कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:   मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा मंसिर ७ गतेदेखि सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।  मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले पोखरामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको बताए । ‘एकेडेमीको आयोजनामा पोखरामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष आचार्यले भने, ‘प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम तय भएको छ ।’ पोखरा रंगशालामा मंसिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिता सम्पन्न गर्न करिव ७७ लाख खर्च लाग्ने अनुुमान गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष आचार्यले बताए ।  उनले एकेडेमीले हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकाले क्रिकेट प्रतियोगिताले कतिकति वर्षमा सञ्चालन गर्ने यो प्रतियोगिता सम्पन्न भएपछि छलफल गर्ने बताएका छन् । 

ललितपुरको नागदहमा एक पुरूषको शव फेला फेला परेको छ।   मंगलबार बिहान ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदह पोखरीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताए।   हरिसिद्धीका २७ वर्षीय निरज खड्गीको शव फेला परेको प्रहरीले जनाएको छ। खड्गी मंसिर १ गते‍देखि सम्पर्कबिहीन थिए।    नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो। शव पोष्टमर्टम गर्न पाटन अस्पताल लगिएको छ।   

काठमाडौंबाट नक्कली नोटसहित दुई जना महिला पक्राउ परेका छन्। सोमबार राति प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो।    पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे छन्।   सिर्जनाबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो।  

नवलपुर:  नवलपुरको कावासोती नगरपालिका – १६ पूर्व–पश्चिम राजमार्गमा आज बिहान ट्रक र कार एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।   जिल्लाको कावासोती नगरपालिका –१६, पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँका हुन् ।   दुर्घटनामा कार चालक रुपन्देही शिद्धार्थ नगरपालिका –८, का ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।   दुर्घटनामा परि घाइते श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।   उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही चन्द्रनगर गाउँपालिका –८ ,बस्ने २८ वर्षीय सरोज कुमार शाह र २१ वर्षीय सरस्वती शाह घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

काठमाडौं:   हिमालय रोडिज सिजन–५ को उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने भएका छन् । सोमबार प्रसारण भएको सेमिफाइनल प्रतिस्पर्धाबाट सन्देश राई र एसु खड्का बाहिरिए । रोचक कुरा के छ भने, दुबै फाइनलिस्टले टीम ग्रीन अर्थात आशिष राना ‘लाउरे’को ग्याङको प्रतिनिधित्व गर्छन् । एउटै ग्याङका दुई सदस्य फाइनलमा भिड्न लागेको यो हिमालय रोडिजमा पहिलोपटक हो । अनुपविक्रम शाही र दीया मास्केको ग्याङबाट एक÷एकजना सदस्य सेमिफाइनलमा भिडेका थिए । तर, प्रियंका कार्कीको ग्याङबाट कुनै एक पनि सेमिफाइनलमा पुग्न सकेनन् । सेमिफाइनल प्रतिस्पर्धामा चारै प्रतिस्पर्धीले कठिन टास्क पुरा गरेका थिए । होस्ट सुरजसिंह ठकुरीले फाइनलिस्टको नाम घोषणा गर्दा टीम ग्रीनको उत्साह थामिएन । अब सन्जिप र विश्वले आउने सोमबार बेलुका ८ बजे प्रसारण हुने सिजन पाँचको फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । साउन १५ गतेदेखि सुरु भएको पाँचौ सिजनमा २० प्रतिस्पर्धी सहभागि थिए ।

