निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

  पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताउनुभयो । विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उहाँको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उहाँले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका छन् भन्नुभयो ।   लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सकिने र नेकपा एमालेले बहुमतको सरकार बनाएर वार्तामार्फत फिर्ता ल्याउने बताउनुभयो । उहाँले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको बताउनुभयो । अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले भएको जिकिर गर्नुभयो ।  एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उहाँले त्यसमा राष्ट्रिय समृद्धिका सबै कुरा समेटिएको बताउनुभयो । सामाजिक सुरक्षाका क्षेत्रमा धेरै विषयलाई नेकपा एमालेले उठाउनुका साथै त्यसको व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो । नेकपा एमालेका सङ्गठन विभाग प्रमुख एवं कास्की निर्वाचन क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकीलाई पर्यटन, कला संस्कृतिको विकास गरी नमूना प्रदेशका रुपमा विकास गर्न सकिने बताउनुभयो । पोखरालाई पर्यटनको राजधानी बनाउने बताउँदै उहाँले पोखरासहित समग्र गण्डकीको समृद्धि र विकासका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । नेकपा एमाले कास्कीका कार्यावाहक अध्यक्ष तेजनारायण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा लगायतले बोल्नुभएको थियो ।

पोखरा । कास्की क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखरा–१३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन  चोक, काँहुखोला पुल– माथि र मियापाटन चौतारा लगायतका क्षेत्रका  मतदातासँग भेटघाट गरेका थिए ।  मतदातासँग भेटेर विभिन्न ठाउँमा भएको कोणसभामा उम्मेदवार गुरुङले जनतालाइ सपना मात्र बाडन नआएको बताए । ‘तपाइको सपना पूरा गर्न आएको हु मेरो होइन,’ उनले भने, ‘पाँच बर्षपछि आउँदा शिर ठाडो हुने काम गरेर आउनेछु ।’ युवालाइ स्वदेश मै रोजगारिको अवसर सिर्जना गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले सुनाए । ‘गाउँगाउँ घरदैलोमा जादा बुढाबुढि मात्र भेटिन्छन् । गाउँमा युवाको अभाव छ,’ उनले भने,  ‘अब स्वदेशमै अवसरको ढोका खोलेर बुढा बा आमासङै बस्ने ब्यवस्था मिलाउछु ।’  यसको साथै १३ नम्बर वडामा रहेका धार्मिक मठ, मन्दिर, चर्चको पनि व्यवस्था गर्ने गुरुङले मतदाता माझ प्रतिबद्द्ता गरे । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार गुरुङले निर्वाचन अघिल्लो पटकको जस्तो उत्साह जनतामा नदेखिएको बताए । ‘गतिलो मान्छे अघिल्लो निर्वाचनमा छान्न नसक्दा तपाइलाइ निराशा छाएको छ ।  अब हाम्लाइ जिताउनुहोस कहिल्यै दुखी बनाउनी छैनौं,’ उनले भने, ‘मतदान गर्दा विवेकपूर्ण तरिकाले गर्नुहोला । तपाईसँगै सहकार्य गरेर बिकास गर्ने योजना छ ।’ उनले अबको विकास नेपाली गठबन्धनको सरकारबाट हुने बताए ।

पोखराः कास्कीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका १ सय ५२ जता नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।    सोमबार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनीहरु प्रवेश गरेका हुन् ।    भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी (जसपा) लगायतका विभिन्न राजनीतिक पार्टी परित्याग गर्दै १ सय ५२ जना एमाले प्रवेश गरेको एमाले कास्कीका सचिव बैनबहादर क्षेत्रीले बताए ।   

