कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:   नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवा खलः कास्कीलाई पुरस्कृत र सम्मान गरिने भएको छ ।    नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशक भन्दा लामो समय देखि काम गर्दै आएको झि पुच: (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज पोखरामा नेवा खल कास्कीका कार्यसमिति र सल्लाहाकार तथा सदस्यहरु माझ जानकारी दिएको हो ।   यो पुरस्कार आगामी फागुन पहिलो साता कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आथित्यमा भव्य समारोह आयोजना गरि प्रदान गरिने पुचः का अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए  । सो दिन नेवा खलः कास्कि लाई पुरस्कारसहित सुशोभन, सम्मान र सांस्कृतिक स्मारिका समेत विमोचन गरिने झी पुच:ले जनाएको छ ।   नेवा खल: कास्कीका अध्यक्ष अशोाक पालिखेले यो सम्मानले नेवा समुदायमा अझ धेरै भाईचारा बढ्ने बताए । उनले संस्कृति संरक्षण र प्रवर्दनमा यसले ठुलो सहयोग पुग्ने बताए ।   सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना वि.सं. २०७६ (नेपाल संवत् ११४०)मा झी पुच का संरक्षक एवं समाजसेवी विराटनगर १० का सुर्दशन बहादुर श्रेष्ठ तथा उनका परिवारले स्थापना गरेका थिए । यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन एवं जर्गेना गर्ने संस्था वा व्यक्तिलाई झी पुचः मार्फत प्रत्येक २/२ वर्षमा कदर स्वरुप प्रदान गरिन्छ ।   उतिवेला श्रेष्ठ तथा उनका परिवारले सुर्दशन कपिला सिरपा द्वारा सम्मान र २ लाख नगद पुरस्कार दिनका लागी २० लाखको अक्षय कोष खडा गर्ने उद्घोष गरेअनुसार झी पुच: विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई झी पुच:ले विशेष समिति मार्फत काम गर्दै आएको छ ।    बिनियमावली अनुसार प्रत्येक १० वर्ष पछि सिरपा थ्रली रकममा ५० हजारका दरले थप गरी एकमुष्ठ बृद्धी रकम सहित सुर्दशन कपिला सिरपाबाट सम्मान एवम पुरस्कृत गर्ने कार्ययोजना रहेको झी पुच:ले जनाएको छ ।    यो पुरस्कारबाट पहिलोपटक वि.सं. २०७६ फागुन २ गते संस्कृतिविद सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । त्यसपछि वि.सं. २०७८ मा सिक्कीम नेवा गुठीलाई सुर्दशन कपिला सिरपाबाट सम्मान गरिएको थियो ।    झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ  विराटनगरको स्थापना ४४ वर्ष अगाडी वि.सं. २०३८  (नेपाल सम्बत ११०१) सालमा भएको थियो ।    आफनै सामुदायिक भवन, सचिवालय, संग्राहलय, राष्ट्रिय विभूति संखधर साख्वा स्मारक रहेको झि पुच:ले प्रत्येक वर्ष नेपाल सम्बतको नयाँ वर्ष, बेल विवहा (इंहि), व्रतबन्ध (कयता पुजा), गाई जात्रा (सपारु) जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजन गर्दै आएको छ ।

पोखरा:   पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय  टि–२०  क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।   यहि मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो ।   एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् ।   प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ ।   त्यसैगरी यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिएका छन् ।   एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढि यूवा खेलाडीहरुबाट छनौट गरि दुई टिम बनाएको हो ।     खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।   मंसिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए ।   उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए ।   प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।   यसैगरी हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिने छ ।   मदन भण्डारी स्पोर्टस एकेडेकी कास्कीको व्यवस्थापनमा आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।  

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।   डुमे दमका दीर्घरोगी पनि थिए। त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।   मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए। त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।   बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।

सर्लाही:  हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।    कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सियोल:  दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।   योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा स्थानीय समयानुसार शनिबार बिहान ८ः१० बजे आगलागी भएको थियो ।   बिरामीहरूसहित लगभग ९० उद्धारकर्तामध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ । सामान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।   घटनाको कारणबारे अनुसन्धान गरिँदै छ । 

काठमाडौँ:  गायिका तथा एमाले नेतृ  कोमल ओलीलाई मातृशोक परेको छ ।  उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।    उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।   हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।   १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।   दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । 

गोरखा:  जिल्ला प्रहरी कार्यालय गोरखाले मोटर चोरी आरोपमा १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा लमजुङका दुधपोखरी गाउँपालिका ५ का ४० वर्षीय पृथ बहादुर घर्ती रहेका छन् ।   उनले गत असोज २० गते राती करिब १० बजे  गोरखाको सिरानचोक गाउँपालकिा १ केराबारी स्थित चम्पावती हाईड्रोपावरले सञ्चालन गरेको क्रसरमा जडान भएको २ थान मोटर चोरी गरेको गोरखा प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार चोरी गरेपछि उनले सिरानचोककै खाली धन्सारमा लुकाई राखेको अवस्थामा बरामद गरेको थियो ।    पक्राउ परेका उनलाई  चोरी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री एनपी साउदसँग आग्रह गरेका छन्।   काठमाडौं:  मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन्।   ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो।’   भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापन पत्र पठाएका थिए।   भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए। ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने।   सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।   सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।   विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।