काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

  पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेशसभा उम्मेदवार दीपक कोइरालाले पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेंशीलाई उखु खेतीको हब बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कोइरालाले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।  उनले शनिबार उक्त वडाको मालेपाटन, ढोडबेंशी, फेदी, डाँडागाउँका स्थानीयसँग भेटघाट गरे । स्थानीय युवा, वृद्धवृद्धा, समाजसेवीसँग भेटघाट गरेर त्यस क्षेत्रका समस्या र आवश्यकताबारे राय लिए । सोही क्रममा स्थानीयले मालेपाटन ढोडबेंशीलाई उखु खेतीको हबका रुपमा घोषणा गर्नुपर्ने माग गरे । १० रोपनीमा उखु खेती गर्दै आएका मालेपाटनका नारायणप्रसाद पाण्डेले प्रदेशमा गठबन्धनको सरकार बन्दा मात्रै स्थानीय कृषकको माग सम्बोधन हुन सक्ने बताए । ‘हामीले युवा उम्मेदवार पाएका छौं,’ उनले भने, ‘हामीले जिताएर पठाएपछि हाम्रो माग पक्कै सम्बोधन हुन्छ भन्ने विश्वास छ ।’  अर्का कृषक ढोडबेंशीका केदार अधिकारीले त्यस क्षेत्रमा ४ हजारभन्दा बढी रोपनीमा उखु खेती भइरहेको बताए । ‘यति धेरै उखु कृषकको मत अब युवा उम्मेदवारलाई नै जान्छ,’ उनले भने, ‘युवालाई जिताउनु समयको माग पनि हो । जितेर गएपछि प्रदेशकै नेतृत्व गर्न सक्ने खुबी छ ।’ स्थानीयसँगको भेटघाटका क्रममा उम्मेदवार कोइरालाले पाँच वर्ष प्रदेश सांसद हुँदा त्यहाँको पूर्वाधार विकासमा आफ्नो ध्यान गएको बताए । ‘पहिलो कार्यकाल पूर्वाधार निर्माणमा जोड दियौं,’ उनले भने, ‘अब जनताको जीवनस्तर उकास्ने गरी कृषि, पशुपालन, आयआर्जन वृद्धिका योजना ल्याउँछौं ।’   आफू निर्वाचित भएपछि त्यस क्षेत्रलाई उखु खेतीको हबका रुपमा विकास गरेर उत्पादन वृद्धि र खुदो बनाउने प्रक्रियालाई थप आधुनिकीकरण गर्ने योजनाको खोजी गर्ने बताए । भेटघाटमा पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेसका प्रदेश १(क) का सभापति दुर्गा सुवेदी, नेताहरु बुद्धिमान गुरुङ, वडा सभापति कुलप्रसाद अधिकारी, संविधानसभा सदस्य तेजकुमारी पौडेलगायत सहभागी थिए ।   

  पर्वत: नेकपा एमाले पर्वतको चुनावी अभियान शनिवार फलेवास नगरपालिका वडा नं. ११ पाङराङ, र वडा नं. १० कुर्घामा सम्पन्न भएको छ । पाङराङका कर्नास, श्रीकाङ, उपल्लो पाङराङ तथा कुर्घाको सात्ले लगायतका स्थानमा घरदैलो तथा कोणसभा गरिएको हो । सो अवसरमा स्थानीयले कालीगण्डकी लोकमार्गको पुर्णता, ग्रामीण सडकहरुको स्तरोन्नती र एक घर एक खानेपानी धारा कार्यक्रमलाई पुर्णता दिन माग गरेका छन् । सुन्तलाको पकेट क्षेत्र समेत रहेको पाङरामा यसको विस्तार र बजारीकरण तथा कोल्ड स्टोरको समेत व्यवस्था गरिदिन उम्मेदवारसँग माग गरका हुन् ।  सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले आफु नागरिककै सेवाका लागि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताउँदै विगतका पाँच वर्षमा पुरा हुन बाँकी रहेका कामको पुर्णताका लागि पनि आफुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो । विगतमा एमालेकै नेतृत्वमा रहेको नगरपालिकाले धेरै बिकासका काम शुरुवात गरेको बताउँदै ती कामहरुलाई पुर्णता दिनपनि पुन एमालेकै सरकार आउनुपर्नेमा उहाँको जोड रहेको छ । स्थानीयले राखेका मागहरु निर्वाचन लगत्तै पुरा गर्न पहल गर्ने उहाँको प्रतिवद्धता छ । स्थिर र दरिलो राजनीतिक शक्तिबाट मात्रै मुलुकमा स्थिरता र विकास संभव छ, वर्तमान अवस्थामा मुलुक धान्ने शक्ति नेकपा एमाले मात्रै भएकाले आगामी निर्वाचनबाट एमालेका उमेदवारहरुलाई विजयी गराई स्थिर सरकार निर्माणका गर्न उहाँले मतदातासँग मत दिन आव्हान गर्नुभएको छ ।  