कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौँ:  नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।   हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।   ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।    पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् । यो खबर राटोपाटीमा प्रकाशन भएको छ ।

जनकपुरधा:  महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् ।   घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।   दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।   उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो ।   उनका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो । त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइयो ।   महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको डिएसपी गिरीले बताए ।

काठमाडौं:  हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि–२० शृङ्खलामा नेपालले ताञ्जेनियासँग खेल्दैछ।   शृङ्खलाको पहिलो खेल भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।   आजदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन्।    नेपालले कात्तिक ३० मा आयोजक हङकङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्छ।    शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ। उक्त शृङ्खलाका सबै खेल हङ्कङ क्रिकेट क्लबको मैदानमा हुनेछन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइतबार हङकङ गएको हो।    नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित उपकप्तान बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन्।  

काठमाडौँ:  नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ ।    यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।   प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।   दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।   दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।   भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनुभयो ।    यसवर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । 

पोखराको चिप्लेढुंगाबाट अन्दाजी ४ वर्षिय सुजन मगरातीलाई प्रहरीले फेला पारेको छ ।    सुजनलाई भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनका आफन्तलाई सम्पर्क गर्न भन्दै आग्रह गरेको छ ।   पोखराको नयाँबजार घर बताउने सुजन आज दिउँसो साढे १२ बजे फेला परेको कास्की प्रहरीले जनाएको छ । 

