पोखरा । नेकपा एमाले कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन आप्mनो उम्मेदवारी भएको बताएकी छन् । पोखरा १७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन कमिटि कार्यालयको मंगलवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै जनताका आधारभुत आवश्यकता पुरा गर्न एमालेको विकल्प नरहेको बताईन् । अधुरा काम पुरा गर्ने लक्ष्यका साथ दुई बर्ष अघि दुःखद अवस्थामा भएको उपनिर्वाचनमा निर्वाचित भएसँगै यस क्षेत्रको भौतिक, सामाजिक एवम् मानवीय विकासमा आप्mनो तर्पmबाट सक्दो प्रयास गर्दै आएको स्मरण गर्दै उनले यस अवधिमा स्वर्गीय रविन्द्र अधिकारीले शुरुवात गरेका कतिपय विकास निर्माणका काम पुरा भएको बताईन् । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी बौद्धिक व्यक्तित्व भट्टराईले भनिन् – ‘मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जनताको बलबाट परमादेशको गठवन्धन सरकारलाई विस्थापित गरि जनादेशको सरकार स्थापित हुने छ ।’ भट्टराईले मुलुकका युवा शक्तिलाई विदेशमा नभई स्वदेशै उत्पादनमा जोडदै व्यवसायिक बनाउन एमालेको सरकारले गरेको अभियानलाई वर्तमान गठवन्धन सरकारले रोकेको बताउँदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणसंगै यस क्षेत्रका पहुँच मार्गको स्तरनोन्नति गर्नु पर्ने आवश्यकता औल्याईन् । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले मुलुकका विपन्न, उत्पिडित, महिला पिछडिएका वर्ग र सुकुम्वासीको उत्थानका लागि पार्टीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । नेकपा एमाले पोलिटव्यूरो सदस्य सीता गिरी ओलीले निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् । कुरा गरेर होईन काम गरेर पार्टीलाई स्थापित गर्दै जनताका समस्या पहिचान गरि समाधानतर्पm लाग्नुपर्नेमा जोड दिंदै उनले यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन सफल विकास प्रेमी नेता स्वर्गीय रविन्द्र अधिकारीको अभाव खड्किएको स्मरण गरिन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्णबहादुर थापाले पार्टी कार्यकर्ताहरु संगठित भएर सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनतर्पm लाग्न आग्रह गरे । निर्वाचन परिचालन कमिटिका संयोजक शिवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटिका सहसचिव रश्मि आचार्य, बार्यवाहक जिल्ला अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य सुष्मा पौडेल लगायतले निर्वाचनमा संगठित भएर लाग्नुको विकल्प नभएको बताए । त्यसै गरी आजै पोखरा ८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको पनि उद्घाटन गरिएको छ । नेकपा एमाले कास्की जिल्ला इञ्चार्ज कृष्णबहादुर थापाले उक्त कार्यालयको उद्घाटन गरेका हुन् । परिचालन कमिटिका संयोजक दानवहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं.२ (ख) का उम्मेदवार मिना गुरुङ, समानुपातिक प्रदेश सभाका उम्मेदवार डा. छममाया पुन, कास्की जिल्ला सह इञ्चार्ज मिना गुरुङ लगायतले संघ र प्रदेश सरकारले गरेका गतिविधिलाई दस्तावेज गर्दै जनताका घरदैलोमा पुग्नु पर्नेमा जोड दिए ।