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटक बन्द गरिएकोप्रति भनाई राख्ने क्रममा पैसा हुन्छ भन्दैमा वेश्यालय खोल्न नसकिने बताएकी छिन् ।  मिडियासँगको भिडिओ सम्वादमा मन्त्री शर्माले टिकटकमा अश्लीलता प्रदर्शन भएको, केटा–केटी खोज्ने काम भइरहेको बताउँदै ‘पैसा हुन्छ भन्दैमा वेश्यालय खोल्न नसकिने’ र सामाजिक सद्भाव जोगाउन पनि बन्द गर्नुपरेको उल्लेख गरेकी छिन् ।  ‘जोडी खोजिदिने विवाह डटकमजस्ता अनलाइन छन्, तर कस्तो चाहियो ? कहाँ मिलाइदिउँ ? जस्ता कुरा भएका छन्’ शर्माले भनेकी छिन् ‘पूर्वीय सभ्यतामा निर्माण भएको हाम्रो समाजको सद्भाव बिथोल्न खोजेको पाइएको छ ।’ पारिवारिक संरचनाको सुरक्षा गर्ने पनि सरकारकै जिम्मा भएको बताउँदै उनले साइबर ब्यूरोमा टिकटकसम्बन्धित उजुरी बढ्दै गएको पाइएपछि सरकार सोच्न बाध्य भएको उल्लेख गरिन् । ‘टिकटक बन्द गर्दा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन भयो ?’ भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विचार अभिव्यक्त गर्ने अरु पनि सामाजिक सञ्जाल रहेको र टिकटकले फाइदाभन्दा बेफाइदा बढी गरेको जनाइन् ।  ‘राती १० बजेपछि टिकटक हेर्न सकिदैन, कुनै पनि वस्तु निर्माण हुँदा फाइदा÷बेफाइदा दुबै हुन्छ । तर टिकटकले बेफाइदा बढी ग¥यो’ शर्माले भनेकी छिन् ।  टिकटक सरकारले अनायासै फ्याट्ट निर्णय गरेर बन्द गरेजस्तो देखिए पनि त्यसो नभएको भन्दै उनले चार–पाँच महिनादेखि मन्त्री र गठबन्धनस्तरमा छलफल भइरहेको बताइन् । टिकटक किन बन्द गरियो ? भन्दा पनि बन्द गरेपछि ठिक वा बेठिक के भयो भन्नेमा बहस गर्नु उचित हुने शर्माको धारणा छ ।  ‘अब टिकटक कहिले खुल्छ ?’ भन्ने प्रश्नमा मन्त्री शर्माले सबै स्वनियममा जाने स्थिति बन्ने र हाम्रो संस्कृतिअनुसार चल्ने अवस्थामा खोल्दा आपत्ति नहुने बताइन् ।  ‘तर अहिले जसरी समाजमा विग्रह पैदा भइराख्यो, रातभर बालबालिका कुलतमा परेर भोलीका कर्णधार बिग्रने अवस्थामा पुग्नु ठिक भएन’ शर्माले भनिन् ‘उनीहरुलाई एडिक्सनबाट बचाउन पनि यो निर्णय भएको हो ।’ मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयानुसार टिकटकमा प्रतिबन्त्र लगाइएको हो । सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा हालसम्म ११ वटा रिट परिसकेको छ । 

काठमाडौं:    हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताउनुभएको छ । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ । “हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ”, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भन्नुभयो । गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले राखेका करिब दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् । गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजरायली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजरायली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ । बाँकीको सटीक ठेगाना थाहा छैन । यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजरायलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेको गाजामा बन्धकहरू रहेको मानिएको छ । हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार दुई सय मानिसलाई मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमासका अनुसार इजरायली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् र तिनीहरूमा हजारौँ बालबालिका छन् । नाम नछाप्ने शर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको शर्तमा सहमत भएको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टिनी लडाकू समूह हो जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो । अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजराइली हवाई सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टिनी लडाकू समूहले पक्रिएका ५० देखि एक सय मानिसलाई रिहा गरिनेछ । तीमध्ये इजरायली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिनेछैन । प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब तीन सय प्यालेस्टिनीलाई पनि इजरायली जेलहरूबाट रिहा गरिनेछ । सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई रिहा गर्ने सम्झौता नजिक पुगेको आफूलाई लागेको बताउनुभएको थियो । उहाँका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ । कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ भने इजरायलको पनि कतारसँग पर्दापछाडि कूटनीतिक सम्बन्ध छ । त्यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार आफ्ना अध्यक्षले इजरायल र गाजामा सशस्त्र सङ्घर्षसँग सम्बन्धित मानवीय मुद्दाहरूलाई अगाडि बढाउनका लागि हमासका नेता हानियेहसँग भेट्न कतारको भ्रमण गरेको बताएको छ ।  रासस/एएफपी

बर्दियामा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गेरुवा गाउँपालिका-६ का ४० बर्षीय प्रकाश खवास छन्।   जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार नारायण ओलीका अनुसार खवासले कार्तिक २८ गते दश बजे राति नाबालिगलाई आफ्नै गोठमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।   पीडितले आफुमाथि भएको बलात्कार बारे सोमबार दिएको जानकारीका आधारमा आरोपित खवासलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको ओलीले जानकारी दिए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको कानको शल्यक्रिया भएको छ।   त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार दिउँसो कानको शल्यक्रिया गरिएको स्वकीय सचिव युवराज राईले जानकारी दिए। उनका अनुसार मन्त्री राईको कानमा समस्या देखिएको थियो। उनी आइतबार अस्पतालमा भएका थिए।     ‘हिजो उहाँको कानमा कोक्लियर इम्प्लान्ट हालिएको छ। आज पोस्ट अपरेशन वार्डमा राखिएको छ। सम्भवतस् आज अपरेशन वार्डमा सारिन्छ,’ राईले भने।