मर्दी पदमार्गमा सूचना केन्द्र बन्दै, होटललाई करको दायरामा ल्याइने
कास्की | कात्तिक २८, २०८०
कास्की: जीविकोपार्जनको लागी दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त साझेदारीमा मर्दी हिमाल पदमार्गको हुमालमा पर्यटक सुचना केन्द्रको शिलान्यास गरिएकोे छ ।
केन्द्रकाे शिलान्यास गर्दै पालिका उपाध्यक्ष सिता अधिकारीले पर्यटकको सुरक्षा र सूचना पहुँचमा टेवा पुग्ने विचार व्यक्त राखिन् । परियोजनाको ४५ र पालिकाको ५५ प्र्रतिशत लगानी रहेको केन्द्र निर्माणमा करिब ३० लाख रुपैयाँ खर्च हुने अधिकारीले जनाइन् ।
साथै, पदमार्ग क्षेत्रमा सञ्चालित होटल, लजलाई ऐन नियमको परिधिमा समेटेर व्यवस्थापन गरिने जनाउँदै अधिकारीले यस विषयमा सरोकारवालासँग छलफल गरी अघि बढ्ने उल्लेख गरिन् ।
‘पदमार्गमा अवस्थित होटल तथा लजहरुलाई सरोकारवालासंगको समन्वयमा कानुनी तवरबाट नै व्यवस्थित गरी करको दायरमा ल्याउने योजनामुताविक कार्य भईरहेको छ’ उपाध्यक्ष अधिकारीले भनिन् ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्यालले यस सुचना केन्द्र स्थापना पश्चात यस पदमार्गमा आउने स्वादेशी तथा विदेशी पर्यटकहरुको तथ्यांङक संकलन,सुचना प्रवाह, सुरक्षा तथा पर्यटन गुरुयोजना निर्माणमा सहयोग पुग्ने धारणा राखे ।
त्यस्तै, वडा नं ५अध्यक्ष एवम् वन वातावरण तथा विपद व्यावस्थापन समिति संयोजक नारायणप्रसाद पौडेलले सुचना केन्द्रले पर्यटकलाई पर्यावरणीय सन्तुलन अनुकुलका गतिविधी अवलम्वनमा सुझाव दिने,पदमार्गमा रहेका जगंलमा तथा हिमाली क्षेत्रमा पाईने जनावर आदिबारे सूचना दिने उल्लेख गरे ।
पालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा ८ अध्यक्षराम बहादुर गुरुङले विश्वविख्यात मर्दी हिमाल पदमार्गमा सुचना केन्द्र स्थापनाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बिचार राखे ।
सोही अवसरमा वडाध्यक्ष गुरुङले पालिकाका मुख्य दुई पर्यटकीय खुमै र मर्दी हिमाल पदमार्गमा पर्यटकबाट शूल्क लिइन थालेको जनाए । शूल्कबाट पालिकाले ‘डिजिटल ट्रेक कार्ड’ उपलब्ध गराउने, शौचालय, प्रतीक्षालय, पिउने पानी, फोहोर मैला व्यावस्थापनलगायतमा खर्च गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा मर्दी हिमाल व्यावसाय तथा व्यवस्थापन समिति उपाध्यक्ष खेम तामाङ र अमृत तामाङले सुचना केन्द्र स्थापना कार्यको प्रशंसा गर्दै भने पर्यटन सेवा शुल्कका विषयमा स्वादेशी पर्यटकको विषयमा कुनै गुनासो नआएको धारणा राखे ।
शिलान्यासमा पालिकाभित्रका वडाध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