तनहुँ । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।” उहाँले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो । लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो । “लोकतन्त्र सङ्कटमा परेको बेला बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो । तनहुँ क्षेत्र नम्बर १ प्रदेश–१ का उम्मेदवार अशोककुमार श्रेष्ठले जनताका हरेक समस्या समाधान नेपाली कांग्रेससको नेतृत्वमा सम्भव भएको बताउनुभयो । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले गठबन्धनले संविधान जोगाएको र अब थिती बसाल्नुपर्ने बताउनुभयो ।
पोखराः श्री बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारी चुनावी प्रचारमा हिँडेको पाइएको छ । तिवारीले निर्वाचन आचारसंहिता विपरित राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचार गरेपछि निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको छ । आयोग पर्वतका निर्वाचन अधिकारी लक्षु शर्माले फलेवास ४ का तिवारीले २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण दिन भनेका छन् । आयोगका अनुसार तिवारीले सामाजिक सञ्जालमा उम्मेदवारहरुको प्रचार गर्दै पक्ष–विपक्षमा सामग्री पोष्टिएका छन् । आयोगका अनुसार तिवारी स्वयंलाई उपस्थित भई लिखित स्पष्टीकरण दिन भनिएको छ । अन्यथा, आचारसंहिता ०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारवाही किन गर्न नपर्ने हो ? भन्दै तिवारीलाई जानकारी गराइएको छ ।
पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादनको वैठक विविध निर्णय सहित सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको उक्त वैठकमा आसन्न मंसीर ४ गते हुन गइरहेको निर्वाचन लक्षित रणनीतिका साथै अन्य योजना सहित वैठकमा छलफल भएको थियो । उक्त वैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु निर्वाचनमा सहभागी गठबन्धन दलका उमेद्वारहरुलाई विजयी गराउनको लागि प्रदेश कार्य समितिले सम्बन्धित जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई प्रभावकारी रुपमा परिचालन गर्न गण्डकी प्रदेशका तर्फबाट तयार गरेको घोषणा पत्र “गण्डकी प्रदेशको संकल्प” लाई ११ वटै जिल्लामा पठाउने निर्णय गरिएको प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी दिए । गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा प्रदेशको तर्फबाट आवश्यक समन्वय र परिचालन गर्न प्रदेश सभापति लगायतले जिल्ला–जिल्लामा भ्रमण गर्ने र निर्वाचन अवधीभर प्रदेश सचिवालयलाई दुरुस्त र निर्वाचन सम्पर्क समन्वय गर्न प्रवक्ताको संयोजकत्वमा एक समिति गठन गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशले जानकारी गराइएको छ । त्यसैगरी मुख्य सचिव प्रकाश बराल प्रदेश सभा सदस्यको उमेद्वार भएको हुँँदा अर्को व्यवस्था नभए सम्मका लागि फलेवास नगरपालिका –१, पर्वतका पदम श्रेष्ठलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता बास्तोलाले बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्णय अनुसार यही असोज ३१ गते भित्र विद्रोही उमेद्वारलाई आफ्नो उमेद्वारी निस्कृय बनाउन नेपाली कांग्रेस गण्डकी प्रदेशले पहल गर्ने बताइएको छ । उक्त बैठकबाट पर्वत जिल्ला निवासी नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी श्री कृष्ण बहादुर जोशीको असोज २९ गते ९४ वर्षको उमेरमा भएको असामयिक निधन र नेपालका संस्कृत विद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको असोज ३० गते १०३ वर्षको उमेरमा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्नुका साथै, शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । यसैविच नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको संयोजकत्वमा ५ दलिय गठबन्धनको बैठक बसेको छ । उक्त वैठकले गठबन्धनको विरुद्धमा विभिन्न जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा मनोनयन गरेका पार्टीका उमेदवारहरुलाई उमेद्वार निस्क्रिय पार्न आ–आफ्नो दलका विद्रोही उमेद्वारलाई वक्तव्य निकाल्न आवश्यक पहल गर्ने, यही कार्तिक ४ गते गण्डकी प्रदेशमा हुने केन्द्रीय गठबन्धनको भेलालाई व्यवस्थित बनाउने बारेमा छलफल भएको थियो । साथै, प्रदेश स्तरीय निर्वाचन परिचालन समितिमा प्रत्येक दलका पार्टी प्रमुख सहित २/२ जना रहने गरी गठन गर्ने निर्णय गरेको बताइएको छ ।
पोखरा: गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा टिकट पाएपछि हौसिएका दिपक पौडेलका खुशी केही दिनमात्र टिक्नसक्यो । कारण थियो, उनले पोखराको एक सुन पसलमा चोरी गरेको भिडियो । भिडियो कसले सार्वजनिक ग¥यो भन्ने विषय रहस्यको गर्भमै छ । सोही भिडियोकाकारण पौडेलको टिकट खोसियो र कृष्ण थापालाई चिट्ठा प¥यो । यसरी टिकट खोसिएपछि पौडेल सार्वजनिकरुपमा कतै देखिएनन् । एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् । पौडेलको टिकट खोसिएपछि खगराज अधिकारी प्यानलका थापाले टिकट पाएका थिए, तर जित्न सकेनन् । पौडेल पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छन् । यसैबीच, पौडेल कास्की क्षेत्र नम्बर ३ हेम्जामा नेकपा एमालेले आयोजना गरेको उम्मेदवारी परिचय कार्यक्रम तथा वृहत कार्यकता भेलामा उपस्थित भए । उनले उक्त भेलालाई सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरु पराजित हुनमा पार्टीका नेता कार्यकर्तामा एकता नभएको उल्लेख गरे । घाँटीमा समस्या देखिएपछि उपचाररत पौडेललाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएका छन् । तरपनि टिकट खोसिएको र घाँटीको पीडा भुलेर उनले एमालेका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्ने बताए । ‘स्थानीय निर्वाचनमा पार्टीका नेता कार्यकर्तामा एकता भएन पराजित हुनुप¥यो’ उनले भने, ‘अबको निर्वाचन हार्ने छुट हामीमा छैन, के भयो कसो भयो समीक्षा गरौंला तर अहिले एमालेका उम्मेदवार विजयी बनाउन लागिपरौं ।’ एमालेका नेता पौडेलले नेकपा एमाललाई विपक्षी पार्टीहरुले चारैतिरबाट घेराबन्दी गरेको बताए । ‘हामी अहिले विपक्षी पार्टीहरुको चारैतिरबाट घेराबन्दीमा परेका छौं’, उनले भने ‘घेराबन्दीबाट उम्कन हामीले मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा विजय भएर विकासको पुर्वाधारबाट त्यो घेराबन्दी तोड्न आवश्यक छ ।’ कास्की जिल्ला एमालेको लाल किल्ला भएको भन्दै पौडेलले अब चुनावी प्रचारमा सक्रिय भएर नतीजामुखी काम गर्ने बताएका छन् । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ दामोदर वैरागी र प्रदेशसभामा राजीव पहारी र गणेशमान गुरुङ उम्मेदवार छन् ।