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले भ्रष्टाचार गर्न र कमाउन राजनीतिमा नआएको बताउँदै भोट माग्दै छन् ।    आफ्नो उम्मेदवारी विकासकालागि भएको भन्दै गुरुङ घरदैंलोमा व्यस्त छन् । पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा गुरुङले पानीको ट्याङ्की बनाएर भएपनि स्थानीयको समस्या समाधान गर्ने बताएका हुन् ।    ‘पाँच वर्षपछि फेरी यही ठाउँमा आउँदा पानीको समस्या हुनेछैन’ उनले भने, ‘अहिले पानीको समस्या सुन्छु अर्को पटक अर्कै समस्या सुनाउनुहोला । त्यो बेलासम्म पानीको समाधान भइसकेको हुनेछ ।’    उनले पाँच दलीय गठबन्धन मिलेर आएकोले विकास सम्भव रहेको बताए । टोल, गाउँमा बेरोजगारको समस्या सुनेका गुरुङले उद्यमशील फ्याट्री खोल्ने आश्वासन बाँडे । ‘बहुउद्धेश्यीय समाज घर, आमा समूह घरमा युवालाई सिप सिकाएर उद्यमशिल बनाउनेछु,’ उनले भने, ‘त्यसपछि गाउँमै विकास हुनेछ । विदेशको मोह हराउनेछ ।’   घरदैलो अन्तर्गत कालिकाको काफलबारी पुगेका गुरुङलाई स्थानीयले पुल नबन्दा समस्या परेको गुनासा सुनाए । वडा नं १३ र २८ जोड्ने पुल विचमै रोकिँदा काफलबारी विकास हुन नसकेको स्थानीयको गुनासो थियो । गुरुङले निर्वाचित भइसकेपछि पहिलो काम पुल निर्माणमा लाग्ने बताए ।   ‘तपाईँका समस्यालाई मैले टिपोट गरेको छुँ । म भ्रष्टाचार गर्न राजनीतिमा आएको होइन । समाज विकास गर्नको लागि हो,’ उनले भने, ‘पुलको काम अध्ययन गरेर निर्वाचित भइसकेपछि काम सुरु हुनेछ ।’ गुरुङले आफ्नो लभ्य भनेको इमान्दारपूर्वक जनताको सेवा गर्ने स्थानीय माझ सुनाए ।    नेपाली काँग्रेस वडा २८ का सभापती विश्वरमण अधिकारीले इमान्दारपूर्वक लागि परेर गठबन्धनको सरकारलाई जिताउन आग्रह गरे । ‘कालिकाको विकासको लागि आफ्नै घरआगनका नेता पाएका छौं । अब जिताउने काम हामी सबैको हो,’ उनले भने ।   

पोखराः नेकपा एमालेका अध्यक्ष केपी आलीले अहिलेको निर्वाचनमा पाँचदलीय गठबन्धनले धान, कनिका र चामल मिसिएको जस्तो घोषणा पत्र ल्याएको बताएका छन् ।    पोखरा सभागृहमा नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन नेकपा एमालेका अध्यक्ष ओलीले सो कुरा बताएक हुन् ।    ‘पाँचदलीय गठबन्धनको रंगिबिरंगी नारा छ’ ओलीले भने ‘धान, कनिका र चामल मिसिएको जस्तो घोषणापत्र, माओवादी, समाजवादी, कांग्रेस र जनमोर्चाले आफ्नो आफ्नो घोषणापत्र जारी गरेको छ, कुन चाहिँ कार्यावन्वयन गर्ने हुन् ?’  

