नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपा नेवा: खल: कास्कीलाई प्रदान गरिने

पाेखरा | मंसिर ३, २०८०

नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपा नेवा: खल: कास्कीलाई प्रदान गरिने

पोखरा:   नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवा खलः कास्कीलाई पुरस्कृत र सम्मान गरिने भएको छ । 

 

नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशक भन्दा लामो समय देखि काम गर्दै आएको झि पुच: (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज पोखरामा नेवा खल कास्कीका कार्यसमिति र सल्लाहाकार तथा सदस्यहरु माझ जानकारी दिएको हो ।

 

यो पुरस्कार आगामी फागुन पहिलो साता कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आथित्यमा भव्य समारोह आयोजना गरि प्रदान गरिने पुचः का अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए  । सो दिन नेवा खलः कास्कि लाई पुरस्कारसहित सुशोभन, सम्मान र सांस्कृतिक स्मारिका समेत विमोचन गरिने झी पुच:ले जनाएको छ ।
 

नेवा खल: कास्कीका अध्यक्ष अशोाक पालिखेले यो सम्मानले नेवा समुदायमा अझ धेरै भाईचारा बढ्ने बताए । उनले संस्कृति संरक्षण र प्रवर्दनमा यसले ठुलो सहयोग पुग्ने बताए ।

 

सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना वि.सं. २०७६ (नेपाल संवत् ११४०)मा झी पुच का संरक्षक एवं समाजसेवी विराटनगर १० का सुर्दशन बहादुर श्रेष्ठ तथा उनका परिवारले स्थापना गरेका थिए । यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन एवं जर्गेना गर्ने संस्था वा व्यक्तिलाई झी पुचः मार्फत प्रत्येक २/२ वर्षमा कदर स्वरुप प्रदान गरिन्छ ।
 

उतिवेला श्रेष्ठ तथा उनका परिवारले सुर्दशन कपिला सिरपा द्वारा सम्मान र २ लाख नगद पुरस्कार दिनका लागी २० लाखको अक्षय कोष खडा गर्ने उद्घोष गरेअनुसार झी पुच: विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई झी पुच:ले विशेष समिति मार्फत काम गर्दै आएको छ । 

 

बिनियमावली अनुसार प्रत्येक १० वर्ष पछि सिरपा थ्रली रकममा ५० हजारका दरले थप गरी एकमुष्ठ बृद्धी रकम सहित सुर्दशन कपिला सिरपाबाट सम्मान एवम पुरस्कृत गर्ने कार्ययोजना रहेको झी पुच:ले जनाएको छ । 

 

यो पुरस्कारबाट पहिलोपटक वि.सं. २०७६ फागुन २ गते संस्कृतिविद सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । त्यसपछि वि.सं. २०७८ मा सिक्कीम नेवा गुठीलाई सुर्दशन कपिला सिरपाबाट सम्मान गरिएको थियो ।   
झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ  विराटनगरको स्थापना ४४ वर्ष अगाडी वि.सं. २०३८  (नेपाल सम्बत ११०१) सालमा भएको थियो । 
 

आफनै सामुदायिक भवन, सचिवालय, संग्राहलय, राष्ट्रिय विभूति संखधर साख्वा स्मारक रहेको झि पुच:ले प्रत्येक वर्ष नेपाल सम्बतको नयाँ वर्ष, बेल विवहा (इंहि), व्रतबन्ध (कयता पुजा), गाई जात्रा (सपारु) जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजन गर्दै आएको छ ।

पोखरा:   वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ । पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।    नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको...

थप पढ्नुहोस्

काठमाडौं:    क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।   यसअघि जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस २५ गते ...

थप पढ्नुहोस्