निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

पोखराः   आसन्न मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट कास्की २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विद्या भट्टराई र २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीलाई पोखरा ३३ भरतपोखरीका स्थानियहरूले कास्की विकासको नेतृत्व गर्ने गरि विजयी गराउने प्रतिवद्धता जनाएका छन् ।   निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले  उम्मेदवारद्वय भट्टराई र कार्कीलाई यो पटक आफुहरूले महत्वपूर्ण अवसर गुम्न नदिने भन्दै सो क्षेत्रको योजनावद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्न स्थानियको आग्रह छ ।   विकासका कुशल अभियन्ता स्वर्गीय नेता रविन्द्र अधिकारीको जन्मथलो समेत रहेको  भरत पोखरीका जनताले संघीय र प्रदेशका दुवै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु ऐतिहासिक र विकासको नेतृत्वका लागि अभुतपूर्व मौका भएको प्रतिक्रिया दिएका छन् ।   स्थानिय निराजन अधिकारिले २०६६ सालमा पर्यटन क्षेत्र घोषित उक्त क्षेत्रमा  पर्यटकिय विकासको थप काम प्रतिबवद्धतापत्रमा समावेश गरेकोमा धन्यवाद दिदै भौतिक पूर्वाधार लगायत विकासका काम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको अगुवाईमा अगाडि बढिरहेको बताए ।    सो अवसरमा उक्त क्षेत्रको निवर्तमान सांसद समेत रहेकी उम्मेदवार विद्या भट्टराईले आफ्नो पहलमा भएका विकास निर्माणको जानकारी दिईन् । उनले विरौटा हुँदै कोत्रे जोड्ने चार लेनको सडक अब निर्माणको प्रक्रियामा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबै स्थानिय तथा सरोकारवालाहरूलाई आभार प्रकट गरिन् ।   उक्त अवसरमा प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले पोखरा महानगरका वडामा पर्ने वरपरका डाडाहरूलाई महानगरीय विकासको अवधारणा अनुसार विभिन्न मोडलमा विकास गर्ने भन्दै पोखरा ३३ र २१ लाई “ग्रीन हिल सिटी“ को रुपमा विकास गर्ने योजना रहेको  बताए ।   कार्कीले एमाले नेतृत्वको  प्रदेश सरकारको पालामा निर्माण प्रक्रिया थालनी भएर अहिलेको सरकारले बेवास्ता गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र  औद्योगिक क्षेत्र  स्थानियहरूको  माग  व्यवस्थापन गरेर मात्रै  निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।   साथै उनले भरतपोखरीमा सुविधा सम्पन्न एक अस्पताल र प्राविधिक शिक्षा सहितको बहुमुखी क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउने सहित व्यवसायिक कृषिको विकासको आधुनिक मोडलको अवलम्वन एवं सशक्त रोजगार युवा  र पिछडिएका वर्ग तथा महिला शसक्तिकरणका कार्यक्रम आफुले प्रतिबद्धतापत्रमा उल्लेख गरे बमोजिम पूरा गर्ने बताए ।

कास्कीः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कास्कीबाट १५ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।    जसमध्ये क्षेत्र नम्बर १ बाट सौगात जिसी र दिलबहादुर रानाको उम्मेदवारी रहेको छ ।    त्यस्तै, क्षेत्र नम्बर २ बाट ६ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट महादेव गुरुङलाई अन्य भन्दा बलियो उम्मेदवार मानिएको छ ।    नेपाली कांग्रेसको राजनीतिबाट पर्यटन राज्यमन्त्री भइसकेका गुरुङ जिल्लाकै सशक्त स्वतन्त्र उम्मेदवार मानिन्छन् ।    यस क्षेत्रका अन्य उम्मेदवारमा तारानाथ सुवेदी, जमुना शर्मा, गिता नाथ र ऋगेन्द्र गिरी र शिरिष गुरुङ रहेकी छन् ।    यसैगरी, सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार क्षेत्र नम्बर ३ मा रहेका छन् । यहाँबाट ७ उम्मेदवार चुनावी मैदानमा छन् ।    जसमध्ये अनिता भुर्तेल एक हुन् । भुर्तेल जनयुद्धताका सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी हुन् । सहिदपुत्री भुर्तेललाई यहाँ अन्य भन्दा सशक्त मानिएको छ ।    अन्य उम्मेदवारमा अधिवक्ता दुर्गाप्रसाद कोइराला, पशुपति तिमिल्सिना, कमलजंग कुँवर, ढकबहादुर कार्की, यादवप्रसाद तिमिल्सेना र टंकप्रसाद अधिकारी प्रतिष्पर्धामा छन् । 

