अबको यात्रा बिकास र समृद्धको हो: बिश्वप्रकाश लामिछाने
पाेखरा | कात्तिक २३, २०७९
पोखरा : कास्की क्षेत्र न २ (ख) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले गण्डकी प्रदेशलाई समृद्ध बनाउँदै रोजगारी प्रदान गर्ने बताएका छन । चुनावी घरदैलोको क्रममा पोखरा १५ मा पुगेका लामिछानेले जनतालाई सम्बृद्धिको बाचा गरेका छन ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग भोट माग्दै लामिछानेले लोकतन्त्रको विकास गरी संविधानको रक्षा गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन । आफु गणतन्त्रका लागि लडेको सिपाही भएको उल्लेख गर्दै उनले कुनै स्वार्थमा नबिक्ने र जनताको सेवामा निरन्तर लाग्ने पनि बताएका छन ।
यस क्षेत्रलाई उत्कृष्ठ बनाउदै गण्डकी प्रदेशलाई नेपालकै पर्यटकीय राजधानी बनाउने लामिछानेले बताएका छन । जनताको समस्या समाधान गर्न गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनुपर्ने उनको जिकिर रहेको छ । आफ्नो जीवनको ४० वर्ष समाजसेवामै बिताएको स्मरण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि जनताको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन ।
लमिछानेले आफ्नो क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताएका छन । लामिछाने पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा रहेर काम गरिसकेका ब्यक्ति हुन भने उनले फेवातालको मापदण्ड निर्धारण समितिको संयोजक भएर पनि काम गरीसकेका छन । एमाओवादी भित्र रहेर लामो समय काम गरिसकेका लामिछाने स्वस्छ छविका नेताका रुपमा चिनिन्छन ।
काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

