निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

पोखरा : नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्र्कीले उत्पीडितहरूको विकासमा एक मात्र सारथी आफ्नो पाटी एमालेको नीति सिद्धान्त र व्यवहारले पुष्टि गरेको दावी गरेका छन् ।    उनले उत्पीडितका मुद्दालाई नीति निर्माणको तहमा पुर्याउनेदेखि लिएर शसक्तिकरण गर्ने र उत्पीडितहरूलाई विशेष अधिकार प्रदान गर्ने कामको अगुवाइ एमालेले गरेको प्रष्ट पारे ।   कार्कीले देशको राष्ट्रियता बलियो बनाउने र समृद्धिको अभियान अब भुलबस पनि अवरुद्ध गर्न नहुने भन्दै एमालेलाई स्पष्ट बहुमतले जिताउन आग्रह गरे ।   उनले जनताका अधिकारलाई स्थापित गर्दै देशैभरका स्वास्थ्य चौकी एकै पटक शिलान्यास गरेको, ३०० भन्दा बढी सडक एकैपटक शुरूवात गरेको  स्मरण गरे । कार्कीले अहिलेको गठबन्धन सरकारले  एक सय गुणा महङ्गी र चार सय गुणा बढि कर बढाएर करको भारिले जनताको ढाड सेकेको भन्दै भ्रष्टाचारमा चरम लिप्त भएको बताए ।   कार्कीले आइतवार नेपाल उत्पीडित जातीय मुक्ती समाज पोखरा महानगरपालिका वडा न ३३ को विशेष भेलामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।   भेलामा एमाले गण्डकीका सदस्य मनबुजा विक., एमाले जिल्ला कमिटी सदस्य बमबहादुर वि.क., एमाले पोखरा ३३ का अध्यक्ष दिपकराज लामिछाने, पाटीका प्रदेश कमिटिका सल्लाहकार यज्ञप्रसाद अधिकारी, अनेम संघ गण्डकी प्रदेश सदस्य शान्ती पाध्या, सन्तोष नेपाली, डिल बहादुर सुनार लागायतले बोलेका थिए ।  

  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ ।  पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनलाई पूर्ण रुपमा अगाडि बढाउँदै चुनावपछि पनि गठबन्धनकै सरकार र गठबन्धनकै वर्चश्व हुने गरी लाग्न निर्देशन दिनुभयो । देउवाले भन्नुभयो, “देशको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छ, पाँच दलीय गठबन्धनको मर्मअनुसार हिँड्न जरुरी छ ।” प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशबाट अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट आफू एक जनामात्र विजयी भएको प्रङ्सँग उल्लेख गर्दै अहिले गठबन्धनमा रहेका दलहरुको सहयोगमा आफू प्रधानमन्त्री बन्न पाएको उल्लेख गर्नुभयो ।  उहाँले गठनबन्धन गरेर चुनावमा जानुपर्ने परिस्थितिमा आउने चुनावमा सबैलाई टिकट दिने स्थिति नरहेको बताउँदै अहिले टिकट नपाएर अन्यायमा परेको भनिएकालाई चुनावपछि बन्ने गठबन्धनको सरकारले नयाँ अवसर दिने अश्वासन दिनुभयो ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट परिस्थितिमा गठबन्धन निकै ठूलो सङ्घर्षपछि बनेको भन्दै संविधान, लोकतन्त्र, समावेशी समानुपातिकको उपलब्धि धरापमा पर्ने खतरा पैदा भएकोले संविधान, लोकतन्त्र, परिवर्तनको रक्षा गर्दै देशलाई विकास र समृद्धिमा लैजान गठबन्धन गरिएको बताउनुभयो ।   अहिले देशमा अर्को पनि गठबन्धन बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“त्यसको विचार उद्देश्य, संस्कार, संस्कृति छ ,त्यसले कहीँनकहीँ यो संविधानलाई डिरेल गर्ने, गणतन्त्रलाई उल्ट्याउने र सङ्घीयतालाई कमजोर पार्ने छ , त्योसँग हाम्रो बहस भइरहेको छ ।”  देशमा सात सालदेखि महत्वपूर्ण राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन र सुशासनका लागि गर्नुपर्ने काम नहुँदा केही वर्षपछि राजनीतिक परिवर्तन पातलिँदै जाने र जनतामा निराशा बढ्दै गएको देखिएको भन्दै उहाँले भन्नुभयो,“यो गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउन सकिन्छ ।”     नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनमा आवद्ध दलले समयमै कदम नचालेको भए राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धि सकिने भई देश पश्चगमनमा जाने खतरा थियो भन्नुभयो । पाँच दलीय गठबन्धनको प्राकृतिक र पवित्र उद्देश्य रहेको भन्दै उहाँले भन्नुभयो,“अपवित्र उद्देश्य राखेर गरिने गठबन्धन अस्वभाविक रहेको छ ।”      राजनीति, राज्यसत्ता, समाज र पार्टीमा रहेका विकृति विसङ्गति हटाउन गठबन्धन बनाउनु परेको बताउँदै नेपालले भन्नुभयो,“लोकतन्त्र र गणतन्त्रमा अझैँ खतरा रहेकोले आउने चुनावमा प्रतिगामी शक्तिलाई पराजित गरेर अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्छ ।” नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई क्षतविक्षत् पार्ने प्रपञ्चकाविरुद्धमा यसको रक्षाका निम्ति यो गठबन्धन अभियान थालिएको बताउनुभयो ।    उहाँले भन्नुभयो,“यो चुनावी अभियान मात्र नभइ राष्ट्रलाई सङ्कटबाट जोगाउने संविधान र परिवर्तनलाई रक्षा गर्ने महाअभियान हो । उहाँले संविधानमाथि भइरहेको आक्रमणमा गम्भीर र सचेत हुनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संविधानको रक्षाका लागि गठबन्धन भएको बताउनुभयो । उहाँले प्रतिगमनको खतरा देखिएपछि आफ्नो पार्टी गठबन्धनमा लागेको बताउनुभयो ।

  पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफु र आफ्नो पाटीले स्पष्ट  भिजन र योजनासहित निर्वाचनमा उम्मेदवारी दिएको बताएका छ्न् । उनले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गर्दै विकास अभियान व्यवस्थित बनाउन राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण तथा मितव्ययी स्वाललम्वी प्रदेश सरकार निर्माण गरी उत्कृष्ट गण्डकी प्रदेश सिर्जनामा आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पारे । उनले भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, जनअपेक्षा अनुसार संघीयतालाई बलियो बनाउने, देशमा विद्यमान महँगी र भष्ट्राचार निर्मुल गर्ने, पोखराका  ग्रामिण भेगमा रहेका वडाहरूको पर्यटकीय विकास सहित स्याटेलाइट सिटिको निर्माणलाइ अगाडि बढाउने, गण्डकी प्रदेशलाई अन्र्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने, प्रदेशको विकासका न्युनतम पूर्वाधार र सुचाकहरूलाई अझै सबल बनाउन एमालेको सरकार आवश्यक भएको उल्लेख गरे । कार्कीले सो कुरा आइतबार पोखरामा पोलिटिकल साइस सोसाइटी  नेपालले संघीय तथा प्रदेश सभाका उम्मेदवारहरूसँग आयोजना गरेको बहस कार्यक्रम “मेरो उम्मेदवारी किन” विषयक बहस कार्यक्रम उक्त कुरा बताएका हुन् । उम्मेदवार काकीले पोखराको फोहोर व्यवस्थापनलाई दिर्घकालिन समाधान गर्ने, पोखराको ट्राफिक व्यवस्थापन गर्ने , आफ्नो निर्वाचन क्षेत्रमा “एक वडा एक आकर्षक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटनको विकास गर्ने, प्रत्येक वडामा प्राविधिक शिक्षा सहितको वहुमुखी क्याम्पस संचालन गर्ने, एक वडा एक सुविधा सम्पन्न अस्पताल निर्माणको अवधारणा अगाडी बढाउने लगायतका कार्यका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे । उनले आफ्नो क्षेत्रमा रहेका वडाहरूलाई पोखरा अन्य वडामा जोड्न मोटरेबल पूल र सडक निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।  पूर्ववर्र्ती एमाले नेतृत्वको संघीय र प्रदेश सरकारहरका विभिन्न अधुरा विकासका काम पूरा गर्नु अर्को उद्देश्य रहेको उनको भनाई छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो धारणा प्रस्तुत गरेको बहस कार्यक्रम सो संस्थाका अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

   पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै नै सुचारु हुदैछ तर सुकुम्वासीहरुका समस्या जहाँका त्यहि हुनाले हामीलाई आत्मग्लानी भएको छ । त्यसैले निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता सुकुम्वासीहरुको समस्या समाधानमा हुनेछ, त्यसका लागि एमालेलाई जिताउन सूर्य चिन्हमा मत दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’  मंसिर ४ गते हुने निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा उनले विदेशी पाहुना भित्र्याउने तयारीमा रहेका हामी आफ्ना देशका नागरिकहरु वैदेशिक रोजगारमा गईरहदा हाम्रो नेपाली पहिचान पनि खस्किएको  भन्दै आफ्ना प्रदेशका नागरिकलाई स्वरोजगार सिर्जना गर्ने वातावरण तयार पार्ने उल्लेख गरे । प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले  विश्व समुदायमै आर्थिक स्थिर खस्केको अवस्थामा आफ्ना प्रदेशका युवाहरु प्रदेशभित्रै अर्थाेपार्जनमा लगाउने आफुहरुको प्राथमिकता रहने उनको भनाई छ । उनले वडा नम्वर १४ व्यवसायिक र कृषिको लागि पर्याप्त सम्भावना बोकेको वडा भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिईन् ।  

  पोखरा । कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर सरकार बनाउने दाबी गरेका हुन् ।  उनले जनताको पक्षमा निरन्तर बोल्दै र काम गर्दै आएकै कारण एमालेलाई जनताले जिताउने विश्वास व्यक्त गरे । पछिल्लो समय जनताका दैनिक गुजारा गर्न आवश्यक खाद्य सामाग्रीमा बढेको मुल्यवृद्वीलाई बेवास्ता गर्दै राजनीति भागबण्डा र फण्डामा केन्द्रित बन्नुले जनताका समस्याप्रति गठबन्धन कति संवेदनशिल छ भन्ने प्रष्ट भईसकेको उनको भनाई थियो ।  प्रतिनिधिसभाबाट प्रदेश सभामा पाटीको निर्णय र फैसला अनुसार आफू प्रदेशसभामा उम्मेदवार बनेको भन्दै उनले आफु प्रदेशमा नयाँ अनुहार भएको बताए । ‘प्रतिनिधिसभामा होइन प्रदेशसभामा म उम्मेदवार बनेको छु, र म प्रदेशका लागि नयाँ अनुहार हुँ’,उनले भने ।  जनतासँग अझै नजिक रहेर काम गर्ने अवसर मिलेको भन्दै अपुरा विकासका काममा जनताकै सल्लाह र समन्वयमा अगाडी बढ्ने उनले बताए  ।  

  पोखरा ।  देशमा अहिले एउटा गाउँको सामान्य काम सक्न पनि राजधानी धाउनुपर्ने बाध्यता छ । जनता आफ्नो समस्या सुनाउन र बजेट पार्न जिताएर पठाएका जनप्रतिनिधि भेट्न काठमाडौँ र प्रदेश राजधानी पस्नुपर्छ ।  आगामी ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेश सभामा यस्ता कमै उम्मेद्वार देखिएका छन् जसले राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने विषयलाई प्रमुखताका साथ उठाएका हुन् । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार दामोदर पौडेल बैरागीले आफूले चुनाव जिते गाउँदेखि राजधानी धाउनुपर्ने र सिधंै सांसदलाई भेट्नुपर्ने समस्या समाधानलाई प्राथमिकता दिएका छन् ।  नेकपा एमालेबाट उम्मेद्वार रहेका उनले पाटीको टोल कमिटी हुँदै सांसदसम्म जनताका समस्या सुनाउन सकिने योजना अघि सारेका छन् । त्यसका लागि पाटी वडा वा पालिका कमिटीलाई अधिकार सम्पन्न बनाउन सकिने उनको भनाई छ ।  नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उम्मेद्वार पौडेलले टोलका जनताले सांसदसम्म गुनासो लिएर जानुपर्ने परिपाटी अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाए । ‘माननीयलाई नभेटी काम नहुने, पार्टी कमिटीमा राख्दा सुनुवाइ नहुने र निर्वाचित जनप्रतिनिधिलाई भेटेपछि काम हुने अवस्थाको पनि अन्त्य हुनु जरुरी छ,’ उनले भने, ‘हाम्रो टोल, वडा वा पालिकाले बोलेपछि पुग्ने परिपाटी हामीले बनाउनुपर्छ । अहिलेको अवस्थाको अन्त्य हुन्छ । तल्लो तहकै अध्यक्षले समस्या समाधान गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ । त्यसमा मेरो ध्यान जान्छ ।’  जनताका दैनिक गर्नुपर्ने र विकास निर्माणका आयोजना निर्धारित समयमै सक्न आफूले कुनै कसरत बाँकी नराख्ने उम्मेद्वार पौडेलको प्रतिवद्धता छ । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक, सल्यान, तिखेढुंगा लगायत गाउँ जाने सडक स्तरोन्नति अत्यावश्यक रहेकाले त्यसमा पनि विशेष ध्यान दिने पौडेलले बताए ।  प्रदेश सभा ३ (ख) का उम्मेद्वार राजीव पहारीले पछिल्लो कार्यकालमा सुरु गरेर अधुरा रहेका विकास निर्माणको कामलाई पूर्णता दिन पाटीले फेरि उम्मेद्वार बनाएको बताए । ‘साढे ३ वर्ष प्रदेशमा एमालेको सरकार हुँदा सडक, पु्लका काम भएका थिए । राजनीतिक अस्थिरताले सरकार ढल्यो,’ उनले थपे, ‘त्यतिबेला जनताको आस पनि ढल्यो । गठबन्धनको सरकारले बिगार्ने बाहेक केही गरेन । अब जितेर पहिले बाँकी भएका काम पुरा गर्न छ ।’ कास्की ३ बाट २०७४ सालमा एमालेकै जगत विश्वकर्मा विजयी भएका थिए । उनी खेलकुदमन्त्री पनि भए । पूर्वमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य विकले गठबन्धनले सरकार चलाएपछि अवरुद्ध विकासलाई पूरा गर्न फेरि एमालेले जित्न आवश्यक रहको बताए । ‘जनताले परिवर्तनको अवस्था महसुस गरेका थिए । देशमा राजनीतिक अस्थिरता, देशी विदेशी शक्ति, पुँजीवादी र कम्युनिस्टलाई सत्ता बाहिर पु¥याउने षड्यन्त्र भयो,’ उनले भने, ‘जनादेशको केपी सरकारलाई विस्थापित गर्दा देशको अवस्था जरजर बनेको बुझेका छौं । अवरुद्ध भएको विकासलाई पूरा गर्न फेरि एमालेले जित्नुपर्छ ।’  चुनावताका बोलेका सबै काम पूर्ण नभए पनि काम सुरु भएको उनले दावी गरे । एमालेका उम्मेद्वारले मतदाताको शिर झुक्ने काम नगर्ने भएकाले एमालेकै उम्मेद्वारलाई जिताउन उनले आह्वान गरे । पूर्वमन्त्री विकले भने, ‘गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा धेरै योजना ल्याउन सफल भएका थियौँ । हामीले शिर झुकाउने काम कहिले गरेनौँ । संकल्प गरेअनुसार एमालेका उम्मेद्वार फेरि काम गर्न फर्केका छौँ ।’ पाटी अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष विवेक देवकोटाले गाउँपालिकामा एमालेलाई जिताएजस्तै विकास निर्माणका कामलाई तीव्रता दिन संघ र प्रदेशमा पनि एमालेको जित आवश्यक रहेको बताए । उनले पाटीले आफ्नो जीवन आन्दोलन र पार्टीलाई सुम्पेका नेतालाई प्रतिनिधिसभा उम्मेदवार बनाएकाले अन्नपूर्णबासीले न्याय गर्नुपर्ने सुनाए ।  कार्यक्रममा पार्टी पोलिटब्यूरो सदस्य सीता गिरी ओली, केन्द्रीय सल्लाहकार परिषद सदस्य एवं संविधानसभा सदस्य डिबी नेपाली, पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, पाटी प्रदेश कमिटी सचिवालय सदस्य पुण्य पौडेल लगायतको उपस्थिति थियो । 