पोखराः   कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले ंसुकुम्बासीका आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।    कास्की २ मा पर्ने पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।   गठबन्धनले उद्यमशिलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकास शिर्षक विभिन्न प्रतिवद्धता जनाएको छ । जसमा स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने भनिएको छ ।   रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाईन रोजगार बजारजस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनीहरुको प्रतिवद्धता छ ।    रेमिट्यान्स परिचालन गरी पर्यटन, कृषि र उद्योग विकासका पूर्वाधार निर्माण गरी उद्यमशिलता प्रवद्र्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाएको छ । दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष स्वरोजगार कार्यक्रम सञ्चालनको पहल गर्ने पनि उनीहरुको प्राथमिकता छ ।    पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने जनाएको छ । यस्तै फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका छन् । अत्याधुनिक पर्यटक सूचनाकेन्द्र स्थापना र सञ्चालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने बताएको छ । होमस्टे सञ्चालन गरी ग्रामिण पर्यटन हबको कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ ।    युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यावसाय संचालन गर्न आवश्यक सिप, तालिम तथा लगानीमैत्री वातावरण कायम गर्न विशेष योजना ल्याउने प्रतिवद्धता गरिएको छ । हाईकिङ पोईन्ट, दृष्यावलोकन केन्द्र, हरियाली प्रवद्र्धन कार्यक्रम, जैविक विविधता पार्क, बनस्पती उद्यान स्थापना लगायन कार्यक्रम गठबन्धनका उम्मेदवारहरुको प्राथमिकतामा छन् ।    कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले शिक्षा क्षेत्रमा यस्तो काम गर्ने बताएका हुन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा  नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।   

पोखराः   कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् ।   बिहिबार घरदैलो गर्दै पोखरा १६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफु निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।    ‘अर्मलाकोटको समस्या भनेकै सडक हो । यहाँ बाह्रै मासे सवारी चल्न सक्ने सडकको आवश्यकता छ । सडकका कारण स्थानीयले भोग्नुपरेको समस्याका विषयमा म जानकार छु । कति काम हिजो सरकारमा हुँदा पनि गरियो । अब निर्वाचित भएपछि पनि अर्मलाकोट सम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काममा लाग्नेछु ।’, उनले भने ।    थापाले नारायण स्थान, भलाम हरिहर गुफा, डाँडागाउ हुँदै अर्मला कोटसम्म पुग्ने गौरवको सडक सम्पन्न हुने अवस्थामा रहेको जानकारी गराए । उनले भलामबाट आँटिघर मौज हुँदै बाटुलेचौर जोडिने रिङरोडको काम समेत अगाडि बढेको र त्यसलाई सम्पन्न गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरे ।    थापाले पोखरा १६ लाई सम्वृद्ध वडा बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘हिजो पनि हामीले गर्न सक्ने सम्मका काम गरेका छौं । थुप्रै योजनाहरु वडामा परेका छन् । आगामी समय पनि यहाँको आवश्यकता अनुसारको योजनालाई अगाडि बढाउनेछु ।’,उनले भने ।    उनले घार्मीदेखि अर्मला कोटसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने प्रतिबद्धता जनाए । समाज घरका निर्माण, गोरेटो बाटो र  फोहोर व्यवस्थापनमा समेत पहलकदमी गर्ने भनाई उनको छ । होमस्टेको स्थापना गरी उद्यमशीलताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति उनको छ ।  

