सुनसरीमा गोली हानेर एक जना युवकको हत्या लुटेर समूहले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका(२० सेउती पुल नजिकै एक युवकको गोली हानेर हत्या भएको थियो। विराटनगर महानगरपालिका(५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको हो। उनी र अर्का एक जना युवती साथी तमोर पुगेर मोटरसाइकलमा विराटनगर फर्किँदै थिए। इटहरी(धरान सडकखण्डको बीच जंगलमा पुगेपछि उनीहरू पानी खान रोकिएका थिए। त्यसैबीच तीन जना पुरूष जंगलबाट आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले जानकारी दिए। डिएसपी राईका अनुसार तीन जना पुरूषले खुकुरी र पेस्तोल बोकेका थिए। उनीहरूले ती युवतीले लगाएको सुनका गहना लुट्ने प्रयास गरे। तर चौधरीले त्यसको प्रतिकार गरेका थिए। ‘लुटेरा समूहले सुन लुट्न खोजेको देखिन्छ। युवकले प्रतिकार गरेपछि लुटेरा समूहले गोली हानेको देखिन्छ,’ डिएसपी राईले भने। चौधरीको दाहिने कुममा गोली लागेको थियो। युवती सकुशल छिन्। गोली हानेपछि लुटेरा समूह जंगल पसेर भागेको डिएसपी राईले बताए। ‘युवतीलाई केही भएको छैन। घटना भएपछि हारगुहार गरी एम्बुलेन्स बोलाएर युवकलाई अस्पतालमा पुर्याइएको थियो,’ उनले भने। चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।
सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोटरसाइकलमा चार जना सवार थिए। दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको डिएसपी राजकुमार राईले जानकारी दिए। दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। चार जना सवार मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए।
जुम्ला: जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ । आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगाे लगाउने व्यक्तिकाे खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’ गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ । आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगाे लगाउने व्यक्तिकाे खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’ गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।
पोखरा: पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ । ग १९ प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भीर घाइते भएका छन् । बिहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना घाइते भएका हुन् । उनीहरुको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भईरहेको छ । दुवै जना अचेत अवस्थामा छन् ।
इटहरी: सुनसरीको धरानमा गोली प्रहारबाट एक जना युवकको हत्या भएको छ। शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए। गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको एसपी ढकालले बताए। चौधरी मोटरसाइकलमा धनकुटाबाट विराटनगरतर्फ जाँदै थिए। उनको पछाडि एक युवती पनि थिइन्। ढकालका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गो?ली प्रहार गरेका थिए। गोली प्रहार गरेर उनीहरु फरार भएका छन्। तर प्रहरीले उनीहरुको हुलिया पत्ता लगाइसकेको जनाएको छ। युवतीले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिहरूको हुलिया पत्ता लगाएको हो। धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ। घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए।
धरान: कोशी राजमार्गकाे धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा मोटरसाइकलमा सवार युवायुवतीलाई लुटपाट गरी गोली प्रहार भएको छ। हतियारी समूहले विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरी र सुमना खत्रीलाई लुटपाट गरी गोली प्रहार गरेको हो। गोली प्रहारबाट रोहित गम्भीर घाइते छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार छातीमा गोली लागेका रोहितको अवस्था ज्यादै चिन्ताजनक छ। रोहित र सुमना प्रेमी प्रेमिका भएको बताइएको छ। दुवै धनकुटा घुमेर मोटरसाइकलमा विराटनगर फर्कने क्रममा यो घटना भएको हो। सुमनाका अनुसार सेउती पुल कटेपछि दक्षिणतर्फ मोटरसाइकल रोकेर पानी पिउँदै गरेका थिए। सोही बेला पैदल आएका ३ जनाको समूहले लुटपाट गरी गोली प्रहार गरेका हुन्। उनीहरुको साथबाट सुनको सिक्री, पर्स, मोबाइललगायत उक्त समूहले लुटेर लगेका छन्। हतियारधारी समूहमा २ जनाको साथमा खुकुरी र एक जनाको साथमा पेस्तोल भएको पनि सुमनाले प्रहरीलाई प्रारम्भिक जानकारी दिएकी छिन्। घटना दिउँसो साढे ५ तिर भएको हो। सुमनाको अवस्था सामान्य भएपनि मानसिकरुपमा उनी विक्षिप्त छिन्। घाइते अवस्थामा रहेका रोहितलाई सुमनाले नै एम्बुलेन्स रोकेर उपचारको लागि वीपी प्रतिष्ठानमा ल्याएकी हुन्।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अबको ४ वर्षभित्र पोखरामा व्यवस्थित बसपार्क बन्ने बताएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा आज (शुक्रबार) उठेको प्रश्नमा जवाफिदै मेयर आचार्यले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी स्थानीयले ‘पोखरामा व्यवस्थित बसपार्क कहिल्यै नबन्ने हो मेयर साब ?’ भन्ने प्रश्न गरेका थिए । सोही प्रश्नको प्रतिउत्तर दिदैं मेयर आचार्यले भने, ‘यो चार वर्षमा बसपार्क बन्छ, त्यो नोट गरिराख्नुहोला ।’ उनले व्यवस्थित बसपार्कका लागि शहरी नगर विकास कोषसँग सम्झौता भएको बताए । ‘पुरानो बसपार्कलाई पूर्ण र व्यवस्थित बसपार्क बनाउनका लागि शहरी नगर विकास कोष (टाउन प्लानिङ फण्ड) सँग साझेदारीसहित सम्झौता गरिसकेका छौ र त्यसको गुरुयोजना (फुल फेजको डिपिआर) तयार हुदैछ,’ उनले भने । उनले विगत ३०/४० वर्षदेखि बसोबास गर्दै आएका बासिन्दाको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । ‘भूमी आयोगसँग मिलेर हामीले उहाँहरुलाई निस्सा पनि दिइसकेका छौ, मेयर आचार्यले भने, ‘उहाँहरुलाई समुचित व्यवस्थापन गरेर बसपार्क निर्माणको कामलाई अघि बढाउछौ ।’ उनले बस्ती बाहेकका ठाउँमा प्रदेश सरकारले निर्माण गर्न सुरु गरेपनि महानगरले रोकेको स्पष्ट पारे । ‘बस्ती नभएको ठाउँमा प्रदेश सरकारले काम गरेको छ त्यतिले पुग्दैन त्यसैले त्यो हामीले रोकेका छौ, मेयर आचार्यले भने, ‘बाँकी भको ८४ रोपनी जग्गामा मात्रै बसपार्क बनाएर पुग्दैन । हामी अहिले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ ।’
पोखरा: कञ्चन क्यापिटल प्रालिको प्रस्तुतीमा पोखरामा तेस्रो संस्करणको डायमण्ड मेला आयोजना गर्ने भएको छ । पालिखेचोकस्थित पञ्चरत्न आभूषणमा आगामी ७ गतेदेखि १२ गतेसम्म डायमण्ड मेला आयोजना गर्न लागिएको संस्थाका कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए । उनका अनुसार एक हप्ता सञ्चालन हुने मेला अवधिभर डायमण्ड खरिदमा विशेष छुट दिइने छ । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौ, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा गराउने साथै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं ।’ मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ७ बजेसम्म सञ्चालन हुने पञ्चरत्न आभूषण प्रालिका अध्यक्ष शोभितमान बुद्धाचार्यले जानकारी दिए ।
काठमाडौं: आईएसएफ वर्ल्स स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली शुक्रबार मोरोक्को प्रस्थान गरेको छ। प्रतियोगिता जुलाइ २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा हुनेछ। खेलाडीमा सक्षम भट्टराई, देवराज जर्घा मगर, अधिराज कार्की, श्रेयश शर्मा, आर्गेन तुलाधर, जेसिस कार्की, पर्वत चौलागाईं, कर्तब्य तामाङ, कृष्णबहादुर आले, किशोरकुमार दनुवार, एकराज विश्वकर्मा, येशराज विश्वकर्मा, स्वर्णिम श्रेष्ठ, दिलन लिम्बू, अनिश थापा मगर, निशान राणा र स्वयं थापा मगर रहेका छन्। रमेशबहादुर कटुवालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा आशिषमान सिंह, प्रशिक्षकमा राजेश श्रेष्ठ र अफिसियलमा विवेक कटुवाल छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे। सो अवसरमा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट महासंघका सदस्य समेत रहेका विद्यालय खेलकुद संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो।