  पोखरा । कास्की क्षेत्र नम्वर २ (२ ) बाट  नेकपा एमालेका प्रदेश सभा उम्मेदवार मिना गुरुङले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएकी छन् । उनले समाज तथा राष्ट्र निर्माणको निम्ति एमाले पाटीको विकल्प  नभएको उल्लेख गर्दै मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई पहिलो पाटी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरिन् । पोखरा ११ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटि कार्यालय उद्घाटन कार्यक्रममा गुरूङले राजनीतिमा महिला शसक्तिकरण, योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रवद्र्धनका लागि आफूले उम्मेदवारी दिएको बताईन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषदका सदस्य सोमनाथ अधिकारीले यस क्षेत्रमा आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश विकासका योजनाको बजेट कटौती र  रकमान्तरण  गर्ने काम वर्तमान सरकारले गरेकोतर्फ जानकार हुन जनतालाई आग्रह गर्दै कास्कीमा एमालेले मात्र महिलाहरूको हकहित हुने गरि काम गरेको स्मरण गरे ।  एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकासदेखि अत्तालिएर सत्ताबाट हटाइएको भन्दै जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने उल्लेख गरे । कार्यक्रममा पाटी जिल्ला कमिटिका सदस्य तथा कास्की  क्षेत्र नम्वर २ का प्रचारप्रसार संयोजक झटपबहादुर रानाभाटले कास्कीमा एक मात्रै विकासको नायक एमाले भएको जिकिर गरे ।  

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीतिको खाँचो औँल्याउँनुभयो ।  उहाँले भन्नुभयो“ निर्वाचनमा जनताले गर्ने विवकपूर्ण निर्णयले  देश विकास जनताको आर्थिक रुपान्तरण सम्भव छ ।  चुनावलाई राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ ।” पार्टीका सहमहामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश रिमालले नेपाली राजनीतिमा अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताउँदै  आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।  काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य देवेन्द्र प्रधानले विभिन्न पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै पार्टीले अवलम्बन गरेका नीति तथा कार्यक्रमका कारण अहिले देशभर जनताको पार्टीप्रति आकर्षण बढेको विचार व्यक्त गर्नुभयो ।

  म्याग्दी । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छवटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।  प्रतिनिधिसभामा कांग्रेस– एमालेको प्रतिस्पर्धा   प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा ९खम्बिर० उम्मेदवार हुनुहुन्छ । कांग्रेसका जिल्ला सभापति गर्वुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिनुभएको हो । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपालि सत्तारुढ दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ ।  गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि दुई कार्यकाल जिल्ला अध्यक्ष भएका प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठको नाम एकल सिफारिस गरेको थियो । “जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ”, श्रेष्ठ भन्नुहुन्छ, “विसं २०७४ मा दुईवटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितको आधार हो ।” जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घसंस्थाको पनि नेतृत्व गर्नुभएको थियो । सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगङ्गा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७–५७ वर्ष छ । कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरू बेनी नगरपालिकाको प्रमुख–उपप्रमुखसहित पाँच वडामा र धवलागिरि गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए ।  