पोखरा:   आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले निर्वाचनपछि पनि जनताको साथमै रहने बताएका छन् ।    पोखरा–१० को बिहीबार घरदैलो कार्यक्रममा मतदातासँग गुरुङले निर्वाचित भएपछि पनि सँगै साथमै रहेर काम गर्ने बताए ।   उनले निर्वाचित गराउने मतदाताको कहिल्यै मन नदुखाउनेसमेत प्रतिवद्धता जनाए । ‘मतदाताले दिएको माया, र साथलाई जिवनभर भुल्ने छैन । सम्झनालायक काम गरेर देखाउनेछु,’ उनले भने, ‘यस क्षेत्रका जनताका उति ठूला समस्या छैनन् । माइनर समस्यालाई नि विशेष रुपमा हेर्नेछु ।’    यस वडामा पर्ने नागिन टोल, औद्योगिक क्षेत्र र रामघाटमा बसोबास गर्ने सकुम्बासी बस्तीलाई  थप व्यवस्थित बनाउने उनले सुनाए । सेतो पूर्जाको आधारमा खानेपानी र बत्ती उपभोग गर्दै आएका सुकुम्बासीको व्यवस्थापनमा सधै आवाज उठाइरहने गुरुङले बताए ।   उनले यो पटक परिवर्तनको लागि मत राख्न मतदातासँग आग्रह गरे । ‘समाज परिवर्तनको लागि पनि नयाँ भिजन भएको उम्मेदवारलाई मत राख्नुहोला । म पनि युवा हुँ । युवाको केही न केही देश विकासको सपना देखेको हुन्छ,’ उनले भने, ‘अब मत राखेर पछुत्याउने काम नगर्न आग्रह गर्दछु ।’   उनले अबको बाटो विकास र समृद्धिको हुँदा प्रदेशलाई सोही अनुसार अगाडि बढाउने उद्धेश्य रहेको उनले मतदाता समक्ष सुनाए । ‘विकासको लागि राजनीतिक पूर्वग्रह राख्नुहुँदैन् । सबै मिलेर विकास गर्ने हो,’ उनले भने, ‘हामी पाँच दल मिलेर आएका छौं । यसले पक्कै पनि समाज, प्रदेश र देशलाई फाइदा पुग्नेछ ।’ देश राजनीतिक चपटोमा परेको हुँदा आगमी निर्वाचन पछि काँग्रेसको बहुमतको सरकार बन्ने उनको भनाइ छ ।     

पोखरा:   कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।   यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफुले पहल गर्ने थापाले बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिने काम गर्छु,’ उनले भने, ‘यसबाट पोखराको नयाँ गन्तव्य थपिने छ । सम्मेलन र सभाका लागि आउने पर्यटक बढ्ने छन् ।’    थापाले गण्डकीमा बाह्य लगानी भित्राउन र पर्यटनको विकास गर्नका लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता जनाए ।    यस्तै, पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणमा जोड दिने बताए । ‘सहरी क्षेत्रमा ट्राफिक जाम अत्याधिक बढेको छ । काँठका मान्छेहरुको दैनिकी सीधै मुख्य बजारसँग ठोकिएको छ,’ उनले भने, ‘चक्रपथ निर्माण गरेर गाउँबाट हुने बसाईंसराईं रोक्न पहल गर्छु । यसबाट सहरको विकेन्द्रीकरण हुन्छ ।’    उनले लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण थाल्न सम्बन्धित पक्षसँग समन्वय गर्ने बताए ।      यसैगरि मौजामा हाइ अल्टिच्युड खेल मैदान र स्टेडियम निर्माणका लागि पहल गर्ने थापाको प्रतिबद्धता छ । ‘मौजामा अहिले पनि खेल मैदान निर्माणको क्रम चलिरहेको छ । तर निकै सुस्त काम भैरहेको छ,’ उनले भने, ‘यसलाई तीब्रता दिइने छ । एक हदसम्मको हाइ अल्टिच्युड खेल मैदान यहाँ बन्छ ।’    थापाले भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्न जग्गाको लालपुर्जा वितरणका लागि चासो दिएका छन् । निस्सा पाएकालाई लालपुर्जा र निस्सा पाउन बाँकीलाई तत्कालै निस्सा दिन आफुले पहल गर्ने थापाको भनाई छ । कास्कीमा सुकुम्बासी समस्या समाधान आयोगले निरन्तर काम गरिरहेको छ ।  