त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले यो मुलुकको समृद्धि र विकास एमालेबिना सम्भव नहुने बताउँदै अरुको फोस्रा आश्वासनको पछि नलाग्न आग्रह गर्नुभयो । निर्वाचन  जितेर गैसकेपछि मतदाताले राखेका मागहरु एक एक गरी पुरा गर्ने उहाँको प्रतिवद्धता रहेको थियो ।  त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम आज जलजला गाउँपालिकाको लस्ती, वारीवेनी, मिलनचोक र बगरफाँट लगायतका स्थानमा सम्पन्न भएको छ । घरदैलो, भेटघाट र कोणसभामा उम्मेदवार कुँवरले राखेका एजेण्डा र योजनावाट स्थानीयहरु प्रभावित बनेको प्रतिकृया दिएका थिए । निर्माणाधिन योजनाहरुको पुर्णताका लागि पनि सवै सिटमा एमालेले जित्नुपर्ने बताउँदै सुर्य चिन्हमा मतदान गरी आफुलाई नागरिकको सेवा गर्ने अवसर दिन अपिल गर्नुभयो ।  प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीको आजको कार्यक्रम मोदी गाउँपालिकाको बाजुङ र देउपुरमा हुने छ । 

  पोखरा । नेकपा एमाले, गण्डकी प्रदेश कमिटीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ मूल नाराका साथ एमालेले २४ पृष्ठको प्रतिबद्धतपत्र आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।   आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित प्रतिबद्धतापत्रमा विगतका अपूरा योजनालाई पूरा गर्दै समाजवादको आधार तयार गर्ने र केन्द्र सरकारसँगको आर्थिक निर्भरता घटाउँदै संघीयतालाई बलियो बनाउने योजनासहितका विषय छन् । संघीयतालाई बलियो बनाउने र भौतिक पूर्वाधारसहित समृद्ध गण्डकी प्रदेशमै प्रतिबद्धतापत्र केन्द्रित रहेको एमालेको दाबी छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य, पार्टी प्रदेश सह इञ्चार्ज एवं पूर्व मन्त्री जगत विश्वकर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा करको दर नभई दायरा बढाएर राजश्व वृद्धि गरी प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने योजना छ । प्रदेश नै आवश्यक नभएको आवाज उठिरहेको अवस्थामा यसलाई बलियो बनाएर जनतालाई त्यसको व्यवहारिक रुपमै प्रत्याभूति गराउने नीति र योजनाहरु प्रतिबद्धतापत्रमा समेटिएको प्रतिबद्धता निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताए । प्रदेशका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम दिएर रोजगारीमा जोड्ने एमाले गण्डकीको योजना छ । दवाडीले गण्डकी प्रदेशमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनीहरुको पहिचानसहित परिचयपत्र वितरण गरी राहतका कार्यक्रम ल्याउने बताए । अझै ४ प्रतिशत जनताको घरमा बिजुली नपुगेको भन्दै त्यसलाई पूरा गर्ने उनको दाबी छ । विगतमा नेकपा एमालेको सरकार हुँदा सुरु भएका तर पूरा नभएका योजनालाई पूरा गरी नयाँ भौतिक पूर्वाधार निर्माणको योजनालाई अगाडि बढाउने उनले बताए ।  