पोखरा : क्रपुडाँडादेखि कोरीसम्म, गुरुङहरुको उद्गमथलो क्व्होँलासोँथरदेखि क्हफुचे हिमतालसम्म पर्यटनका क्षेत्रमा चार ‘क’ का एजेण्डा लिएर कास्की १ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइला उमेदवार बनेका छन । चुनावी घरदैलोमा व्यस्त गुरुङले पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ सहित याङजाकोट लगायत मादी गाउँपालिकामा घरदैलो सकिसकेका छन ।   मादी गाउँपालिकाका १२ वटा वडा र पोखरा महानगरपालिकाका पाँचवटा वडा यस क्षेत्रमा पर्छन । नेपाली कांग्रेसमा विद्यार्थीकालीन राजनीतिबाट प्रवेश गरी तरुण दल हुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी रहेका गुरुङ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन ।   मादीलाई पर्यटकीय हब बनाउने एजेण्डालाई अगाडि सारेर उनी चुनावी मैदानमा होमिएका छन । उनको योजना छ, “मादी राउण्ड ट्रेक स्थापना गर्ने ।” यसका अलावा क्होंलासोंथर सांस्कृतिक पदमार्ग र पोखरा–मादी–मनाङ रुटलाई भर्जिन ट्रेकका रुपमा विकास गर्ने उनको योजना छ । घरवास योजना अन्तर्गत परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माणलाई प्राथमिकतामा राखेका छन ।   निर्वाचन क्षेत्रमा सडक सञ्जालको विस्तार गर्ने, पोसि–मिजुरे–भाचोक–तोगी–याङ्जाकोट–ताङतिङ–सिक्लेस–तप्राङ सडकको स्तरोन्नती गर्ने उनको प्रतिबद्धता छ । भूगोल, जनसंख्या र आवश्यकताका आधारमा आवासीय विद्यालय सञ्चालन गर्नेै, १५ शैयाको अस्पताल स्थापना गर्ने, स्वास्थ्य संस्थालाई दक्ष चिकित्सक र उपकरणयुक्त बनाउने उनको योजना छ ।   हरेक घरधुरीलाई शुद्ध पिउने पानीको उपलब्धता, कृषकलाई आधुनिकीकरण र प्रविधीकरणमार्फत उत्पादन बढाउने, त्यो उत्पादनको लागि बजारको सुनिश्चितता गर्ने उनको एजेण्डा छ ।   हरेक घरमा, एक रोजगार, एक वडा, एक उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । महिलालाई अर्थोपार्जनमा जोड्ने भूमिहिनको व्यवस्थापन, विपत व्यवस्थापनका लागि कोष सञ्चालन गर्ने एजेण्डासहित उनी चुनावी मैदानमा छन ।   आफु निर्वाचनमा विजयी भएमा भ्रष्ट्राचार रहित समुन्नत समाज निर्मणको लागी आफ्नो ठाउं बाट अनवरत लागीरहने उनले बताए ।   को हुन दीपक ?   २०३८ असार २२ गते जन्मिएका गुरुङको राजनीति पृथ्वीनारायण क्याम्पसमा पढ्दाताका २०५६ साल बाट नेपाल विद्यार्थीसंघ मार्फत सुरु भएको हो ।   उनी अहिले तरुण दल कास्कीको उपसभापति पनि हुन । नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै उनी अहिले पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । मादी क्षेत्रमा प्रख्यात र लोकप्रिय खेल बास्केटबलको विकास उनकै पहलकदमीमा सुरु हुन पुग्यो । २०५४ सालमा दीपकले नै याङ्जाकोट, ताङतिङ, सिक्लेस, चिप्ली लगायतका ठाउँमा २०५४ सालमा मार्ले नामक बास्केटबल टिम स्थापना गरे ।   उनै दीपकले सुरुवात गरेको बास्केटबलले अहिलेसम्म निरन्तरता पाइरहेको छ । पोखरा १३ मा वर्षेनी लोकप्रिय सांगीतिक सांस्कृतिक कार्यक्रम हुने गरेको छ । विजयादशमीको अवसरमा हुने कालरात्री सांगीतिक कार्यक्रमको सुरुवातकर्ता उनै दीपक हुन ।   गुरुङ प्रसिद्ध भद्रकाली बहुमुखी क्याम्पसको सञ्चालक समितिका सदस्य समेत हुन ।

  पोखरा । कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका छन् । मादी गाँउपालिका वडा नम्वर ८ पाखुरीकोटमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धन सरकारले देशमा समस्या मात्रै सिर्जना गरेको उल्लेख गर्दै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका हुन् । नेकपा एमाले कास्की जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार गुरूङले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको स्पष्ट पारे । उनले एमाले सबैको साझा पार्टी भन्दैै सूर्य चिन्हमा मत दिएर अत्यधिक बहुमतले विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् ।  अन्य राजनीति पार्टीभन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेका बताउँदै उनले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दावी गरे । नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उक्त क्षेत्रमा उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।  

    पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले निर्वाचन जितेपछि मात्रै खानेपानी, सडक लगायतका पुर्वाधारका विकास गर्न सहज हुने उनको भनाई थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्की र कास्कीका जनताको अपमान गरेको बताएका छन् । उनले ओेलीले शुक्रबार भएको चुनावी कार्यक्रममा प्रचण्डको आलोचना गरि ढिकुरपोखरीको नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेको उल्लेख गरे । मुल्मीले सचेत कास्कीवासीले ओली अभिव्यक्तिको बिरोध गर्नु पर्ने बताए । स्थिरता र विकासका लागि गठबन्धनले विजयी हासिल गर्नुपर्नेमा जोड दिए ।   कार्यक्रममा प्रदेशसभाका उमेदवार दुर्गादत्त भण्डारीले लामो समय यहि वडामा बिताएकाले वडा नं. २ को विकास आवश्यकता र समस्या बारेमा आफु जानकार रहेको बताए । नेपाली काङ्ग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले गठबन्धनका उमेदवार विजयी भएपछि तिने तहका सरकारले विकासको काम अघि बढाउने बताए । संविधानसभा सदस्य शारदा पौडेलले गठबन्धनका दलहरू अब दिन रात नभनिकन एकतावद्द भएर चुनावमा लाग्न आग्रह गरिन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादका केन्द्रीय सदस्य प्रेम पौडेल, निर्वाचन परिचालन समिति ३(१) का संयोजक विष्णु बहादुर केसी, काङ्ग्रेस वडा सभापति अरूण कायस्थ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष एनकुमार साई लगायतले गठबन्धनका साझा उमेदवार विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका मंगल शाही लगायत ३२ जना काङ्ग्रेस प्रवेश गरेका थिए । शाही बैशाखा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्य उम्मेदवार बनेका थिए ।

