कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ । विसं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो ।    नयाँ कार्यालयमा रहेको आफ्नो कुर्सीमा बस्दै गर्दा सञ्चारकर्मीलाई  प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिनुभएको छ । उहाँले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पूरा भएको बताउनुभयो । उहाँले अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।   उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउनुहुँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढङ्गले जाने सङ्कल्प पनि रहेको महशुस गरेको बताउनु भयो । उहाँले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उहाँले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको जानकारी दिनुभयो ।   यसैगरी, शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताउनु भयो । उहाँले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।   मन्त्री गुरुङले भन्नुभयो, ‘‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको छ । बाँकी नसकिएको भनेको इन्टेरियरको संरचना बनाउनु पर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन की भन्ने देखिन्छ, तर जुन ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने भन्नेकुरा सम्पन्न भएको छ ।’’  

कालिकोटमा दाउरा लिएर आउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार कालिकोट जिल्ला तिला गुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ वर्षिया कमला विक कामीको ढुंगा लागेर घाइते भइ ज्यान गएको हो ।     जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार गाउँबाट केही टाढा दाउरा लिन हिँडिरहेको समयमा माथिबाट ढुंगा आइ टाउकोमा लागेर गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा ज्यान गएको हो ।   प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दका अनुसार कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा कमलाको ज्यान गएको र पोष्ट मार्टम गरी दाहसंस्कारका लागि घर लगिएको जानकारी दिनुभयो । 

पोखरा:   पोखरामा सक्रिय रहेको बिटी क्लबले तिहार पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ ।    खेलकुद, सामाजिक कार्यक्रममा क्रियाशिल बिटी क्लबले सञ्चालनमा गरेको देउसी भैलो तथा सांस्कृतिक साँझबाट ७ लाख रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।    ४ दिनसम्म पोखराको विभिन्न स्थानमा देउसी भैलो सञ्चालन गरेको क्लबले मंसिर ३ गते टुडिखेल मैदान नजिक सांस्कृतिक कार्यक्रममा समेत आयोजना गरेको थियो । क्लबले आयोजना गरेको देउसी भैलोमा ४ लाख ५० हजार र सांस्कृतिक कार्यक्रममा २ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष थापाले बताए ।    सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले कला संस्कृतिको संरक्षणमा क्लब र स्थानीयहरु अग्रसर हुनुपर्नेमा जोड दिए । ‘नेपाली समाज विविधतामा एकता छं, सबैको कला संस्कृतिको सम्मान गर्नुपर्छ’,अध्यक्ष गुरुङले भने, ‘कला, संस्कृति र भेषभुषाको संरक्षण गर्न क्लब र स्थानीयहरु जागरुक हुन आवश्यक छ ।’   खेलकुद र सामाजिक कार्यमा अग्रसर हुँदै आएको बिटी क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । क्लबले पोखरा महानगरपालिका १ टुँडिखेल मैदानमा ४ लाखको लगानीमा बास्केटबल कोर्ट समेत निर्माण गरेको छ ।  क्लबले घाइते खेलाडी र मृगौला पीडितहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।   क्लबले सञ्चालन गर्दै आएको फुटलबल प्रतियोगिताको तयारीमा जुटेको अध्यक्ष थापाले बताए । उनका अनुसार १७ औं बिटीकप एवम् ७ औें विरेन्द्र स्मृति कप फुटबल प्रतियोगिता आगामी माघ २२ गतेदेखि सञ्चालन गर्ने तयारी छ ।   