पोखराः कास्की क्षेत्र नम्बर २ तर्फ प्रदेश सभा (ख)का उम्मेदवार विन्दुकुमार थापाले आज स्थानीय पत्रकारसँग अनौपचारिक भेटघाट गरेका छन् । भेटघाटमा थापाले घोषणापत्र लेखनमा जुटेको बताउँदै के–कस्ता योजना र कामको आवश्यकता छ भन्दै सुझाव मागे । ‘पत्रकारहरु दैनिकरुपमा जनताको गुनासो र आवश्यकताबीच काम गर्नुपर्ने भएकाले सुझावको अपेक्षा गरेको छु’ उनले भने । समृद्धि र निरन्तरको विकासमा सँधै लागिरहेको बताउँदै उनले मन्त्री भएपनि उल्लेख्य काम गर्न समायाभावले नसकेको प्रष्ट्याए । पोखराको विकासमा गर्नुपर्ने धेरै काम भएका भन्दै थापाले सोही लक्ष्य पुरा गर्न पुनः प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको जिकिर गरे । प्रदेशमा कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री रहेका थापा व्यावसायिक पृष्ठभूमिबाट उदाएका हुन् । सोही कारण पनि पोखरालाई आर्थिक क्षेत्रमा माथि उठाउन पुनः नीति निर्माण तहमा पुग्न चाहेको उनले बताए । गठबन्धनका साझा उम्मेदवारले छलफलकाक्रममा चुनाव जित्ने दाबी गर्दै महत्वपूर्ण सुझावको अपेक्षा गरे । भेटघाटमा सहभागी पत्रकारहरुले यस क्षेत्रको विकासमा उद्योग, पर्यटन, कृषि र वातावरणमा पहल गर्नुपर्ने भन्दै समयसापेक्ष कार्यक्रमहरु घोषणापत्रमा समेट्न सुझाव दिए । त्यस्तै, निर्माणाधीन कोरला नाका र हुलाकी मार्गबाट कास्की एवं पोखराले भरमग्दुर फाइदा लिनसक्ने भएकाले सोही अनुसारका योजनाहरु समेटिनु पर्ने सुझाव समेत थापालाई दिएको छ । हालसम्म निर्णय हुन नसकेको आमसञ्चार विधेयकलाई समेत टुंगोमा पु¥याउनुपर्ने पत्रकारहरुको जोड थियो । उक्त विधेयक पत्रकार र सूचनामैत्री पनि हुनुपर्नेमा सहभागी पत्रकारको जोड रहेको छ । सुझाव लिँदै थापाले सुशासन र सबल अर्थतन्त्रनै आफ्नो मूल चुनावी एजेन्डा र लक्ष्य रहेको जनाए । दोस्रो पटक प्रदेशको चुनावी मैदानमा होमिएका थापाको प्रतिष्पर्धामा नेकपा एमालेबाट मिना गुरुङ रहेकी छिन् । गुरुङ् यसअघि समानुपातिकतर्फबाट सांसद हुन् ।
पोखरा : कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर बैरागीले आसन्न निर्वाचनमा होमिएका उम्मेदवाहरुलाई चुनावी आमसभामा भन्दा जनताको घरदैलोमा हेर्न खोजको बताएका छन् । नेकपा एमालेले कास्की क्षेत्र नम्बर ३ ले आयोजना गरेको उम्मेदवारी परिचय कार्यक्रममा आफुलाई चिनाउँदै वैरागीले चुनावी सभा–सम्मेलन भन्दा आफुले जनताको दैलो चाहार्ने उल्लेख गरे । ‘जनताको समस्या बुझ्न चुनावी आमसभा होइन, जनताको घरदैलोमा पुग्न आवश्यक छ’ उनले भने,‘ ठुलाठुला सभा सम्मेलनमा गरेर जनतालाई दुःख दिन आवश्यक छैन अब यसलाई परिवर्तन गदैै जनताको समस्या बुझ्न र समाधान गर्न जनताको घरदैलोमा नेताहरु पुग्न आवश्यक छ ।’ उम्मेदवार बैरागीले अबको निर्वाचनमा नेकपा एमालेले गर्ने प्रतिवद्धतामा स्थानीय जनताको साझा समस्यालाई प्राथमिकता दिन माग गरे । ‘ठुलाठुला सपना बाँड्न छोडौं’ उनले भने, ‘कृषि, पुर्वाधार विकास, पर्यटन, शिक्षा, रोजगार, उर्जा र सामाजिक सुरक्षा लगायतको विषयलार्य यस क्षेत्रको प्रतिवद्धता पत्रमा प्राथमिकता राखौं ।’ कार्यक्रममा वैरागीले कृषि, पर्यटनलाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै आवश्यक पूर्वाधार निर्माणमा आफुले जोड दिने भनाई राखे । प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ (क) का उम्मेदवार राजीव पहारीले विपक्ष दलहरुले जनतामाझ एमालेविरुद्ध तथ्यहीन खबर फैलाएको उल्लेख गरे । ‘विपक्षी दलहरुले नेकपा एमालेविरुद्ध तथ्यहीन खबर फैलाइरहेका छन्, उनले भने, ‘हामीले झण्डै साढे तीन वर्षमा गरेका विकासका पुर्वाधारहरुको सुचीकृत गरेर विपक्षीले फैलाएको खबरलाई चिर्न आवश्इक छ । सोहीक्रममा पहारीले जनताको घरदैलोमै पुगेर यसबार स्पष्ट पार्न पार्टीपंक्तिलाई अनुरोध गरे । एमालेककै अगुवाईमा पोखरा रंगशाला र पोखरा एयरपोर्ट बनेको दाबी गर्दै साढे ३ वर्षमा विकासका पुर्वाधारहरुको सुचीकृत गर्न उम्मेदवार पहारीले सुझाव दिए । उनले स्थानीय निर्वाचनमा पराजय भोग्नुको पछाडि विपक्षी दलहरुले फैलाएको प्रोपोगण्डालाई कारक मानेका छन् । ‘केही आन्तरिक समस्या हामीमाझ थियो तर विपक्षीले अफवाह फैलाएर स्थानीय निर्वाचनमा हावी भए’ पहारीले भने । परिचयात्मक कार्यक्रममा प्रदेश सभा (ख)का उम्मेदवार गणेशमान गुरुङ भने अनुपस्थित रहे ।