पोखराः   जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन ।   गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने उनले बताए ।    जनकवि केशरी धर्मराज सावित्री थापाका माइला छोरा प्रा.डा. कुञ्जराज थापाले प्रतिष्ठानलाई सांस्कृतिक घरको रुपमा विकास गर्न सुझावपनि दिएका छन ।    पोखरा महानगरपालिका १६ मा घरदैलो कार्यक्रम गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार विन्दुकुमार थापा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको अवलोकन गर्न पुगेको समयमा उक्त कुरा बताएका हुन् । ‘म के अपेक्षा गर्छु भने उहाँ कुशल र सक्षम उम्मेदवार हुनुहुन्छ । उम्मेदवारहरुले के गरिदिनुप¥यो भने यो क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकास गरिदिन प¥यो । म त्यो भन्छु ’ उनले भने,‘यो प्रतिभापुर्ण क्षेत्र हो । उहाँले गरेका योगदान कृतिहरुको जस्तो काठमाडौंमा लक्ष्मी प्रसाद देवकोटाको घरलाई नै किनेर राष्ट्रिय सांस्कृतिक घर बनाइयो । त्यसतै यो पनि बनाइयोस् । त्यसका लागि सरकारले प्रयत्न गरोस् । मैले त्यहि एउटा इच्छा जाहेर गरिराखेको छु ।’ यहाँमात्रै नभई पर्यटकीय क्षेत्रसमेत हेरिदिनुपर्ने उनी बताउँछन् ।     गठबन्धनबाट कास्की क्षेत्र नं.२(२) का प्रत्यक्ष उम्मेदवार थापाले जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको संरक्षण र प्रबद्र्धनमा दत्तचित्त भएर लागिपर्ने बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेशको संरचना निमार्ण गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका साथै प्रदेशमा रहेका कला र कलाकारिताको संरक्षणमा समेत व्यतित गर्ने बताए । उनले धर्मराज सावित्रीको इतिहास कसैले पनि भुल्न नहुने र यस्का लागि प्रदेश सरकारको जिम्मेवारी पनि ठूलो रहेको सुनाए । उनले आफुले सकेको साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  

पोखराः  कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् ।    मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पुरा गर्न आफु सारथि बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।   पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताउँदै उनले यस्ता वडाहरुको समग्र विकासका लागि महागरसंगै संघ र प्रदेश सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिईन् ।   निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी भट्टराईले पोखरा ढाँडवेसी, वयरघारी, लामडाडा, मौजा ग्रामीण सडक स्तरोन्नतसँगै झण्डै साढे एक किलोमिटर बाटो ढलान समेत गरिएको बताउँदै उनले भनिन्–‘बांकी रहेको काम सम्पन्न गर्ने जिम्मेवारी मलाई दिनुहोस ।’    हिमश्रृखलाको मनोरम दृश्यसंगै सुन्दर गाउँ मौजा आँटीघरमा रहेको होमस्टेको प्रवद्र्धनको लागि सडक सञ्जाल पहिलो आवश्यकता भएको उनको भनाई छ ।   भट्टराईले सडक यातायातले उक्त क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।   निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार मिना गुरुङले दिगो विकास लक्ष्य प्राप्तिका लागि आप्mनो उम्मेदवारी भएको स्पष्ट पारेकी छन् । नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउनु वर्तमानको आवश्यकता भएकोमा उनको जोड छ ।   नेकपा एमाले वडा कमिटि २० का अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य भिमप्रसाद बास्तोला, मनवुजा विश्वकर्मा, महानगर सचिव जिवन आचार्य, स्थानीय सरोज गुरुङ, भिम गुरुङ, शंकर गौतम, दुर्गाबहादुर गुरुङ लगायतले निर्वाचनमा केन्द्रीत हुनु पर्नेमा जोड दिंदै कुनै पनि लोभलालचमा नलागि मतदान गर्न मतदातालाई आग्रह गरेका थिए ।  