जिल्लाव्यापी तालमेल नहुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेका नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा यसपालि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । “स्थानीय तहको चुनावमा गठबन्धनको मत एमालेको भन्दा धेरै छ । जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानमा छौँ”, गर्बुजाले भन्नुभयो, “२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीहरूबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो । अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चाको साथ छ । मतदाताको परिवर्तित मनोभावनाले पनि गठबन्धनलाई सहयोग पुग्छ ।” एकै वडाका दुई उम्मेदवार प्रदेशसभा क्षेत्र (क)मा एमालेका देवेन्द्रबहादुर केसी र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी रघुगङ्गा गाउँपालिका–२ भगवतीका बासिन्दा हुन् । नाताले केसी मामा र भण्डारी भान्जा पर्नुहुन्छ । भगवती प्रदेश (ख)मा धेरै मतदाता हुने वडामध्येमा पर्दछ । एमालेका जिल्ला अध्यक्ष केसी यसअघि जिल्ला समन्वय समितिका प्रमुख र विसं २०५४ को चुनावबाट भगवती गाविसको अध्यक्ष बन्नुभएको थियो । केसीसँगको प्रतिस्पर्धामा गठबन्धनले ३९ वर्षीय युवानेता भण्डारीलाई अगाडि सारेको छ । माओवादीको रघुगङ्गा गाउँपालिका अध्यक्ष रहेका भण्डारी विसं २०७४ को चुनावमा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । विदेशबाट फर्किएपछि बेनीमा व्यवसाय गर्दै आएका भण्डारी जेसिजलगायत सामाजिक सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ । प्रदेश (ख) मा एमाले–माओवादी प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा र गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुविन) मुख्य प्रतिस्पर्धी हुन् । धवलागिरि गाउँपालिका–६ मराङमा जन्मिएका एमालेका प्रदेश कमिटी सदस्य गर्बुजाको बसोबास हाल काठमाडौँमा छ । उहाँ एमाले नेता थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँको सचिवालयमा बसेर काम गर्नुभएको थियो । गठबन्धनबाट माओवादीका उम्मेदवार ३९ वर्षीय जुग्जाली सो पार्टीको म्याग्दी जिल्ला संयोजक हुनुहुन्छ । द्वन्द्वकालमा भूमिगत भएका जुग्जालीका दाजु जितबहादुर ‘जनयुद्ध’का सहिद हुन् । विसं २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मालिका गाउँपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका जुग्जाली गत स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । अहिलेको व्यवस्थाको सूत्रधार माओवादी भएको, गत चुनावमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने आधार खडा गरिएको जुग्जाली बताउनुहुन्छ । “गणतन्त्र, सङ्घीयता, समावेशी, संविधानलगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौँ”, उहाँले भन्नुभयो, “म्याग्दीको राजनीतिमा माओवादीको मत निर्णायक हो । स्थिरता, संविधानको रक्षा र समृद्धिका लागि बनेको गठबन्धनलाई जिताउन म्याग्दीका लागि अहिले अवसर मिलेको छ ।”  गाउँ पसे उम्मेदवार छवटा स्थानीय तह रहेको जिल्लामा ८२  मतदानस्थल र एक सय १९ मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।  राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचार–प्रसारमा कडाइ गरेपछि प्रचार शैली फेरिएको छ । सभाको विकल्पमा घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न थालेका हुन् । निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएको छ । पहिलो चरणमा मतदाता भेटघाटसँगै टोल–टोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा पहिलो चरणको घरदैलो गरेका हुन् । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा केन्द्रित भएका छन् ।