एमालेका पोलिटब्युरो सदस्य विश्वकर्माले देशलाई समृद्ध बनाएर जनताको जीवनस्तर उकास्न एमालेको बहुमतको सरकार आवश्यक भएको उल्लेख गरे । प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै, एमाले सरकार बनेपछि कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्ने जोड दिइने प्रतिबद्धता उल्लेख छ । स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने एमालेको घोषणा छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने पनि प्रतिवद्धता एमाले गण्डकीले लिएको छ । प्राथमिक स्वास्थय केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा एक–एक हजार डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृत खटाएर नागरिकलाई नि;शुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ । शिक्षातर्फ गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान मार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ बाट सीप विकास तालिम र करियर काउन्सिलिङ व्यवस्था गरिने पनि एमालेको दाबी छ । यस्तै, प्रादेशिक पुस्तकालयको रुपमा गण्डकी प्रदेश पुस्तकालय स्थापना गर्ने घोषणापत्रमा लेखिएको छ । नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले गण्डकी प्रदेशमा पर्यटन र कृषिको सम्भावना भएकाले प्रतिवद्धतापत्रमा ती विषयलाई प्राथमिकताका साथ राखिएको बताए । प्रतिबद्धतापत्रमा विगतमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमालेको सरकारले गरेको कामहरुलाई पनि समेटिएको छ ।   

  पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताएका छन् । आइतबार विहान पोखरा १५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसिरमा हुने धारणा राखे । ‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो । यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो । त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाई आमा बुवा, दाजुभाई दिदिबहिनीले ४ मंसिरमा मतदान मार्फत गर्नुहुनेछ र हामीले त्यसलाई तपाईका प्रतिनिधिको रुपमा हरेक दृष्टिकोणले पुरा गर्न लाग्ने छौं’ उनले भने ।  बरालले पोखरालाई पर्यटकीय राजधानी घोषणा मात्र होइन त्यसका लागि चाहिने पूर्वाधार प्रकृतिमैत्री र यहाँको संस्कृति मैत्री भएर निर्मांण गर्ने प्रतिवद्धता जनाए । सुकुम्बासी समस्याको वास्तविक समाधान, एयरपोर्ट निर्माण गर्दा महत्वपूर्ण योगदान पु¥याएका स्थानीयका समस्या समाधान, कृषि क्षेत्रको समग्र विकास गर्दै यसका पकेट क्षेत्र निर्माण लगायतका महत्वपूर्ण सवालहरुमा आफूले जनताको प्रतिनिधि भएर काम गर्ने उनको भनाई छ ।  उम्मेदवार बरालले असली जनताको प्रतिनिधिका रुपमा आफूलाई देखाएर छाड्ने अठोट व्यक्त गरे । निर्वाचित भएपछि टेलिभिजनमा कहिलेकाहीँ हेर्नुपर्ने र मेरो जनप्रतिनिधिले के गर्र्दैछ भन्नेसम्मको जानकारी मतदातामा नहुने विडम्बनापूर्ण अवस्थालाई आफूले तोड्ने र जनप्रतिनिधिले कसरी काम गर्नसक्छन् । जनताको बीचमा कसरी आइरहन्छन् भन्ने कुरा आफूले उदाहरण प्रस्तुत गर्ने उनले सुनाए । ‘निर्वाचित भएपछि आफ्नो प्रतिनिधिले के गरिरहेको छ भन्ने थाहा नहुने, कहिलेकाँही टेलिभिजनका स्किृनमा देखिने होइन । म जनताको घरदैलोमै रहन्छु र संसदमा यहाँका समस्यालाई मुखरित गर्ने काम गर्छु । जनप्रतिनिधिले यसरी हो काम गर्ने भनेर उदाहारण दिन चाहन्छु,’ उनले भने, ‘मलाई आशा छ तापाइँले मेरो यो चाहना पुरा गर्नुहुनेछ । यहाँले चुनेको प्रतिनिधिले यहाँसंगै रहेर यहाँका अपेक्षा पुरा गर्नेछ ।’ नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने बताए । आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको बताएका उनले विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पुरा गर्ने प्रतिवद्धता जनाए ।  