बिटी क्लबको देउसी भैलोबाट ७ लाख संकलन

खेलकुद र सामाजिक कार्यमा खर्च गर्ने

पाेखरा | मंसिर ६, २०८०

बिटी क्लबको देउसी भैलोबाट ७ लाख संकलन

पोखरा:   पोखरामा सक्रिय रहेको बिटी क्लबले तिहार पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ । 

 

खेलकुद, सामाजिक कार्यक्रममा क्रियाशिल बिटी क्लबले सञ्चालनमा गरेको देउसी भैलो तथा सांस्कृतिक साँझबाट ७ लाख रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । 

 

४ दिनसम्म पोखराको विभिन्न स्थानमा देउसी भैलो सञ्चालन गरेको क्लबले मंसिर ३ गते टुडिखेल मैदान नजिक सांस्कृतिक कार्यक्रममा समेत आयोजना गरेको थियो । क्लबले आयोजना गरेको देउसी भैलोमा ४ लाख ५० हजार र सांस्कृतिक कार्यक्रममा २ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष थापाले बताए । 

 


सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले कला संस्कृतिको संरक्षणमा क्लब र स्थानीयहरु अग्रसर हुनुपर्नेमा जोड दिए । ‘नेपाली समाज विविधतामा एकता छं, सबैको कला संस्कृतिको सम्मान गर्नुपर्छ’,अध्यक्ष गुरुङले भने, ‘कला, संस्कृति र भेषभुषाको संरक्षण गर्न क्लब र स्थानीयहरु जागरुक हुन आवश्यक छ ।’

 


खेलकुद र सामाजिक कार्यमा अग्रसर हुँदै आएको बिटी क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । क्लबले पोखरा महानगरपालिका १ टुँडिखेल मैदानमा ४ लाखको लगानीमा बास्केटबल कोर्ट समेत निर्माण गरेको छ । 
क्लबले घाइते खेलाडी र मृगौला पीडितहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।

 

क्लबले सञ्चालन गर्दै आएको फुटलबल प्रतियोगिताको तयारीमा जुटेको अध्यक्ष थापाले बताए । उनका अनुसार १७ औं बिटीकप एवम् ७ औें विरेन्द्र स्मृति कप फुटबल प्रतियोगिता आगामी माघ २२ गतेदेखि सञ्चालन गर्ने तयारी छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्