कास्की:  जीविकोपार्जनको लागी दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त साझेदारीमा मर्दी हिमाल पदमार्गको हुमालमा पर्यटक सुचना केन्द्रको शिलान्यास गरिएकोे छ ।    केन्द्रकाे शिलान्यास गर्दै पालिका उपाध्यक्ष सिता अधिकारीले पर्यटकको सुरक्षा र सूचना पहुँचमा टेवा पुग्ने विचार व्यक्त राखिन् । परियोजनाको ४५ र पालिकाको ५५ प्र्रतिशत लगानी रहेको केन्द्र निर्माणमा करिब ३० लाख रुपैयाँ खर्च हुने अधिकारीले जनाइन् ।    साथै, पदमार्ग क्षेत्रमा सञ्चालित होटल, लजलाई ऐन नियमको परिधिमा समेटेर व्यवस्थापन गरिने जनाउँदै अधिकारीले यस विषयमा सरोकारवालासँग छलफल गरी अघि बढ्ने उल्लेख गरिन् ।    ‘पदमार्गमा अवस्थित होटल तथा लजहरुलाई सरोकारवालासंगको समन्वयमा कानुनी तवरबाट नै व्यवस्थित गरी करको दायरमा ल्याउने योजनामुताविक कार्य भईरहेको छ’ उपाध्यक्ष अधिकारीले भनिन् ।      पालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्यालले यस सुचना केन्द्र स्थापना पश्चात यस पदमार्गमा आउने स्वादेशी तथा विदेशी पर्यटकहरुको तथ्यांङक संकलन,सुचना प्रवाह, सुरक्षा तथा पर्यटन गुरुयोजना निर्माणमा सहयोग पुग्ने धारणा राखे ।    त्यस्तै, वडा नं ५अध्यक्ष एवम् वन वातावरण तथा विपद व्यावस्थापन समिति संयोजक नारायणप्रसाद पौडेलले सुचना केन्द्रले पर्यटकलाई पर्यावरणीय सन्तुलन अनुकुलका गतिविधी अवलम्वनमा सुझाव दिने,पदमार्गमा रहेका जगंलमा तथा हिमाली क्षेत्रमा  पाईने जनावर आदिबारे सूचना दिने उल्लेख गरे ।      पालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा ८ अध्यक्षराम बहादुर गुरुङले विश्वविख्यात मर्दी हिमाल पदमार्गमा सुचना केन्द्र स्थापनाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बिचार राखे ।    सोही अवसरमा वडाध्यक्ष गुरुङले पालिकाका मुख्य दुई पर्यटकीय खुमै र मर्दी हिमाल पदमार्गमा पर्यटकबाट शूल्क लिइन थालेको जनाए । शूल्कबाट पालिकाले ‘डिजिटल ट्रेक कार्ड’ उपलब्ध गराउने, शौचालय, प्रतीक्षालय, पिउने पानी, फोहोर मैला व्यावस्थापनलगायतमा खर्च गर्ने उनले जानकारी दिए ।    कार्यक्रममा मर्दी हिमाल व्यावसाय तथा व्यवस्थापन समिति उपाध्यक्ष खेम तामाङ र अमृत तामाङले सुचना केन्द्र स्थापना कार्यको प्रशंसा गर्दै भने पर्यटन सेवा शुल्कका विषयमा स्वादेशी पर्यटकको विषयमा कुनै गुनासो नआएको धारणा राखे ।    शिलान्यासमा पालिकाभित्रका वडाध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उदयपुर:   २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–१ बाँस्बोटे बस्ने २५ वर्षीय टबिन्द्र राई रहेका छन् ।   प्रहरीका अनुसार राईविरुद्व तियुवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।   सो उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा:   तनहुँकी २० वर्षीया विनु रानामगरले छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ को उपाधि जितेकी छिन् ।    १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपालको ताज जितिन् ।   उनले उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार रुपैयाँ, अवार्ड प्राप्त गरिन् । उनले मोष्ट डेडिकेटेडको टाइटल अवार्डसमेत प्राप्त गरिन् ।   यस्तै म्याग्दीकी दिवा पाइजामगर फष्ट रनर अप भइन् । उनले फष्ट रनर अपको ताजसँगै मोष्ट पपुलर तथा मोष्ट ट्यालेन्टेडको टाइटल अवार्ड पनि जितिन् ।   उनले नगद पुरस्कार ३० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् । म्याग्दीकै कविता थापामगर सेकेण्ड रनर अप घोषित भइन् । उनले सेकेण्ड रनर अपको ताजसहित बेष्ट वाकको टाइटल अवार्ड हात पारिन् । उनले नगद पुरस्कार २० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् ।   उदयपुरकी दीक्षा थापामगर थर्ड रनर अप भइन् । उनले थर्ड रनर अपको ताजसँगै मोष्ट इन्टेलिजेन्ट तथा बेष्ट पर्सनालिटीको टाइटल अवार्ड आफ्नो पोल्टामा पारिन् । उनले नगद पुरस्कार १० हजार रुपैयाँ र अवार्ड प्राप्त गरेकी छिन् । त्यस्तै, म्याग्दीकी उमा पुनमगरले भ्यूअर्स च्वाइस अवार्ड जित्न सफल भइन् । उनले मोष्ट चार्मिङको टाइटल अवार्ड पनि जितिन् ।   मिस मगर नेपाल २०२३ मा सहभागी प्रतियोगीहरूले अन्य विभिन्न टाइटल अवार्ड समेत जित्न सफल भए । जसमा कर्णाली प्रदेशको सुर्खेतकी बबिता बाकाबलमगरले मोष्ट डिसिप्लिन तथा बेष्ट ट्रेनीको टाइटल अवार्ड जित्न सफल भइन् ।   त्यसैगरी, बागलुङकी एलिना थापामगरले बेष्ट हेयर, म्याग्दीकी चिना पुनमगरले मोष्ट फ्रेन्डली, स्याङ्जाकी सलिना रानामगरले मोष्ट फोटोजेनिक र बागलुङकी खगी थापामगरले मोष्ट कन्फिडेन्टको टाइटल अवार्ड जित्न सफल भए ।   मिस मगर नेपाल–२०२२ की बिजेता मिलन थापामगरले २०२३ की मिस मगर नेपाल बिजेता विनु रानामगरलाई ताज पहिराइदिएकी थिइन् ।     त्यस्तै, मिस मगर नेपाल २०२२ की फष्ट रनर अप भावना खपाङ्गीमगर, थर्ड रनर अप प्रियंका गर्बुजामगर, मिस मगर नेपाल २०१९ बिजेता सनम गर्बुजामगर र कोरियोग्राफर सुस्मिता पुनमगरले अन्य बिजेतालाई ताज लगाइदिइन् ।   ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं नेपाल मगर संघका पूर्व महासचिव, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायकहरूमा प्राध्यापक निर्मल थापामगर, आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका महासचिव एवं नृत्य निर्देशक गोविन्द पुनमगर, गायिका एवं मोडल शान्ति श्रीसमगर र नायिका, मोडल तथा कोरियोग्राफर जेनिता थापामगर रहेकी थिइन् ।   निर्णायक मण्डलको संयोजन मिस मगर नेपालका निर्देशक शिव थापामगरले गरेका थिए ।  

काठमाडौं:    यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।        कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।       गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।      बली, हलि एवम् गोरु पूजा      भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।      वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।