कार्यक्रमको प्रमुख अतिथि रहेका कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जनताको जननादेश विर्सेर विचमै संसद र संविधान माथि आक्रमण गर्नेहरुलाई जनताले चिन्नुपर्ने बताए । नेकपा एमाले र त्यसको नेतृत्व प्रति संकेत गर्दै उनले त्यस्ता शक्तिलाई मत दिए पछुताउनुको विकल्प नहुने समेत सुझाए ।  उक्त अवसरमा कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार बृन्दादेवी राना, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ, नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापा, राजमोका हरिबहादुरखत्री, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पूर्ण लामा, कांग्रेस क्षेत्र नम्बर २का सभापति केशर निर्दोशी, कांग्रेस युवा नेता दिनेश आचार्य र नेकपा एसका १५का नेता खेमबहादुर पौडेलले गठबन्धन र गठबन्धनका उम्मेदवारले जित्नुपर्नाका कारणका बारेमा बताएका थिए ।   

कास्कीः पौडेल थरका दामोदर वैरागीलाई नेकपा एमालेले गठबन्धनको चुनौती चिर्न सक्षम ठानेर पार्टीले कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । एमालेको हिसाबकिताबमा वैरागीसँग गठबन्धनको जोड घटाउ बिगार्न सक्ने ताकत छ । सोही ताकतले उनलाई नेकपा माओवादी केन्द्रको भागमा परेको गठबन्धनको साझा उम्मेदवार रामजीप्रसाद बराललाई हराउनु पर्ने जिम्मेवारी छ ।    बराल प्रदेशका अर्थमन्त्री हुन् । उनले माओवादीबाट धेरै पटक अवसर पाइसकेका छन् । यता बराल भने नोटिस हुने गरेर केन्द्रीय सिनारियोमा आउँन बल्ल मौका पाउँदै छन् । बराल ‘टेस्टेड’ हुन् । अझ एमालेकै भोटबाट सत्ताको चास्नी चाखिसकेका बराल ‘भाग्यमानी’ सावित भएका छन् ।    यसअघि बराल एमालेकै भोटबाट प्रदेसभा (क)बाट निर्वाचित भएका हुन् । पछि पार्टी फुटेपछि उनले प्रदेश मन्त्रीमण्डलमा अर्थमन्त्रीको भूमिकामा रहे । मन्त्री हुँदा अंश र यातायात करमा अत्यधिक वृद्धि गरेपछि उनी अलोकप्रिय भए ।     बरालको साथमा हिजो एमालेको भोट थियो त आज नेपाली कांग्रेससहितका पार्टीको छ । जनाधार कम भएपनि घुमिघुमी सत्तामा पुग्न बराललाई दाउ लागिरहेको छ तर उनको दाउलाई माथ दिने ‘तुरुप’ लिएर वैरागी चुनावी खालमा छन् ।    कास्की प्रतिनिधिसभामा सबैभन्दा ‘टफ’ क्षेत्र हो ३ नम्बर । दुबैलाई जित्नुपर्ने दबाब छ । यही मेसोमा विश्लेषण गर्दै स्थानीय राजु क्षेत्री भन्छन् ‘एमालेलाई जसरी पनि जित्नु छ, केपी ओलीको प्रतिष्ठा जोडिएको क्षेत्र हो ३ नम्बर ।’   माओवादी द्वन्द्वका दौरान पक्राउ परी धादिङको गजुरी ब्यारेकमा राखिएका क्षेत्री त्यहाँबाट फरार हुन सफल भएपछि ‘जेल ब्रेकर’का नामले पनि चिनिन्छन् । उनै क्षेत्रीका अनुसार पहिलेको चुनावमा कम्युनिष्टहरु जसरी चुनाव प्रचारमा लागेका थिए, त्यस्तो अहिले यस क्षेत्रमा देखिएको छैन ।    ‘गठबन्धनका कार्यकर्ताहरुमा सामुहिक भावना देखिएन’ क्षेत्री भन्छन् ‘कांग्रेस केही निष्क्रिय देखिएको छ भने समाजवादीको पुरा ध्यान कास्की – २ मा देखिएको छ ।’ स्वयं माओवादीमा पनि उर्जा नरहेको उनको ठम्याई छ ।    पुराना कार्यकर्ताहरु निराश रहेको र नयाँहरुको चुरिफुरी बढेकाले पनि हाल माओवादीको उर्जा नरहेको उनले टिप्पणी गरे । यद्यपि, एमालेका वैरागीको तुलनामा बराल जनताको नेता रहेको उनले प्रष्ट्याए ।    ‘वैरागी पार्टीका नेता हुन् भने बराल द्वन्द्वको समयमा पनि जिल्दा नछाडी सक्रिय भए’ क्षेत्री भन्छन् ‘वैरागी जनस्तरमा भिज्न सकेका छैनन्, तैपनि दुइबीच ५०–५० को अवस्था छ ।’    