पोखराः   कास्की क्षेत्र नं. २(२) का प्रदेशभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले पोखरा १६ स्थित जैमुरेमा पक्की पुलको आवश्यकता महसुस गरेको बताएका छन् ।    गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका थापाले बुधबार पोखरा महानगरपालिका १६ स्थित जैमुरेमा भएको कोणसभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले महानगरको ठूलो र शिक्षित वडामा पर्ने १६ नं. वडा विकास र संवृद्धिको हिसाबले निकै पछि परेको सुनाउँदै उक्त क्षेत्रको विकासमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले ठूलो रकमको आयोजना पारेको बताए ।    थापाले आफु घरदैलो कार्यक्रममा आउँदै गर्दा जैमुरेमा पक्की पुलको आवश्यकता देखेको बताउँदै यो समस्याको समाधान छिटो नै गर्ने बताए । ‘यहाँको पुल जीर्ण अवस्थामा भएको मैले महसुस गरे । जीर्णपुलले अब चल्दैन । त्यो भत्काएर २ लेनको पक्की पुल निमार्ण गर्नपर्ने देखियो ।’, उनले भने, ‘यो काम पनि चाडै नै हुन्छ यसका लागि बैकल्पिक सडक बनाएर बनाउनुपर्ने अवस्था छ । त्यसको लागि तपाईँहरुको साथ र सहयोग चाहिन्छ ।’   थापाले गत आर्थिक वर्षमा वडा १६ मा  २२ करोड रुपैयाँको योजना परेको र चालु आर्थिक वर्षमा भने १ अर्ब १८ करोडको आयोजना परेको सुनाए ।    वडा १६ कतिपय स्थानमा अझै पनि पक्की बाटो नपुगेको र भएका पनि स्तरोन्नति गर्न आवश्यक रहेको सुनाउँदै थापाले विकासको पहिलो खुड्किलो नै सडक रहेको भनाई राखे ।    उनले वडाबासीबाट आउँदा दिनमा पनि काम गर्ने अवसर दिनेमा आफु आशावादी रहेको बताए । उनले पाँच वर्षमा प्रदेशमा जग राखी विकासका आधारशिला तयार गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र सम्वृद्धिको रहेको सुनाए ।    ‘विकासका लागि चाहिने संरच​ना बनायौं । अब विकासको लहर लाग्छ । हाम्रो क्षेत्र उर्जाको अथाहा सम्भावना बोकेको क्षेत्रपनि हो । अहिले सम्म ६५० मेगावट मात्रै १२ हजार उत्पादन गर्न सक्छौ’, उनले भने, ‘यदि हामीले १२ हजार मेगावटको जलविद्युत निकाल्न सकेमा युवाहरु विदेशीन बाध्य हुने छैनन् । स्वदेशमै रोजगारको अवसर सृर्जना हुन्छ । त्यतिमात्रै होइन् वडा १६ लाई पर्यटनको हवको रुपमा समेत विकास गर्न आवश्यक छ । अर्को कुरा यो कृषि पकेट क्षेत्रपनि हो यहाँ कृषिका अथाह सम्भावना हामीले देखेका छौँ ।’