी आयोगलाई दिनु पर्नेबारे कुरा आफूलाई थाहा नभएको पनि बताएका छन्।  ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’ निर्वाचन आयोगले मंगलबार प्रेस विज्ञप्तिबारे सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो।  प्रतिनिधि सभाका १०३७ र प्रदेश सभाका १२९८ जना उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय आयोगले गरेको थियो। उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पनि आयोगले जरिवाना गरेपछि केही सांसद तथा उम्मेदवारहरूले विरोधसमेत गरेका थिए।   

काठमाडौं: राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ ।   मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो ।    अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदेनसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा बिहीबार राष्ट्रिय सभाले संशोधन स्वीकार गरी पुनः पारित गरेको हो ।   बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्माणार्थ प्रस्तुत गरिएको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।   सभाको आजको पहिलो बैठकमा सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गर्नुभएको थियो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो । सभाको अर्को बैठक यही साउन १८ गते बिहीबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ । रासस

काठमाडौं: वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सुनसरी वराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्तप्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई छन् ।   उनीहरूमध्ये मौसम मग्रातीले एक जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेका छन् । त्यस्तै, अनन्त श्रेष्ठले एक जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी आठ लाख रुपियाँ ठगी गरेको र प्रचलन राईले एक जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी छ लाख रूपियाँ ठगी गरेको खुल्न आएको छ ।    साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाडौं जोरपाटी नारायणटारबाट मङ्गलबार तथा मग्रातीलाई काठमाडौं काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको हो ।  

यस वर्षको मनसुनजन्य विपदबाट हालसम्म ३१ जनाको मृत्यु भएको छ।   गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार बुधबारसम्म यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन्। ९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ।   महाशाखाका अनुसार बाढी(पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट त्यहाँ ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन्। ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको तथ्यांक छ। त्यहाँ ३ जना अझै बेपत्ता छन्।   पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको थियो। २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसको आकलन छ।

महोत्तरी: महोत्तरी गाउँपालिका–२  मा रहेको एनएमबी बैंकमा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ।   गएको जेठ १६ गते एनएमबी बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा भारत विहार मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन् ।    चाररपाँच जनाको समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटपाट गरेको थियो । साफीलाई बुधवार हिजो बेलुका मटिहानी नगरपालिका–८ नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनु भयो ।    लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । 

काठमाण्डौ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९र८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक जरिबाना गरेको हो ।   एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिबाना गर्दा एक करोड ९८ लाख चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिनुभयो ।  उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिने गरेको बताउनुभयो ।   एक वर्षमा विभागले तीन हजार छ सय ९५ व्यावसायिक फर्मको अनुगमन गर्दा दुई हजार तीन सय ३८ वटा व्यावसायिक फर्ममा कैफियत भेट्टाएको थियो । दुई सय ९३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, एक हजार एक सय ५५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको, सात सय ९९ वटा फर्मलाई कारबाहीस्वरुप जरिबाना गरिएको र ९१ वटा फर्ममा अखाद्य वस्तु भेटिएपछि नष्ट गरिएको थियो ।   यस्तै, यो अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएका एक करोड ६४ लाख ३२ हजार मूल्य बराबरको वस्तु नष्ट गर्न लगाइएको थियो । विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर बजार अनुगमन गर्दै आएको छ । तर अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो छ ।   विभागले अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गरिएको विभागले जनाएको छ ।

काठमाडौं:    काठमाडौंमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२, पाँचधारा घर भई सोही नगरपालिका–६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जन रहेका छन् ।   महर्जनले ती बालिकालाई सोही नगरपालिका–४, सीतापाइलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगेर बलात्कार गरेको आरोप छ ।   बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।