यता, एमालेको निर्वाचन प्रचार सम्हालेका स्थानीय नेताका अनुसार ५ हजारले जित्ने अनुमान छ । उनले भने, ‘अन्नपूर्णमा कांग्रेसहरु बराललाई भोट दिने पक्षमा छैनन् भने माओवादीको मतदाता पहिलेभन्दा अहिले कम छन् ।’   त्यस्तै, नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम बहादुर नेपाली एमालेमै फर्किएपछि ३ नम्बरमा समाजवादीको अवस्था नाजुक भएको छ । ‘एसको गाउँ कमिटी छ तर नाममात्रको’ उनले बताए । उक्त निष्क्रिय कमिटी पनि एमालेमै आउने उनको आंकलन छ ।     गठबन्धनका साझा उम्मेदवारका विरुद्ध यतिबेला एमाले र अन्य शक्तिहरु बरालको यौन काण्ड र अलोकप्रिय करबारे गोप्यरुपमा प्रचार गरिरहेको पाइएको छ । यसअघि उनै जेल ब्रेकर क्षेत्रीले पनि सामाजिक सञ्जालमा बरालको यौन काण्डबारे छताछुल्ल पारेका थिए । त्यसपछि सोही काण्डलाई एमाले वृत्तबाट फैलाउने कामसमेत भइरहेको छ ।    ०७४ सालको निर्वाचनमा नेकपा एमालेका जगतबहादुर विश्वकर्माले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । त्यसबेला ३२ हजार ६९० मतले विश्वकर्माले जित्दा शर्माले २४ हजार ३०४ मत ल्याएका थिए । करिब ८ हजार ३ सय मतान्तर रहेको आंकडालाई विश्लेषण गर्दै एमालेका वैरागी अहिले ५ हजारको मतान्तरले चुनाव जित्ने योजनामा छन् ।    चुनावी रणनीति र प्रचार खर्चमा पार्टीको एकद्वार प्रणाली सक्रिय रहेकाले वैरागी हौसिएका छन् । यसको विपरित बराल र गठबन्धनले चुनावी खर्च कसले, कसरी गर्ने भन्नेमा अझै अन्यौल छ । ०७४ मा कांग्रेसका शर्माले जसरी चुनावी प्रचार गरेका थिए अहिले त्यस्तो छैन । यसको विपरित एमालेले प्रचार र खर्चमा कुनै कसर बाँकी नराख्ने क्षेत्रीको ठम्याइँ छ ।    यसैगरी, सहिद परिवारबाट ‘बागी’ उठेकी अनिता भुर्तेलले पनि बराललाई अप्ठेरो पारेकी छिन् । भुर्तेललाई नातागोता र सहानुभुतिको मत आउने छ । भुर्तेलप्रति उदार रहेका क्षेत्रीका अनुसार उनले करिब १२ सयको हाराहारीमा मत ल्याउने छिन् ।   हालैको स्थानीय तह निर्वाचनमा एमालेका अध्यक्षहरुले कूल २८ हजार ४३७ मत पाएका थिए । गठबन्धनले ३१ हजार ७०५ मत प्राप्त गरे । जसमध्ये माओवादीको २ हजार १६५ मत थियो भने समाजवादीको ७ सय ६ मत रहेको छ । यस आधारमा गठबन्धनका बरालको जित्ने सम्भावना देखिन्छ ।    तर प्रचारप्रसार र कार्यकर्ता खटाइलाई मध्यनजर गर्दा भने एमालेको भन्दा गठबन्धनको सक्रियता कम छ । तैपनि, युद्धस्तरमा खटेको एमाले भने कुनैपनि हिसाबले चुनाव जितेरै छाड्ने रणनीतिमा लागेको छ ।    कास्की ३ मा महानगरका ११ वडा र अन्नपूर्ण एवं माछापुच्छ्रे गाउँपालिका रहेका छन् । 

झापा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गर्नुभएको छ । उहाँले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पु¥याउने दाबी गर्नुभयो ।    शुक्रबार गृहजिल्ला झापा आउनुभएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भन्नुभयो, “प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छ ।”    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली आज दिनभर झापा क्षेत्र नं ५ मा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशनसमेत दिनुभयो ।   अघिल्लो निर्वाचनको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “अघिल्लो निर्वाचनमा हामीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेका थियौँ तर, दुईतिहाइ बहुमत ल्याउन एक सय ३८ सिट चाहिन्थ्यो । अहिले हामी एक्लै एक सय ५० सिट जित्ने योजनाका साथ अघि बढेका छौँ र जित्छौँ पनि ।”   झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । झापा क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा हुनुहुन्छ भने झापा–५ मा ओली उम्मेदवारका रूपमा उभिनुभएको छ । उहाँले आम मतदातालाई झापा–३ मा हलोमा मतदान गर्न र झापा–५ मा सूर्य चिह्नमा मतदान गर्न आग्रहसमेत गर्नुभयो ।   ‘रेलको मुआब्जा समस्या समाधान हुन्छ’     यसैबीच एमाले अध्यक्ष ओलीले रेलको मुआब्जा समस्या समाधान हुने बताउनुभएको छ । झापाको दमकमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पूर्व–पश्चिम रेल आयोजनाका लागि रोक्का गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।    उहाँले भन्नुभयो, “मुुआब्जा दिएर काम सुरु गर्ने बेलामा सरकार परिवर्तनले असर ग¥यो, समस्या समाधान गरिने छ ।” एमालेसहितको गठबन्धनले देश विकासको मुहार फेर्ने अध्यक्ष ओलीले बताउनुभयो ।  “आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिन्छौँ”, उहाँले भन्नुभयो ।  

  काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।           नेपालको कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान गर्ने कृषि क्षेत्रको प्रवद्र्धन गर्ने नीतिअनुरुप कांग्रेसले नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्य असुरक्षा सूचकाङ्कमा प्रगति गर्ने योजना अघि बढाएको छ ।           कांग्रेसले आगामी पाँच वर्षमा कृषिको थप आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने लक्ष्य लिएको छ ।      त्यस्तै नगदेबाली र जडीबुटीको निर्यात दोब्बर बनाई खाद्यान्न असुरक्षाका सूचकाङ्कमा प्रगति हासिल गर्ने नीति लिइएको छ । बढी उत्पादन दिने बाली तथा पशुपक्षीको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानलाई प्राथमिकता दिइनेछ । उन्नत जातका बीउबिजनको उपलब्धतालाई सहज र सुलभ बनाउने व्यवस्था मिलाइनेछ । ठूला सिँचाइ प्रणालीको वैज्ञानिक व्यवस्थापन र साना तथा सौर्य सिँचाइको प्रयोग बढाइने सङ्कल्पपत्रमा भनिएको छ । 

  काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी सङ्कल्प पत्रमा दुई–दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापित भई पाँच वर्षको कार्यकाल पूरा गरेको घटनाको स्मरण गरिएको छ । कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका र सङ्घर्षको कारणले नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरेको छ ।   संविधानको रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन बनाएको स्पष्ट पार्दै सर्वोच्च अदालतको फैसलाले संविधान, संवैधानिक सर्वोच्चता र संविधानवादको रक्षा गरेको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले लोकतन्त्र र संविधानको रक्षार्थ तथा राजनीतिक स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्नुपरेको जनाएको छ ।   विगत पाँच वर्षदेखिको निरन्तर बहसका कारण नेपाली समाज नै तीव्ररुपमा ध्रुवीकृत भएको तथा तत्कालीन नेकपा सरकारले संसद्मा पेश गरेको तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना ९एमसिसी० सरकार र प्रतिपक्षमा रहेका अधिकांश राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गरिएको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले चीन सरकारसँग हस्ताक्षर भएको बीआरआइअन्तर्गतका परियोजना राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा लागू गर्न प्रतिबद्ध रहेको जनाएको छ ।   नागरिकता कसैले कसैलाई दिने वा लिनेभन्दा पनि नागरिकको शाश्वत अधिकार रहेको उल्लेख गर्दै कांग्रेसले पछिल्लो समय राजनीतिक आग्रह–पूर्वाग्रहका कारण जटिल बन्न पुगेको यो विषयलाई आगामी संसद्मा संविधानको प्रावधानअनुसार अधिकतम सहमति कायम गरी निरुपण गर्न दृढ र प्रस्ट रहेको जनाएको छ ।

  काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन सङ्ख्या १२ लाखबाट २० लाख पु¥याउने लक्ष्य लिएको हो । नेपालमा सन् २०१८ र २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएको सरकारी तथ्याङ्क छ । कोभिड–१९ महामारीका कारण विदेशी पर्यटक आगमनदर खुम्चियो । महामारीले सबैभन्दा बढी प्रभावित बनाएको यस क्षेत्रलाई पुरानै लयमा फर्काउने लक्ष्यसहित कांग्रेसले सङ्कल्पपत्र ल्याएको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणमा आठ महिनामा  हवाई मार्ग भएर कूल तीन लाख २६ हजार ६७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।       कांग्रेसले महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्न पाँच वर्षे रणनीति बनाइने रणनीति अघि सारेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान पाँच प्रतिशत पु¥याउने भनिएको छ । मुलुकको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरिसकेको छ ।       नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने कांग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पुर्याउने र प्रतिपर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने लक्ष्य लिइएको छ ।       कांग्रेसले प्राकृतिक विशिष्टता, सांस्कृतिक वैभवता, रुपान्तरणयोग्य आध्यात्मिकता, भू–बनोटीय सुन्दरता र रणनीतिक भौगोलिक अवस्थितिले गर्दा पर्यटनमा प्रचुर सम्भावना रहेकाले यसलाई दिगो आर्थिक विकासको एउटा आधार हो भनेको छ । नेपाललाई प्रकृतिमा आधारित पर्यटन र साहसिक पर्यटनको लागि अन्तर्राष्ट्रिय गन्तव्य वनाउन आवश्यक कार्य गरिनुका साथै निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यको प्रवद्र्धन गरिने सङ्कल्पपत्रमा भनिएको छ ।      पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एशियाली राष्ट्रबाट पर्यटक भित्र्याउन व्यापक बजारीकरण गरिने छ भने हवाई यातायातको एकाधिकारलाई कम गर्दै प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने नीति कांग्रेसले सङ्कल्पपत्रमा उल्लेख गरेको छ । स्थापित तथा उदीयमान गन्तव्यसम्मको सहज र सुलभ पहुँचका लागि पूर्वाधार विस्तार र स्तरोन्नति गरिने छ भने पर्यटकको धेरै चहलपहल हुने स्थान सुरक्षित र डिजिटल नक्सामा देखिने बनाइने छ ।   त्यसैगरी सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मकरुपमा सौन्र्दयकरण गरिने छ । वातावरणमैत्री व्यवसायका रुपमा पर्यटन प्रवद्र्धन गर्दै दिगो विकासको पदमार्गमा अघि बढ्न सामुदायिक वनको विस्तार र पुरातात्विक सम्पदास्थलको संरक्षण गरिने जनाइएको छ ।      पर्वतारोहण, पदयात्रा, जलयात्रा, जङ्गल सफारीजस्ता साहसिक गतिविधिमा पथ प्रदर्शक तथा भरियाका रुपमा काम गर्ने जनशक्तिका लागि दुर्घटना बिमा गरिने छ । विभिन्न स्थानमा रहेका तर प्रयोगमा नआएका विमानस्थल तथा अन्य खाली रहेका सार्वजनिक जग्गा पर्यटकीय गतिविधि विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा उपयोग गरिने नीति लिएको छ । नेपालको हवाई सेवालाई थप सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षासम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।