प्रसाइका समर्थकमाथि मध्यरातमा दूव्र्यवहार, युवा संघको खण्डन
काठमाडाैं | मंसिर ६, २०८०
काठमाडौं: पछिल्लो समय बैंक तथा बित्तीय संस्थाबाट लिएको रिन तिर्न नसकेर उल्टै विरुद्धमा अभियान चलाउँदै हिँडेका दुर्गा प्रसाइका समर्थकमाथि अघिल्लो रात दुव्र्यवहार भएको छ ।
प्रसाइले आज राजधानीमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’मार्फत शक्ति प्रदर्शन गर्दैछन् । सोही प्रदर्शनमा भाग लिन देशका विभिन्न स्थानबाट आएका समूह राजधानी प्रवेश गरेका छन् ।
सोही समूहअन्तरगत भेला भएका महिलाहरुको एक समूहमाथि रातको समूहमा दूव्र्यवहार भएको हो । महिलाहरुलाई सुतिरहेकाबेला उठाउँदै जबर्जस्ती घर फर्काउने प्रयास भएको हो । प्रसाइ समर्थितलाई मध्यरातमा उठाएको दृश्य बुधबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उक्त भिडियोमा आफूलाई नेकपा एमाले समर्थित राष्ट्रिय यूवा संघका कार्यकर्ता भन्ने समूहले जबरजस्ती उठाएर घर फर्काउने प्रयास गरेको देखिन्छ । ‘जहाँबाट आएको हो उतै फर्कनुस्’ मध्यरातमा धम्कीपूर्ण शैलीमा भनिएको छ । उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको आलोचना सुरु भएको छ ।
सञ्जालमा उक्त घटनाको आलोचना गर्दै कतिपयले यही घटनाका कारण आफूहरूले दुर्गा प्रसाइको कदम ठिक भएको भन्दै कार्यक्रमलाई थप सहयोग गर्ने समेत बताएका छन् ।
‘लोकतन्त्रमा प्रदर्शन गर्न पाउनु स्वाभाविक हो, तर मध्यरातमा सुतिरहेकालाई कुनै पनि चाहानामा हस्तक्षेप गर्न पाइँदैन,’ सामाजिक सञ्जालमा प्रवीण कार्की लेख्छन्, ‘यसले अन्ततः द्वन्द्वलाई बढावा दिन्छ ।’
‘म दुर्गा प्रसाइको पक्षमा हैन, छैन पनि, तर यो ज्यादती विरुद्ध उभिनै पर्ने देखियो,’ सामाजिक सञ्जालमा सदिच्छा कार्की लेख्छिन्, ‘उनको कार्यक्रममा सहयोग गर्न तयार छु ।’
सञ्जालमा युवा संघको चौतर्फी विरोध र आलोचना भएपछि संघले भने उक्त हर्कत नगरेको दाबी गरेको छ । उक्त घटनापछि संघका प्रवक्ता निरोज पौडेलले बिहीबार बिहान खण्डन गरेका छन् ।
युवा संघको खण्डन
‘हामी अमानवीय काममा लाग्दैनौ, समाजिक सद्भावको सुशासनको आन्दोलनमा लागेको हो, यस्तो गतिविधिमा निर्देशन दिएको पनि छैन दिँदा पनि दिदैँनौ । हिजो बेलुकी हामीले सांकेतिक विरोधस्वरुप तीनकुनेमा विरोध प्रर्दशन गरेका थियौं, त्यसपछिसाथीहरु आफ्नो स्थानमा जानुभएको छ ।
अहिले प्रहरीले भनेपछि यो घटना थाह पाए, मैले र्यालीमा भेट हुुने वातावरण नहोस भनेको थिए । यस्तो भए रुट डाइभर्ट गरिदिनु भनेको थिए, हामीले हिजो साँझ सांकेतिक विरोध गरेका हौ ।
हाम्रा साथीहरुले यस्तो अमानवीय हर्कत गर्दैनन्, हामी पनि यो घट्नामा छानवीन गरिरहेका छौ, घुसपैठ भएको हुनसक्ने आशंका भएका छन् ।
हामी आफै सिरिसय भएर छानबिन गरिरहेका छौ, महिलामाथि यस्तो हर्कत युवा संघले गर्दैन । प्रहरीले पनि छानबिन गरिरहेको होला, यदि हाम्रा स्थानीय साथीहरुको संलग्नता भेटिए तुरुन्तै प्रहरीलाई बुझाउछौं ।’ – अध्यक्ष, क्षितिज थेबे
त्यस्तै, संघका प्रवक्ता निरोज थेबेले पनि खण्डन गर्दै ‘राती ११ बजेसम्म हामी युवा संघको कार्यालयमा रहेका छौ, हाम्रो नाममा यस्तो कसैले ग¥यो कि भन्ने आशंका छ, हामीलाई बद्नाम गर्न यसो गरियो, बास बसेको चरीलाई त कसैले केही गर्नु हुँदैन भन्ने मान्यता रहेको छ, हामीसँग पनि मानवता छ, मानवता विरुद्ध कोही कसैले यस्तो गरेको हुनुपर्छ ।’
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