पोखरा:   कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ वडाहरु पर्छन् । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा स्व. रविन्द्र अधिकारी र ०७६ को उपनिर्वाचनमा विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवारलाई परिजात गर्दै निर्वाचित भएका थिए ।    ०७६ को उपनिर्वाचनमा निर्वाचित हुदैं संसदको यात्रा सुरु गरेका भट्टराई पुनः निर्वाचित हुने लक्ष्यमा छिन् । तर उनीलाई यो पल्ट निर्वाचित हुन सोचे जस्तो सहज देखिदैन, किनभने गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल, स्वतन्त्र उम्मेदवार शिरिष गुरुङ र स्वतन्त्र उम्मेदवार  महादेव गुरुङको पनि उम्मेदवारी परेसँगै मतदाता फकाउन घरदैलोमा व्यस्त छन् ।   त्यसैले कास्कीको अन्य क्षेत्र भन्दा यो क्षेत्र विशेष चाँसोका रुपमा लिइएको छ । यसै सन्दर्भमा सामाजिक अभियन्तका रुपमा रहेकी शिरिष गुरुङ चुनावमा होमिएपछि कास्की २ मा उनको पर्ने प्रभाव, प्रतिवद्धता तथा एजेन्डासहितको भावी योजनाबारे गरिएको कुराकानीको संपादीत अंश:   –सामाजिक अभियन्ताका रुपमा परिचित तपाई अब नेतृका रुपमा पनि अघि आउनु भएको छ, राजनीतिमा तपाइको आवश्यकता किन ?    हजुर यहाँहरु सबैलाई थाहा छ । म धेरै लामो समयदेखि सामाजिक सेवा र अभियानमा लागिरहेकै थिए । पछिल्लो समय र राजनैतिक परिस्थितिले मलाई पनि तानिहाल्यो । यसपछाडि केही कारण हरु छन् । देशको विकाराल अवस्था, शैक्षिक योग्यतासहितको नेताहरुको कमी, आर्थिक अनियमितता तथा भ्रष्टाचार, युथ लिडरहरुको कमी, यति मात्रै होइन देशलाई विचित्र बनाइरहेको अवस्था छ त्यसैले मैले परिवर्तनको आभाष गरेपछि राजनीतिमा आएको हुँ । मैले विचित्रको देशलाई शुन्दर चित्रमा परिणत गर्नुछ ।   –कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारका रुपमा चुनावमा होमिनुभएको छ, अहिले के मा व्यस्त हुनुहुन्छ?   निर्वाचनको समय छ उम्मेदवार दर्तापछि अहिले निरन्तर चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा व्यस्त छु । कास्की निर्वाचन क्षेत्रमा पर्ने पहिलो चरणको घरदैलो अभियानमा ११ वटा वडामा पुगिसकेको छु । अब फेरि दोस्रो चरणको कार्यक्रममा निरन्तर छु ।   –कास्की २ मा दाबेदार उम्मेदवारका रुपमा एमालेकी विद्या भट्टराईलाई हेरिएको छ, तपाइले उहाँ लगायत अन्य प्रतिस्पर्धिलाई कसरी लिनुभएको छ ?    अब मैले उहाँलाई कुन रुपमा प्रतिद्धन्दी भन्ने । म मन लागेर भन्दा पनि समय परिस्थिति र आवश्यकताले राजनीतिमा आएको छु ।   आवश्यकता चाहने र शिक्षित र सक्षम नेतृत्व चाहनेले मेरो उम्मेदवारी बारे बुझ्नुभएको छ । अब देश युवाको काधमा आउनुपर्छ । उहाँहरु सबै टेस्टेड हुनुहुन्छ सबैको कार्यशैली जनतालाई थाहा छ त्यसैले अब अग्रजलाई सम्मान गर्दै युवालाई नीति बनाउने ठाउँसम्म पुर्याउनुपर्छ भन्ने यतिबेला सबैको मनमा छ त्यसैले आफुलाई योग्य ठान्दै उम्मेदवार भएर जनतामाँझ आएको छु ।    –पछिल्लो समय जनता फकाउन सहज छैन, यहाँको योजना एजेन्डाहरु के के छन् ?      एजेन्डाहरु धेरै छन् । अहिले थ्याक्कै यो भन्ने भन्दापनि मतदाताको मत खेर जान दिनेछैन ।   मुख्यरुपमा कास्की पर्यटन क्षेत्रको महत्वपुर्ण जिल्ला हो, त्यसैले यसको आधारभुत विकास पनि राम्रोसँग भएको छैन् । पर्यटन क्षेत्र भनेर मात्र हुँदैन् आवश्यक आधारभुत विकास र प्रचारप्रसार पहिलो प्राथमिकता हो । त्यसैले यस पर्यटन क्षेत्रको राम्रो र व्यवस्थित गर्न सकेको खण्डमा मात्रै रोजगारको अवसर सिर्जना हुन्छ र धेरै युवाहरु लाभाविंत हुन्छन त्यसैले म पर्यटन क्षेत्रको आधारभुुत विकास गरेपछि विकास निर्माणको आधार तय गर्छु ।    – तपाई निर्वाचित भएर सदनमा स्थान बनाउनुभयो भने मुख्य प्राथमिकता कुन विषयलाई दिनुहुन्छ ?    मेरो मुख्य एजेन्डा पर्यटन नै पर्छ, पोखराको लेकसाइड होटेल र रेष्टुरेन्टले मात्र झकिझकाउ छ ।   यसलाई थप आर्कषणमा बदल्न मेरो पहिलो प्राथमिकता छ, पर्यटनको क्षेत्रका विकसा गर्न सके हामीले शिक्षा, स्वास्थ्यसँगै भौतिक विकासमा फड्को मार्ने मात्र होइन पर्यटनक क्षेत्रको विकास गर्दा युवाहरुलाई विदेश जाने वातावरण अन्त्य गर्न सकिन्छ । त्यसपछि युवा, महिला तथा ज्येष्ठ नागरिकको पक्षमा धेरै काम गर्ने लक्ष्य छ ।     -अन्त्यमा के चाहनुहुन्छ ?   कास्की आफैमा पर्यटन क्षेत्रको केन्द्र हो । यसलाई हामीले विश्वभर चिनाउन सके हामीले यहाँका जनतालाई रेलपानी जहाज जस्ता ठुला ठुला सपना देखाएर चुनावमा होमिनुपर्ने बाध्यताको अन्त्य गर्न परिवर्तनको आभाष खोज्दै राजनीतिमा आएको छु ।    कास्कीलाई पर्यटनको क्षेत्रको केन्द्रको रुपमा मैले अगाडी बढाउँदै गर्दा यहाँको विकास प्रचारप्रसारसँगै युवाहरुलाई रोजगारको व्यवस्था हुनेछ भने, यहाँको व्यापार व्यवसायमा फड्को मार्छ । त्यसैले ठुला सपनामा होइन हामी पहिले आधारभुत विकासमा लाग्नुपर्छ । आशा छ कास्की क्षेत्र नम्बर २ का जनताले यो कुरालाई मनन् गर्नुहुनेछ ।      यसैगरि म अन्त्यमा जतिपनि युवा साथीहरु हुनुहुन्छ । म उहाँहरुलाई राजनीतिक चेतनाबाट अछुतो नरहनुस भन्न चाहान्छु । तपाइहामीले राजनीतिलाई फोहोरी खेल भनिरहदा आज देशको यो हालत भएको छ । युवा भनेको भविष्यको कर्णधार मात्रै होइनन्, आजका साझेदार पनि हुन् । त्यसैले अब देश हाक्ने र जिम्मेवारी बोक्ने बेला आएको छ । स्वतन्त्र भएर देशको लागि निश्वार्थ भावले लागिरहेको छु । यहाँहरुले यो कुरा मनन् गर्दै मलाई सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।