चितवन: चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका-२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बाघ मृत फेलापरेको हो । अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ । सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ छन् ।
’पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकको गुनासो र सुझाव संकलन गर्न क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको छ । कास्की प्रहरीले गएको शुक्रबारबाट नागरिकहरुले आफ्ना सुझाव तथा गुनासो राख्न पाउने गरी क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले क्युआर कोड स्क्यान नागरिक केन्द्रित रहेको जानकारी दिए । ‘कास्की प्रहरीले सञ्चालनमा ल्याएको क्यूआर कोड स्क्यान नागरिक केन्द्रित छ’, डिएसपी विकले भने, ‘प्रहरीको काम कारवाहीमा चिक्त नबुझेको खण्डमा नागरिकले क्यूआर कोड मार्फत गुनासो तथा सुझाव दिन सक्नेछन् ।’ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो तथा सुझाव संकलनका लागि यो सिस्टम ल्याएको जनाएको छ । जनताले आफ्ना सुझाव तथा गुनासो सोझै प्रहरी कार्यालयहरूमा खुला रूपमा राख्न नसक्ने भएकाले क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न यो सिस्टम ल्याएको डिएसपी विकले जानकारी दिए ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । २७ चैतमा मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए । ती रिटमाथिको सुनुवाइ सोमबारका लागि तोकिएको थियो ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गर्नुभएको छ । नेपाल संवाद पहल र युनेस्कोसमेत ३४ वटा सङ्घसंस्थाद्वारा आज ललितपुरमा आयोजित ‘नेपाल संवाद महासम्मेल २०२३’ शुभारम्भ गर्दै उहाँले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा, अरुमाथि प्रभुत्व कायम गर्न खोज्दा, स्रोत कब्जा गरेर न्यायोचित वितरण नगर्दा र पर्यावरणको विनाशबाट द्वन्द्व सिर्जना हुने उल्लेख गर्नुभयो । “आजको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ, प्रकृति र संस्कृतिको विनाश गरेर विकास हुन सक्दैन । विनाश र विकृतिले द्वन्द्व सिर्जना गर्छ, प्रकृतिमाथिको दोहन र चरम लापरबाहीले पनि द्वन्द्व सिर्जना गर्छ, तसर्थ द्वन्द्वको अवस्था आउन नदिन संवादद्वारा शान्ति निर्माण गर्ने अभियानमा हामी अगाडि जान सक्छौँ”, मन्त्री किरातीले भन्नुभयो । पूर्वदेखि पश्चिमसम्म हाम्रा बहुधार्मिक तिर्थस्थल छन् भन्दै उहाँले हाम्रो वैद्धिक परम्परा र भौगोलिक बनावट पनि द्वन्द्व सिर्जना गर्ने खालको नभएको उहाँले बताउनुभयो । समाजलाई विज्ञानको सापेक्षताअनुसार विकास गर्न नसक्नु नै हामीले दुःख पाउनु हो भन्ने धारणा व्यक्त गर्दै मन्त्री किरातीले संवादका माध्यमबाट शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग, समन्वय तथा सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । विसं २०६२/२०६३ मा भएको एतिहासिक परिवर्तनको प्रसङ्ग निकाल्दै मन्त्री किरातीले संवादका माध्यमबाट १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रियामा पुगिएको र जनतासँग संवाद गर्दै संविधानसभाका माध्यमबाट संविधान निर्माण गरिएको चर्चा गर्नुभयो । उहाँले अहिले नेपालमा सामाजिक सञ्जालबाट हिंसा भड्काउने माध्यम बन्न थालेको छ भन्दै सामाजिक सद्भाव बिग्रिन लागेकाले केही समयका लागि टिकटक बन्द गरिएको बताउनुभयो । मन्त्री किरातीले भन्नुभयो, “टिकटक बन्द हुँदा केहीका सिर्जनात्मक कुरा म¥र्यो भन्ने कुरा छ, त्यो स्वीकार्छु, त्यसका लागि क्षमा चाहन्छु, तर त्योभन्दा एक हातमा माल र अर्को हातमा भाला लिएर सामाजिक सञ्जालमा अराजकता र गलत सन्देश फैलाउने काम भएको र यसबाट सामाजिक सद्भाव बिग्रिन लागेकाले टिकटक बन्द गरिएकोे हो ।” सो अवसरमा फिलिपिन्सकी प्राध्यापक मिरियम कोरोनेल फेररेर र युनेस्कोका देशीय प्रतिनिधि माइकल क्रोफ्टलगायतले आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो । नेपाल संवाद पहलका संयोजक राम तिवारीले सन् २०१८ देखि क्रियाशील भई हरेक वर्ष हुँदै आएको नेपाल संवाद महासम्मेल असमझदारीलाई संवादका माध्यमबाट सहजीकरण गरेर दिगो शान्ति काम गर्नेतिर केन्द्रीय भएको बताउनुभयो । आजदेखि सुरु भएको महासम्मेलन तीन दिनसम्म चल्नेछ ।
रूकुम पश्चिममा २२ यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए। जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्याइएको छ। जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ। चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिम: रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए । उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए । आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिनुभयो ।नोचामा रहेको छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो । महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा त्यही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हबलदार सुबोधकुमार यादव घाइते हुनुभएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । बायाँ खुट्टा भाँचिएका हबलदार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बाग्मती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
बझाङ: बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
काठमाडौं: स्याङ्जाको चापाकोट नगरपालिका ७ साखर घर भएका प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिएका छन् । धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा ढकाल मृत फेला परेका हुन् । प्रकाश गायन तथा कलाकारितकाे क्षेत्रमा सक्रिय थिए ।