पोखरा : कास्की क्षेत्र नम्बर २ का साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका ( एस ) नेता श्रीनाथ बरालले गठबन्धनबाट चुनाव जितेर सत्तामा पुग्न नभई जनताको सेवा गर्न खोजेको दाबी गरेका छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचन २०७९, उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार बरालले सो कुरा बताएका हुन् । ‘निर्वाचन जित्न पाँच दलीय बन्धन बनाएर बाहिर नराम्रो सन्देश दिने गरी प्रचार गरिएको छ’ उनले भने, ‘सत्ताको मोह नभएर जनताको सेवामा निर्वाधरुपमा लाग्न गठबन्धन बनाएर जनताको माझ आएको हौं । बरालका अनुसार प्रतिपक्षले गठबन्धन विरुद्ध जनतामा अफवाह फैलाउँदै गलत सन्देश सम्प्रेषण गरिरहेका छन् । कास्की क्षेत्र नम्बर २ को साझा समस्या र स्थानीय तहले अगाडी सारेका पुर्वाधार विकासलाई अगाडी बढाउन जनताको माझ आएको उम्मेदवार बरालले बताए । ‘कास्की क्षेत्र नम्बर दुईमा विद्यार्थीको समस्या, युवाको समस्या, किसानको समस्या, भुमिहिनको समस्या, व्यापारीको समस्यासँगै सबैको साझा समस्यालाई केन्द्र सरकारसम्म पु¥याउन गठबन्धनबाट साझा उम्मेदवार भएर आएको छु’ उनले भने । यस्तै कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले यस क्षेत्रको आर्थिक नैतिकरुपमा विकास गर्न गठबन्धनबाट आफु जनतामाझ पुनः आएको बताए । पोखरा प्राकृतिक रुपमा धनी छ भन्दै अब यसलाई थप विकास गर्न आफ्नो उम्मेदवारी भएकोे लामिछानले उल्लेख गरे । ‘पोखरामा प्राकृतिक रुपमा धनी छ’ उनले भने, ‘पोखराको केही क्षेत्रमा विकासको पुर्वाधारले सिगार्न सके मुलुकको प्रमुख गन्तव्य बन्न सक्छ ।’ यस्तै गण्डकी प्रदेश सभा सदस्य कास्की क्षेत्र नम्वर २ ‘ख’का उम्मेदवार विन्दुकुमार थापाले गठबन्धनको उम्मेदवार भन्दा पनि साझा उम्मेदवार लिएर जनता माँझ आएको स्पष्ट पारे । गठबन्धनबाट सत्तामा पुग्न बाहिर नराम्रो प्रचार गरिएको भन्दै उम्मेदवार थापाले गठबन्धन सत्तामोहकालागि नभई जनताको साझा समस्यालाई सम्बोधन गर्न भएको टिप्पणी गरे । उम्मेदवार परिचय कार्यक्रममा सहभागी प्रतिनिधिसभा र प्रदेश सभाका सदस्य उम्मेदवारहरुले यसपटक नेकपा एमालेको बर्चश्व तोड्ने दाबी गरेका छन् ।
सत्ता गठबन्धनको सहमति विपरित तनहुँ प्रदेश सभा १ (ख)बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीकी नेत्री कलिला खानले आज उम्मेदवारी फिर्ता लिएकी छिन् । गठबन्धनको सहमतिअनुसार नेकपा एसले तनहुँमा भाग नपाएपछि खानले उम्मेदवारी दिएकी थिइन् । ‘कार्वाही भोग्न तयार तर उम्मेदवारी फिर्ता गर्दिन’ भन्ने अडान राखेकी खानले आज पार्टीको निर्णय भन्दै पछि फर्किएकी हुन् यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान चुनावी मैदानमा छन् । प्रतिगमनकारी शक्तिलाई पराजित गर्नु आजको आवश्यकता भन्दै खानले पार्टी र गठबन्धनका नेताहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएकी छिन् । खानले भनेकी छिन्, ‘गठबन्धनका साझा उम्मेदवार हरिबहादुर चुमानलाई जिताउन लाग्नेछु ।’