काठमाडौं:   पछिल्लो समय बैंक तथा बित्तीय संस्थाबाट लिएको रिन तिर्न नसकेर उल्टै विरुद्धमा अभियान चलाउँदै हिँडेका दुर्गा प्रसाइका समर्थकमाथि अघिल्लो रात दुव्र्यवहार भएको छ ।  प्रसाइले आज राजधानीमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’मार्फत शक्ति प्रदर्शन गर्दैछन् । सोही प्रदर्शनमा भाग लिन देशका विभिन्न स्थानबाट आएका समूह राजधानी प्रवेश गरेका छन् ।  सोही समूहअन्तरगत भेला भएका महिलाहरुको एक समूहमाथि रातको समूहमा दूव्र्यवहार भएको हो । महिलाहरुलाई सुतिरहेकाबेला उठाउँदै जबर्जस्ती घर फर्काउने प्रयास भएको हो । प्रसाइ समर्थितलाई मध्यरातमा उठाएको दृश्य बुधबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा आफूलाई नेकपा एमाले समर्थित राष्ट्रिय यूवा संघका कार्यकर्ता भन्ने समूहले जबरजस्ती उठाएर घर फर्काउने प्रयास गरेको देखिन्छ । ‘जहाँबाट आएको हो उतै फर्कनुस्’ मध्यरातमा धम्कीपूर्ण शैलीमा भनिएको छ । उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको आलोचना सुरु भएको छ । सञ्जालमा उक्त घटनाको आलोचना गर्दै कतिपयले यही घटनाका कारण आफूहरूले दुर्गा प्रसाइको कदम ठिक भएको भन्दै कार्यक्रमलाई थप सहयोग गर्ने समेत बताएका छन् ।  ‘लोकतन्त्रमा प्रदर्शन गर्न पाउनु स्वाभाविक हो, तर मध्यरातमा सुतिरहेकालाई कुनै पनि चाहानामा हस्तक्षेप गर्न पाइँदैन,’ सामाजिक सञ्जालमा प्रवीण कार्की लेख्छन्, ‘यसले अन्ततः द्वन्द्वलाई बढावा दिन्छ ।’ ‘म दुर्गा प्रसाइको पक्षमा हैन, छैन पनि, तर यो ज्यादती विरुद्ध उभिनै पर्ने देखियो,’ सामाजिक सञ्जालमा सदिच्छा कार्की लेख्छिन्, ‘उनको कार्यक्रममा सहयोग गर्न तयार छु ।’ सञ्जालमा युवा संघको चौतर्फी विरोध र आलोचना भएपछि संघले भने उक्त हर्कत नगरेको दाबी गरेको छ । उक्त घटनापछि संघका प्रवक्ता निरोज पौडेलले बिहीबार बिहान खण्डन गरेका छन् ।  युवा संघको खण्डन ‘हामी अमानवीय काममा लाग्दैनौ, समाजिक सद्भावको सुशासनको आन्दोलनमा लागेको हो, यस्तो गतिविधिमा निर्देशन दिएको पनि छैन दिँदा पनि दिदैँनौ । हिजो बेलुकी हामीले सांकेतिक विरोधस्वरुप तीनकुनेमा विरोध प्रर्दशन गरेका थियौं, त्यसपछिसाथीहरु आफ्नो स्थानमा जानुभएको छ ।  अहिले प्रहरीले भनेपछि यो घटना थाह पाए, मैले र्यालीमा भेट हुुने वातावरण नहोस भनेको थिए । यस्तो भए रुट डाइभर्ट गरिदिनु भनेको थिए, हामीले हिजो साँझ सांकेतिक विरोध गरेका हौ ।  हाम्रा साथीहरुले यस्तो अमानवीय हर्कत गर्दैनन्, हामी पनि यो घट्नामा छानवीन गरिरहेका छौ, घुसपैठ भएको हुनसक्ने आशंका भएका छन् ।  हामी आफै सिरिसय भएर छानबिन गरिरहेका छौ, महिलामाथि यस्तो हर्कत युवा संघले गर्दैन । प्रहरीले पनि छानबिन गरिरहेको होला, यदि हाम्रा स्थानीय साथीहरुको संलग्नता भेटिए तुरुन्तै प्रहरीलाई बुझाउछौं ।’ – अध्यक्ष, क्षितिज थेबे त्यस्तै, संघका प्रवक्ता निरोज थेबेले पनि खण्डन गर्दै ‘राती ११ बजेसम्म हामी युवा संघको कार्यालयमा रहेका छौ, हाम्रो नाममा यस्तो कसैले ग¥यो कि भन्ने आशंका छ, हामीलाई बद्नाम गर्न यसो गरियो, बास बसेको चरीलाई त कसैले केही गर्नु हुँदैन भन्ने मान्यता रहेको छ, हामीसँग पनि मानवता छ, मानवता विरुद्ध कोही कसैले यस्तो गरेको हुनुपर्छ ।’ 

सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् ।   मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् ।   उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएकाले सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने बताए ।    सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।   बुधबार बिहान राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितका समस्या समाधान गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए।   राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भूकम्पपीडितका समस्या समाधान गर्न राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको पोखरेलले बताए।

पोखरा:   पोखराको नागढुङ्गा स्थित एक होटलमा महिला मृत फेला परेकी छिन् ।    नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा विगत २ वर्षदेखि काम गर्दै आएकी ३८ वर्षीय सुुकु विक युनिक होटलमा अचेत अवस्थामा गएराति फेला परेकी थिइन् ।    युनिक होटलमा अचेत अवस्थामा फेला परेकी सुुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।        उनका अनुसार घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको छ ।     ‘हामीले हरेक कोणबाट अनुसन्धान थालेका छौ, होटलमा सिसिटिभी पनि जडान नरहेछ, सुनगाभा न्यूजसँग एसपी थापाले भने,  ‘घटना संकास्पद भएकाले, ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएका छौं ।’   कास्की प्रहरीका अनुसार तनहुँको भिमाद नगरपालिका घर भई विगत २ वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।   मृत सुकुले नै बुक गरेका थिए युवकको नाममा कोठा   मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको एसपी थापाले बतााए ।   उनले होटलसञ्चालकको बयानलाई उदृत गर्दै भने, ‘ति महिला नै केटाको नाम, नम्बर नै टिपाको कुरा होटलवालाको भनाई छ । भित्र जुस र रेडबुल खाको अवस्था छ, एसपी थापाले भने, ‘संकास्पद नै छ । त्यसैले अनुसन्धान भइरहेको छ । अझ पोष्टमार्टम रिपोर्टपछि पुष्टि हुन्छ ।’   उनले युवकसँग होटलमा गएको बारे अझै पुष्टि नभएको बताए ।   ‘अनुसन्धान भइराछ । युवक को थियो उसको संलग्नता थियो थिएन भन्नेबारे खोजी हुदैछ । यदी युवक नभएको भए होटलवालाको काम हो, उनले भने, ‘सिसिटिभी पनि छैन । परिचयपत्र पनि राखिएको छैन । होटलले सुरक्षाको विधी अपनाएको देखिएन । त्यसैले हामीले सबै कोणबाट अनुसन्धान गर्दैछौं ।’   मृतक सुकुको शव पोष्टमार्टका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको कास्की प्रहरीले जनाएको छ ।    

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि सुरू हुने भएको छ।   जडिबुटीस्थित एक ब्याङ्क्वेटमा बस्ने केन्द्रीय समिति बैठकमा नेकपा माओवादीसँग पार्टी एकताका लागि संवाद समिति गठन, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी विधानका केही विषय लगायतमा छलफल गर्ने एजेन्डा रहेको नेसपा केन्द्रीय कार्यालयले जनाएको छ।   नेसपाले मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक गरी एजेन्डा तय गरेको थियो। नेकपा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेका छन्। गत मंसिर ४ गते माओवादी र नेसपाबीच पार्टी एकता संयोजन समिति गठन गर्ने, दुवै पार्टीले उठाएका वैचारिक र नीतिगत विषयमा सहमति गरी अघि बढ्नेजस्ता सहमति भएको थियो।